हेमन्त केसी,सुर्खेत, १ असार ।
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो ।
महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैँया विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ । भौगोलिक पहिचानसाग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ । साथै, एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकराणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाई सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।
विशिष्टकृत वस्तुको उत्पादन प्रशोधनका लािग प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ । वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय नीति कार्यन्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।
यस्ता छन् वार्षिक बजेटमा समेटिएका स्वास्थ्य योजना वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताइएको छ ।
प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ । सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेकखमा स्वास्थ्य सम्बन्धी निर्माणाधीन बहुवर्षिय पूवाृधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ । कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शैय्या अस्पताल बनाइने । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरिउको छ ।
सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य विमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै, बजेटमा मृगौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपुर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।
यसैगरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाईने । खोप अभियानलाई तिव्र बनाई आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ । साथै, महिला स्वास्थ्य स्वंयम्सेविकालाई वार्षिक १० हजार रुपैँया प्रोत्साहन भत्ता दिईने भएको छ । सामुदायिक स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्न २ करोड विनियोजन गएिको छ । आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढिकरण गरिने जनाइएको छ ।
काठमाडौं, १ असार
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के चेक गरेको छ । बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीमाथि छड्के गरेको हो ।
कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरबारको दक्षिण गेटमा बसेर चेकजाँच गरेको हो ।
सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीको परिचय पत्र हेर्दै उनीहरूको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेत टिपोट गरेर गरेको छ ।
नयाँदिल्ली, १ असार ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्ववत पहिचानलाई मेटाउने कार्यलाई निरन्तरता दिईरहेका छन् ।
सोही क्रममा जवहारलाल नेहरुको नाम हटाउने कार्य उनले यसैबखत गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीस्थित नेहरू मेमोरियल म्युजियम एण्ड लाइब्रेरीको नाम परिवर्तन गरिदिएका छन् ।
सो नाम परिवर्तन गरेर प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय नामाकरण गरिएको छ ।
कांग्रेसले नेहरू स्मारकको नाम परिवर्तन गरेकोमा मोदी सरकारलाई खुलेर आलोचना गरेका छन ।
सो कार्य प्रति टिप्पणी गर्दै कांग्रेस नेता जयराम रमेशले भने, ‘मोदी संकीर्ण सोच र प्रतिशोधको अर्को नाम हो ।’
काठमाडौं, १ असार ।
अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही २९ असारमा रिलिज हुने भएको छ । रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ ।
यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ । चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए ।
‘पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो’ खनालले भने, ‘लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ । त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाए । हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ । मैले यो सिनेमाको माध्यमबाट कर्म गर्न खोजेको हो ।’
निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए । उनले त्यसकारण नै चलचित्र बनाएको बताए । यहि चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी प्रमिला कार्कीले नयाँ भएको कारण अग्रजहरु सँग काम गर्ने आफ्नो ईच्छा रहेको बताइन् । उनले भनिन्, ‘पहिलो चलचित्र नै सबै अग्रज हरु संग काम गर्न पाउँदा एकदमै खुशी छु । उनले आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्देशक सरोज खनाल लाई बिशेष धन्यवाद दिन चाहन्छु ।’
यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ’बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
काठमाडौं, १ असार ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।
बिहीबारसम्म १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो ।
थुनछेक बहस सकिएकाले शुक्रबार नै थुनछेक आदेशको आउने अपेक्षा गरिएको छ ।
काठमाडौं, १ असार ।
प्रदर्शनरत फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ ।
धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो । फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको छ ।
निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए ।
गणेश हिमालको फेदी रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतको अभिनय छ ।
फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।
ब.स.आरके श्रीवास्तव,चन्द्रपुर,जेठ ३२ गते ।
राैतहटकाे गुजरा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाकाे अवधिमा ५२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकि रहँदा ३६ करोड रुपैयाँमात्रै खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७० करोड ३५ लाख ८० हजार ९९१ रुपैयाँकाे अनुमानित बजेट छैठौं नगर सभाबाट पारित गरेको थियो । तर आर्थिक मन्दीका कारण बजेटमा कटौती भई ४८ कराेड ७४ लाख १५ हजार १६२ रूपैयाँ ८१ पैसा बजेट आएको लेखा प्रमुख शैलेन्द्र श्रीवास्तवले जानकारी गराउनु भयाे ।

नगरपालिकालाई सङ्घीय सरकारबाट ४१ करोड ४९ लाख ७९ हजार, प्रदेश सरकारबाट एक करोड ५७ लाख , राजस्व बाँडफाँटतर्फ १ करोड ४५ लाख ४१ हजार रुपैयाँ बजेट खर्च भएको श्रीवास्तवले जानकारी दिनुभयो ।
संघिय सरकारकाे बजेट तर्फ ६०.४१ प्रतिशत,प्रदेश सरकारकाे १२.०२ प्रतिशत र राजस्व बाँडफाँड तर्फ ३१ प्रतिशत बजेट खर्च भएको उनले बताए । कुल बजेटमध्ये तेस्रो चौमासिक (जेठ मसान्त) सम्म चालुतर्फ ५६ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ४७ प्रतिशत खर्च भएको लेखाप्रमुख श्रीवास्तवले बताउनुभयाे ।
काठमाडौं, १ असार ।
‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन ।
मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन ।
‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्दको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् ।
मेयर साहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।
काठमाडौं, १ असार ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ का बारेमा मुख खोलेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषको संबादलाई लिएर काठमाडौंमा सो सिनेमा चलाउन नदिने जनाएको प्रसङ्ग जोडदैँ बोर्डले भनेको नमान्दा यो स्थीति आएको पनि उनले जनाएका छन् ।
‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन, ‘विरोधका वावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’
उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका बिषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरु माथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो ।
‘र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो,’ उनले भने ।
भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषका बारेमा उनले भनेका छन, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ।’
‘यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ?’ उनलेक भनेका छन, ‘तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन,’ उनले भने ।
मेयर साहले सीतालाइ भारतीय छाेरी भनेर साे चलचित्रमा उल्लेख गरे पछि काठमाडाैंमा प्रतिबन्ध लगाउने घाेषणा गरेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
बैंग्लौर, १ असार ।
कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ ।
साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिइको छ ।
न्यायाधीश कृष्ण एसले दक्षिण कन्नड जिल्लाको मङ्गलुरु नजिकै बिकर्णकट्टे निवासी कविताले दायर गरेको याचिकाको सुनुवाइ गर्दै दीक्षितले यस्तो चेतावनी दिएका हुन्। इजलासले फेसबुकलाई निर्देशन दिएको छ, ‘आवश्यक जानकारीसहितको पूर्ण प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्नुपर्छ ।’
साथै, भारतीय नागरिकलाई झुटो मुद्दामा पक्राउ गरेकोमा के कारबाही अघि बढेको छ ? भन्ने जानकारी केन्द्र सरकारले दिनुपर्ने पनि बताए । मङ्गलुरु प्रहरीले पनि उचित अनुसन्धान गरी प्रतिवेदन बुझाउनुपर्ने भन्दै अदालतले सुनुवाइ २२ जुनसम्म स्थगित गरेको छ।
५२ वर्षीय श्रीमान् शैलेश कुमार २५ वर्षदेखि साउदी अरेबियाको एउटा कम्पनीमा काम गर्दै आएको बेला उनलाई पक्राउ गरिएको थियो ।
कविताको पतिले नागरिकता संशोधन ऐन २०१९ र राष्ट्रिय नागरिकता दर्ताको समर्थनमा (एनआरसी) का बारेमा फेसबुकमा एक पोस्ट पोस्ट गरेका थिए । तर पछि अज्ञात व्यक्तिले उनको नाममा नक्कली फेसबुक खाता खोलेर साउदी अरबका राजा र इस्लाम धर्मको विरुद्ध आपत्तिजनक पोस्ट गरिदिए ।
फेसबुकमा साउदी अरबको बिरुद्धमा पोष्ट गरेको जानकारी पाए लगत्तै उनल कुमारले परिवारलाई यसबारे सुरुमा जानकारी गराए । लगत्तै, उनकी श्रीमती कबिताल नक्कली फेसबुक अकाउन्ट खोल्नेलाई कारबाही गर्न माग गर्दै मङ्गलुरुमा प्रहरीमा उजुरी दिए।
तर, सोही फेसबुक स्टाटसलाई लिएर साउदी प्रहरीले शैलेश कुमारलाई पक्राउ गरी जेल हालिदियो । उनी बिगत पाँच बर्ष देखी साउदी जेलमा छन् ।

सो घटनाको अनुसन्धानको जिम्मा लिएर मंगलुरु प्रहरीले फेसबुकलाई पत्र लेखेर नक्कली फेसबुक खाता खोलिएको बारे जानकारी मागेको थियो। तर, फेसबुकले प्रहरीलाई कुनै प्रतिक्रिया दिएन ।
निवेदकले अनुसन्धानमा ढिलाइको बारेमा प्रश्न गर्दै उच्च अदालतमा निवेदशन पुगे। कविताले आफ्ना श्रीमानलाई जेलबाट रिहा गर्न केन्द्र सरकारलाई पत्र पनि लेखेकी थिइन् ।
कविताले भारतीय सञ्चारमाध्यमसँग भनिन, ‘यदी फेसबुकले मैग्लरु प्रहरीको जवाफ दिएको भए, मेरो श्रीमानले जेलमा बस्नु पर्दैनथ्यो, उसले जवाफ नदिएका कारण नै आजसम्म मेरो श्रीमान जेलमा छन् ।’