२०८३ भाद्र १०
२०८३ भाद्र १०

 

आरके श्रीवास्तव,राैतहट,जेठ १८ गते

मधेश प्रदेशका विभिन्न पालिकाका कर्मचारीहरूलाई काेपाेमिस सम्बन्धि तालिम सुरू भएको छ । महाेत्तरीकाे बर्दिवास स्थित हाेटेल रिसाेनामा आज देखि साे तालिम सुरु भएको हाे ।

ग्रामिण उधम तथा विप्रेषण आयाेजना (समृद्धि) जनकपुर करिडाेर कार्यालयकाे आयाेजनामा बिहिवार देखि मधेस प्रदेशका विभिन्न सहकारी शाखाका प्रमुख र काेपाेमिस सम्बन्धि तथ्यांक हेर्ने कर्मचारीहरू लाई तालिम दिन थालिएको समृद्धि आयाेजनाका कर्मचारी ईन्दिरा श्रेष्ठले जानकारी गराएकी हुन् ।

तालिममा राैतहट,बारा,सर्लाही,महाेत्तरी र सिन्धुली जिल्लाकाे ११ पालिका सहकारी संस्था शाखा र काेपाेमिस सम्बन्धि शाखा हेर्ने कर्मचारीहरू सहभागी छन् । तालिममा प्रशिक्षक सिएमएफका सिईओ गणेश बिष्टले प्रशिक्षण दिईरहेका छन् ।

आज पहिलाे दिन सहकारी नियमनकाे लागि संघ,प्रदेश र स्थानीय तहका संरचनाहरू बारे जानकारी गराईएकाे थियाे । साथै सहकारीकाे अवस्था पहिचान तथा काेपाेमिस संचालन सम्बन्धि महत्त्वपूर्ण जानकारी तथा छलफल गरिएको थियाे । आज देखि सुरू भएको तालिम शुक्रबार सम्म चल्ने श्रेष्ठले बताईन् ।

 

 

काठमाडौं, १८ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै  परेको रिट निवेदनलाई दरपिठ गर्ने सर्वाेच्च अदालत प्रशासनको आदेशविरुद्ध निवेदन दर्ता भएको छ ।

 

गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई गत मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको थियो । तर, उक्त आदेशविरुद्ध बिहीबार विष्टले दिएको निवेदन सर्वाेच्च अदालतले दर्ता गरेको हो । उक्त निवेदनको दर्ता नम्बर १२९६५ रहेको छ । आउँदो सोमबार छलफलका लागि बोलाएको निवेदनक विष्टले जानकारी दिए ।

‘द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालिन न्याय संयन्त्रले नै संबोधन गर्नु उपयुक्त हुने साथै यीनै घटनाको समग्र विषयलाई समेटेर सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालमा उजुरी दिएको भनि निवेदक मध्येका लेनिन विष्टले निवेदनमा आफ्नो ब्यहोरा उल्लेख गरेको देखिएकोले प्रस्तुत विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालिन न्याय पद्धतिअनुसार निरुपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत प्रस्तुत निवेदन लिई आएको देखिदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ । कानून बमोजिम गर्नु,’ दरपिठ गर्ने रजिष्ट्रार नारायाणप्रसाद पन्थीको मंगलबारको आदेशमा उल्लेख गरिएको थियो ।

उक्त आदेश बदर गरी रिट निवेदन दर्ता गर्न माग गर्दै विष्टले बिहीबार सर्वाेच्चमै निवेदन दर्ता गराएका हुन् ।

 

आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकीर गर्दै विष्टसहितले शुक्रबार रिट निवेदन दिएका थिए । आफूहरुलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनि विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरुले माग गरेका थिए ।

 

प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईसमेतलाई विपक्षी बनाई गत शुक्रबार दिएको रिट निवेदनमा भनिएको थियो,  ‘सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गर्नु गराउनु हुन्न भन्ने तथ्य ढाँटी हामी जस्तालाई बालसैन्यको रुपमा भर्ती गरी हाम्रो सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भै अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानूनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रुपमा कानूनको दायरमा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद संग समन्वय गरी संयुक्त राष्ट्र संघिय आयोग (उदाहरणका लागि रुवान्डा वा युगोस्लाभियामा स्थापित आयोग (Tribunal) स्थापित गरी कानूनी कार्यबाहीको प्रक्रिया अघि बढाउनु र सो को प्रगति विवरण सम्मानित सर्वोच्च अदालतलाइ नियमित रुपमा पेश गर्नु भनि परमादेशको आदेश जारि गरी पाउँ ।’

तर, शुक्रबार दिएको उक्त निवेदन सर्वाेच्च अदालतले दर्ता गर्न नमिल्ने भनि दरपिठ गरिदिएको हो । सोही आदेशविरुद्ध विष्टले पुनः निवेदन दर्ता गराएका हुन् ।

 

काठमाडौं, १८ जेठ ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।


बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । यसअघि बिहीबार नै  राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए ।

बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

 

काठमाडौं, १८ जेठ ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो ।

यसअघि बिहीबार नै  राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए ।

बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

 

काठमाडौं, १८ जेठ ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण गरेका छन् ।


बिहीबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गरेका हुन् । बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

हेटौँडा, १८ जेठ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।

 

प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।

 

झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसका मकवानपुर प्रहरीले जनाएको छ ।

साथै आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

न्युयोर्क, १८ जेठ ।

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

 

टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन ।

 

पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढदा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको को शेयर २.७ प्रतिशतले घट्न पुगेको थियाे । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएकाे छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।

 

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जाे सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महंगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।

 

ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेकाे छ। जसकाकारणा उनकाे अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेकाे थियाे ।

 

अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरकाे नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ  तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४.५ अर्ब डलरले बढन पुगेको छ ।

 

पुन: विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले बृद्धी भएको छ ।

 

राजस्थान, १८ जेठ ।

राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले ठूलो निर्णय गरेको छ ।

 

मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन् ।  मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महशुल लाग्ने छैन् ।

 

उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली निस्शुल्क पाउनेछन् भने २ सय युनिट बिजुली प्रयोग गर्नेलाई सरचार्ज मिनाहा हुनेछ ।

मुख्यमन्त्रीले मासिक १०० युनिटसम्म विद्युत खपत गर्नेको विद्युत महसुल शून्य हुने बताए । अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन। उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत महसुल तिर्न पर्ने छैन ।

 

यसअघि उनले ५०० भारतीय रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए ।

 

लन्डन, १८ जेठ ।

टाइटानिक भग्नावशेषको डिजिटल स्क्यान गर्दा मेगालोडोनको दाँतको हार फेला परेको छ ।

 

एक सय बर्ष अगाडी डुबेको जहाजको डिजिटल स्क्यान गर्दा टाइटानिकको भग्नावशेषमा मेगालोडोन भनिने प्रागैतिहासिक शार्कको दाँतको हार फेला परेको हो ।

 

गहिरो पानीमा अनुसन्धान गर्ने कम्पनी म्यागेलनका अनुसार १०० बर्ष अघि डुबेको टाइटानिकको भग्नाबशेषमा २३ मिलियन वर्ष पुरानो मेगालोडनको हार समुन्द्रको फेदमा फेला परेको हो ।

 

टाइटनिकको भग्नावशेषको स्क्यान गर्ने बैज्ञानिकहरुले मेगालोडोनको दाँत भएको सुनको हार दुनियालाइ देखाएका छन । जसलाई वैज्ञानिक नाम ओटोडस मेगालोडन भनेर चिनिन्छ, जुन प्रागैतिहासिक शार्क २ करोड ३० लाख वर्ष पहिले पृथ्वीको अस्तिवमा थियो ।

प्राग ऐतिहासिक मेगालोडनहरू आजको जीवित कुनै पनि शार्कभन्दा १० औं गुना ठुलो थियो र त्यसले अहिलेका ५ वटा सार्कहरुलाई एकैपटक खान सक्दथ्यो ।

 

टाइटानिकको पूर्ण आकारको डिजिटल स्क्यान गर्ने परियोजनाको क्रममा म्यागेलनले सो नेकलेस पत्ता लगाएको हो, जुन कम्पनीले इतिहासकै सबैभन्दा ठूलो पानी मुनिको  स्क्यानिङ परियोजना भएको बताएको थियो।

 

सिडनी, १८ जेठ ।

अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ ।

बुधवार प्रकाशित एक अध्ययन अनुसार साे हडडी सबैभन्दा पुरानो उड्ने सरीसृप  टेरोसरकाे भएको खुलेको हो । जुन सरिसृप अस्ट्रेलियाको आकाशमा  १ सय ७० मिलियन वर्ष पहिले उडन गरेकाे थियो।


अष्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूकाे परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरूले यस्तो निष्कर्षमा पुगेका हुन ।

बुधवार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमूनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो । यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेकाे थियाे ।

मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अष्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।