२०८३ भाद्र ९
२०८३ भाद्र ९

 

काठमाडौं, २८ जेठ

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापालाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

नवलपरासी, २८ जेठ

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताए ।

आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिवद्धतापूर्ण रुपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईहरु सबैले देख्नुभएको छ ।’

नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिवद्धता कार्यान्वयनमा आफू इमान्दार भएको बताए । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको  छु । चुनावी प्रतिवद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धीलाई संस्थागत गर्न म सदैव सक्रिय छु,’ उनले भने ।

उनले वर्षौदेखि समस्याका रुपमा रहेको गण्डक आयोजनाको कामले तीब्रता पाएको बताए । ‘हरेक वर्ष मनसुन आउने वित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौं वर्षसम्म विग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरुले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुवान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’

सांसद चौधरी निर्वाचित भएपछि नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यले तीब्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो सडकखण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढि काम भएको छ । अबको आठ महिनाभित्रै नवलपरासीखण्डको सडक निर्माण सम्पन्न हुने प्रतिवद्धता ठेकेरदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गको काम अगाडि बढेको सांसद चौधरीको दावी थियो । ‘विभिन्न प्रकारका अवरोधको भूमरीमा परेको हुलाकी राजमार्गको काम अहिले अगाडि बढेको छ । विगतमा एकले अर्कालाई दोषारोपण गर्ने काम भएको थियो । अब  यो काम सुचारु भएको छ,’ उनले भने ।

उनले केराको उत्पादन, बीउ र बजारीकरणका विषयमा पनि आफूले काम गरिरहेको बताए । विगतमा  केराको वीउ अर्को मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा नवलपरासीमै वीउ  उत्पादन हुन थालेको सांसद चौधरीले उल्लेख गरे ।

हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने चौधरीले विकासका आयोजना र कामका बारेमा सरोकारवाला पक्षसँग संवाद गर्ने गरेका छन् । विकास निर्माणका काममा भएका प्रगति र समस्याका बारेमा उनले छलफल गर्दै आएका छन् ।

‘म हरेक महिना जिल्ला आउँदा विकास निर्माणका कार्ययोजनाका विषयमा छलफल र संवाद गर्ने गरेको छु । कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरोकारवाला निकायसँग सहजीकरणका लागि सबैसँग सामूहीक छलफल गर्ने गरेका छौं,’ उनले भने, ‘आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेका छौं । हामीले विकासमा काममा पार्टी हेरेका छैनों,  न व्यक्तिको अनुहार ।’

चुनावका बेला ६ महिनामा भूमीहीनलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता कार्यान्वयनमा आइसकेको उनको भनाई थियो । त्यस्तै नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपनि अदालतमा मुद्धा परेका कारण कार्यान्वयनमा आउन ढिलाई भएको प्रष्ट पारे । उनले नवलपरासी १ को विकासका लागि परियोजनाको छनौट गरेको र त्यसमध्ये १५ गौरवका आयोजनाको चयन भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्यले सांसद चौधरीको जितपछि व्यवस्थित रुपमा विकासको काम अगाडि बढेको बताए । उनले विगतमा विकास निर्माणमा हुने अवरोधलाई हटाएर सांसद चौधरीले सबै पक्षसँगको समन्वयमा काम गर्ने गरेको बताए ।

बर्दघाट नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले नवलपरासीको विकासका लागि सांसद चौधरीले स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न उर्जा थपिएको बताए । उनले भने, विकासमा जुन सपना देखाउनुभएको छ, त्यसलाई हामी सबैले सहयोग गर्नेछौं । उहाँ यो निर्वाचन क्षेत्रमा आउनु गौरवको यो विषय हो हामी सबैका लागि । नदेखिने खालका विभिन्न समस्याहरु थिए, त्यसलाई उहाँले सम्बोधन गर्नु भएको छ,‘ उनले भने ।

 

मुम्बई, २८ जेठ ।

बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन । उनका लागि फ्यान जे गर्न पनि तयार छन् ।

 

यसपटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन् । शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन् ।

 

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ । हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए । जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए । यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए ।

 

कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे । ‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन् । यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ ।

 

काठमाडौं, २८ जेठ ।

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी चयन भएका छन् ।

 

शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, काेषाध्यक्षमा कृपा भण्रडारीलगायत निर्वाचित भएका छन् ।

 

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।

 

अध्यक्ष

बिश्वमणि सुबेदी :१४७ बिजयी

भुपराज खडका : ११९ मतान्तर :२८, राघव शाह:१५

 

खुला उपाध्यक्ष :

नवराज छत्कुल्ली : १५० बिजयी राजेन्द्र कुवर :११६, मतान्तर : ३४

 

महिला उपाध्यक्ष :

अस्मिता गिरी : १७१ बिजयी उर्मिला कुवर: ९० मतान्तर :८१

 

उपाध्यक्ष

सुदुरपश्चिम नरेन्द्र भट्ट :१७४ बिजयी मिन ठकुरी :८३ मतान्तर:९१

 

महासचिव : रामकुमार एलन : १३९ बिजयी हृदय भुसाल: १३० मतान्तर : ९

 

उपमहासचीव :

प्रेम गौतम :१६४ बिजयी,  प्रतिज्ञा बुढा मगर :१२२ बिजयी, लेखनाथ सिकारु: १३९, बिजयी, गोविन्द प्रसाद सुबेदी : ८० धनराज बास्तबिक:८२,  सबिन शर्मा : ७०,  देवि प्रसाद सापकोटा :८२

 

सचीव (खुला) :

शिव प्रसाद ढुंगाना :११७ बिजयी, अनिल शाही : १३६ बिजयी, पुर्ण ब. कार्की : ८६ बिजयी, आशिष गुरागाइ : ८६, धनविर दाहाल : ६३ समर रोकाया: ४१ निर्मल अधिकारी : ७९ शिवलाल सुबेदी : ७२ तपेन्द्र कुवर : २५

 

सचिव (महिला) :

क्रान्ति न्यौपाने :१२८ बिजयी रमा न्यौपाने : ४२ कालिका सिवाकोटी : १०२

 

सचिव (दलित) :

प्रदिप नेपाली : १५१ बिजयी विष्णु रैगाइ : ८९

 

कोषाध्यक्ष :

कृपा भण्डारी : १३९ बिजयी, रामचन्द्र बस्नेत : २७ मधुकर लुइँटेल : ४० जमुना गजुरेल : ६०

 

काठमाडौं, २८ जेठ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।

 

टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।

 

कैलाली, २८ जेठ । 

आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

 

कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक वनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।

 

घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली  र उनकै श्रीमती लहरी मिलेर शवलाई डोकोमा हाली  वनमा लगेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।

साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयवीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

 

काठमाडौं, २८ जेठ ।

पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।

‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमा प्रभाव र

परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन। नेपाल सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

काठमाडौं, २८ जेठ । 

राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपुर्व सैनिक संगठनको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली सेनाका अवकाशप्राप्त एक दर्जनभन्दा बढी जर्नेलहरु सहभागी भएका छन् ।

 

संगठनको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न अवकाश प्राप्त मेजर जनरलहरु गजेन्द्र लिम्बू, समीर शाही, शशी बहादुर सिंह, कुबेर थापा, अप्रा उपरथीहरु नरबहादुर कँडेल, सुवर्ण बहादुर शाह, निरज पौडेल, भरत खड्का, अप्रा सहायक रथीहरु प्रेमसिंह बस्न्यात, बाबुकृष्ण कार्की, प्रदीप अधिकारी लगायत अवकाशप्राप्त एक दर्जन बढी जर्नेलहरु, तीन दर्जन बढी महासेनानी, सेनानीहरु पुगेका थिए ।

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय नेपाली सेनामा रहि योगदान दिएका अवकाशप्राप्त सैनिक अधिकारीलाई देश बचाउने र देश बनाउने राप्रपाको अभियानमा जोडिन आग्रह गरे ।

‘विचार, भावना र दृष्टिकोणमा एकरूपता भएकाहरू सहकार्य गर्दै सबल राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बेला आएको छ, देश बाहिरी आँखाले देखेजस्तो मात्रै छैन, एकजुट भएर अघि बढौं, हामीसँग समय धेरै छैन,’ अध्यक्ष लिङ्देनले भने ।

अवकाशप्राप्त सैनिक अधिकारीहरु कुनै  राजनीतिक दलको कार्यक्रममा एकैसाथ सहभागी भएको सम्भवतः पहिलोपटक भएको राप्रपाको दाबी छ ।

 

काठमाडौ,  २८  जेठ ।  

नेपाल रिपब्लिक मिडियाको आइपीओमा ५८ करोड ६१ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहानसम्ममा ५ लाख ३० हजार १४६ जना सर्वसाधारण लगानीकर्ताले ५८ लाख ६१ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.६१ गुणा वढी आवेदन हो ।

 

कम्पनीले शुक्रबार (जेठ २६ गते) देखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।

 

यस्तै, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

 

काठमाडौं ।

कलश इभेन्टसले आयोजना गरेको ‘लिटिल मिस एन्जेल’को चौथौं संस्करणको उपाधि विजडम स्कुलमा अध्ययनरत किन्जल नेपालले जितेकी छन् । उनले उपाधिसँगै २५ हजार रुपैंयाँ र पुरस्कार पाइन् ।

 

त्यस्तै एलिक्सर स्कुलमा अध्ययनरत सम्पदा महतो फस्ट रनर अप बन्दा युलेन्स स्कुलकी आध्या ढकालले सेकेण्ड रनरअपमा चित्त बुझाइन् । दुवै विजेताले क्रमशः १५ हजार र १० हजार रुपैंयाँ प्राप्त गरे ।

 

प्रतियोगितामा सहभागी ३५ प्रतियोगी आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पहिरनमा उपस्थित थिए ।

 

सांस्कृतिक संस्थानका महानिर्देशक अशोकप्यासी राईको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका निर्णयकमा युरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाडौंका कार्यकारी सदस्य मोहना खनाल, न्यु जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन, अभिनेत्री नम्रता सापकोटा तथा आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापा थिए ।

 

नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सनौलो अवसर मिलेको बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।