आरके श्रीवास्तव,रौतहट,जेठ ०२ गते
रौतहटको देवाहीगोनाही नगरपालिकामा रहेको नगर स्तरीय अस्पताल नगर प्रमुख प्रेमलाल साह र स्वास्थ्य संयोजक नागेन्द्र कुशवाहाको कारणले अस्तव्यस्त बनेको उपप्रमुख परनिया देवी पटेलले आरोप लगाएकी छिन् आज पत्रकारहरु सँग कुराकानी गर्दै उनले अस्पताल सञ्चालन गर्न नगरसभा बाट बजेट छुट्टयाए पनि ती दुइ जनाको कारणले आम जनसमुदायले सेवा सुविधा पाउन बाट बञ्चित भएका छन् ।
अस्पताल सञ्चालन गर्न नगरसभा बाट १ करोड बजेट छुट्टयाएको उपमेयर पटेलको भनाइ छ । हामीले बजेट पास गर्यौ त्यो बजेट बाट समान खरि गर्ने देखि लिएर औषधी खरिद गर्ने काम स्वास्थ्य संयोजकको हो । तर उनले आफनो जिम्मेवारी बाट पञ्छिए पछि यस्तो अवस्था हुन पुगेको उनले आरोप लगाएकी छिन् ।
अस्पताल सञ्चालनको लागि छुट्टयाएको बजेटमा पनि हिनामिना भएको हुन सक्ने उनको दाबी छ । बजेट छुट्टयाउने जनप्रतिनिधीको हो तर कसरी सञ्चालन गर्ने ,समान खरिद गर्ने त्यो सबै जिम्मेवारी कर्मचारीको हो । कर्मचारी नै आफनो काम बाट पछाडी हटेपछि अस्तव्यस्त हुने स्वाभाविक हो । तर त्यसको दोष म माथि लगाउनु गलत छ ।

अस्पतालको समग्र समस्याको बारेका कार्यपालिकाको बैठकमा आफूले आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । देवाहीगोनाहीको नगर स्तरीय अस्पताल अस्तव्यस्त छ । जनशक्ति नै छैन् ,औषधीको अभाव छ । जनशक्ति नहुँदा भिडियो एक्सरे चल्न सकेको छैन् । अस्पताल सञ्चालन गर्न करोडौं बजेट छुट्टयाइयो तर त्यसको कुनै लेखाजोखा नै छैन् ।
अस्पतालको यस्तो अवस्था भएपछि सेवाग्राही भने मारमा परेका हुन् । अस्पतालमा जेनेरेटर नहुँदा टर्च बालेर प्रसूति सेवा दिनु परेको अस्पतालका इन्चार्ज आन्नद पटेलले बताएका छन् । आफूले पटक पटक नगरपालिकाको स्वास्थ्य शाखामा यहाँका समस्याको बारेमा अवगत गराए पनि कसैले ध्यान नदिएको गुणासो गरेका छन् । यता यस विषयमा स्वास्थ्य संयोजक नागेन्द्र कुशवाहा सँग बुझदा उनले आफूमाथि लगाएको आरोपको पनि खण्डन गरेका छन् ।

नगरपालिका नै अस्तव्यस्त भएपछि यस्तो अवस्था हुन पुगेको उनको भनाइ छ । नगर प्रमुख प्रेमलाल साहले प्रतिक्रिया दिदै भनेका छन् आफूहरुले छुट्टयाएको १ करोड बजेट कहाँकहाँ खर्च भयो त्यो सम्बन्धी कुनै जानकारी नरहेको प्रष्ट पार्नु भयो । प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले आफनो मनलाग्दी तरिकाले खर्च गरेको हुन सक्ने उनको अनुमान छ । यसबारे कार्यपालिका बैठकमा छलफल गर्ने बताएका छन् ।
आरके श्रीवास्तव,रौतहट,असार ०२ गते
रौतहटको कटहरियामा डोम समुदायको बुद्धिजीवी तथा अगुवाहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित कटहरिया बजारमा रहेको विवाह मण्डप भवनमा कार्यक्रम आयोजन गरिएको थियो ।

डोम समुदाय विकास केन्द्र रौतहटको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमको अध्यक्षता डोम समुदाय विकास केन्द्रका अध्यक्ष विरेन्द्र मलीले गर्नु भएको थियो । भने प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह रहनु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथीको रुपमा वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव रह्नु भएको थियो । पालिका स्तरीय भएको डोम भेलामा कटहरिया नगरपालिका लगायत अन्य ठाउँबाट आउनु भएका डोम समुदायको मानिसहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले डोम समुदायका मानिसहरुले शिक्षा,स्वास्थ्य,रोजगारी, सुकुम्बासी समस्या,खानेपानी समस्या,सौचालय समस्या लगायतका विषयमा आवाज उठाएका थिए ।

कार्यक्रममा वक्ताहरुले सबैजना मिलेर अगाडि बढौं,आफनो हक अधिकारको लागि एक जुट भई अगाडि बढनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष श्यामाकान्त यादवले डोम समुदायको उथानको लागि उनीहरु आफैं लाग्नु पर्नेमा जोड दिएका थिए ।

साथै उनले डोम समुदायको लागि आफनो वडा बाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रमुख प्रशासकिय अधिकृत साहले डोम समुदायलाइ संगठित भएर लाग्न आग्रह गर्नु भयो ।

साथै अन्तरक्रियामा उठेका सवालहरुलाइ नगरपालिका बाट सम्बोध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । विजय मलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रोहित मलीले राख्नु भएको थियो ।

रौतहट, ३ असार
रौतहटमा दुइ दिनमा करेन्ट लागेर रौतहटमा तीन जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा शुक्रवार राती १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ । दुखद खबर ३भावपूर्ण)श्रद्धान्जली स्तब्ध रनिशब्द छु ।
लेख्ने शब्दै छैन के लेख्ने रु यता परोहा नगरपालिका वार्ड नं ५ नमनगरा निवासी अबुलैस मिया कवारीको आज बिधुतको लाईनको पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानिय पत्रकार ललन चौरसियाले जानकारी गराउनु भएको हो ।
काठमाडौं, २ असार
सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।
३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।
विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।

जनकपुरधा, २ असार
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् ।
धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन् ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि कुल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आफ्ना आसेपासे कार्यकर्तालाई मात्र काम लाग्ने बजेट ल्याएकाले यस्तो बजेटको विरोध गर्न आफ्ना कार्यकर्तालाई उनले आह्वान गरे । यसको बारेमा आम जनतालाई बुझाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा आजपाका केन्द्रीय एवं जिल्ला स्तरीय नेता तथा तथा कार्यकर्ता उपस्थित थिए ।
बुटवल, २ असार
तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।
परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।
काठमाडौं, २ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षारोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गरेका हुन् ।
सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने बताए ।
तिब्बत, २ असार ।
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिबिधीका लागि प्रयोग हुन नदिने प्रतिबतता दोहो¥याएका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेका कारण आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध रहेको दोहो¥याएका हुन ।
विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएका उनको भनाई थियो । ‘नेपालपनि सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ,’ उनले भने, ‘शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ ।’ एक हजार चार सय किलोमिटर लामो सिमाना जोडिएका चीन र नेपाल दुई छिमेकी देशहरू एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सँधै सम्मान गर्दै आएको उनको भनाई थियो ।
विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन, आर्थिक विश्व व्यापीकरण र बहुपक्षीयतालाई प्रबद्र्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धी विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले विकासोन्मुख र अतिकम विकसित मुलुकहरुको हित प्रवद्र्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सरहना गरेका छन् ।
उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताएका छन् । कोभिड महामारीका समयमा नेपाल र चीन बीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन गर्ने बिश्वाससमेत ब्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेकासमेत बताए । नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको उनको भनाई थियो ।
कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडी बढिरहेको छ तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य शुरु गर्न नसकिएको अबस्थामा नेपालतर्फ भन्सार पुर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेकोसमेत बताए ।
नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि उनको आग्रह थियो । कोभिड महामारीको समयमा रोकिएको मेला शुरु नहुँदा च्याङ्ग्रा, पस्मिना, नुन, लत्ताकपडा, खाद्यान्न लगायतका बस्तुको आयात निर्यात ठप्प भएको र यसले नेपालको उपल्लो मुस्ताङका बासिन्दा प्रभावित भएको जानकारी गराएका छन ।
नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रकृया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने बिश्वास पनि ब्यक्त गरेका छन । काठमाडौँ देखि ल्हासा, पोखरा र भैहरवा सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रकृयामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधहरु बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराएका छन ।
काठमाडौं, २ असार ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्केका छन ।
भारतको राजधानी नयाँ दिल्लीमा उपचारका लागि अघिल्लो साता दिल्ली गएका ठाकुर आज स्वदेश फर्केका हुन ।
उनको स्वागतका लागि सहरी विकास मन्त्री शरदसिंह भण्डारीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।
काठमाडौं, २ असार ।
पत्रकार विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आज पुस्तक सार्वजनिक भएको हो।
लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारी संयुक्त रुपमा सो पुस्तकको लोकापर्ण गरेका हुन
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ ।
पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताएका छन । ‘पोहोर हर्टअट्याक हुँदा किताब आउँदैन जस्तो लागेको थियो। तर, बाचियो र किताब आयो,’ उनले भने ।