२०८३ श्रावण ७
२०८३ श्रावण ७

काठमाडौं । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।

उनका तीन छोरा एक छोरी रहेका छन् । उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

कार्यदलका सदस्यहरु गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबिच भएको निरन्तरको छलफलपछि आज सहमति जुटेको छ ।

बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘आज राम्रो उपलब्धि भएको छ । हाम्रा बिचमा मिल्न बाँकी कुराहरु सबै मिलिसकेको छ ।’ विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उनको भनाइ छ ।

‘द्धन्द्धकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए ।

उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ । ‘यदि पीडितको सहमति भएन भने मानवअधिकारको उल्लंघनमा पनि सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्न सक्ने छ । दुनियावादी फौजादरी मुद्दा भएकोमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा त मुद्दा चल्ने नै भयो,’ गृहमन्त्री लेखकले भने ।

द्धन्द्धमा संलग्न भएका सुरक्षाकर्मीको जसको मृत्यु र घाइते भएका परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको उहाँले बताए ।

यस्तै तत्कालीन माओवादीबाट लडेका बहिर्गमित मानिसहरुलाई द्धन्द्ध प्रभावितका रुपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमित भएको गृहमन्त्री लेखकले बताए । ‘यसलाई कानुन मन्त्रालयको सचिवले ड्राप्ट गर्नुहुन्छ । त्यसपछि हामीहरुले नेताहरु (प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) लाई बुझाउछौं,’ उनले भने, ‘संक्रमणकालीन न्याय देशको साझा विषय भएकाले कार्यदलमा भएको सहमति संसदीय समिति हुँदै संसदबाट पारित हुन्छ ।’

संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधिन रहेको छ । त्यो विधेयकबारे नमिलेका कुरा मिलाउनका लागि गठित लेखक, बर्तौला र शर्मा सम्मिलित ३ सदस्यीय कार्यदल गठन भएको थियो ।

पछिल्ला बैठकहरुमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्यायाधिक्ता केशव बडाल, पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागी थियो ।न्युज कारखाना

सिरहा, १७ साउन। पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ।

यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ पालिका हो। यो पलिकाले योजनाहरुको काम सम्पन्न नै नगरी रकम निकाशा दिएको छ। पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरित योजनाका कामहरु सम्पन्न नै नगरी आफ्नो आफन्तले गरेको कामको अर्थिक सेटिङमा रकम भुतmानी गरेको  रहस्य खुलेको हो।

मिलेमत्तोकै कारण भवनको छत ढलान हुनु अघि नै फर्जि मूल्याङ्कन गरेर रकम निकासा गरेको स्रोतको दावी छ।

तराई मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको साझेदारीमा वडा नम्वर ३ मा पसल सञ्चालन गर्न मिल्ने ८ कोठे सटर भवन निर्माणको लागि ३४ लाख रकम विनियोजन गरिएको थियो। यो भवन निर्माण गर्न नामको लागीमात्र उपभोक्ता समित गठन भएको थियोे।

भवनको पिलर, वाल र छत ढलानको काम सम्पन्न गरी निकासा लिईसक्दा पनि उपभोक्ता समितिका अध्यक्ष सिमल देवी सदायले जानकारी नपाउनुले  नामकोलागिमात्र समिति गठन भएको पुष्टि गर्छ।

यस काममका कति रकम निकासा भयो, निकासा कसले लियो भन्ने उपभोक्ता समित अध्यक्ष सदायलाई कुनै जानकारी छैन। उनी भन्छन्, ‘अफिसमै मिटीङ्ग भएको थियो, मलाई पनि समितिमा राखेको रहेछ। निर्माणका सम्पूर्ण काम गरिरहेका नविन यादवले घरमै आएर चेकमा सहि लगारएर लग्यो। म अक्षर नचिन्ने मान्छे के लेखिएको थियो केही थाहा छैन।’

सोही वडाका वडा अध्यक्ष महेश यादवले निमार्णका सम्पूर्ण काम नविन यादवले गरेको स्विकार गरेका छन्। उनले, ‘उपभोतmा समिति जो कोही भएपनि काम नविन यादवले गरेको हो, काम पनि राम्रो भएको छ।’  उनले वर्षाका कारण छत ढलानको काम असार २३ गते राती सम्पन्न भयो। अझै केही काम बाँकी रहेको छ। बाँकी कामको रकम कार्यालय प्रमुखले होल्ड गरेर राखेको बताए।

अर्नामा गाँउपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुले रकम हिनामिना गर्नकै लागी गाँउघरका निमुखा, गरिव, दलित र कमजोर वर्गका व्यक्तिलाई नामकैलागी उपभोतmा समितिमा राखेर काम आफै वा आफन्तहरु लगाएर गराउने गरेको स्रोतको दावी छ।

यता प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवले निर्माणको सम्पूर्ण काम उपभोक्ता समितिले गरेको दावी गरीन। उनले भनिन, ‘मैले बुझेसम्म भवनको काम उपभोक्ता समितिले गरेको हो। उपभोक्ता समितिले ठेकेदारलाई दिएर कामगराएको भए मलाई जानकारी भएन।’

उनले कामको मूल्याङ्कनको आधारमा २२ लाख रुपैयाँमात्र निकाशा भएको जनाउँदै अरु थप जानकारी चाहिएकोभए कार्यालयमा आउनुस् भन्दै फोन काटे।  सटर भवन निमार्णको लागी सोही वडाका सिमल देवी सदायलाई उपभोतmा समितिको अध्यक्षको रुपमा खडागरी काम भन्ने जनप्रतिनिधिकै आफन्त पर्ने नविन यादवले गराएको स्थानियहरुको आरोप छ।

न्युज कारखाना

काठमाडौँ । भारतीय पूर्व क्रिकेटर तथा पुर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।

उनले गत जुनमा लन्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार पनि गराएका थिए । यसपछि उनी भारत फर्किएका थिए ।

गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेलेका थिए । उनी सन् २००० आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक पनि थिए । गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल पनि खेलेका थिए । न्युज कारखाना

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा शुरु हुदै छ ।

आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रागेको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ ।

भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शिर्ष

नेताहरुले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् ।

जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ   । त्यस्तै फ्रान्स ८ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ काश्य पदक जितेको छ । त्यसैगरी इटालीले ३ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ ।

त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् ।  त्यसैगरी स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम,  काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया,  ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

घटेको मुल्य बुधबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची घटेर आएकोले मुल्य घटाएको जानकारी दिएको छ ।न्युज कारखाना

सिरहा, १६ साउन।  सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेको छ।

जिल्लाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रमशाृषण गरेको हो।

स्थानीय मजदुरहरुले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मूख्य गेटमै तालावन्दी गरेर धर्नामा बसेका छन्।

दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराएपनि आफूहरुले तोकेका पारीश्रमीक नपाएको सुखिपुर ६ का मजदुर सैदि सदायले बताए। उनी जस्तै सुखिपुर ६ कै रेखादेवि रामले पनि पारिश्रमीक पाएका छैनन्। वडा नम्वर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारीश्रमिक नपाएको बताए।

सुखिपुर ६ का मजदुर सैदि सदायले आफूहरुलाई दैनिक ६६७ रुपैयाँका दरले पारीश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँमात्र हालेको बताए। उनले भने, ‘हामीलाई पहिला तिमीहरु काम गर, सवै पैसा एकैपटक  खातामा जान्छ  भने, पछि खातामा रकम गईसकको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाई रकम पनि छैन।’

नगपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको बताए। उनीहरुले आफूहरु श्रम शोषणमा परेकाले सरोकारबाला सवैलाई सहयोग गर्न समेत अपील गरे।

उनीहरुले वडा नम्वर ६ र १० को वडा कार्यालयमा पनि ताला बन्दी गरेको छ। लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ। यस प्रति सम्वन्धित व्यक्तिहरुको ध्यान गएको छैन।

वडा नम्वर ६ का अध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर माँगे पछि पठाएको बताए। वडा अध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भनेपनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरु पन्छिने गरेको आरोप लगाए।

वडा अध्यक्ष साहले मजदुरहरुले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सूचारु गर्न नेतृत्वले पहल गर्ने पर्ने बताए।

तालाबन्दिका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ। नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत यसप्रति उदासीन रहँदै आएको छ। तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरुको दुखेसो सुनिएको छैन।

सुखिपुर नगरपालिकाका मेयर राम औतार यादवलाई तपाईको कार्यालयमा तलाबन्दी गरेको रहेछ, कसले किन तालाबन्दी गरेको हो? भनी फोनबाट प्रश्न गर्दा उनले आफू अहिले बाहिर रहेको भन्दै फोन काटी दिए।

यस विषयमा जान्न प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्वर ९८५२८२९१११ म फोन गर्दा फोन स्वीच अफ रहेको थियो।
सम्वन्धित सरोकारबाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन।

सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरुले पारीश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए। उनले भने, ‘विहान एक पटक कार्यालय गएको थिएँ, तालावन्दीका कारण फर्कीएर आएँ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।