२०८३ भाद्र १४
२०८३ भाद्र १४

काठमाडौं, ५ वैशाख

निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति जारी गरी निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

काठमाडौं, ६ बैशाख । वर्षको पहिलो सूर्यग्रहण बुधबार लाग्दैछ ।

 

ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।  समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ।

 

यस्तो अवस्थामा नेपाललगायतका क्षेत्रमा  सूर्यग्रहण कति समयसम्म देखिने र यस समयमा के सावधानी अपनाउने भन्ने सबै जानकारी हुनु जरुरी छ । त्यसैले, ढिलो नगरी यस वर्षको पहिलो सूर्यग्रहणसँग सम्बन्धित सबै विवरणहरू जानकारी राखौं ।

नेपालमा सूर्यग्रहण

यो सूर्यग्रहण नेपालमा देखिने छैन, त्यसैले सुतक अवधि मान्य छैन। यसबाहेक वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अष्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

 

सूर्य ग्रहण र सावधानी

– सूर्यग्रहण हेर्न चाहनुहुन्छ भने नाङ्गो आँखा प्रयोग नगर्नुहोस्। टेलिस्कोप मार्फत हेर्न सकिन्छ। अथवा सनग्लासको सहायताले सूर्यग्रहण हेर्न सक्नुहुन्छ। यदि तपाईंले नाङ्गो आँखाले ग्रहण हेर्नुभयो भने सूर्यको हानिकारक किरणले आँखालाई हानि पुर्‍याउन सक्छ।

– ग्रहणको समयमा भगवानको नाम लिनु पर्छ। कीर्तन भजन गर्नुपर्छ। ग्रहणको मध्यावधिमा यज्ञ र भगवानको आराधना गर्नु उत्तम मानिन्छ।

– ग्रहण सकिएपछि स्नान गरेर दान पनि गर्नुपर्छ । यो पनि धेरै राम्रो मानिन्छ। ग्रहणको प्रभावबाट बच्न आदित्य हृदय स्तोत्रको नियमित पाठले जीवनमा सकारात्मकता कायम राख्छ ।

काठमाडौं, ५ चैत

सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् ।

उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको जानकारी दिइन् ।

चञ्चल झा,गौर, बैशाख ५ गते
रौतहट जिल्लामा संचालनमा रहेको आरम्भ परियोजना अन्र्तगत ३ दिने कार्यशाला मंगलवार देखि गौरमा सुरु भएको छ ।
गौरमा रहेको सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला आज देखि सुरु भइ बिहिवार सम्म चल्नेछ ।
कार्यक्रममा आरम्भ परियोजनाको बारेमा जानकारी गराइएको थियो साथै आरम्भ परियोजनाले नगरपालिका स्तर संचालन गरेको क्रियाकलाकहरुको बारेमा जानकारी गराइएको थियो ।
शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० देखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत अरविन्द कुमार साहले बताउनु भयो ।


पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो । दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ ।
एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजना ४ प्रतिफलमा कार्यक्रम गर्दै आएको परियोजना संरक्षण अधिकृत सपना सेन्चुरीले बताउनु भयो ।
प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी।
प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने।


प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने,
प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने।
कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो ।

आरएन पटेल,वैशाख ०५ गते
ईप्रका कोपवाको प्रहरी गस्ती टोलीद्वारा अवैध कुखुरा नष्ट गरिएको छ । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको प्रहरी वरिष्ट नायब निरिक्षक प्रमानन्द प्रसाद यादवको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीद्वारा नगरपालिकाको कोपवा नजदीकमा भारतबाट ल्याउँदै गरेको अवैध कुखुरा पक्राउ गरि नष्ट गरिएको हो ।
मंगलबार दिउँसो करिब ११ बजेको समयमा प्रहरीको टोली गस्ती गर्दै जाँदा कोपवा स्थित अवैध कुखुरा साईकलमा राखी भारतबाट नेपाल तर्फ ल्याउने क्रममा गस्ती टोलीलाई देखेर तस्करले साईकल र कुखुरा छाडी फरार भएका थिए । प्रहरीले तस्करलाई समात्न खोज्दा निज व्यक्ति फरार भई साईकल (१ थान र कुखुरा १६ पिस फेला पारी कार्यालयमा ल्याई स्थानिय भद्रभलादमी, समाजसेवी, जनप्रतिनिधि र पत्रकार लगायत बौधीमाई न।पा।(५ का स्थानीय उदय चन्द्र यादव, राकेश साह सोनार, नागेन्द्र ठाकुर हजाम, रामअयोध्या यादव, मेधन दास, वडा नं। ६ को वडा सदस्य अरविन्द कुमार साह समेतको रोहबरमा खाल्डो खनी सबै कुखुरा नष्ट गरिएको हो ।

रन्धिर साह,रौतहट,वैशाख ६ गते
रौतहट जिल्लाको प्रत्येक पालिकाहरुमा बुधबारदेखि भिटामीन ए खुवाउने भएका छन् । सो भिटामीन बुधबार र बिहिवार खुवाउने जिल्ला स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिलकुमार कर्णले बताएका छन् ।

नेपाल सरकारको कार्यक्रम अन्तरगत रहेको भिटामीन ए ६ महिना भित्रका बालबालिकाहरुलाइ नखुवाउने तथा ६ महिनादेखि १२ महिना भित्रका बालबालिकाहरुलाइ भिटामीन ए को क्यापसुल अधा खुवाउने तथा १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एउटा क्यापसुल खुवाउने साथै जुकाको औषधि खुवाउने सूचना अधिकारी कर्नले बताएका छन् ।

भिटामीन ए को कमिबाट हुने रोगहरु बाट बालबालिकाहरुलाइ बचाउने उदेश्यले नेपाल सरकारले प्रत्येक वर्ष भिटामीन ए खुवाउदै आएको उनको भनाइ रहेको छ ।

 

मुम्बई, ५ वैशाख ।

बलिउडमा एउटा नियम स्थापित छ । त्यो यो हो कि कुनै पनि फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरे भने त्यो फिल्मले बक्सअफिसमा अवश्य नै धमाल गर्छ ।

 

‘ओम शान्ति ओम’ होस् या ‘चेन्नई एक्सप्रेस’ अथवा पछिल्लो ‘पठान’ नै किन नहोस् । यी फिल्ममा यो जोडीको केमेष्ट्रीलाई दर्शकले खुबै मनपराए । अब पुनः यो जोडी फिल्म ‘जवान’मा देखिँदैछन् ।

हालैमात्र फिल्मको सुटिङ सेटबाट एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्वीरमा दीपिका र शाहरुखलाई नृत्यरत अवस्थामा देख्न सकिन्छ । जुन तस्वीर यतिबेला भाइरल भइरहेको छ ।

फिल्ममा शाहरुखको जोडी नयनतारा हुनेछिन् । फिल्ममा दीपिका भने केमियो भूमिकामा देखिनेछिन् । त्यहीकारण उनीहरुले त्यही केमियो दृश्यका लागि नृत्य गरेका हुन् ।

तस्वीरमा दुवैलाई सेतो सर्ट, कालो पेन्ट र कालो बुटमा देख्न सकिन्छ । दीपिकाले गलामा रातो रंगको स्कार्फ पनि लगाएकी छन् । दुवैले कैयौं स्टेप देखाएका छन् ।

फिल्म ‘जवान’ जुनमा रिलिज हुँदैछ । फिल्ममा दक्षिण भारतका लोकप्रिय निर्देशक एटलीको निर्देशन छ ।

 

काठमाण्डौँ ।

कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृत्रिका अन्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सा‌ंसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादिन बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अबस्था छैन्’, सांसद चौधरीले भने,            ‘कुषिमा सरकारले लगानी नगरेको पनि हैन्, अनुदान नदिएको हैन् । तर, त्यसको दुरुपयोग भईरहेको छ ।’

झोले कृषकहरुले गर्दा बास्तविक कृषकहरु मर्कामा परेको उनले स्पष्ट   पारे । सांसद चौधरीले भने, ‘झोलामा खेति गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले  अनुदान       पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन् । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
यस्तै सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण बिकासमा ढिलासुस्ती हुने गरेको उदारहण पेस गरे ।

‘अहिले हाम्रो देशको बिकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली  क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भईसकेको छ । तर,  बनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।’

सरकारी नियमले गर्दा नै बिकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्राल,  डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।

 

काठमाडौं, ५ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ ।
मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो ।

साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ ।

 

काठमाडौं, ५ चैत

नेपालमा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार आज १७१ जनामा संक्रमण पुष्टि भएको र दुई जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ । मंगलबार ९८० नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, १ हजार ३१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । समग्रमा देशभर २ हजार २९२ नमुनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।