१३ असार, महोत्तरी
होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव वनाउने योजनामा आफुहरु अग्रसर भएको वताएका छन ।
मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडी बढीसकेको वताउदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकिय गन्तव्य वनाउने प्रतिवद्वता जनाए ।
महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा सुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकिय गन्तव्य वनाउने योजनाहरु सुनाउदै गौतमले मधेशमा निजि लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको वताए ।
प्राकृतिकरुपमा वाहय र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरु ओझेलमा परिरहेकोप्रती समर्थन जनाउदै सिक्षा तथा संस्कृती राज्यमन्त्री सारदादेवी थापाले पर्यटनवाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन ।
यता पर्यटन व्यवसायीहरु र जनप्रतिनिधिहरुको योजना सुनेपछी मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।
होटलहरु खुलेतापनी पर्यटकहरुलाई रोक्न नसकेको स्विकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उन्को भनाई छ ।
`प्रदेश सरकारले विभिन्न सर्किटहरु निर्माण गरेर पर्यटन पर्वद्वनको अभियान वनाएको छ ।´ मुख्यमन्त्री सिंहले भने । `पर्यटनको लागि क्षेत्रहरु खोजीरहेका छौ यस्मा तपाईहरुले पनि सहयोग गर्नुपर्छ ।´न्युज कारखाना
रौतहट- शिक्षा र साक्षरताको क्षेत्रमा देशकै पुछारमा रहेको सिंगो रौतहट जिल्लामा एक जना छात्राले उत्कृष्ट नतिजा ल्याएकी छिन्।
अञ्जली कुमारी झाले एसइई परीक्षामा शतप्रतिशत पूर्णाङ्क ल्याएर मान राखेकी हुन्।
बिहीबार प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा शतप्रतिशत अंक (फोर जिपिए) ल्याएर अञ्जली कुमारी झाले सिंगो जिल्लाकै मान राखेकी हुन्।
रौतहटको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका-३ मत्सरी गाउँका अशोक झाकी छोरी अञ्जलीले वडा नम्बर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा प्रारम्भिक शिक्षा कक्षा १ देखि ७ सम्म अध्ययन गरेकी थिइन् थिइन्।
सुरूदेखि नै अत्यन्तै लगनशील, मिहेनती र अनुशासित छात्राको रुपमा रहेको विद्यालयका संस्थापक अश्वीन चौधरीले बताएका छन्।
उनी कक्षा ८ देखि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अध्ययन् गरिरहेकी थिइन्।
प्रकाशित भएको नतिजा अनुसार उनी शतप्रतिशत अर्थात (४ जिपिए) ल्याए उत्तीर्ण भएकी हुन्। सिंगो नेपालमै १८६ जना परीक्षार्थीले मात्रै उनको बराबर नम्बर ल्याउन सकेको देखिन्छ।
एसइई परीक्षाको नजितामा देशभरिमा शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरू उत्तीर्णमध्ये अञ्जली पनि एक हुन्।
जिल्ला शिक्षा समन्वय इकाई रौतहटका परीक्षा सहायक दीपेन्द्र सिंहले पनि जिल्लामा शतप्रतिशत ल्याउने एक जना अञ्जली कुमारी झा मात्र रहेको पुष्टि गरेका छन्।
परीक्षा सहायक सिंहका अनुसार एसइई परीक्षा २०८० मा रौतहटबाट कुल सहभागी ९ हजार १९३ परीक्षार्थीमध्ये ६ हजार ४८५ जना विभिन्न जिपिए ल्याएर उत्तीर्ण भएका छन्। बाँकी २ हजार ७०८ जना परीक्षार्थी अनुत्तीर्ण भएको जिल्ला समन्वय इकाई रौतहटले जनाएको छ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ ।
चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।
सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिएको छ भने, सबैभन्दा खराब नतिज सुदूरपश्चिमको आएको छ ।
बागमती प्रदेशबाट ६६.१२ प्रतिशत उत्तीर्ण भएका छन् भने सुदूरपश्चिमबाट ३१.८८ प्रतिशत मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कोशी प्रदेश
बोर्डका अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३६ हजार ९३ जना परिक्षार्थी उत्तीर्ण भएका छन् भने ३९ हजार ८९५ जना ननग्रेडिङमा परेका छन् ।
मधेस प्रदेश
मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थीले परीक्षा दिएकोमा ३७ हजार ३०६ जना उत्तीर्ण भएका छन् भने ४२ हजार २८६ जना ननग्रेडमा परेका छन् ।
बागमती प्रदेश
बोर्डका अनुसार यसपटकको एसइई परीक्षामा सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशले ल्याएको छ । बागमतीबाट कुल ९९ हजार ८७२ जना सहभागी भएकोमा ३३ हजार ८४३ जना ननग्रेडमा परेका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट परीक्षामा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २५१ परिक्षार्थी उत्तीर्ण भएका छन् भने २० हजार २७५ ननग्रेडमा परेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४९ हजार २२४ जना परीक्षार्थी ननग्रेडमा परेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट परीक्षामा सहभागी कुल ३५ हजार ३४ परिक्षार्थीमध्ये १४ हजार ६५४ मात्रै उत्तीर्ण भए भने २० हजार ३८० जना ननग्रेडमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट कुल ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा १७ हजार ३६ जना मात्रै उत्तीर्ण भएका छन् भने ३६ हजार ४१० परीक्षार्थी ननग्रेडमा परेका छन् ।न्युज कारखाना
काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ।
राईले फेसबुक म्यासेन्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौंको ठमेलमा बोलाएकी थिइन्।
ती चिनियाँले महिलालाई बिहे गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्याएका थिए।
ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले १ लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए।
उनले ती महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए।
महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो।
महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले बताए। घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौं । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन् ।
आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन् । अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ ।
कार्यक्रमका फोकल पर्सन ऋषि भुषालका अनुसार, यस अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै (५५८ जना) महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ ।
सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन् । रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले जानकारी दिए ।
आकाशे पानी पर्ने मौसम सुरु भएको छ । यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ । यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखिएको छ ।
लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको गरिएको छ । यो जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया) जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।
महानगरपालिकाले सञ्चालन गरेको अभियान समुदायिक सचेतनाका लागि हो । डेङ्गीबाट बच्न महानगरपालिकाजत्तिकै महानगरबासी हरेकको समान दायित्व छ । यसका लागि हरेक व्यक्तिले घर तथा आसपासमा पानी जम्न नदिने, पानी जम्ने ठाउँ पुर्ने, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको नियमित सरसफाइ गर्नुपर्छ । सरीर ढाकिने कपडा लगाउनु पर्छ ।
एक्कासी उच्च ज्वरो आउनु डेङ्गीको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सरीरमा विमिरा आउने हुन सक्छ । हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने पनि हुन सक्छ । लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, धेरै पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेङ्गीको जटिल अवस्थाका लक्षण हुन् । न्युज कारखाना
काठमाडौँ । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो ।
केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’
केन्यामा सरकारको नयाँ वित्त विधेयकलाई लिएर विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो तर संसदमा पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो ।
गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो । राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन् । देशभर विरोध प्रदर्शन भए पनि केन्याको संसदले विवादास्पद वित्त विधेयक पारित गरेको छ ।
विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रुप लियो र आन्दोलनकारी संसदमा प्रवेश गरी आगजनी समेत गरेका थिए ।
सुरुमा राष्ट्रपति रुटोले पनि यी विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको देखिन्थ्यो । आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरे ।
सरकारले पेश गरेको विधेयकको उद्देश्य केन्याको वार्षिक करलाई असर गर्ने देशको ८० अर्ब डलरको ऋण घटाउनु थियो । रुटोले नयाँ प्रावधान किसान, विद्यार्थी र शिक्षकका लागि फाइदाजनक साबित हुन सक्ने तर जनता आफूसँगै नरहेको स्वीकार गरे । ‘मैले जनताको नेतृत्व गर्छु र उनीहरुले आफ्नो धारणा राखेका छन्,’ उनले भने ।
केन्यामा सामाजिक सञ्जालमा अहिलेको विरोध प्रदर्शन जारी रहने चर्चा छ। यसअघि यी प्रदर्शनको उद्देश्य विवादास्पद आर्थिक विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्न नहुने भए पनि अहिले राजीनामा दिनुपर्ने माग भइरहेको छ ।न्युज कारखाना
रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पिप्रा पोखरियामा बर्थिङ्ग सेन्टर निर्माण सुरु भएको छ । कटहरिया नगरपालिकाको लगानीमा वडा स्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ गाउँको बिच दुवै गाउँका मानिसलाई पाएक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरु भएको हो।
वडा ८ का अध्यक्ष समिस बिक्रम शाहले कुल ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भईरहेको जानकारी छन् । यस आर्थिक बर्षको लगत्तै पुनः नगरपालिका बाट आउने थप बजेट बाट भवन निर्माण सुरु गरिने वडा अध्यक्ष साहले जानकारी दिएका छन्।
यसै बीच कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीवार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै समझौता नगर्न वडा अध्यक्ष शाह तथा निर्माणमा कार्यरत मिस्त्री लाई निर्देशन दिएका छन्।
वाल निर्माण पछि आर्थिक बर्षको पहिलो चरणमै नगरपालिका बाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्ष भित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाएका छन।
कटहरिया वडा ८ मा बर्थिङ्ग सेन्टर सञ्चालन पछि पिप्रा पोखरीया र बालुवा गाउँका सैयौं महिला सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झट बाट छुटकारा पाउने वडा अध्यक्ष शाहले बताएका छन ।
न्युज कारखाना
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोवारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास बिरगंजले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।
फतुवा बिजयपुर १ का बिजय कुमार यादव समेतले दिएको निवेदन पछी उच्च अदालतका जिल्ला न्यायाधीश भरत प्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ।
न्यायाधीश लम्सालको ३ नम्बर ईजलासमा वरिष्ठ अधिवक्ता ईन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए ।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलोमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।
उपसचिव प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका हुन्। फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।
खातुन कार्यवाहक भएदेखिनै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन् ।
उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन ।
२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा समयमा शिक्षक कर्मचारीले तलब पाउनेगरेका छैनन्। जनप्रतिनिधि बिच बजेटकै भागबण्डा नमिलेर यस आर्थिक वर्षको असार १० भित्र फतुवा विजयपुर बजेट ल्याउन असफल भएको छ ।न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् ।
मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए ।
उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।न्युज कारखाना