काठमाडौं, साउन १० ।
प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ अंकले बढेको छ ।
यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।
न्युज कारखाना
काठमाडौं, साउन १० ।
सपोर्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ ।
यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो ।
यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आघिल्लो वर्ष ३५ लाख ५७ हजार रुपैयाँ रहेको संभावित जोखिम वापतको रकम असार मसान्तमा ९ लाख ७३ हजार रुपैयाँमा आएको छ ।
गत असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ ।
न्युज कारखाना
काठमाडौँ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् ।
कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् । जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौं । हाम्रो युद्ध तपाइँहरुको युद्ध हो र हाम्रो जित तपाईहरुको जित हो ।’
धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए ।
सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषणा गरेका थिए ।
नेतन्याहुको सम्बोधनमा बाधा पुर्याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ ।
प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने, तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ ।
न्युज कारखाना
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका हुन् । उनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’
उनले अमेरिका अहिले नाजुक मोडमा रहेको बताउदै हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । उनले भने, ‘हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ ।’
आफ्नो कार्यकाल राम्रो भएको भन्दै बाइडेनले भने, ‘मलाई लाग्छ, राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’
नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहको लागि यो अहिले सहि समय र स्थान हो ।’न्युज कारखाना
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ ।
यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ | सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् | यो भन्दा अघिल्लो त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास आएका जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् ।
उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९% ले वृद्धि भएको पनि जनाइको छ ।
सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २. ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको छ । न्युज कारखाना
काठमाडौँ । चीनमा अब अवकाशको उमेर बढाउने तयारी भइरहेको छ । बालबालिकाको जन्मदर घट्दै गएको र वृद्धवृद्धाको संख्या बढ्दै गएपछि चीनले अवकाशको उमेर बढाउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । जसका कारण देशमा काम गर्नेको संख्या घट्दै गएको छ । अवस्थालाई ध्यानमा राख्दै चीन सरकारले अवकाश उमेर बढाउने निर्णय गरेको छ ।
रिपोर्टका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वको बैठकमा यो नयाँ प्रस्तावलाई अनुमोदन गरिएको हो । यो प्रस्ताव लागू भएपछि चीनमा अवकाशको उमेर १० वर्षले बढ्न सक्छ । तर, यो क्रमशः धेरै चरणहरूमा लागू हुनेछ ।
चीन विश्वका ती देशहरूमध्ये एक हो जहाँ सेवानिवृत्तिको उमेर निकै कम छ । चीनमा पुरुष ६० वर्षमा र महिला ५५ वर्षमा अवकाश लिने गर्छन् । कडा परिश्रममा संलग्न महिलाले ५० वर्षपछि नै अवकाश पाउँछन् ।
चीनमा औसत आयु संयुक्त राज्य अमेरिका भन्दा बढी छ । विश्व बैंकको प्रतिवेदन अनुसार चीनको औसत आयु ७८ वर्ष पुगेको छ । सन् १९४९ मा कम्युनिस्ट क्रान्तिको समयमा यो ३६ वर्षको मात्रै थियो । जबकी अमेरिकीको औसत आयु ७६ वर्ष रहेको छ ।
चाइना पेन्सन डेभलपमेन्ट रिपोर्टले सेवानिवृत्तिको उमेर कम्तीमा ६५ वर्ष हुनुपर्ने उल्लेख गरेको छ । यो महिला र पुरुषको लागि समान हुनुपर्ने उल्लेख छ ।
रिपोर्ट अनुसार चीनमा पेन्सन लिने जनसंख्या ३० करोड नाघेको छ । जसका कारण सरकारले थप पेन्सन तिर्नुपर्छ । यो पैसा जनतालाई तलबको रूपमा दिनुपर्छ, त्यसको बदलामा काम लिन सकिन्छ भन्ने सरकारको सोच छ । तर, सेवानिवृत्तिको उमेर बढाउने चिनियाँ सरकारको योजनामा धेरैले शंका व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले चिनियाँ सामाजिक सञ्जालमा मानिसहरू आफ्नो कठिन कामबाट थकित भएको र चाँडै अवकाश लिन चाहेको लेखिरहेका छन् ।
साथै आरामदायी काम गरिरहेकाहरूले चाँडै अवकाश लिनु आवश्यक छैन भन्ने पनि छन् ।
विश्वका धेरै देशहरू कम जनसंख्या वृद्धि र काम गर्नेहरूको संख्यामा कमीका कारण अवकाशको उमेर बढाउने विचार गरिरहेका छन् । यस सम्बन्धमा धेरै देशहरूले परिवर्तन पनि गरेका छन् ।
डेनमार्क, ग्रीस, इटाली, आइसल्याण्ड, इजरायल जस्ता देशहरूमा अधिकतम ७७ वर्षमा अवकाश पाउने प्रावधान छ । अमेरिकामा यो उमेर ६६ वर्ष रहेको छ । तर, सन् १९६० पछि जन्मिएका व्यक्तिको अवकाश उमेर ६७ वर्ष पुर्याइएको छ ।
श्रीलंकामा सेवानिवृत्तिको उमेर ५५ वर्ष थियो जुन २०२२ मा बढाएर ६० वर्ष पुर्याइयो । हाल थाइल्याण्डमा सेवानिवृत्तिको न्यूनतम उमेर ५५ वर्ष रहेको छ । थाइल्याण्डमा वृद्ध जनसंख्या २० प्रतिशत नाघेको छ । यस्तो अवस्थामा सेवानिवृत्तिको उमेर बढाउने विचार भइरहेको छ ।
फ्रान्समा सन् २०२३ मा सेवानिवृत्तिको उमेर ६२ बाट बढाएर ६४ बनाइयो, त्यसपछि धेरै प्रदर्शनहरू भए । तर, म्याक्रोन सरकार आफ्नो कदमबाट पछि हटेन । हाल बेलायतमा अवकाशको उमेर ६६ वर्ष छ । बेलायतमा सन् २०२६ र २०२८ को बीचमा सेवानिवृत्तिको उमेर बढाएर ६७ र २०४४ र २०४६ बीच ६८ पुर्याइनेछ ।न्युज कारखाना
काठमाडौँ । २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्बजनिक भएको छ ।
ओरम्याक्स मिडियाले २०२४ को पहिलो हाफमा सबैभन्दा धेरै हेरिएका हिन्दी चलचित्रहरूको सूची सार्वजनिक गरेको हो । २०२४ को पहिलो ६ महिनामा ओटीटीमा धेरै हेरिएको फिल्म इम्तियाज अलीको फिल्म अमर सिंह चमकिला रहेको छ । फिल्मले अहिलेसम्म १.२९ करोड भ्युज पाएको छ । यस फिल्ममा दिलजीत दोसांझ मुख्य भूमिकामा थिए ।
दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपूर र विजय वर्मा स्टारर फिल्म मर्डर मुबारक छ, जसलाई स्ट्रिमिङ प्लेटफर्ममा १.२२ करोड मानिसहरूले हेरिसकेका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा रहेका छन् । त्यस्तै तेस्रो स्थानमा सारा अली खानको ए वतन मेरे वतन है, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । फिल्ममा सारा अली खान मुख्य भूमिकामा थिइन् ।
त्यस्तै चौथो स्थानमा रहेको फिल्म महाराजको एक करोड ६ लाख भ्यूज रहेको छ । यस फिल्मबाट आमिर खानका छोरा जुनैदले डेब्यु गरेका थिए । त्यस्तै यस सूचीमा पाँचौं फिल्म पटना शुक्ला रहेको छ । यस फिल्मले अहिलेसम्म ९८ लाख भ्यूज पाएको छ । यस फिल्ममा रविना टण्डन पनि लामो समयपछि यो फिल्ममा देखिएकी हुन् ।
गत वर्षको तुलनामा ओटीटीमा चलचित्र हेर्नेको संख्या घटेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ को मध्यसम्ममा शाहिद कपूरको फिल्म ब्लडी डैडी १.६६ करोड मानिसले हेरेका थिए ।
ओरम्याक्सले भारतभरका सबै ओटीटी प्लेटफर्महरूमा सबैभन्दा धेरै हेरिएका वेब शो र चलचित्रहरूको सूची जारी गर्दछ । यदि दर्शकले कम्तिमा ३० मिनेटको एपिसोड वा चलचित्र हेरेमा त्यसको आधारमा यो डाटा निकालिने ओरम्याक्सले जानाएको छ ।न्युज कारखाना
काठमाडौँ । जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
समुह ए बाट समुह विजेता हुदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपाल र युएई समुह चरणबाट बाहिरिएका छन् ।
त्यस्तै समुह बी बाट श्रीलंका शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बी बाट थाइल्याण्ड र मलेसिया समुह चरणबाट बाहिरिएका छन् ।
अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् ।
त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।न्युज कारखाना
काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएपछि विवाद बढेको हो ।
अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए । अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छोडेका थिए । तर खेल भने सकिएको थिएन । खेल करिब २ घण्टा अवरुद्ध रह्यो ।
दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो । तर बाँकी समयको खेल शुरु हुनु अघि अर्जेन्टिनाको गोललाई अफसाइड भन्दै भारले अस्वीकृत गरिदियो । तर बिना दर्शक बाँकी समय खेल खेलाइयो र मोरक्को यस खेलमा २-१ ले विजयी भएको घोषणा गरियो ।
खेलपछि अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेललाई सर्कस बनाइएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेसीले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिदै ‘अविश्वसनीय’ भनेका छन् ।
अब अर्जेन्टिनाले समुह बी मा शनिबार इराकविरुद्ध खेल्ने तालिका छ भने मोरक्कोले सोहि दिन युक्रेनको सामना गर्दै छ ।
बुधबारनै सम्पन्न अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले पराजित गर्यो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । यस्तै समूह बी मा इराकले युक्रेनलाई २–१ ले पराजित गरको छ ।न्युज कारखाना