२०८३ भाद्र १२
२०८३ भाद्र १२

 

चितवन, २८ वैशाख

चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृत भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।

२६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौरहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृत अवस्थामा भेटिएको हो । भाले गैँडा दुई वर्ष छ महिनाको रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।

दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए ।

 

काठमाडौं, २८ वैशाख 

नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा  ३० जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ ।

आर.के.श्रीवास्तव,गरुडा, बैशाख २८ गते ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा पौष्टिक अहार पैकेट वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित रहेको शितलपुरमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध राय यादव (संजय) को अध्यक्षतामा बिहिबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्धा राय यादवले बताएका छन् ।

गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य प्यारेलाल यादव, स्थानीय रामान्नद यादव, शितलपुर स्वास्थ्य चौकिको ईन्चार्ज रमेश यादव , स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

रमेशकुमार यादब, रौतहट, बैशाख २७

रौतहटको गरुडामा ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरिएको छ । रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनिप्रसाद जैसवालले अति गरिब बिपन्न दलित समुदायकका ३ वटा परिवारलाई सहयोग गरेका हुँन ।

नगर प्रमुख जैसवालले आफ्नो नगरबासिको हकहितलाई ध्यानमा राख्दै गरुडा नगरपालिकाको वडा नं.५ शिवनगर टोलका रामबाबु महरा, गंगाराम महरा र मुकेश रामलाई २५-२५ हजार रुपैँयाको दरले ७५ हजारको ३ वटा चेक हस्तान्नतरण करेका छन् । असाहाय निम्न बर्ग भएका जेनतेन गरि साझँ र बेलुका हातमुख जोर्ने दलित परिवारका रामबाबु, गंगारामको छोरी र मुकेश रामको बहिनीको विवाहमा खर्च गर्नको लागी नगर प्रमुख जैसवालले उनीहरुको घरमा पुगी केहि राहत पुगोस भन्ने उदेश्यले उक्त रकम बराबरको चेक हस्तान्नतरण गरेका हुँन ।

जैसवालले भने हाम्रो नगरको सम्पुर्ण मानिसहरुको जिम्मा रहेकोले सहयोग गर्ने आफ्नो उत्तरदायित्व रहेको बताए । साथै नगरबासिको लागी हरदम ढोका खुल्ला रहेको र जुनबेला आवश्यक परेको हुँदा निर्धक्क आएर सहयोग माग्न नगर प्रमुख जैसवालले आग्रह समेत गरेका छन् । हस्तान्तरण कार्यक्रममा श्यामनन्नदन सहनी, बृजकिशोर सहनी, धुव गिरी, रबिन्द्र यादबहरु लगायतको सहभागिता रहेको थियो ।

रूपेश यादव, फतुवा बिजयपुर, बैशाख २७

राष्ट्रिय तत्मा समाज नेपालको रौतहट जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको मध्य भागमा रहेका कहटरियाको बिवाह मण्डपमा आज (बुधबार) आयोजित भएको कार्यक्रममा तत्मा समाजलाई जोगाउँन तथा संगठनलाई बलियो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।राष्ट्रिय तत्मा समाज नेपालद्धारा आयोजित कार्यक्रममा मदन दास तत्माको अध्यक्ष रहेको थियो । कार्यक्रमके सम्बोधन गर्दै पुर्व राष्ट्रिय अध्यक्ष राजकुमार दासले हरेक मधेश आन्दोलन लगाएत हरेक कार्यहरूका अग्रसर रहेता पनि तात्मा जातीलाई सरकारले अधिकारमा कटौति गरि तत्मा जातिलाई पछिल्लो स्तरमा मुल्यांकन गरिएको युवा नेता दासले बताए । उनले सबै तात्माहरुलाई कसैको कुरामा नलागि मिलेर काम गर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा राष्ट्रिय तत्मा समाज नेपाल रौतहट जिल्लाका बरिस्ठ उपाध्यक्ष झगरू दास, उपाध्यक्ष रामबाबु दास, देवाहि गोनाहि नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष बिष्मु दास, जिल्लाका तत्मा तथा मेयर प्रत्यासी रामप्रबेश दास, योगेन्द्र साह लगाएतको सहभागीता रहेको थियो ।

 

काठमाडौं, २७ बैशाख ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफनो प्रस्तुतिकरण गर्र्दैछिन् ।

 

चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफनो प्रस्तुतीकरण दिने छिन् ।

 

‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ ।

 

इस्लामवाद, २७ बैशाख ।

हालै पक्राउ परेका पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानका बारेमा एउटा खुलासा भएको छ ।

 

पाकिस्तानी अग्रज महिला पत्रकार अतिका रहमानका अनुुसार पुर्व प्रधानमन्त्री खानले घरमा आउने पाहुनालाई एक गिलास पानीसमेत दिदैनथे र खान निकै घमन्डी स्वभावका नेता रहेको उल्लेख गरेकी छिन् ।

 

‘जब इमरान खानकी पहिलो पत्नी जेमिमाका साथ बस्थे, त्यो बेला उनकी श्रीमती घरमा आउने पाहुनाको पुरै ख्याल गर्थिन । तर, इमरान भने एक गिलास पानी पनि खुवाउदैनथे, यो उनको तरिका हो,’ उनले पोस्प्रेक्ट म्यागाजिनसित भनेकी छिन, ‘जब म सन २०१३ मा उनको अन्तवार्ता लिन गएको थिए, उनले मेरो सामु नै बसेर पुरै ब्रेक फास्ट सकाए, तेलले लतपतिएको हात मुखमा धेरै बेर स्वादिलो तरिकाले लगे र कुनै पर्वाह नगरी डकार लिन सुरु गरे तर उनले मलाई एक गिलास पानी खाउँ पनि भनेनन, उनमा निकै घमन्ड देखिन्थ्यो । यो आदत उनले कहिल्यै पनि छाडेनन ।’

 

इस्लामवाद, २७ बैशाख ।

पुर्ब प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भडकिएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन् ।

 

हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठावाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरी बिरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

 

बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारेः
– हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।

– पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।

– पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।

– पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।

– पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।

– इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।

यसैगरी,  मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतवारको एक र्‍यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।

 

काठमाडौं, २७ बैशाख ।

सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तिजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरुको बिक्रीस्थलमा आफनो कम्पनीको नाम र दर रेटसहित मुल्यु सुची राखेर बिज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तिजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ बिपरित भएकाले त्यस्ता बिज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुटखा आदिका मुल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सुचनामा भनेको छ ।

सो सुचना अनुसार ‘यदी टाँस गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्योहोरा समेत यसै सुचनाद्धारा सबैमा जानकारी गराईन्छ ।’

 

झापा, २७ बैशाख ।

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ ।

 

झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।  झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

 

सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते हुन पुगेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन्। यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन्। दुवैतर्फको घाइतेको स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

 

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजे पछि स्थीति तनावग्रस्त बन्न पुगेको स्थानियले जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।