२०८३ असार ३१
२०८३ असार ३१

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज । 

जिल्ला विपद् व्यवस्थापन समिति राैतहटकाे बैठक सम्पन्न भएको छ । बाढीबाट प्रभावितहरूको उद्धार, क्षति तथा राहत बारे र बाँधलाई मर्मत तथा ठोस रुपमा निर्माण र स्तरोन्नति गर्ने लगायतका बिषयहरूमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको अध्यक्षता बैठक बसेकाे थियोे ।

जिल्ला प्रशासन कार्यालयको सभाहल गौरमा साे बैठक बसेकाे थियोे । बैठक बाट बागमति बकैया नदी नियन्त्रण आयोजना को कार्यालय पर्बानिपुरमा रहेकोले तत्काल यी दुवै नदि दुख दिरहेको जिल्ला रौतहटको गौरमा सार्न पहल गर्ने,

बागमति बकैया दुबै नदिको बेड लेबल माथि आएकोले गहिरो गर्न र दुबै तिर बाधंको हाईट बढाई स्थाई समाधान गर्न जिल्लाको ४ वटै संघिय सांसद  ८ वटै  प्रदेस सांसद १८ वटै मेयरहरू राजनितीक दल नागरिक समाज पत्रकार समेतको उपस्थितिमा छलफल गरि कार्य अघि बढाउने,भत्केको बागमति बकैयाका बाधंहरूको अस्थाई मरम्मत तत्काल शुरू गर्ने,किसानहरूको बाली नाली,माछा पोखरी,ब्यपार ब्यबसाय को क्षति विवरण ३ दिन भित्र तयार गरि पेस गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।

बैठकमा जिल्लाकाे तीन वटै सुरक्षा निकायका प्रमुख,१८ वटै पालिकाका नगरप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,१५ गते असाेज । 

राैतहटकाे देवाहीगाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह सधैं चर्चामा नै रहने गरेका छन् । चाहे त्याे एसईई काण्डहाेस् या भर्खरै केही दिन पहिला भएको प्रधानाध्यापक सरूवा काण्ड ।

याे दुई वटा काण्डकाे अपार सफलता पछि उनकाे अब एउटा नयाँ काण्ड”मस्त निद्रा”भाईरहल बनेकाे छ । याे सब मामलामा उनी आफ्नो चर्चा बटुल्न एकदमै सिपालु छन् । अहिले मेयर साहकाे एउटा तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ ।

अविरल वर्षाबाट आएको बाढीले देशमा ठुलो जनधनको क्षति भएको छ । यसमा राैतहट अछुताे रहेन् । यहाँ धेरै क्षति भएको छ । यस अवस्थामा बाढीको प्रकोपबाट बिचलित भएकाहरुलाई राहत तथा पुर्णस्थानका लागि जिल्ला विपद व्यवस्थापन कार्यालय रौतहटले जिल्लाको १८ वटा स्थानीय तहका प्रमुख सँग छलफल गर्न बाेलाईएकाे बैठकमा देवाही गाेनाही नगरपालिकाका मेयर साह मस्त निन्द्रामा सुतेकाे तस्बिर समाजिक संजालमा भाईरल भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले आयाेजना गरेकाे संवेदनशील बैठकमा सहभागी भएकाहरु मध्ये देवाही गाेनाहीका नगर प्रमुख साहले बैठकमै मस्त निन्द्रा रहेकाे देखिएको छ ।

नगरमा जनतालाई जुधाउन र कर्मचारीलाई तर्साउन दिन रात नसुत्ने र कमिसन पाउने चिजमा कान ठाडो पारेर सुन्ने मेयर साह बैठकमै आराम तरिकाले थकान मार्दै गरेकाे तस्बिरकाे बारेमा स्थानीयहरू निकै टीका टिप्पणी गरिरहेका छन् ।

यस विषयमा मेयर साह सँग साेध्दा सम्पर्क हुन सकेकाे छैन् ।

जिल्लाका भिआइपिहरू सम्मिलित बैठकमा नै मेयर साह गम्भीरतापूर्वक नलिई मस्त निन्द्रामा सुतेका तस्बिर बारे राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्थानीयहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् । मेयर साहलाई कार्यवाही गर्न उनीहरूले सम्बन्धित निकाय सँग माग समेत गरेका छन् ।

बैठकमा मेयर साह मस्त निद्रमा रहेको तस्बिर स्थानीय पत्रकार रामानन्द साहले उपलब्ध गराएका हुन् ।

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी-२० खेल भएको छ , जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ ।

यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन् । न्युज कारखाना

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

नेपाल प्रहरीले अहिलेसम्म १४३ घाइते रहेको जानकारी दिएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको र अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको प्रहरीले बताएको छ ।न्युज कारखाना

परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ ।

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढलि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

गएराती देखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।न्युज कारखाना

काठमाडौँ । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।  पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केहि भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् ।

रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।न्युज कारखाना

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ । न्युज कारखाना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार कस्तो हुन्छ मौसम ?

दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र  बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश र बाग्मती प्रदेशका एक दुइ  स्थानहरूमा भारी बर्षाको पनी संभावना रहेको छ।

रातीː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेशका केही स्थानहरू तथा मधेश लगायत बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ असोज १५ गते मंगलबार ई.सं.२०२४ अक्टोबर ०१ नेपाल सम्बत ११४४ ञंलागा चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण चर्तुदशी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुक्ल योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५६ बजे, सूर्यास्त साँझ ०५: ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०८ बजेर ५१ मिनेट देखि ०९ बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय हो, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातो÷हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ । पिता वा पितृतुल्य व्यक्तिको सल्लाह वा सुझावको अम्मल गरी अघि बढेमा फाइदा हुनेछ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धार्मिक÷सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमप्रियकराय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

चिन्ता÷शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५) न्युज कारखाना

जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।

मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए ।

उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।