बज्जिकाञ्चल संवाददाता, २०८१ चैत १५ गते
काठमाडौँ । लागलागि भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
काठमाडौँको तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको उनका सहकर्मीले बताए ।
उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । उनी सो भवनको छतबाट आन्दोलनका दृश्य खिची रहेका थिए ।
राजावादीहरूले उग्र प्रदर्शनका क्रममा सो घरमा प्रहरी बसेको भन्दै आगो लगाएका थिए ।
सोही क्रममा जिउँदै जलेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।
तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।
उक्त भवनमा आगो लगाइएपछि रजकको शव नचिनिने अवस्थामा भेटिएको हो । सभार मकालुखबर
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
सत्तारुढ दल नेकपा एमालेले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको अराजकताको भर्त्सना गरेको छ। एमाले महासचिव शंकर पोखरेलले राजावदीले प्रदर्शनका नाममा उदण्डता, अराजकता र हिंसा मच्चाइएको आरोप लगाएका छन्।
सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारणका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमा गरिएको आगजनी र लुटपाटले आतंकलाई दुरुत्साहन गरेको आरोप लगाइएको छ।
‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्। नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ ।
सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ। आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सभार अन्नपुर्ण पोस्ट
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन् ।
उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको छ ।
‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरूले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो’, उनले भनेका छन्, ‘काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ ।’
आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँबानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ ।
झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता डा. पोखरेलले अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका बताए ।
‘प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाई फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ,’ उनले भनेका छन् ।
आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्य मान्यताविपरीत हुन जाने बताएको छ ।
सभार फरकधार
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् ।
कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो पार्टीका मान्छेहरुको संलग्नता नभएको दाबी गरे । ‘हाम्रो शान्तिपूर्ण प्रदर्शन हो, हाम्रा मान्छेहरु हिंसात्मक प्रदर्शनमा संलग्न छैनन् । त्यसको छानबिन हुनुपर्छ । त्यो सार्वजनिक हुने नै छ,’ उनले भने ।
अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गरे । ‘सबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु,’ उनले भने ।
राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् । निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
सभार कान्तिपुर
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
सत्तारुढ नेकपा एमालेले पूर्वराजाका समर्थकले आज गरेको प्रदर्शन उद्दण्ड, अराजक र हिंसात्मक भएको जनाएको छ । पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गरी आजको प्रदर्शन हिंसा र आतंकलाई दुरुत्साहन गर्ने खालको प्रदर्शन भएको स्पष्ट पारेका छन् ।
आज पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा एमाले घोर भत्र्सना गर्दछ, शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्’, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने पोखरेलले स्पष्ट पारेका छन् । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्च गमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन पनि एमालेले आह्वान गरेको छ । आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न एमालले सरकारसँग माग गरेको छ ।
सभार नयाँ पेज
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
राजावादीको नेतृत्व गरेर प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाईंं सम्पर्कविहीन भएका छन् । भक्तपुरस्थित उनको घरमा प्रहरी टोलीले खोजी गर्दा पनि प्रसाईं त्यहाँ फेला परेका छैनन् ।
उपत्यका प्रहरी कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरका टोलीहरूले उनलाई पक्राउ गर्न खोजी कार्यलाई तीव्र बनाएका छन् ।
प्रसाईंको नेतृत्वमा प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा अराजकता मच्चाएका थिए, जसको परिणामस्वरूप प्रहरीले अवस्थामा नियन्त्रण ल्याउन गोली चलाएको थियो । सो घटनामा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ ।
यसैगरी, प्रदर्शनकारीले एक घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको निधन भएको छ । घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सक्रियता बढाएको छ ।
सभार फरकधार
चन्दन यादव, रौटहत, १५ गते चैत ।
रौतहटमा फेरी २१ जना फरार प्रतिवादीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएका हुन् । चैत १४ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरुलाई पक्राउ प्रहरीले जनाए ।
जिल्ला कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कार्यवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको प्रहरीले सुचना मार्फत जर्नाका हुन् ।
पक्राउ परेको मानिसहरुको अपराध शिर्षक, कैद तथा जरिवाना यस प्रकार रहेको हो । पक्राउ परेका अपराधीहरु शेख राज महमद, मनिरा खातुन, अमिरखा देवी तथा गनेश साह कानु यि अपराधीहरु कुटपिट जस्ता अपराध गरेका प्रहरीले जानकारी गराएका हुन् ।
उनीहरुको जरिवाना शुल्क रु.२०, रु. ५० र रु. ३१ रहेको प्रहरीले जनाएका हुन् । त्यस्तै अर्का अपराधीहरु भोला पासवान, गणेश राय यादव, सुकदेव राय यादव र महमद अनुप रहेका छन् । यि अपराधीहरु जालसाजी अपराध गरेका छन् ।
जरिवाना शुल्क रु. ६७, रु. १० र रु.२००/२०० रहेको प्रहरीले बताए । घरेलु हिंसा जस्ता अपराध गरेको अपराधी रूपेश महता रहेको प्रहरीले जानकारी गराएका हुन् । उसलाइ तिर्नु पर्ने जरिवाना शुल्क रु. ३००० रहेको हो । त्यसैगरी अर्का दुइ जना अपराधीले किर्ते जस्ता अपराध गरेका छन् ।
उनीहरु शेख उल्लाह तथा मोनिका शेखिन रहेकी छिन् । जरिवाना शुल्क रु.५/५ रहेको प्रहरीले बताएका हुन् । रामअश्रे रायले किर्ते मुद्दा जस्ता अपराध गरेको प्रहरीले बताए उसको जरिवाना शुल्क रु. ५० रहेको हो । ब्रहमदेव कुमरले वन मुद्दा अपराध गरेको हो ।
उसको जरिवाना शुल्क रु. ५१२५ रहेको प्रहरीले जनाएका हुन् । मुदसिर हुसेन सिद्दिकी तथा बन्दना मिश्राले चेक अनादर जस्ता अपराध गरेका छन् । उनीहरुको जरिवाना शुल्क रु. १५०० तथा १००० रहेको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको हो ।
अर्का तिन जना अपराधीहरु राम बिजय सहनी, निलम देवी र गणेश राय यादव यिनिहरु अभद्र व्यवहार, सम्बन्ध बिच्छेद तथा लुटपिट जस्ता अपराध गरेका छन् । जरिवाना शुल्क रु. ७३००, २५ तथा २३४० रहेको प्रहरीले बताएका हुन् ।
अन्मि तिन जना अपराधी मैरूदिन, छविलाल चौधरी तथा मिर मुस्तुफा रहेका छन् । यिनिहरुले लेनदेन बिगो र सवारी ज्यान जस्ता अपराध गरेका छन् । यिनिहरुको जरिवाना शुल्क नराखी यिनिहरुलाइ कैद सजाए तोकिएको हो ।
कैद अवधि २ बर्ष, ६ महिना र १ महिना रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीषक दिपक कुमार रायले विशेष जानकारी गराएका हुन् ।
बज्जिकाञ्चल संवाददाता काठमाडौँ, चैत १५ गते । २०८१
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका छन्।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौं गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले केही तत्त्वहरू गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गरेका हुन्।
उनले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिए।
‘ती तत्वहरुले विदेशी तत्वहरुको उत्साहटमा देशमा हराइएका र जनताको बलद्धारा धुलो परेका सामन्ती तत्वका बचेकुचेका तत्वहरुद्धारा गणतन्त्रको विरुद्धमा फेरि एउटा षड्यन्त्र चलिरहेको छ । हामीहरुलाई प्रभुहरुको खाँचो छैन। हामीलाई महासामन्तहरुको खाँचो छैन,’ उनले भने।
नागरिकका सबै चाहनाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ। उनले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उक्साहटमा गणतन्त्र विरुद्धमा षड्यन्त्र गरिरहेको आरोप लगाए।
बज्जिकाञ्चल संवाददाता काठमाडौँ, चैत १५ गते । २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ।
शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा परिणत हुनुअगावै राजावादीहरू प्रहरीसँग भिडन्तमा उत्रिए।
भिडन्तको अगुवाइ स्वयम् दुर्गा प्रसाईंले गरेका थिए।-1743161432.jpg)
राजावादीहरूले आज उनलाई ‘फिल्ड कमान्डर’ तोकेका थिए। उनी नै गाडी लिएर प्रहरीको डफ्फा भएतिर अघि बढेका थिए। र, मुठभेडमा उत्रन आह्वान गरेका थिए।
त्यसपछि उत्तेजित बनेका प्रदर्शनकारीले निजी घर, सञ्चार गृहमा समेत निशाना बनाएका थिए।
प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टमा तोडफोड र आगजनी प्रयास गरे।
प्रदर्शनकारीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाए। त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलाइएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।-1743161432.jpg)
पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीहरूले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्।
बालकुमारी पारिपट्टि पनि सवारी साधन जलाइएको प्रहरीले जानकारी दिएको छ।
दुवै गाडीको नम्बर खुल्न सकेको छैन। पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड भएको छ।
हिंसात्मक प्रदर्शन गर्दै हिँडेका राजावादीले शुक्रबार अपराह्न एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए।-1743161432.jpg)
कोटेश्वरस्थित भाटभटेनीभित्र पसेर लुटपाट मच्याउनुका साथै तोडफोड गरेका थिए। प्रदर्शनकारीहरूले अहिले हातहातमा बियरको सिसी बोकेर हिँडेका तस्बिर अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ।-1743161430.jpg)
राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा अहिले ४ः२५ बजेदेखि कर्फ्य आदेश जारी गरेको छ।
बज्जिकाञ्चल संवाददाता काठमाडौं २०८१–
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बैठक बस्ने बालुवाटार स्रोतले बताएको छ ।
राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।
तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गरेका छन् ।
अहिले प्रशासनले कर्फ्यू लगाएको छ । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि नेपाली सेना सडकमा तैनाथ भएको छ।