बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता रामप्रवेश दासले आज विभिन्न शक्तिपिठहरूको दर्शन गर्नु भएको छ ।
गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुर स्थित रहेको गढिमाई मन्दिरमा पुगि पुजापाठ तथा दर्शन गर्नु भएको छ ।त्यस्तै कटहरिया नगरपालिकाकाे जमुनिया स्थित रहेको कन्काली माई मन्दिर पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ । 
नेता दासले मन्दिर बनेदेखि नै प्रत्येक बर्ष निरन्तर पुजापाठ तथा दर्शन गर्दै आइरहनु भएको छ । उक्त मन्दिरहरुको निर्माण पनि नेता दासकै पहलमा निर्मित भएको हो ।
नेता दासकै पहलमा बजेट बिनियोजन गराई तत्कालीन लोसपाका बरिस्ठ उपाध्यक्ष एव पुर्व प्रहरी महानिरीक्षक प्रदिप शम्सेर राणाको करकमल बाट सिलन्यास भै मन्दिरको निर्माण सप्पन्न भएपछि सो मन्दिर को उद्धघाटन लोसपाका नेता एव तत्कालिन मधेश प्रदेश का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल बाट सुसम्पन्न भएको थियो ।
त्यस्तै जमुनिया स्थित कन्काली माई मन्दिरको पनि नेता रामप्रवेश दासकै पहलमा बजेट बिनियोजन भै सो मन्दिरको शिलान्यास नेता दासको करकमल बाट सुसम्पन भएको थियो भने मन्दिरको उद्धघाटन हुनु पुर्व नेता दासको हाथ बाट मुर्तिमा प्राण – प्रतिस्ठा गरिएको थियो ।
सो मन्दिरको लोसपाका बरिस्ठ नेता बर्तमान नेपाल सरकारका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हाथ बाट उद्धघाटन सु- समपन्न भएको थियो ।
त्यस्तै कटहरिया नगरपालिकाे छेदी चौक स्थित नव दुर्गा पुजा स्थलमा पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते असाेज ।
रौतहट म्याराथनको उपाधि कविन्द्र शर्मालाई
हरेक वर्षझैँ बडादशैँको अवसरमा फूलपातीको दिन रौतहटमा आयोजना हुने म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणमा कविन्द्र शर्माले बाजी मारेका छन् । पाँच किलोमिटरको दुरी शर्माले १७ मिनेट ४० सेकेन्डमा पूरा गरेर सहभागी ४५ जनालाई उछिनेर प्रथम स्थान हासिल गरेका हुन् । गत वर्ष पनि शर्माले नै प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
प्रथम स्थान हासिल गर्दै शर्माले फ्रिज जित्न सफल भएका छन् । यसै गरी १७ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पूरा गर्दै राहुल रामले द्वितीय स्थान हासिल गर्दै एलइडी टिभी जित्न सफल भएका छन् । दुवै विजेता गरुडा नगरपालिका ४ गरुडाकै हुन् । प्रतियोगितामा बाजी मारेपछि दुवै जनाले डिजे बजाएर साथीहरुसित सामूहिक नृत्य गर्दै बजार परिक्रमा गरेका थिए ।
रेडियो मधेश मसला एफएम १०६.४ मेगाहर्ज, गरुडाको आयोजनामा भएको स्वर्गीय मनोजकुमार चौधरी म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणको अवसरमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादव र इलाका प्रहरी कार्यालय गरुडालाई सम्मानपत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष तथा कार्यक्रमका सभापति बृजकिशोर यादव र व्यवस्थापन पुनमकुमारी चौधरीले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले सबैको सुझावअनुसार आफूले प्रदेशको आर्थिक विकास, शिक्षा र स्वास्थ्यका साथै भौतिक पूर्वाधारको विकासका लागि काम गरिरहेको बताएका छन् । प्रदेशको विकासको लागि स्थिर सरकारको आवश्यकता रहेकोमा पनि मन्त्री यादवले जोड दिएका छन् । मन्त्री यादवले कार्यक्रमको प्रशंसा पनि गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले शान्ति सुरक्षा कायम गर्नु आफूहरुको प्रमुख दायित्व भएकोले यसका लागि अहोरात्र खटिरहेको बताएका छन् ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा स्वर्गीय मनोजकुमार चौधरीकी धर्मपत्नी र गरुडा नगरपालिकाको वर्तमान नगर उपप्रमुख पुनमकुमारी चौधरीले कार्यक्रमको आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहभागी र विजेता सबैलाई बधाई दिएकी छन् । मनोजकुमार चौधरीको स्मृतिमा भइरहेको म्याराथन दौड प्रतियोगिताले रौतहटमा एउटा संस्कृति निर्माण गरिरहेको पनि उपप्रमुख चौधरीको भनाइ छ । आगामी दिनमा अझ सभ्य र भव्य रुपमा कार्यक्रमको आयोजनाको लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उपप्रमुख चौधरीको भनाइ छ ।
कार्यक्रममा मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, व्यवस्थापन समिति अध्यक्ष लछुमन साह तेली, वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र प्रवीण सिंह यादव, पूर्व वडाध्यक्ष चुनचुनप्रसाद साह, समाजसेवी हृदयनारायण यादव, रामभरोस राय यादव, गरुडाको नगर प्रमुख प्रत्याशीद्वय सुनिलकुमार यादव र दीपक राय यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा गाविसका पूर्व उपाध्यक्ष तथा स्वर्गीय मनोजकुमार चौधरीका सहोदर दाजु रामकृष्ण चौधरीलगायतलाई प्रशंसापत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । कार्यक्रमका वक्ताहरुले मनोजकुमार चौधरीको व्यक्तित्व र कृतित्वको बारेमा विभिन्न कोणबाट चर्चा गरेका थिए । स्वर्गीय चौधरी शिक्षा, संचार, समाजसेवा तथा साहित्य लगायत विभिन्न क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष बृजकिशोर यादवले कार्यक्रमलाई सम्भव र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई रेडियो मधेश मसला एफएमका संचालक समिति सदस्य नागेन्द्र चौरसियाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सञ्जय साह मित्रले गरेका थिए ।






अाँखामाकालो चस्मा, कलिलो उमेर र हासिलो अनुहार तर अति परिपक्क ब्यबहार । यो परिचय हो २० वर्षीय अब्दुल सलामको ।
गुजरा नगरपालिका वर्डा नम्बर ४ कनकपुरका स्थायीबासिन्दा हुन । एक सामान्य मुस्लिम परिवारमा जन्मेका कलिलो उमेरमा अब्दुल सलामको परिचय भन्ने फेरिएको छ । एक प्रतिबद्ध समाजिक अभियान्ताको रुपमासमेत चिनिन्छन् । उनि २०७६ सालदेखी नै समाजिक कार्यमा सक्रिय छन् ।
उनले आप्mनो गाउँको माध्यमिक विद्यालय कनकपुरबाट +२ सम्मअध्ययन गरेका छन् । २०७६ सालमा सोहि विद्यालय १० कक्षाअध्ययनको क्रममा नै उनले गुजरा नगरपालिका स्तरिय बाल सञ्जालको अध्यक्षको रुपमाचयनभए संगै समाजसेवाको महत्वलाई महसुस गरे र गुजराकाबिपन्नबालबालिका, बालश्रम तथाबालविबाह र जातियछुवाछुतका मुद्धा लगायत सामाजिक सुशासनका लागि काम गर्न थाले ।
उनिदिन प्रतिदिन समाजिक कार्यमा सक्रिय हुदै गए । २०७८ सालमा उनको सक्रियता देखेर गुजरा नगरपालिकाको मातहत पिछडा वर्गको नगर संयोजक जिम्मेवारी पाएलगतै संयोजकका रुपमाउनले पिछडार्वग, जातजातिहरुको हक अधिकार सुनिचित र्गनकालागि स्थानिय तहदेखि प्रदेशसम्म अहम् भुमिकानिर्वाह गर्दै विभिन्न समाजिक अभियानहरुको नेतृत्वगर्दै आएका छन् । समयमा सही बाटो नहिडदा पछताउनु पर्छ भने मान्यताकायमै छ ।
कलिलो उमेरमा लहलहाउदै किशोर उमेरमा के गर्ने नगर्ने निर्णय लिनपनिनिकै चुनौतिपूर्ण र सकस हुन्छ नै । तसर्थ अभिभावकले किशोरावस्थामा सहि दिशानिर्देश गर्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।
गुरुहरुको सहि सल्लाह र अभिभावकको निगरानिले गर्दा अहिले अब्दुल स्नातकमा अध्ययनरत छन् । तर उनलाई किताबी ज्ञान राम्रो छ तर त्यो ज्ञानको साथै समाजिक , राजनितिक ज्ञान पनिउतिकै महत्वपूर्ण रहेको महसुस गरिरहेका छन् ।
अब्दुलको समाज सेवामा उल्लेखनीय योगदान रहदै आएको छ । पछिल्लो केहि बर्षमा, उनले शिक्षाबाट बंचित रहेका तिस जना बालबालिकाहरुलाई गुजराको विभिन्न विद्यालयमा भर्ना गरी सो को आवश्यक शैक्षिक सामाग्री देखि लगाउने पोसाक समेत विभिन्न संघसंस्थाहरुको सहयोगले उपलब्ध गराउदै आएका छन् । मानव स्वास्थ्य नै ठुलो धंनहो, भने अहिलेसम्म उनले एक सय भन्दा बढी अशक्त, गरिब तथा आवश्यक पर्ने ब्यकित्तहरुलाई रतm दांनतथा समानिय बिरामीहरुलाई सम्बन्धित निकायबाट उपचार गराउन सफल भएका छन् ।
हालै उनको नेतृत्वमागुजरा नगर युवाक्लब दर्ता गरेका छन् । उनको भनाई एकलै विभिन्न सामजिक मुद्धामा बोलिरहदा कतिपय ठाउमा कमजोर भएको महसुस गरेको हुन्छु । त्यो कारणले निस्वार्थ भावना राखेर समाज सेवा गर्न चाहने १८ वर्षदेखी २४ वर्ष सम्मका युवा जमात बनाउने क्लबको अभियान रहेको बताए ।
उनको नेतृत्वमा क्लबमार्फत सामुदायिक स्तरमा विभिन्न जनचेतनामुलक अभियानहरु सञ्चालनगर्दै आएका छन् भने हालै माक्लबमार्फत वातावरनिय संरक्षणका लागी पाँच सय भन्दा बढि वृक्षारोपन गरेका छन् । यी कार्यहरुमा उनको समर्पणले उनलाई गुजराको समाजिक अभियान्ता युवा प्रेरणादायी ब्यक्तित्वको रुपमा स्थापित गरेको छ ।
अब्दुल अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमा बाल संरक्षण र युवा क्षेत्रका सवालहरुमा वकालत गर्छन् । केहि दिनपहिले मात्रै गुजरा नगरपालिकाको दशौं नगर सभामा सहभागीभएको स्मरण गछर्न् ।
उनले सो सभामा आफुले नगरपलिकाको कतिपय नीतिगत तथा ब्यवहारिक पक्षहरुमा सुधार आवश्यक रहेको बताएका छन् । अब्दुलको भनाई “ मैले सामाजिक चुनौतिको विषयमा कुरा गर्दा पालिकाहरुलाई पनिजिम्मेवारी लिनु पर्ने हुन्छ ।
मैले पटक पटक यो विषयमा कुराहरु उठाउदै आएको छु । नगरपालिका जिम्मेवार पदाधिकारीहरुलाई पनि ब्यवहार सुधार आवश्यक देखिन्छ । मैले त्यहि कुराहरु उठाउदै आएको छु ।समुदायिक स्तरमाज नचेतनाका कुराहरु गर्ने र जिम्मेवार निकायहरुलाई अझै जिम्मेवार बनाउदै जानुनै समस्या सामाधानको उपायहो ।
मैले त्यहि अनुसार कामगर्दै छु” यति मात्र होईन, अब्दुलले प्राप्त गरेकोृ ज्ञानका बारेमा समय समयमा विभिन्न विद्यालयहरुमा विद्यार्थी तथा शिक्षकहरुसंग आफुले तालिम गोष्टीबाट बालबालिकाहरुको हक अधिकारका बारेमा अन्तरक्रिया गरिरहेका हुन्छन् । स्वास्थ्य संस्थाले दिने सेवा सुविधाको अनुगमनगर्नुका साथै अन्य सामाजिक कार्यहरुमा पनि सक्रियता देखाएका छन् । अब्दुल सलामको यीनिस्वार्थ कार्यहरुले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको छ ।
अाँखामाकालो चस्मा, कलिलो उमेर र हासिलो अनुहार तर अति परिपक्कवब्यबहार । यो परिचयहो २० वर्षीय अब्दुल सलामको ।
गुजरानगरपालिका वर्डा नम्बर ४ कनकपुरका स्थायीबा िअाँखामाकालो चस्मा, कलिलो उमेर र हासिलो अनुहार तर अति परिपक्कवब्यबहार । यो परिचयहो २०सन्दाहुन । एक सामान्यमुस्लिम परिवारमाजन्मेकाकलिलो उमेरमाअब्दुल सलामको परिचयभन्ने फेरिएको छ । एक प्रतिबद्ध समाजिकअभियान्ताको रुपमासमेत चिनिन्छन् ।
उनि २०७६ सालदेखी नै समाजिककार्यमा सक्रिय छन् । उनले आप्mनो गाउँको माध्यमिकविद्यालयकनकपुरबाट +२ सम्मअध्ययन गरेका छन् । २०७६ सालमा सोहि विद्यालय १० कक्षाअध्ययनको क्रममा नै उनले गुजरा नगरपालिका स्तरिय बाल सञ्जालको अध्यक्षको रुपमाचयनभए संगै समाजसेवाको महत्वलाई महसुस गरे र गुजराकाबिपन्नबालबालिका, बालश्रम तथाबालविबाह र जातियछुवाछुतका मुद्धा लगायत सामाजिक सुशासनकालागिकामगर्न थाले । उनिदिनप्रतिदिन समाजिककार्यमा सक्रियहुदैगए ।
२०७८ सालमाउनको सक्रियतादेखेर गुजरा नगरपालिकाको मातहत पिछडा वर्गको नगर संयोजकजिम्मेवारी पाएलगतै संयोजकका रुपमाउनले पिछडार्वग, जातजातिहरुको हकअधिकार सुनिचित र्गनकालागि स्थानियतहदेखि प्रदेशसम्मअहम् भुमिकानिर्वाह गर्दै विभिन्न समाजिकअभियानहरुको नेतृत्वगर्दै आएका छन् ।
समयमा सही बाटो नहिडदा पछताउनु पर्छ भने मान्यताकायमै छ । कलिलो उमेरमालहलहाउदै किशोर उमेरमा के गर्ने नगर्ने निर्णय लिनपनिनिकै चुनौतिपूर्ण र सकस हुन्छ नै । तसर्थ अभिभावकले किशोरावस्थामा सहि दिशानिर्देश गर्नुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।
गुरुहरुको सहि सल्लाह र अभिभावकको निगरानिले गर्दा अहिले अब्दुल स्नातकमाअध्ययनरत छन् । तर उनलाई किताबी ज्ञान राम्रो छ तर त्यो ज्ञानको साथै समाजिक , राजनितिक ज्ञान पनिउतिकै महत्वपूर्ण रहेको महसुस गरिरहेका छन् ।
अब्दुलको समाजसेवामाउल्लेखनीय योगदान रहदै आएको छ । पछिल्लो केहि बर्षमा, उनले शिक्षाबाट बंचित रहेकातिस जनाबालबालिकाहरुलाई गुजराको विभिन्नविद्यालयमाभर्ना गरी सोको आवश्यक शैक्षिक सामाग्री देखि लगाउने पोसाक समेत विभिन्न संघसंस्थाहरुको सहयोगले उपलब्ध गराउदै आएका छन् । मानव स्वास्थ्य नै ठुलो धंनहो , भने अहिलेसम्मउनले एक सय भन्दा बढी अशक्त, गरिब तथाआवश्यक पर्ने ब्यकित्तहरुलाई रतm दांनतथा समानिय बिरामीहरुलाई सम्बन्धित निकायबाट उपचार गराउन सफलभएका छन् ।
हालै उनको नेतृत्वमागुजरा नगर युवाक्लबदर्ता गरेका छन् । उनको भनाई एकलै विभिन्न सामजिक मुद्धामा बोलिरहदाकतिपय ठाउमा कमजोर भएको महसुस गरेको हुन्छु । त्यो कारणले निस्वार्थ भावना राखेर समाजसेवागर्न चाहने १८ वर्षदेखी २४ वर्षसम्मकायुवाजमातबनाउने क्लबको अभियान रहेको बताए ।
उनको नेतृत्वमाक्लबमार्फत सामुदायिक स्तरमाविभिन्नजनचेतनामुलकअभियानहरु सञ्चालनगर्दै आएका छन् भने हालैमाक्लबमार्फत वातावरनिय संरक्षणका लागीपाँच सय भन्दा बढि वृक्षारोपन गरेका छन् । यीकार्यहरुमाउनको समर्पणले उनलाई गुजराको समाजिकअभियान्तायुवा प्रेरणादायी ब्यक्तित्वको रुपमा स्थापित गरेको छ ।
अब्दुलअहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमाबाल संरक्षण र युवा क्षेत्रका सवालहरुमावकालत गर्छन् । केहि दिनपहिले मात्रै गुजरा नगरपालिकाको दशौं नगर सभामा सहभागीभएको स्मरण गछर्न् । उनले सो सभामाआफुले नगरपलिकाको कतिपयनीतिगततथाब्यवहारिक पक्षहरुमा सुधार आवश्यक रहेको बताएका छन् ।
अब्दुलको भनाई “ मैले सामाजिकचुनौतिको विषयमा कुरा गर्दा पालिकाहरुलाई पनिजिम्मेवारी लिनु पर्ने हुन्छ । मैले पटक पटक यो विषयमा कुराहरु उठाउदै आएको छु ।नगरपालिकाजिम्मेवार पदाधिकारीहरुलाईपनिब्यवहार सुधार आवश्यक देखिन्छ ।
मैले त्यहि कुराहरु उठाउदै आएको छु ।समुदायिक स्तरमाजनचेतनाका कुराहरु गर्ने र जिम्मेवार निकायहरुलाई अझै जिम्मेवार बनाउदै जानुनै समस्या सामाधानको उपायहो । मैले त्यहिअनुसार कामगर्दै छु” यतिमात्रहोईन, अब्दुलले प्राप्त गरेकोृ ज्ञानका बारेमा समय समयमाविभिन्नविद्यालयहरुमाविद्यार्थी तथाशिक्षकहरुसंग आफुले तालिमगोष्टीबाट बालबालिकाहरुको हकअधिकारकाबारेमाअन्तरक्रियागरिरहेका हुन्छन् ।
स्वास्थ्य संस्थाले दिने सेवा सुविधाको अनुगमनगर्नुका साथै अन्य सामाजिककार्यहरुमापनि सक्रियता देखाएका छन् । अब्दुल सलामको यीनिस्वार्थ कार्यहरुले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको छ ।



नदीखोलामा भईरहेको जथाभावि उत्खनन्ले नेपाल मरुभूमी बन्ने भएकाले त्यसलाई रोकिनुपर्ने उनले बताए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको प्रतापपुर पलटुवामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले प्राकृतिक स्रोतसाधनको भईरहेको जथाभावि उत्खनन् रोक्नुपर्ने बताए ।
नेपाललाई मरुभूमी हुनबाट जोगाउनका लागि प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । ‘अहिले जथाभावि भईरहेको प्राकृतिक स्रोतसाधनको उत्खननले नेपाल मरुभूमी बन्न सक्छ । सरकार आफै बिभिन्न कानून बनाई प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेको छ । प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्ने सरकारकै कमजोरीका कारण वातावरणमा परिवर्तन भई विपती निम्तिदैछ, तर सरकार सचेत छैन्’ आजपा अध्यक्ष साहले भने, ‘तराई मधेसमा गर्मीको समयमा चापाकल सुक्ने, तातो हावा आउने, गर्मी बढने गरेको छ ।
अहिले काठमाडौं सहित पहाडमा समेत गर्मी बढदै गईरहेको छ ।’ प्राकृतिक स्रोतसाधनको अति नै दोहन भईरहेको बताउँदै उनले सरकार त्यसमा गम्भिर नभएको बताए । प्राकृतिक स्रोतसाधनको दोहन गरेर सरकार कमाउधन्दामा लागेको आरोप उनले लगाए ।
नदीखोलाको जथाभावि उत्खनन रोक्न नसकेको सरकारले नागरिकको भविष्यसंग खेलवाड गरिरहेको उनले बताए । तराई मधेसको विकासका लागि नदीमा मजबुत तटबन्धको आवश्यक्ता रहेको आजपा अध्यक्ष साहले बताए । बाढी, डुबानबाट जोगाउनका लागि तराई मधेसका नदीहरुमा मतबुत तटबन्ध आवश्यक रहेको उनले बताए । बर्षेनी सयौं मान्छेको मृत्यु हुने लाखौं घर परिवार डुबानमा पर्ने भएकाले नदीमा मजबुत तटबन्ध गरेर उनीहरुलाई सुरक्षित राख्न सकिने बताए ।
तर सरकारले तटबन्धका लागि आवश्यक बजेट नदिदा मान्छेहरु मर्नुपर्ने बाध्यता रहेको उनको भनाईरहेको छ । प्राकृतिक स्रोतसाधनको दोहनकै कारण बाढीपहिरो, डुबान जस्ता विपती आउँने गरेकाले सबैले मिलेर त्यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । सरकारले पनि प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए । कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसंसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुषावाहा, महिला मोर्चाको अध्यक्ष बबिता साह लगायत नेताहरुको विशेष सहभागिता रहेको थियो ।
असल छिमेकी नेपालद्वारा साे नगरपालिका स्थित रहेको नर्सिङ होम क्याम्पस वितरण गरिएको छ।
राजदेवी नगरपालिका वडा नम्बर १,३ र ५ का सुत्केरी महिलाहरुको लागि स्वास्थ्य कीट २३० वितरण गरिएको हाे ।
एक कार्यक्रमका बिच नगर प्रमुख भिखारी प्रसाद यादवले वितरण गरेका हुन् । साथै साे नगरपालिकाकाे वडा नम्बर ६ र ९ का २५० बाढी पीडित परिवारलाई राहत आजै वितरण गरिने नगर प्रमुख भिखारी यादवले बताएका छन् । बाकी रहेका बाढ पीडित परिवारलाई राहत दिने व्यवस्था भइ रहेको न आतिन पीडित परिवारलाई आग्रह गरेको मेयर यादवले जानकारी दिएका हुन् ।