काठमाडौं, १४ जेठ ।
तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ ।
आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो । प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने बोर्डले गररेको हो ।
नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउने सम्झौता पावर चाइनाले गरेको थियो । एचआईडीसीएलको पत्रअनुसार बोर्डले पावर चाइनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एचआईडीसीएले २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्न्तरता नदिन बोर्डलाई पत्र लेखेको थियो ।
रौतहट,जेठ १४ गते ।
राष्ट्रपति द्धारा जारी अध्यादेश प्रति घोर विरोध गर्दै अविलम्ब फिर्ता लिन बार इकाइ रौतहटको जोडदार माग गरेको छ । रौतहट जिल्ला आदालत बार एशोसिएसनले एक प्रेस विज्ञप्ती निकाली फिर्ता गर्न माग गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा सम्मानीय राष्ट्रपति बाट गत वैशाख २० गतेमा जारी भएको “मुलुकी सहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश”सम्बन्धम रौतहट जिल्ला अदालत बार एशोसिएशनको गम्भिर रुपमा ध्यानाकर्षण भई उक्त अध्यादेश नेपालको संविधान २०७२ हाल बहाल रहेको नेपालको प्रचलित कानुन, न्यायको मान्य सिद्धान्तहरु समेतको प्रतिकुल रहेकोले उक्त अध्यादेश प्रति घोर बिरोध गर्दै उक्त अध्यादेशलाई अविलम्ब फिर्ता लिनको लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
प्रेस विज्ञप्तीमा उक्त अध्यादेश निम्न कारणहरूबाट खारेज योग्य रहेको यसरी उल्लेख गरिएको छ ।
नेपालमा विधीको शासन रहेको कुरा नेपालको संविधान २०७२ द्वारा नै मान्य सिद्धान्त रहनुको साथै यो कुरा सर्वत्र जानकारी हुँदा हुँदै पनि सोको विपरीत तथा नेपाल कानून व्याख्या सम्बन्धी ऐन २०१० को दफा १४, २७(क) समेतको कानुनी व्यवस्थाको मर्म विपरीत जारी भएको उक्त अध्यादेश नेपालको कानुन तथा संवैधानिक व्यवस्थाको मर्म प्रतिकुल रहेको हुँदा अविलम्ब खारेज योग्य रहेको छ ।
राज्यले कुनै कानुन निर्माण गर्दा देशका जनता र समाजको हितलाई मध्यनजर गरी समाजहरुमा रहेको रितीतिथी तथा सामाजिक परम्परा र समाजहरुमा सोका जनताहरु बिचको सम्बन्धलाई असर नपर्ने गरी अर्थात सामाजिक संरचना व्यवहार परम्परालाई नखल्बलाउने गरी कुनै कानून निर्माण गरि अध्यादेशमा सो तर्फ समेत ध्यान नै नल्याई समाजका जनताहरु विचको सामाजिक सम्बन्धलाई नै नष्ट पुयाउने गरीवाको भरमा मस्यौदा तयार गरी जारी गरिएको सो अध्यादेश खारेज योग्य रहेको छ ।
बिगतमा भएको लेनदेन व्यवहार सम्बन्धलाई अहिले फौजदारी कसुर अपराध घोषित गरिनु फौजदारी कानूनको मान्य सिद्धान्त विपरीत रहेको हुँदा उ अध्यादेश खारेज योग्य छ ।
जुनसुकै नियम कानून संशोधन वा निर्माण हुँदा जुन कानुन अन्तर्गत लिखत वा मुद्दा दायर भएकोमा सोही कानुन अन्तर्गतको नै कार्यविधि अवलम्बन गरी कार्यवाही र किनारा हुनेछ समेत व्यहोरा उल्लेख हुने गरी ऐन नियम संशोधन भएका छन् । तर मिति २०८०÷०१÷२० गतेका अध्यादेशमा त्यो कुरा उल्लेख नभएको हुँदा पुरानो तमसुकलाई अहिले प्रमाणिकरणको क्रममा स्थानीय तह वा स्थानीय तहको वडा कार्यालयबाट प्रमाणित नगराइएका लेनदेन कारोवारका लिखतहरू यो उपदमा प्रारम्भ भएको मितिले ६ महिनाभित्र प्रमाणित गराउनु पर्नेछ भनि उक्त अध्यादेशमा उल्लेख भएको कारणले उक्त अध्यादेशबमोजिम सम्बन्धित वडा कार्यालयमा लिखत प्रमाणित गराउन जाँदा बो जादा ऋणी उपस्थित नहुने हुँदा वडा कार्यालय प्रमाणित गर्न अलमल गरिरहेकी साहुको ऋण हुने हो की ? साहु हतास भएका कारण समाजमा गरि आम जनतालाई बिरामी परेका बखत ऋण उपलब्ध नहुने, शुभ विवाह लगायत अन्य कार्यका लागि साहुबाट ऋण नपाइरहेको समस्या समाजमा विद्यमान रहेको सर्वोचदित रहेकोले मिति २०८०।०१।२० गतेको अध्यादेश प्रचलित कानुनको विपरीत रहेको हुँदा ऋणीले रुपैयाँ तिरी बुभाईसकेको छु भनी मौखिक जवाफ दिएको अवस्थामा प्रमाणिकरणकर्ताले के गर्ने ? सो बेलामा सो तमसुकको अवस्था के हुने ? त्यस अवस्थामा धनीलाई पर्न जाने मार्काको सम्बोधन कुन निकायले कसरी गर्ने ? यी समेत कुराको मध्यनजर नगरी उक्त अध्यादेश कानुन बिपरीत छ ।
अहिलेको अध्यादेशको कारण नागरिकहरूलाई अति आवश्यक परेको खण्डमा घरसारमा हुने गरेको ऋण लिने दिने कार्यमा असहजता उत्पन्न भएको साथै जनता जनता बिचको विश्वसनियता एवम् सु–सम्बन्धमा कमी हुने अवस्था श्रृजना भएको र वर्षौ देखि चलिआएको सामाजिक व्यवहार र जनजीवन समेत ठप्प हुन जाने परिस्थिती श्रृजना हुन गएको अवस्था रहेको छ ।
उक्त अध्यादेशमा भएका सम्पूर्ण प्रावधानहरु पूर्वाग्राही भावनाबाट प्रेरित भई तर्जुमा गरिएको हुँदा सो अध्यादेश नेपाल अधिराज्यको समाज, नेपाली जनता, न्यायको मान्य सिद्धान्त, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्णय सिद्धान्तहरु समेतको प्रतिकुल हुँदा उक्त अध्यादेश अबिलम्ब खारेज गरी पाउँ ।
नेपालको संविधान र प्रचलित कानुनी व्यवस्था प्रतिकुल अध्यादेश खारेज गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष जोडदार माग राखी सो अध्यादेश खारेजी सम्बन्धमा आवश्यक पहल गरी दिन हुन तथा नेपाली समाज र नेपाली जनता सापेक्षको उपयुक्त कानुनको व्यवस्था गर्न नेपाल सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाहरु लगायतमा जोडदार माग राखी नेपाली जनताको संवैधानिक एवम् कानुनी हक हितलाई संरक्षण गरी कानुनी राज्यको अवधारणालाई जीवन्त तुल्याउने तर्फ नेपाल सरकारसँग आवश्यक पहल सहकार्य गरी दिन हुन नेपाल बार एशोसिएशन कोन्द्रय कार्यालय समेतलाई यही प्रेस विज्ञप्ती मार्फत हार्दिक अपिल गरिएको सचिव रमेश कुमार यादव र जिल्ला अध्यक्ष नन्दकिशोर साह द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मुम्बइ, १४ जेठ । अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् ।
यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । यसै क्रममा टविटरमा के आरकेले बलिउड अभिनेता आमिर खानले आफ्नी सह कलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ ।
वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए । यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो । यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन् । यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन् ।
तर अहिले केआरकेले ट्वीट गर्दै दावी गरेका छन् । उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् । आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’
यो ट्विट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन् ।
काठमाडौं, १४ जेठ । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।
च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । जुन खेल पनि ३ बजेवाट नै सुरु हुनेछ ।
काठमाडौं, १४ जेठ । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।
संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संसोधनसहितको दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।
र, सो मस्यौदा प्रतिवेदन माथी प्राप्त संसोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।
काठमाडौं, १४ जेठ । आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
काठमाडौ, १४ जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४६ रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा, साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।
उता, साउथ कोरियन वन १०० को खरिददर ९.९२ रुपैयाँ छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९६.७६ र बिकी दर ९८.२ रहेकाे छ ।
काठमाडौं, १४ बैशाख । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ(गर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
राजेश पासवान।जेठ १३ गते।रौतहट ।
रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता चौक स्थित रहेको श्री हिमाल एकेडेमी बिर्ताको प्राङगणमा दुसाध जातिलाई एकीकरण गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । शनिबार सम्पन्न भेलाले रौतहट निर्वाचन क्षेत्र नं.४ को लागि रामबिश्वास पासवानको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको हो।समितिको उपाध्यक्षमा रामलाल पासवान, सचिवमा हरेन्द्र पासवान,स.सचिवमा अकलेश पासवान र कोषाध्यक्षमा रामबृक्ष पासवान रहेका छन्।भने सो समितिको सदस्यहरुमा रिमा पासवान,मानकुमारी पासवान,खुश्बु पासवान र किश्मतिया देवी पासवान लगायत अन्य दुई जना सदस्यहरु पनि रहेका छन्। त्यसैगरी सो समितिको युवा कमिटीमा अकलु पासवानको अध्यक्ष्तामा ९ सदस्यीय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा सुनिल पासवान,सचिवमा सुरत पासवान,कोषाध्यक्ष मा,विजय पासवान र सदस्यमा रिंकु पासवान लगायत अन्य ३ जना सदस्यहरु पनि रहेको छ। कार्यक्रममा दुसाध जाति भित्र रहेेेको कमिकम्जोरी,शिक्षामा सुधार राजनीतिमा पहुँच र दुसादरध जाति माथि भईरहेको अन्याय र अत्यार बाट कसरी सामना गर्ने बिषयमा गहन छलफल भएको थियो। कार्यक्रमको प्रमुख अथितिको रुपमा बोल्दै दुसाध जाति का अगुवा तथा दलित अगुवा धर्मेन्द्र पासवान ले ,सबै संगठनलाई अगाडि बढाएर एउटा ऐतिहासिक कार्य गरिरहेको र प्रदेश नं.२ मा दिन–प्रतिदिन जातीय विभेद तथा छुवाछुत का घटनाहरु घटनुको साटो अझ बढ्दै जानुको मुल कारण दुसाध जाति संगठित न हुनु नै हो। सबै जातको संठन भइसके पनि दुसाध जातिको नयाँ संगठन निर्माण न भएकोले आफुहरु यस्ता दुख पिडाहरु भोगिरहेको र हिंसाको शिकार भएको भन्दै उनले घोर निन्दा गरे ।
यसरी आफनो समुदायका माथि तराईमा रहेको कु संस्कार कु प्रथाले सबै दुसाध जाति नै हिसांको सिकार हुदै आएको पासवान ले बताए । त्यस्तै एक जना अर्को दुसाध जातिका अगुवा सागर पासवानले भन्नुभयो अब दुसाध जाति व्यक्तिहरु अन्य कुनै लोभ प्रलोभनमा न परी आफ्नै संगठनमा लागेर दुसाध जातिलाई अगाडि बढाउन तन मनले साथ दिन आग्रह गर्दै ,उक्त संगठन मात्रै रौतहटमा न भई देश रको २१ वटा जिल्लामा सो संगठनको समिति निर्माण हुने जानकारी गराउदै,आफुहरु समाजको ठुलाबडा को कुरामा परेर युज मात्रै हुँदै आएकोले अब देखि आफ्नो जातिको हक हित, अधिकार र एकताको लागि तत्पर रहने बताउनुभयो। त्यसैगरी संचारकर्मी समेत रहिसकेका वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवानले आफुहरु संगठित न भएर नै समाजका कथित ठुला बडाले आफुहरुलाई युज गर्दै आएको र रौतहट मा दुसाद जातिको बाहुल्यता हुदाहुँदै पनि आफुहरुको ठोस् संगठन न भएको कारण,आफुहरुको नाममा आएको सरकारी बजेट तथा गैर सरकारीहरुको बजेट समेत वडाका वडा अध्यक्ष,वडा सचिव देखि लिएर स्थानिय निकायका राजनैतिक दल तथा पदाधिकारीहरुले नै खाने गरेको बताउदै आरोप समेत लगाए।
पासवानले समाजमा भईरहेको जातिय विभेद अन्त्य गरि पासवान तथा अन्य जातिलाइ पनि मानव सरहको बाच्न पाउने अधिकार का लागि अब सबै जना एकजुट भई संगठनमा लागेर र दुसाद जातिलाई अगाडि बढाउन दुसाद समुदायका नागरिकहरु संग आग्रह समेत गरे। कार्यक्रमको अध्यक्षता दलित अगुवा रामविनय पासवानले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथितीकोरुपमा दुसाध जातिको हक हितका लागि तत्पर रहने दुसादका जातिका अगुवा धर्मेन्द्र पासवानले र ,विशिस्ट अथितिमा अधिवक्ता सोनेलाल पासवान र सुरेन्द्र पासवान,अथितीहरुमा राजेश पासवमन, पासवान शिवजी पासवान र सुब्बा साहेब पासवान रहेका थिए। कार्यक्रममा जिल्ला भरीको विभिन्न ठाउँबाट आएका दुसाध जातिहरुको पनि सहभागीता रहेको थियो।भने कार्यक्रमको संचालन शिक्षक रामअधार पासवानले गरेका थिए।
काठमाडौं ,जेठ १४ गते
बिगतको केहि महिना देखि मिटर व्याजको विषय नेपालमा व्यापक फैलिएको अवस्था छ । मिटर व्याजको कारण साहु र ऋणीहरू बिचको खटपटले देशमा हलचल मच्चाएको छ । देशमा हरेक किसीमको मान्छेहरुको बसोवास छ जुन मध्य कोहि उच्चस्तरका छन कोहि मध्यमस्तरका त कोहि निम्नस्तरका तर पैसाको कारोबार हरेक स्तरका मानिशहरुले आआफ्नो स्तर बामोजिम गर्ने गर्छन र लेनदेन कारोबार गर्ने सदैब दुइ पक्ष हुन्छन जस मध्य एक ऋणी त एक धनिको रुपमार् देखिन्छन्।
मिटर व्याजमा लिने ऋणीहरू सरकारलाइ निरन्तर विभिन्न माध्यमहरु बाट पटक पटक ध्यानाकर्षण र दबाबमुलक कार्यहरु गर्दै थिए र व्यापक रुपमा एउटा ठुलो अभियान झै चलेको अवस्था समेत देखिएको थियो र बिस्तारै मिटर व्याज सम्बन्धि नेपाल सरकार ले कानुन समेत बनाउन सफल भए जुन कानुन ले ऋणीहरूको पिडा सम्बोधन गरेको देखिन्छ तर साहुको पिडा कहि समेटिएन । नेता राउतले स्व्यम आफै साहुहरु सङ यस विषयमा कुरा गरेका छन भेटेका छन र उनिहरु का दुख गुनासो र व्यथा सुनेका छन भन्ने कुरा नेता मुन्जय राउत ले हामिलाइ जानकारि दिएका छन । समय परेको बेला त्यहि बेला पैसा चाहिएको बखत ऋणीहरूको गुनासो ,गुहार, दुख, पिडा सुनि हामि पैसा दिन तयार हुन्छौ र दिन्छौ पनि तर फेरि पैसा व्याज सहित फिर्ता त के , कतिपय अवस्थामा त हाम्रो मुल पैसा पनि फिर्ता न आएको कुरा साहुहरु ले भनेको कुरा नेता राउत ले बताएका छन्।
बैंकको व्याज दर १७% मा भागि सक्यो र अहिले बैंकले पनि ऋण कर्जा दिन न मानेको अवस्था छ त्यस्तो अवस्थामा हामिले व्यपारि हरुलाइ व्यापार गर्न, छोरि चेलिको बिहेबारि गर्न, कोहिलाइ श्वास्थ उपचार गर्न लागायतका कार्यहरुको लागि आवस्यक्ता परे पछि मिटर स्विकारेर स्व्यम ऋणीहरू नै आउछन र जस्तो सुकै अवस्थामा पैसा लिन तयार भका हुन्छन तरपनि हामि ले मार्का न पर्ने गरि बेलामै उप्लब्ध गराइ कामकाज सन्चालन होस कसैको व्यपार न रुकोस, छोरि चेलिको बिहे न रुकोस, सारिरिक उपचार न पाएर ज्यान न गुमाउन परोस भनेर पैसा उपलब्ध गराउछौ तर सरकारले हाम्रो व्यथा न सुनि एक तर्फि कानुन बनाइ दियो जस्ले गर्दा हामि अब सडकमा आउने अवस्था भै सकेको छ र आफ्नै पैसाको लागि स्व्यम साहु भएर नै मुद्दा खेपन परि रहेको छ भन्ने साहुहरु को गुनासो रहेका कुरा राउतले जानकारि दिएका छन । व्यापारको अवस्था हेर्नेहो भने पुरै ध्वस्त छ किन भने बैंकको व्याजदर मा व्यपारिहरु ले सक्ने अवस्था छैन १७-१८% व्याजदर तिर्नेहो भने व्यापार कसरि गर्ने कसरि टिक्ने र बाच्ने भन्ने सोचमा व्यापारिहरु छन र हाल व्यापार बाचेको छ भने यहि मिटर व्याजको कारण बाचेको छ व्यपार जिवित छ तर एकतर्फि कानुनले अब ति व्यापार र व्यापारिहरु लाइ मार्ने भए किनभने हामि साहुहरुको हात त अब कानुन ले बाधि सक्यो र अब कुनै अवस्थामा ऋण दिन सक्दैनौ र दिदैनौ सहितको गुनासो साहुहरुको तर्फ बाट आएका कुरा नेता राउत ले बताएका छन ।
हामिले ऋणीहरू सङ छल पनि गरेका छैनौ हामि केहि रकमको लागि घर जग्गा पास गराएका छैनौ , लिलामि अथवा छिन छोर गरेका छैनौ मात्र सुलभ दरमा दैनिकि रुपमा हाम्रो व्याज असुलेका छौ तर पनि मुद्दा हामिलाइ नै खेप्नु परेको अवस्था छ । नेपाल सरकार ले मिटर व्याज सम्बन्धि कानुन ल्याए दिन देखि हामिले व्याजमा लगाएका पैसाहरु असुल्न सकेका छैनौ र ऋणीहरू ले दिन पनि मानि रहेका छैनन जस्ले गर्दा हामि ठुलो मार्कामा परि सकेकाछौ र हामिलाइ सरकार बिरुद्ध बाध्यात्मक कदम चल्न पर्ने हुन्छ भन्ने कुरा साहुहरुले नेता राउतलाइ बताएका छन ।
र साहुहरुको समस्या बेलामै समाधान भएन भने सरकार बिरुद्ध कडा रुपले प्रस्तुत हुने बताएकाछन र चरमबद्ध आन्दोलन समेत गर्ने बताएका छन जस्मा जनता समाजवादी पार्टिका लोकपृय युवा नेता मुन्जय राउतको पनि साथ हुनेछ र आन्दोलन बाट हुने हानि नोकसानि को जिम्मेवार स्व्यम राज्य ले नै जिम्मेवारि लिनु पर्ने छ भन्ने कुरा समेत युवा नेता राउत ले बताएका छन्।