वृन्दावन नगरपालिका वडा नम्बर ७ मा रहेको उक्त बिधालयमा भव्य रुपमा सो कार्यक्रम गरिएको हो । प्रधानाध्यापक धर्मेन्द्र प्रसाद सिहको अध्यक्षतामा एवम् बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को नतिजा विशलेषण बाट प्राप्त कक्षागत रुपमा प्रथम, द्वितीय, तृतीय, सबैभन्दा उच्च अङ्क सहित सर्वोत्कृष्ट छात्र छात्रा तथा विद्यालय शिक्षक कर्मचारीलाई नगर प्रमुख कुर्मी द्धारा पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको छ ।
बिधार्थीहरुको शैक्षिक स्तर अभिवृद्धि,उच्च मनोबलका लागि र अभिभावकहरुलाइ पनि चासो होस् भन्ने उदेश्य हेतुुले सो कार्यक्रम गरिएको प्रअ सिंहको भनाइ छ । बिधालय परिवारको तर्फ बाट निर्वाचित नगर प्रमुख कुर्मी लगायत वडा अध्यक्ष ,सरोकारवाला जनप्रतिनिधीलाइ पनि मधेशको पहिचान गमछा ओढाएर सम्मान गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै वृनदावन नगरपालिकाका नगर प्रमुख कुर्मीले यो बिधालय पुरानो बिधालय भएपनि यसका भौतीक पूर्वाधारहरु साह«ै नै कमजोर अवस्थामा रहेको हुनाले चालु आ.व. र आगामी आ.व.मा बिधालयमा गर्नुुपर्ने शैक्षिक पूर्वाधारका सुधारका कुराका लागि यथा सक्दो भ्याए सम्म बढी भन्दा बढी लगानी गर्ने प्रतिबद्धता व्यत्त गर्नु भयो ।
साथै बिधालयमा विज्ञान ल्याब यसै आर्थिक वर्षमा आवश्यक रकम छुुट्टयाउने आश्वासन दिए ।
बिधालयमा कार्यरत समपूर्ण शिक्षकहरुलाइ सम्मान पत्र र गमछा ओढाएर सम्मान गरिएको बताए ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, विशिष्ट आतिथि ,वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहर, संस्थापक परिवार एवम् पुर्व वि.व्य.स. बैजनाथ प्रसाद पाल,वडा सदस्य शिक्षाप्रेमी, समाजसेवी, अभिभावक र
बिधार्थीहरूको उपस्थितमा सम्पन्न भएको छ । सो बिधालय बाट यस वर्षको एसइइमा एक सय पन्द्र जना सहभागी थिए ।काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । न्युज कारखाना
आजमिति २०८१ साल असार १५ गते सोमबार तदअनुसार जुन २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको अष्टमी तिथी, उत्तरभाद्र नक्षत्र, । शोभन योग । चन्द्र राशि मिन । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । सामाजिक कार्यमा मन जानसक्छ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ५
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय राम्रो छ । काममा मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । काममा हतार नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
न्युज कारखाना
आरके श्रीवास्तव,राैतहट,१४ गते असार ।
स्वास्थ्यको क्षेत्रमा प्राविधिक काम गरेको भन्दै एक कर्मचारीलाई मधेश प्रदेशको स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्यमन्त्रीले सम्मानित गरेका छन् । रौतहट जिल्लालाई पूर्ण खोप घोषणा गराउनको लागि खोप राखिने फ्रिजको मर्मत तथा सम्भार गर्ने काममा अत्यन्त महत्वपूर्ण योगदान दिएको भन्दै मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा प्राविधिकलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा रौतहटको कटहरिया नगरपालिकामा कार्यरत सिअहेव मदनप्रसाद यादव रहेका छन् । यादवले प्रदेशको आठओटै जिल्लाका सम्पूर्ण पालिकाको फ्रिज मर्मत गर्दै आएका थिए । यादवले कोल्ड चैन इकुपमेन्ट तालिम लिएर फ्रिज मर्मत गर्ने काममा सक्रिय भएका थिए ।

प्राविधिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह र स्वास्थ्य राज्यमन्त्री केशव रायले जनकपुरस्थित मसला कटेजमा आयोजित कार्यक्रममा सम्मानित गरेका हुन् । सम्मानित भएपछि यादवले आफू गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । आफ्नो जीवनको एउटा मुख्य उपलब्धि हो भन्दै प्राविधिक यादवले खुसी प्रकट गरेका छन् । साथै यस कार्यमा विशेष सहयोग गर्नु भएका कटहरिया नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक दिनेश प्रसाद यादवलाई उनले धेरै धेरै धन्यवाद ज्ञापन गरेका छन् ।
यससँगै मधेश प्रदेश पूर्ण खोप घोषणा भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।
उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए । केही दिनको आरामपछि उनी सक्रिय हुने उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दिल्ली उपचारको लागि गएका थिए । भारतमा उनको शल्यक्रिया भएको थियो ।न्युज कारखाना
काठमाडौँ । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौं स्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेको छ ।
आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले बैदेशिक रोजगारका पीड़ितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन्। बैदेशिक रोजगारका पीड़ितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्ता देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलन संगै उनीहरू बैदेशिक रोजगार बिभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन। तर आन्दोलनको सरकार माथि कुनै असर परेको देखिएन।
बिदेश जाने युवाहरु सँग बिना रसीद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाल,लाई कारवाई गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनकारीलाई ह्रासमेण्ट गर्ने कार्य सही हैन । यसमा सम्माननीय प्रधानमन्त्रीको समयमा ध्यान जाओस आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन।
बैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आई टी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन्।
अहिले बैदेशिक रोजगारको नाउँमा‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ अध्यक्ष साहले भनेका छन।
यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै बैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।न्युज कारखाना
काठमाडौँ । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।
हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।’
हिना खानले फ्यानसँग गोपनियताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।’
हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन् । बिग बोस पछि उनले केहि फिल्ममा समेत काम गरेकी छन् ।न्युज कारखाना
काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।
उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।
सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।
सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।न्युज कारखाना
सर्लाही- सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।न्युज कारखाना