२०८३ भाद्र १३
२०८३ भाद्र १३

 

काठमाडौं, २० बैशाख ।

पेरिस सेन्ट जर्मेन (पीएसजीं)ले लियोनल मेसीलाई ले दुई साताका लागि निलम्बन गरेको छ ।

 

क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो ।

 

फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो  । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

 

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

 

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भईरहेको बेला मेस्सी साउदी अरब गएका हुन । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबिया क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकमा साउदी क्लबले अनुबन्धित गरेको हो ।

 

काठमाडौं, २० बैशाख ।

प्रायः कोरियाली र चिनियाँहरु कपाल हेरचाह सबन्धी आफनो उत्पादनहरूमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला ।

 

धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन्। तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ ? चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि निस्कने स्टार्च पानी हो।

 

चामलको पानीमा भिटामिन बी १, भिटामिन बी ६, फस्फोरस, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम र अन्य तत्वहरु पाइन्छ । यसमा पोटासियम, आयोडिन, जिंक र फाइबर पनि केही हदसम्म पाइन्छ। चामलको पानीले कपालमा लगाउँदा हुने फाइदा र त्यसले देखाउने प्रभावका बारेमा जान्नुहोस् ।

चामलको पानी कपालमा लगाउँदा धेरै फाइदा हुन्छ । यसले कपालको क्युटिकललाई सुधार्छ, यसको प्रयोगले कपालको चमक बढाउँछ र साथै टाउकोलाई स्वस्थ राख्न मद्दत गर्छ। यही कारणले गर्दा यो धेरै कपाल हेरचाह उत्पादनहरूमा समावेश भएको होा ।

 

चामलको पानीमा धेरै एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ जसले कपाललाई समयपूर्व नै कालो हुनबाट रोक्छ। यस्तो पानीमा रहेको खनिज तत्वहरुले कपाललाई औषधीको रुपमा काम दिन्छ, जसकाकारण लगातार कपाल झर्न पनि रोकिन्छ।

 

यो पर्यावरण मैत्री तरिकाले कपाल हेरचाह गर्ने कार्य चीनमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ । जस्तो कि चीनको हुयांगुलुओ याओ गाउँका महिलाहरूको कपाल चामलको पानीले धोएपछि मात्र घुँडा मुनि पुग्ने  विश्वास गर्छन ।

तपाई पनि चामलको पानीको फाइदा उर्ठाएर कपालमा लगाउनुहोस र आफ्नो कपाल कम्मरसम्म बढाउन सक्नुहुन्छ, घुँडासम्म मात्रै होइन।

 

चामलको पानी बनाउने धेरै तरिकाः

 

– पहिलो तरिका भनेको चामल उमालेर यो पानी बनाउनु हो। यसका लागि आधा कप चामल लिनुहोस् र त्यसमा २ गिलास पानी मिसाउनुहोस्। अब यो चामल पकाउनुहोस् र पकाए पछि चामललाई छान्नुहोस् र बाँकी पानीलाई भाँडोमा राख्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने तपाई अलि बढी पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

 

– अर्को तरिका चामल भिजाएर चामलको पानी तयार गर्ने हो। यसका लागि एक कप चामललाई राम्ररी धुनुहोस् र त्यसमा २ देखि ३ गिलास पानी हालेर भिजाउनको लागि राख्नुहोस् । अब आधा घन्टापछि चामललाई छानेर पानी अलग गर्नुहोस्।

– फरमेटर राइस वाटर बनाउनका लागि २ कप चामल लिनुहोस् र त्यसमा दोब्बर पानी थप्नुहोस्। यसलाई २० देखि ३० मिनेट भिजाएर पानी छुट्याएर बोतलमा भर्नुहोस्। यो बोतललाई दिनभरको लागि बन्द गर्नुहोस् र यसलाई अँध्यारो ठाउँमा राख्नुहोस्। तपाईका लागि अब फर्मेटर राइस वाटर तयार भयो  ।

अब त्यो पानीले कपाल धुनुहोस । कपाललाई धुनका लागि तत्कालै चामलको पानी प्रयोग गर्न पनि सक्नुहुन्छ वा टोनरजस्तै शिरमा आधा घण्टासम्म राखेर कपाल धुन पनि सक्नुहुन्छ। र,  अनि देख्नु हुनेछ त्यसकाे जादु ।

काठमाडौं, २० बैशाख । चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ  । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो ।

 

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।

 

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालवाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने

भएकाले सबैतिरवाट यो देखिदैँन् ।

काठमाडौं, २० बैशाख । नेपाल बार एशोसिएनको आन्दोलन आज चौथों दिन पनि जारी रहने भएको छ ।

 

सर्वोच्च अदालतका प्रधानन्यायधिस नियुक्तीलगायतको माग गर्दै गत आइतवार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो ।

 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलावर वारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए । उनकाा अनुसार जबसम्म प्रधानन्यायधिसलगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहनेछ ।

 

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको छ, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन तर अबिलम्ब प्रधानन्यायधिस नियुक्ती गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्काे चरणमा लम्बिने छ ।’ उनका अनुसार शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ ।

 

तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुदैँ आएको छ । कायममुकायमवाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधिस हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायधिस पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।

काठमाडौं, २० बैशाख । आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस ।

 

पुर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस भन्ने उदेश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइदै छ ।

‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरी प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन् ।

 

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

 

नेपाल पत्रकार महासंघले आज बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ भने बिहान ९ बजे पत्रकार महास‌‌काे सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बार्षिक प्रतिवेदन’ सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौं, २० बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ, जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरु तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।

 

राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।

काठमाडौं, १९ वैशाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को  कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत पारित गराई लिए/दिएको अभियोगपत्रमा उल्लेख छ ।

कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

काठमाडौं, १९ वैशाख । नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।

 

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी डलर पुगेको छ ।

 

नेपाली रुपैयाँअनुसार एक लाख ८२ हजार ६८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

काठमाडौं, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्ने दाबी गरेका हुन् ।

हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन उल्लेख गर्दै उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै देश असफल राष्ट्र बन्ने खतरा औँल्याएका हुन् ।

देशको अर्थतन्त्र संकटमा रहेको र  प्रचण्ड सरकार रहिरहे देश अनिवार्य टाट पल्टिने उनको भनाइ छ ।

अबको डेढ वर्षमा  अर्थतन्त्र नसुधारे देश असफल राष्ट्र बन्ने उनको भनाइ छ । आर्थिक अभावका कारण आयातमा समेत कमी आएको बताएका ओलीले तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गएको बता ।

काठमाडौं, १९ वैशाख

लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । आज बसेकोम मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

अघिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले घरजग्गाको कित्ताकाट खुलाउने निर्णय गरे पनि यसबारे थप अध्ययन गर्न मन्त्रिपरिषद अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।