लन्डन, १२ असार ।
हलिउड अभिनेता केभिन स्पेसी बेलायतको अदालतमा यौन उत्पीडनको मुद्दामा उपस्थित भएका छन् । एक दर्जन यौन उत्पीडनसम्बन्धी मुद्दामा ओस्कार–विजेता हलिउड अभिनेता केभिन स्पेसी बुधबार लन्डनको अदालतमा उपस्थित भएका हुन् ।
उनी गत वर्ष बेलायतमा पहिलो पटक अदालतमा उपस्थित भएदेखि बिनाशर्त जमानतमा छन्।स्पेसीको तारकीय क्यारियर ठूलो संख्यामा यौन अपराधको आरोपले रोकिएको छ, यद्यपि उनी कुनै अपराधमा दोषी ठहरिएका छैनन्।
गत वर्ष उनी लन्डनको ओल्ड बेली अदालतमा तीनजना पुरुषहरू विरुद्धको पाँचवटा अपराधमा दोषी नभएको स्वीकार गर्न उपस्थित भएका थिए, जसमा चारवटा यौन उत्पीडन र एक व्यक्तिलाई सहमतिविना घुसपैठ यौन क्रियाकलापमा संलग्न गराउने कारण थियो।
गत वर्ष न्यूयोर्कको एक अदालतले स्पेसीविरुद्ध े यौन दुर्व्यवहारको मुद्दा खारेज गरेको थियो। अदालतमा उपस्थित हुँदा स्पेसीले यौन दुव्र्यवहारको सबै आरोप अस्वीकार गरेकी छन् ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको जानकारी दिएकाक छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा संलग्न रहेकाहरु पक्राउ पर्न थालेको जानकारी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेका तथा मिटरब्याजीमाथिको कारबाहीले हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको बताए । यसले लोकतन्त्रको सर्भिसिङसुरु भएको उनको भनाइ छ ।
काठमाडौं, १३ असार ।
जनमत पार्टीले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा सामेल जनमतले बजेट मधेशविरोधी र गरिबमारा तथा असमान रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताए । अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिएका हुन् ।
यसअवधिमा दुई खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको जानकारी दिँदै उनले लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बताए ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।
‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ,’ संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडौं, १३ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने बताएका हुन् ।
मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको उनको भनाइ छ ।
‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन । त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थि वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ। यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु. ३० अर्ब रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडाैं, १३ असार ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । धनकुटाकाे धनकुटा नगरपालिका-९ बेलहारा घर भई सोही नगरपालिका-७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले जाँच गर्दा श्रेष्ठको कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
जुम्लाकाे चन्दननाथ नगरपालिका-५ कार्कीवाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय मदन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ ऐरिचोकस्थित आचार्य चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भण्डारीलाई साथमा रहेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साकाे बहुदरमाई नगरपालिका-४ जसौली चाईनिज पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित वीरगञ्ज महानगरपालिका-२६ सुगौलिबिर्ता बस्ने ५७ कृष्ण मुरारी पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले साइकलमा आएका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
ओमान, १३ असार ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारदेखि सुरु हुँदै छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने तय हो ।
होलिडे मस्कट होटलमा हुने तय भएको सम्मेलनको तयारी पूरा भएको एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खालीले बताए । उनले यो सम्मेलनलाई उत्कृष्ट र अर्थपूर्ण बनाउन लागिपरेको पनि बताए । सम्मेलनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्कासहित श्रम मन्त्री शरतसिंह भण्डारी, सरकारी अधिकारी, विश्वभरका एनआरएनए अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ ।
यसपटकको मध्यपूर्व सम्मेलन विभिन्न अर्थमा विशेष रहने बताइएको छ । विशेष गरेर मध्यपूर्वका श्रमिक गैरआवासीय नेपालीहरुले लामो समयदेखि प्रतिक्षा गरेको सामाजिक सुरक्षा कोष नेपाल सरकारले हालैमा कार्यन्वयनमा ल्याएको अवस्थामा यसलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारेमा छलफल हुनेछ । यस कोष मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुमा आर्थिक एवं सामाजिक सुरक्षाको प्रत्याभूति हुने स्पष्ट रहेको एनआरएनए उपाध्यक्ष आरके शर्माले जानकारी दिए ।
यस्तो कल्याणकारी योजनाको सफल कार्यान्वयनका बारेमा बृहत छलफल गरेर निष्कर्षमा पुगिने बताइएको छ । सम्मेलनका क्रममा एनआरएनए अभियन्ता र सरोकारवालाबीच अन्तरक्रिया र प्यानल डिस्कसन हुनेछ । यस्तै सुरक्षित आप्रवासन नीति र अभ्यास प्रवर्द्धन, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र प्रबर्द्धन, आर्थिक लगानीको वातावरण, अवसर र रेमिट्यान्सको सदुपयोग, बैदेशिक रोजगारीमा रहेकाहरुलाई मतदान अधिकारको प्रत्याभूति जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।
यस्तै पर्यटन आदानप्रदान कार्यक्रमको प्रवर्द्धन, गैर वासीय नेपालीहरुको सामुदायिक संलग्नता र सामाजिक एकीकरण, मध्यपूर्वमा एनआरएनए अभियानको विकास एवं प्रवर्द्धन जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ । सम्मेलनका एजेण्डाहरुबाट अधिकतम परिणाम निकाल्नका निम्ति उचित छलफल र सवै अभियन्ताहरुको सक्रिय सहभागिता अति आवश्यक रहेको एनआरएनए मध्यपूर्वले जनाएको छ ।
सम्मेलनलाई ऐतिहासिक रुपमा सफल पार्न एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए ओमानका अध्यक्ष बिकल झालगायत ओमानबासी नेपाली र मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरु सक्रिय रहेका छन् । सम्मेलनमा सहभागिताका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
काठमाडौं, १३ असार ।
जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।
सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।