काठमाडौँ । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ ।
समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै केवल १०८ रन बनाएको थियो ।
यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।
अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।न्युज कारखाना
रौतहट,०४ गते साउन । रौतहट प्रहरीले अवैध किराना तथा कपडा लगायतका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । विभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले भंसार छली, चोरी निकासी÷पैठारीका े अवैध सामान बरामद गरेको हो । साउन २ गते प्रहरी टोलीले बरामद गरेको सामानको मूल्य एक लाख आठ हजार दुई सय पैत्तिस रुपैया बराबरको रहेको प्रहरीले बताएको छ । बरामद उक्त किराना तथा कपडा लगायतका सर सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि.सूचना अधिकारी एवम् प्रहरी निरिक्षक उमाशंकर प्रसादले जानकारी गराएका हुुन् । पछिल्लो समय रौतहट प्रहरीले अवैध रुपमा भारत बाट भन्सार छली गरेर ल्याएको सामानहरु पक्राउ गर्न तदारुकताका साथ लागि परेको छ ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।न्युज कारखाना
बारा । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने ३५ वर्षीय छठु गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना
दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाह«ो भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
तालिमका सहभागीहरूले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, उल्टै पत्रकारका रूपमा जाँदा पनि विभेद गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो पनि गरे । क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक सामग्रीमेत नहुँदा गैरदलित पत्रकारसरह काम गर्न नसकिएको भनाइ पनि उनीहरूको थियो । तालिमका क्रममा सहभागीहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लिखित प्रावधानहरू पालिकाहरूले नै पालना नगरेको जस्ता सवाल उठाएका थिए ।
साथै अहिले पनि जातीय विभेदका घटना दोहोरिइरहेका र कानुनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा पनि उनीहरूले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे । तालिमका अवसरमा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले आफूहरूबीच एकातिर पत्रकार क्षमता विकासको अवसर पहिल्याउनुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो समुदायका उत्पीडनका घटना पनि उजागर गनुपर्ने दायित्य छ भन्दै थपे– आफूहरू नै अभाव र पीडाबाट गुज्रिरहेका बेला एकैपटक २ वटा जिम्मेवारी पूरा गर्न निकै कठिनाइ भोग्नुपरेको छ ।
तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र त्यसले पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराएका थिए ।काठमाडौँ । युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ ।
आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो ।
युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।न्युज कारखाना
काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।
साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।
सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ ।
अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् । हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान नगर्ने भएका छन् ।
माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ एप र अन्य सेवाहरूमा प्रयोगकर्ताहरूलाई समस्या भएको र अहिले समस्याको अनुसन्धानर समाधानको प्रयास गरिरहेको जनाएको छ ।
अहिलेसम्म के समस्या आएको हो भन्ने स्पष्ट नभएपनि अस्ट्रेलियाको गृहमन्त्रालयलेले ग्लोबल साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकमा समस्या आएको बताएको छ ।न्युज कारखाना
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् ।
एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले सामाजिक सञ्जालबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् ।
बधाई सन्देशप ठाउँदै मोदीले दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन् । पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गदैँ उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
बधाई सन्देशमा उनले भनेका छन्- ‘भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ । हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ ।’
नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।न्युज कारखाना
दाङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डडेल्धुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१ स्यालकोट बस्ने ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कठायतले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौं । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् ।
उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रति ब्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिई प्रति ग्राहक ४/५ हजार रूपैयाँ सम्म लिने गरेको तथा शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनिदिने भनि डर त्रासमा पारी बेश्याबृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । न्युज कारखाना