२०८३ श्रावण १३
२०८३ श्रावण १३

काठमाडौँ । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।

अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ ।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।न्युज कारखाना

फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=1WajDWLXuVU

काठमाडौँ । दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ । बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए । यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो । यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । भिडियोका अनुसार बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए । त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो । यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे ।

प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका थिए ।

आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो। असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए । उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए ।

बोलिभियाका स्थानीय सञ्चारमाध्यमका अनुसार जनरल जोसलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो । उनले पूर्व राष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो ।

स्थानीय पत्रकारहरूका अनुसार जनरल जोस कू प्रयासको क्रममा केही समयका लागि दरबारमा प्रवेश गरेका थिए। उनीहरुको सुरक्षाका लागि नजिकै मास्क लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सरकारको आलोचना गर्दै प्रधानसेनापतिले पक्राउ परेका केही राजनीतिज्ञ र सेनाका सदस्यलाई रिहा गर्न माग गरेका थिए ।

जनरललाई पक्राउ गरेपछि राष्ट्रपतिले तीनै सेनाका कमाण्डर जनरललाई हटाउने घोषणा गरेको थियो  । यसपछि जनरल जोस विल्सन सान्चेजलाई नयाँ सेना प्रमुख नियुक्त गरियो । देशको महान्यायाधिवक्ताको कार्यालयले विद्रोहमा संलग्न जनरल होज र अन्य सैन्य अधिकारीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । उनीहरूलाई कडा सजाय दिइनेछ।

बोलिभियामा विद्रोहको प्रयास कुनै नयाँ कुरा होइन । विगत २ सय वर्षमा देशमा १९० पटक विद्रोह भएको छ । बोलिभियामा १२ करोड मानिस बस्छन् । देशका वामपन्थी राष्ट्रपति लुइस आर्सेलाई पूर्व राष्ट्रपति मोरालेसले आफ्नो उत्तराधिकारीको रूपमा चुनेका थिए।

तर, सत्तामा आएदेखि नै पार्टीको नियन्त्रणलाई लिएर दुवै नेताबीच विवाद छ । आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने प्रतिस्पर्धा पनि छ । बोलिभियाको अर्थतन्त्र झन् कमजोर बन्दै गएको छ ।न्युज कारखाना

काठमाडौं । नेतृत्वको बेथितिका कारण नेपाल सांस्कृतिक महासंघबाट वास्तविक कलाकर्मी बाहिरिन थालेको महामन्त्री दुर्गा रायमाझीले बताएका छन्। वरिष्ठ लोक गायकसमेत रहेका रायमाझीले धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

महासंघमा बेथिति बढ्दै गएको र नेतृत्व कै कारण महासंघले उचित स्वरूप पाउन नसकेको उनको दुखेसो छ। ‘संघ हुँदा नै पूर्णता नभएको बेला महासंघको नाममा गरिने हरेक क्रियाकलाप वैध छैनन्। संस्थाको गरिमा कायम गर्न गर्दै गतिशीलता प्रदान गर्नुपर्छ,’ उनले भने।

नेपाली कांग्रेसको भ्रातृ संस्था रहेकाले पार्टीले ३ वर्षका लागि मनोनीत गरेको भए पनि ५ जना पदाधिकारीको ९ वर्ष पुगिसकेको उनले बताए। यसरी संवैधानिक संकट निस्किएको अवस्थामा कुनै पनि पदाधिकारीले मनलाग्दि निर्णय गर्न नहुने उनको तर्क छ।

आफू सुदूरपश्चिमका विभिन्न जिल्लाका साथीहरूसँग भेटघाटका क्रममा पुगेको र अब जिल्ला जिल्लामा संगठन विस्तार हुनुपर्ने उनले बताए। सबै जिल्लामा चाँडोभन्दा चाँडो संगठन पुगाएर र पुराना समितिको निर्वाचन गराएर केन्द्रीय महाधिवेशन गर्नुपर्ने उनको धारणा छ। अहिले ९ वर्ष पुरानो नेतृत्वले केही व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको भन्दै पत्र दिने गरेको प्रति उनले खेद प्रकट गरेका छन्।न्युज कारखाना

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।

विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन दिएका हुन् ।

सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराए ।

वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्दै उनले प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने बताए ।

सरकारले गत वैशाखमा गरेको तेस्रो लगानी सम्मेलनको स्मरण गराउदै उपप्रधानमन्त्री श्रेष्ठले भने— सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ ।

मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उनले स्पष्ट पारे ।

विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउदै उनले भने, “नेपालका निर्यात योग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहचान गर्न, सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”न्युज कारखाना

काठमाडौँ । उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए ।

उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ ।

समुह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ । न्युज कारखाना

काठमाडौँ । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ ।

यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् ।

सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो । बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्ने बारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जितेका थिए ।

बहस अघि बाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने बाइडेनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन् ।

बहस बिभिन्न मुद्धामा भएको थियो । जसमा अवैध आप्रवासी, एबर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महंगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्धामा बहस भएको थियो ।

बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए भने ट्रम्पले बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्र्पति भएको बताएका थिए ।

यो बहस सीएनएनका एन्कर जेक ट्यापर र डाना बासले संचालन गरेका थिए । बहसका लागि केहि नियम बनाइएको थियो । मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २-२ मिनेटको समय दिइएको थियो भने आरोपहरुको प्रतिवाद गर्न एक एक मिनेटको समय दिइएको थियो । एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन बारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको हो ।

इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।

बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन् ।

महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडी बढीरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् ।

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् ।

महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफुले नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । आफुले जन्माएको पार्टी भएका कारण आफुले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।न्युज कारखाना

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो । न्युज कारखाना

काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति नभएको हो ।

कानुन मन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरुमा निकट भविष्यमै सहमति जुटेर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।

टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरु सहभागी थिए ।

बैठकपति संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’न्युज कारखाना

काठमाडौँ । पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।

पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।

पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।

पानामाको यो जितपछि समुह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।

अब पानामाले आफ्नो समुह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोहि दिन उरुग्वेको सामना गर्ने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।