ओम प्रकाश यादव
असोज १९ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले शनिबार बाढी प्रभावित तीन सय भन्दा बढी परिवारलाई राहत सामग्री बितरण गरेका छन ।
बाढीबाट प्रभावित भएका माधवनारायण नगरपालिका-७ लौकाहा र फुलवरियाका तीन सय भन्दा बढी परिवारलाई मेयर यादवले राहत बाडेका हुन ।
अविरल वर्षाका कारण गएको असोज १२ गते बागमति नदिमा आएको बाढिले प्रभावित भएका नागरिकहरुलाइ तत्कालका लागि केही सहयोग होस भन्ने उदेश्यले मेयर यादवले प्रती परिवार २५ किलो चामल, २ किलो खाने तेल, नुन, चिनी, ३ किलो दाल, ५ किलो चिउरा लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।
चर्को घामको कुनै प्रवाह नै नगरि ट्ण्ट्लापुर घाममा घण्टौ लाइन लागेर बाढि प्रभावित व्यक्तिहरु राहत लिन पुगेका थिए ।
वडा अध्यक्ष दिलिप यादवले दिएको जानकारी अनुसार लौकाहा फुलवरियामा बाढिबाट करिव सात सय २२ जना भन्दा बढी परिवार प्रभावित भएका छन ।
पहिलो चरणमा तीन सय परिवारलाई राहत बाडिएको र बाकी करिव ५ सय परिवारलाई चाडै दोस्रो चरणमा राहत उप्लब्ध गराउने वडा अध्यक्ष यादवले बताए ।
आरडिसि नेपाल र वर्ल्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोगमा उक्त राहत सामग्री बितरण गरिएको छ ।
बाढी प्रभावित नागरिकलाई तत्काल खानाको आवस्यकता रहेको कारण उनीहरुलाई खाद्यान्न सामग्रीको खाचो रहेको अवस्थालाई मध्य नजर गरि लौकाहा फुलवरियाका तीन सय नागरिकलाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको नगर प्रमुख यादवले बताएका छन ।
बाढी प्रभावित वडा नम्बर ६ माधोपुर र वडा नम्बर ८ खडकि रजवडामा पनि चाडै राहत सामग्री बितरण गर्ने मेयर यादवले बताए ।
असोज १२ गते बागमति नदिमा आएको बाढिका कारण ६, ७ र ८ नम्बर वडाका करिव ३ हजार भन्दा बढी परिवार प्रभावित भएको मेयर यादव बताउछन् ।
प्रभावित परिवारहरुलाइ अहिले तत्काल ग्रामीण विकास केन्द्र नेपाल आरडिसि र वल्र्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोग मा राहत बितरण गर्ने काम भइरहेको उनले बताए ।
अरु दातृ निकायको सहयोग र नगरपालिकाबाट पनि प्रभावित नागरिकलाई दोस्रो चरणमा थप राहत बितरण गर्न प्रायसरत रहेको मेयर यादवले बताए ।
बाग्मती नदिको बाढी तट्बन्ध कटान गरि बस्तिमा पस्दा नगरपालिकाको तिनवटा वडामा व्यापक जनधनको क्षती पुर्याएको छ भने हजारौं हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, उखु र तरकारी बालि समेत नस्ट हुँदा करोडौंको क्षती भएको छ ।
त्यस्तै हजारौं बिघा पोखरीको माछा समेत बाढिको पानीले बगाइदिएका कारण माछा पालक किसानलाई पनि करोडौंको क्षती भएको छ ।
बाढिबाट क्षती भएका घर, धान, पोखरी र तरकारीको विवरण संकलन गर्ने काम भइरहेको बताउदै मेयर बैजनाथ प्रसाद यादवले विवरण संकलन भएपछि उनीहरुलाई राहत उप्लब्ध गराउने बताए ।
विभिन्न संघ संस्था, केन्द्र सरकार एवं प्रदेश सरकारको सहयोग तथा नगरपालिकाबाट सबै पीडितहरुलाइ राहत तथा उचित क्षतिपुर्ती उप्लब्ध गराउन आफू काम गरिरहेको मेयर यादवको भनाइ छ ।
बाढिले घरका सबै अन्नपात, लत्ताकपडा बगाइदिएका कारण एकछाक टार्न समेत समस्या भइरहेका प्रभावित नागरिकहरु राहत पाएपछी निकै खुसी भएका छन ।
बिपत र दुखका बेला अरु सरकार नाआए पनि स्थानीय सरकारका प्रमुख यादवले थोरै भएपनि उप्लब्ध गराएको खाद्यान्न सामग्रीले आफुहरुले ठूलो राहत पाएको भन्दै उनीहरुले सहयोगि संस्था र नगर प्रमुखलाई धन्यवाद दिएका छन ।
दुखका बेला राहत दिएर आफुहरुको दुखमा मल्हम लगाउने काम गरेको भन्दै उनीहरुले मेयर यादवको खुलेर प्रशन्सा समेत गरेका छन ।
राहत वितरण कार्यक्रममा आरडिसि नेपालकि उपाध्यक्ष ममता , अन्य कर्मचारी तथा वल्ड भिजन ईन्टरनेस्नल नेपालका कर्मचारी एवं प्रहरीको सह्भागिता रहेको थियो ।
राजेश निर्माणी/असोज १९/रौतहट
रौतहट जिल्लाको गुजरा नगरपालिकामा दलित समन्वय समितको तेस्रो नगर सम्मेलन सुरेन्द्र बैठाको अध्यक्षतामा सम्पन्न भएको छ।
शनिबार गुजरा नगरपालिकाको कार्यालय प्राङ्गणमा एक भव्य कार्यक्रमको आयोजना गरि सो नगर सम्मेलन सम्पन्न भएको हो।
शिक्षित बनौं,संगठित होऔं,अधिकारको लागि संघर्ष गरौं भने मुल नाराका साथ आयोजना गरिएको दलित नगर समन्वय समिति गुजरा नगरपालिकाको तेस्रो नगर भेला कार्यक्रममा गुजरा नगर पालिका भरिका दलित जनप्रतिनिधि,दलित अगुवा,दलित,कर्मचारी, र दलित बिधार्थीहरुको साथै रौतहट जिल्ला भरीकै विभिन्न तह तपकाका दलित अगुवाहरुको सहभागीता रहेको थियोे।
सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै दलित अगुवा बलिराम माझीले उक्त समितिको गठन २०७५ अशोजमा गठन भई समितिले स्थानीय स्तरमा दलित,बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन र संरक्षणका लागि पहल गर्दैआएको र छुवाछूत तथा विभेद विरुद्धको अभियानलाई थप सक्रिय बनाउन सहयोगात्मक भूमिका खेलिरहेको बताए।साथै स्थानीय स्तरमा भइरहेको जातीय विभेद तथा छुवाछूत जस्ता घटनाहरुलाई नियन्त्रण तथा निगरानी गर्ने, दलितको हक संरक्षण र हित प्रवर्द्धन को लागि स्थानीय स्तरमा प्रचार-प्रसार र पैरवी गर्ने,दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीय तहमा देखा परेका बाधा अवरोध समस्या निराकरण गर्ने।
रामले दलितको हक संरक्षण र हित प्रवर्द्धनको लागि स्थानीयस्तरमा गर्नुपर्ने कार्यको लागि शअनुगमन समितिलाई प्रतिवेदन तथा पृष्ठपोषण गर्ने,दलित उपरको भेदभाव विरुद्धको कानून कार्यान्वयन गर्न सहयोग गर्ने गराउने,स्थानीय स्तरमा दलितको हक संरक्षण र हित प्रवर्द्धनका लागि गर्नुपर्ने आवश्यक अन्य कार्यहरु गर्ने,दलित विद्यार्थीको निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था मिलाउने सम्बन्धी सम्पुर्ण काम गर्ने, गराउने,दलित विकास तथा उत्थानका लागि स्थानीय सरकारबाट बजेट विनियोजन गरी पारित गर्ने, गराउने र दलितहरुको अगुवाइमा उक्त कार्यक्रम कार्यान्वयन गराउन सहयोग गर्ने,जातीय छुवाछूतका घटना हुन नदिन नगर तथा गाउँस्तरमा चेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने,तोकिए बमोजिमका अन्य कार्य गर्ने गराउने, समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम कार्य गर्दै आइरहेको छ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले उक्त समिति गठन प्रति खुसी व्यक्त गर्दै चयन भएका नयाँ पदाधिकारी हरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो।उहाँले भन्नुभयो”समितिको गठनले गुजरा नगरपालिकामा जातीय विभेद विरुद्धको लडाइँलाई अझ सशक्त बनाउने छ।सबै जना मिलेर समतामूलक समाज निर्माण गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउदै उनले समितिको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै पछिल्लो दिनमा जस्तै आगामी दिनमा पनि नगरपालिकाले सो समितिलाई आवश्यक सहयोग प्रदान गर्ने जनाए।
नगर प्रमुख चौधरीले आफू दुई पटक निर्वाचित भइसकेको पालिकामा दलितको पनि अत्यधिक बहुल्यता रहेको र ती मध्येका अधिकांस दलितले आफलाई नै सहयोग गरेकोले आफ्नोले ती समुदायका ३७ जना बिधार्थीलाई उच्च शिक्षा र प्राविधिक शिक्षा तर्फ पनि सहयोग गरेर स्वरोजगार बनाइसकेको बताउनु भयो।
त्यसैगरी सो कार्यक्रममा बोल्दै,दलित अगुवा पुनित सामाजिक, आर्थिक र धार्मिक रुपले पछाडि पारिएका दलित समुदायको पिडा बुझ्न र ति समुदायले भोग्दै आएको जातिय विभेद तथा छुवाछूत जस्ता जघन्य अपराधको नियन्त्रणका लागि आफुले आफुले ईमानदारीताका साथ निर्वाह गर्ने गरिरहेको बताउनुभयो।
समितिले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु अगाडि बढाउने छ। समितिले समितिले दलित,बालबालिका र महिलाको हक अधिकार प्रवर्द्धन र संरक्षणका लागि पहल गर्दैआएको र छुवाछूत तथा विभेद विरुद्धको अभियानलाई थप सक्रिय बनाउन सहयोगात्मक भूमिका खेलिरहेको बताए।
त्यसैगरी दलित अगुवा रामाज्ञा रामले शिक्षा नै जिवनको ज्योती रहेको बताउदै सबैले आ-आफ्ना बालबच्चालाई पढाउन आग्रह गरे।
रामले रौतहट जिल्लाको १८ ओटै स्थानीय तहहरुमध्ये गुजारा नगर पालिकाले दलित समुदायको ३७ जना बिधार्थीलाई शिक्षित र स्वरोजगार बनाएर सराहनीय कार्य गरेको भन्दै उनले धन्यवाद समेत व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी, सबै वडाका वडाअध्यक्षहरु लगायत विभिन्न दलका प्रतिनिधिहरु र दलित अगुवा तथा दलित जनसमुदाय लगायत सो पालिक भित्रका विभिन्न दलित जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा विभिन्न कर्मचारहरुको उपस्थिति समेत रहेको थियो।
आरके श्रीवास्तव,राैतहट,२० गते असाेज ।
गत शुक्रबार नेपाल सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा विभिन्न दलले असन्तुष्टि जनाउँदै मधेशका जिल्लालाई पनि समेटन माग गरेका छन् । तत्काल मधेशका संकटग्रस्त जिल्लालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणामा समेटन माग गरेका छन् ।
लोसपा नेपालका नेता एवं रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख प्रत्याशी रामप्रवेश दासले सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि जनाएका छन् । नेता दासले उक्त घोषणालाई सच्याएर वास्तविक क्षति भएको पालिका र जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् । सरकारले यसमा पुनर्विचार नगरे आफूहरु सरकारको विभेदकारी नीतिविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । उनी भन्छन् – मधेशी जनता चुप लागेर बस्दैनन् ।
मधेश प्रदेशको विभिन्न जिल्ला पनि बाढी पीडित र अत्यधिक प्रभावित रहेको अवस्थामा सरकारले मधेशलाई उपेक्षा गरेको आरोप दासको रहेको छ ।
बाढीले कैयाैं बिघा जमिनमा लगाइएको धानलाई पूर्णतया बालुवाले पुरेको, हजारौँ बिघा जमिनमा लगाइएको धान बालीलाई डुबाएर सखाप पारेको तथा थप हजारौँ बिघा जमिनको बालीलाई बाढीले सखाप बनाएको छ । अहिले पनि धेरै बालीलाई बाढीको पानीले डुबाएको अवस्था रहेको छ ।
मधेशका जिल्ला तथा मुख्य गरी अत्यधिक प्रभावित पालिका र वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने नेताहरुको माग गरेका छन् ।
काठमाडौँ । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।
जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक शुरुवात गरेको छ । आइसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।
अब बंगलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।
न्युज कारखाना
विराटनगर- मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्। उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।
मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरमा काम गर्ने गरेका थिए। नाबालकको ज्यान लिएको क्रसर मालिक सोही गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की हुन्।
नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३:४० बजेतिर पाएको थियो।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरूमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो। पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो।
खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत साँझ फेला परेको कार्कीले बताए।
‘नाबालक दाजुभाइको मृत्यु एउटै खाल्डोमा डुबेर मृत्यु भएको छ,’ कार्कीले भने, ‘भाइको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।’
दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन्। क्रसरको चरम लापरबाहीले घटना भएको आरोप स्थानीयको छ।
बुधबार रातिसम्म स्थानीयले विरोध गरेपछि शव उठाउन नपाइएको कार्कीले बताए।
घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने अडान आफन्त र स्थानीयले राखेका छन्।
कार्कीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान सुरू गरिएको एसपी कार्कीले बताए।
स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो। तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यतिकै छाडेका कारण नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन्।
खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ। भण्डारणको बीचमा रहेको खाल्डोमा नाबालकको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन्। उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन्।
क्रसरका मुख्य लगानीकर्ता रोहित कार्की हुन् भने उनका पार्टनर रोशन सुब्बा, विशाल खरेल छन्। कार्की नेपाली कांग्रेस पार्टीमा आवद्ध छन्। उनको क्रसरको गैरकानुनी उत्खननमा स्थानीय प्रशासनले आँखा चिम्लिँदै आएको छ।
यो क्रसरले जथाभावी खोलाबाट नदीजन्य वस्तु उत्खनन् गर्ने गरेको छ। जसका कारण ठूला खाल्डा बनेका छन्।
स्थानीयले क्रसर हटाउनुपर्ने र सञ्चालकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन्।
नोट : रोहित कार्की गाउँपालिकाका पूर्वअध्यक्ष हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। – सम्पादक
न्युज कारखाना
बज्जिकाञ्चल संवाददाता,राैतहट,१६ गते असाेज ।
राैतहट। पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार दिउँसो ३ बजे गृह जिल्ला आई पुगेका नेता नेपालले गत अशाेज १२ गते बागमति नदिमा आएको बाढिले बाध तोडी घर तथा खेली बालिमा पुर्याएको क्षेतिको निरिक्षण गरेका छन ।

पुर्ब प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मिपुर पुगेका थिए । बांधमा पुगेको क्षेती अब आफुले गर्नु पर्ने भुमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसंग सुझाब लिएका थिए । वाधमा भएको क्षेती तथा खेती बालि हेर्ने क्रममा पुर्व प्रधानमन्त्री नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७का पकाहा धर्मपुर पुगि स्थानीयले भोगेका सम्स्या तथा समाधानका उपाय बारे स्थानियसंग संवाद गरको नेकपा एसका नेता रेवन्त झाले बताए ।

यसैगरी विहिबार विहान बागमति नदि किनाराको माघवनारायण नगरपालिका र राजदेबी नगरपालिका तथा दुर्गा भगवति गाउपालिकामा भएको क्षेति तथा स्थानीय पिडितसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।

विहिबार नै पुर्व प्रधानमन्त्री नेपाल लाल बकैया नदिको बाढिले पुर्याएका क्षेति तथा राजपुर , परोहा , बाैथिमाई , माैलापुर ,देवाही गाेनाही र कटहरिया नगर पालिकाका स्थानीय वाढिपिडित जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए ।
पुर्वप्रधानमन्त्री नेपालसंग नेकपा एसका केन्द्रीय सदस्य तथा पुर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव , गढिमाई नपा १का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेकपा एसका नेता बिरेन्द्र साह सहितका नेता , जनप्रतिनिधि, स्थानीय जनता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,गाैर,१६ गते असाेज ।
राजदेवी नगरपालिकाले पालिका भित्र बाढी प्रभावीत प्रत्येक घर घरमा पुगदै क्षती संकल कार्य शुरु गरेको छ । असोज १२ गते आएको बाढीले पालीकाको ९ वटै वडामा क्षती पुगेको प्रारम्भीक अनुमान गरिए अनुसार क्षतिपूर्ति गर्ने उदेश्यले पीडितहरूको घर–घरमा नपाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी, कृषि तथा पशुप्राविधिक र नगर प्रहरीको टोली पठाईएको नगर प्रमुख भिखारी यादवले जानकारी दिनु भएको छ ।
तत्काल राहतका लागि प्राथमिक जाँच र सहायता प्रदान गरेको छ भन्ने राहत तथा क्षतिपूर्ति सम्बन्धी विस्तृत जानकारी भने संकलन प्रक्रिया पूरा भएपछि मात्र उपलब्ध गराइने प्रमुख यादवले बताए ।

बाढीका कारण फैलिन सक्ने महामारी तथा स्वास्थ्य समस्याको निवारणका लागि दुईवटा च्बउष्म च्भकउयलकभ त्भबm समेत परिचालन गरी नगरवासी माँझ पुर्याइएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जनाकारी दिनु भएको हो । अधिकृत कायस्थका अनुसार, टोलीले पीडितहरूको स्वास्थ्य अवस्था, क्षति, र आवश्यकताहरूको विवरण संकलन गरिरहेको छ, जसको आधारमा उपयुक्त सहयोग र क्षतिपूर्ति प्रदान गरिनेछ बताउदै, यो प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ, र त्यसपछि प्रभावितहरूलाई अझ प्रभावकारी रूपमा सहयोग गर्न सकिने अधिकृत कायस्थले बताए । यस कार्यमा सवै नगरवासीले सहयोग गर्न राजदेवी नगरपालिकाले अनुरोध समेत गरेको छ ।

बुधवार बान्ध मर्मत गर्न गएको टोलीलाई केही राजनितिक व्यक्तिको प्रोपगण्डमा बान्ध मर्मत गर्न नदिएको भन्दै नगर प्रमुख यादवले, त्यस्तो कार्य राहतको नाममा राजनितिक र आहत गर्ने काम नगर्न सवै संग अनुरोध समेत गरे ।
राजेश निर्माणी,रौतहट,असोज १६ गते।
वृन्दावन नगरपालिकाको वडा नं. ५ मा रहेको श्री राम जानकी आधारभूत विधालय नरकटियामा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्।

वृन्दावन नगरपालिकाको सहयोगमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको वडाध्यक्ष फेकु दासले जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययनरत ५ सय ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी दिनुहुँदै पोसाक पाउनेमा २५० जना छात्र र ३०० जना छात्रा रहेको बताउनुभयो।

वडा अध्यक्ष दासले आफू अर्कै पार्टीबाट निर्वाचित भएता पनि नगर प्रमुख कुर्मीले आफुलाइ सधैं सहयोग गर्दै आएको बताउदै नगर प्रमुखले गरेको कार्यको चर्चा गर्दै धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

पोसाक वितरण कार्यक्रमका प्रमुख अतिथि वृन्दावन नगरपालिका का नगरप्रमुख विनोद प्रसाद कुर्मीले कपडा अभावमा पढाइबाट वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो। विद्यालयमा अध्ययनका लागि आउने छात्र-छात्राहरू समान भएको भन्दै नगर प्रमुख कुर्मीले सो विद्यालयमा अध्यनरत छात्र-छात्राहरुलाई दुई-दुई थान स्कुल पोसाक हस्तान्तरण गर्नुभयो।

नगर प्रमुख कुर्मीले सो विद्यालय अति गरिब तथा दलित बसोबास भएको वडामा रहेकोले आफुले सो विधालयलाई सधै सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि सो बिधलयलाई सहयोग गर्दै जाने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।
त्यसैगरी सो पोसाक वितरण कार्यक्रमको विशिष्ट अथितिको रुपमा पाल्नु भएका वृनदावन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेलले पोसाक पाएका विधार्थी तथा सो विधालयका शिक्षिका शिक्षिका हरुलाई नियमित रुपले विधालय पोसाक लागाएर मात्र विधालय आउन निर्देशन दिदै सो विधालयमा अध्यनरत विधार्थी लाई एकदिन पनि न बिराइकन पोसाकका साथ त्यारी पारेर नियमित रुपले विधालय पठाउनका लागि त्यहाँका अभिभावकहरुलाई आग्रह गर्नुभएको छ।
उहाँले नगरले विद्यालय पोसाक मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने चर्चा गर्नुका साथै अभिभावकहरूलाई समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मी सहनीले सो विधालय मा अध्यनरत कतिपय दलित बालबालिकाहरू पोसाक अभावमा नियमित हुन नसकेको बताउनुहुँदै उक्त पोसाक वितरणले विद्यार्थीको पठनपाठन नियमित हुन सहयोग पुग्ने बताउनुभयो ।
पोसाक वितरण पश्चात् नगर प्रमुख कुर्मीको सहयोगमा सो विद्यालय मा निर्माण भइरहेको कार्यलाई नगर प्रमुख कुर्मी,प्रमुख प्रसासकिय अधिकृत भुजेल,शिक्षा संयोजक उपेन्द्र महतो, र नगर पालिकाका इन्जिनियर कमलेश कुश्वाहाले अनुगम समेत गरेकाछन्। अनुगमन गर्दै नगर प्रमुख कुर्मीले भवन निर्माण कार्यमा प्राविधिकको सल्लाह अनुसार स्टिमेट अनुसारको गुणस्तरिय काम गर्न निर्देशन दिएका हुन्।
कक्षा ८ सम्म पढाइ हुने सो विधालयमा कक्षाकोठाको अभाव रहेकोले चुनावी प्रतिवद्धता अनुसार नगर प्रमुख कुर्मीले आफ्नो नगर स्तरीय योजनाको २३ लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार गरि कुल रकम ४५ लाख ५० हजारको लागतमा सो भवनको निर्माण भइरहेको नगरप्रमुख कुर्मीले जानकारी दिनुभयो।
उक्त पोसाक वितरण कार्यक्रमको अध्यक्षता सो विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष रितेश साहले गर्नुभएको थियो भने,कार्यक्रमको प्रमुख अथितिको रुपमा नगर प्रमुख विनोद प्रसाद कुर्मी र विशिष्ट अथितिमा प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल रहेका थिए। त्यसैगरी अथितिमा सोही वडाका वडाअध्यक्ष फेकु दास,शिक्षा संयोजक उपेन्द्र महतो,युवानेता सलामोदिन दर्जी,समाजसेवी प्रेम राउत,कार्यपालिका सदस्य राजेश पासवान,र सो विधालयका प्रधानाध्यापक लक्ष्मी सहनीको साथै विधालयमा कार्यरत शिक्षक-शिक्षिका लगायत स्थानीय अभिभावक हरुको समेत उपस्थिति रहेको थियोे।