रन्धिर साह, रौतहट, जेठ १२ ।
कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ । दिगो समाधान चरन तीन कार्यक्रमको अन्तरगत सामुदायीक आत्म निरभर सेवा केन्द्र काठमाण्डौँ र पिपुल इन लिडको सहजिकरणमा संचालित कार्यक्रमद्धारा आज शुक्रबार रौतहटको कटहरिया नगरपालिकाको भूमिहीन सुकुम्बासीहरुलाई निस्सा प्रदान गरिएको हो ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकास जयसवालले आज आफ्नो चुनाबी प्रतिवद्धतालाई पुरा गर्दै वडा नम्बर ५ का भूमिहीन र सुकुम्बासीहरुलाई निस्सा बितरण गरिएको हो । कटहरिया नगरपालिकाका मेयर जयसवालका अनुसार पालिकाका सबै वडामा रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नका लागि आज वडा नम्बर ५ बाट सुरु गरिएको तथा आइतबारदेखि वडा नम्बर १ देखि ९ सम्म निस्सा वितरण गरिने बताएका छन् ।

आज मात्र ५१ जना भूमिहीन सुकुम्बासी ५१ जनालाई निस्सा कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकास जयसवाल र सोही पालिकाका उप प्रमुख रिता देबि यादवको संयुक्तामा निस्सा सुकुम्बासिहरुलाई वितरण गरिएको हो । हालसम्म पालिकाका सबै वडाहरुमा ४ सय २६ जना भूमिहीन दलित र ३ सय ३ जना भूमिहीन सुकुम्बासीहरु रहेका छन् ।
सबै जनाले छिटै निस्सा पाउँने भएका छन् । यस्तै कटहरिया नगरपालिकाका उप प्रमुख रिता देवी यादवले कार्यक्रमलाइ सम्बोधन गर्दै उनले दलित तथा सुकुम्बासीहरुको लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताएकी छिन् । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने समयमा यही निस्सा देखाउनुपर्छ ।’ निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो ।

अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढिने छ ।’ विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ। निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने उप प्रमुख यादवले बताए ।
निस्सा प्राप्त गर्दै गरेका वडा नम्बर ५ का सुकुम्बासी ८० वर्षीय शेख ठागा भन्छन् ‘हामी धेरै वर्षदेखि अव्यवस्थित बसोबास गर्दै आएका थियौँ, अब हामी चाँडै लालपुर्जा पाउँने आशामा बसेका छौँ । हामी लामो समयदेखि नेताहरुको भासनमा लाज पुर्जा पाउँने भाषण मात्रै सुन्दै आएका थियौँ,,’ तर अब हाम्रो मेयर अजयप्रकास जयसवालको सक्रियतामा हामीहरुले लाल पुर्जा पाउँने आशा पलाएको छ । आज हामी धेरै खुःशी छम् ।

यस्तै सोही वाडका अब साना खातुन भन्छन्, धेरै लामो समयसम्म जग्गा नपाएका हामीहरु आज निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको आश पलाएको छ । अब हाम्रो पनि निश्चित र व्यवस्थित घर हुन्छ । उले कटहरिया नगरपालिकाका प्रमुख तथा उप प्रमुखसहित भूमि आयोगलाइ समेत धन्यावद ज्ञापन गरेकी छिन् ।

सो कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहिद मिया धोबी, जिल्ला भूमि संस्थाका अनुप माझी, कार्यपालिका सदस्य जामुन ठाकुर, कटहरिया नगरपालिकाका भूमिहीन शखााका प्रमुख अधिकृत ओमप्रकास राम, जनप्रतिनिधि तथा वडा नम्बर ५ का सुकुम्बासीहरु लगायतको सहभागिता रहेको थियो ।
काठमाडौं, १२ जेठ ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६२० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ स्थायी वतन भएका ४१ वर्षीय तेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे टीकापुर नगरपालिका-९ खर्गौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित जानकी गाउँपालिका-४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीकाे धरान उपमहानगरपालिका-८ गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल १२० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित कोहलपुर नगरपालिका-१२ बस्ने २४ वर्षीय सुवास पुनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, भगवानपुर गाउँपालिका-२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित सोही ठाउँ बस्ने २० वर्षीय मोहम्द सागिर सेखलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४ बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासीलाई रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन १ सय ५८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पसलभित्र रहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
काठमाडौं, १२ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गरेका छन् ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वाकर्मालाई मनोनयन गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग)ंअनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो ।
काठमाडौं, १२ जेठ ।
राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।
सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।
काठमाडौं, १२ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेखेका छन् ।
सुधा देव ,सप्तरी, १२ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको मृत्यु भएको छ । घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अजयकुमार खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिमरा, १२ जेठ
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपति देवी थरुनीको शुक्रबार निधन भएको छ ।
पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।
जीतपुरसिमरा-१४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिइन् ।
काठमाडौं, १२ जेठ
मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।
काठमाडौं, १२ जेठ
सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फम्स (एससीएईएफ) नेपालले राजधानीमा गरेको एक कार्यक्रममा विषय विज्ञले अब भवन निर्माणमा पनि गो ग्रीन (हरियालीतिर जाऔ) धारणाका साथ अगाडि वढ्नुपर्नेमा जोड दिएका छन् ।

कन्स्ट्रक्सन विजनेश डेभलपमेन्टल इम्प्लिमेन्टसन कमिटी र फेडेरेशन अफ कन्ट्याक्टर्स एसोसिएसन अफ नेपालको सहकार्यमा ‘ट्रेनिंग अफ ग्रीन विल्डिंग्स्’ विषयमा भएको तालिम कार्यक्रमका आगन्तुक विषय विज्ञ प्रशिक्षकले निर्माण सामाग्रीहरुको प्रयोग गर्दा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगमा जोड दिएका हुन् ।

ग्रीन कन्स्ट्रक्सन मेटेरिअल्स् विषयमा प्रशिक्षण दिंदै विषय विशेषज्ञ इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामाग्रीको छनौट गर्दा वातावरण विनाश नगरी उत्पादन गरिएका वातावरणमैत्री निर्माण सामाग्रीको छनोट हुनुपर्नेमा जोड दिए ।

‘अहिले संसारकै एउटा मुख्य समस्या वातावरण प्रदूषण हो’, सहभागी इन्जिनियरलाई अनुरोध गर्दै इन्जिनियर दुवालले भने, ‘त्यसकारण तपाईले पनि घरको डिजाइन गर्दा यो अनुसारको निर्माण सामाग्रीको प्रयोगमा जोड दिनुहोस् ।’ आफूहरुले पनि लामो समयदेखि वातावरणमैत्री निर्माण सामाग्रीको उत्पादन गर्दै आएको चर्चा गर्दै वातावरण विनाश हुनबाट जोगाउनु, वातावरण प्रदूषण हुन नदिनु नै अहिलेको नयाँं पुस्ताको मुख्य जिम्मेबारी रहेको सुनाए ।