२०८३ भाद्र ७
२०८३ भाद्र ७

 

पेरिस, १७ असार ।

फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

 

नाहेलको अन्त्येष्टिमा ठूलो संख्यामा युवाहरुको सहभागिता थियो र आँसुका आँखाले बिदाइ गरेका थिए । मिडिया रिपोर्टका अनुसार सयौं युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए । यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।

 

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

 

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दंगा भईरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपरमार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाईरहेका छन् । साथै सयौं सवारी साधनमा आगजनी गरिएको छ ।

 

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दंगामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

 

काठमाडौ, १७ असार ।

नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ।

 

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको थियाे भने युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको थियो ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ १४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९  पैसा तथा दक्षिण काेरियन वान १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९५  पैसा रहेको छ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा काराेबार गर्न सकिन जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयामा काराेबार हुनेछ ।

 

 

काठमाडौं, १७ असार ।

माइक्रोब्लगिङ साइट ट्विटर शनिबार साँझ विश्वभर डाउन भयो।

 

धेरै संख्यामा प्रयोगकर्ताहरूले यसबारे गुनासो गरेका छन्। उनले आफ्नो ट्वीट पुनः प्राप्त गर्न असमर्थ भएको बताएका थिए । रिपोर्टका अनुसार ३०० भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूले डाउन डिटेक्टर साइटमा समस्याको बारेमा गुनासो गरेका थिए ।

 

ट्विटर प्रयोगकर्ताहरूले पनि फलोअरहरू हराएको र टाइमलाइनहरू हराएको गुनासो गरे। अनलाइन सेवा अवरोधहरू अनुगमन गर्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताहरूले ट्विटर डाउन भएपछि माइक्रो ब्लगिङ वेबसाइटमा समस्याहरू रिपोर्ट गरेका हुन् ।

 

ट्वीट हेर्न वा पोस्ट गर्ने प्रयास गर्दा प्रयोगकर्ताहरूले ट्वीट पुनः प्राप्त गर्न नसक्ने समस्याको सामना गरे। तर, यो समस्या थोरै मानिसमा मात्र सीमित रहेको भन्दै ट्वीटरमा संसारभरि कतै पनि समस्या नभएको पनि बताइएको छ ।

 

डाउन डिटेक्टरका अनुसार सबैभन्दा धेरै रिपोर्ट गरिएका समस्याहरूमध्ये ४५ प्रतिशत एपमा, ४० प्रतिशत वेबसाइटमा र बाँकी १५ प्रतिशत फिडमा थिए। यद्यपी ट्विटरले यस समस्याको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन। यस वर्षको मार्चमा पनि ट्वीटरले विश्वव्यापी आक्रोशको सामना गर्नु परेको थियो।

 

न्युर्योक, १७ असार ।

पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ ।

 

सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

 

कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरेका हालै सार्बजनिक भएको हो ।

 

सीबीएस न्यूजले रिपोर्ट गरेको छ, गोप्य सेवा एजेन्टहरूले टारान्टोलाई ओबामाको घर नजिकै देखे र उनलाई पछ्याउन थाले। टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नु अघि नै उनलाई पक्राउ गरियो।

गिरफ्तारीको क्रममा, अधिकारीहरूले टारान्टोको भ्यान नजिकै पार्क गरिएको भेट्टाए, जसमा धेरै हतियार र सामग्रीहरू थिए । जुन मोलोटोभ ककटेल जस्तै विस्फोटक उपकरण बनाउन प्रयोग गर्न सकिन्छ। यद्यपि, सीबीएस न्यूजले रिपोर्ट गरे अनुसार ती यन्त्र एसेम्बल गरिएको थिएन ।

 

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्ति विरुद्ध धम्की दिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।

 

खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि वारेन्ट आउट छ।

 

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखियो।

 

महानगरीय प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा हाल फरार रहेका ब्यक्ति हुन ।

 

आरके श्रीवास्तव,रौतहट,असार १७ गते
रौतहट । रौतहटको कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेका छन् । जसका कारण सो बाटो भएर आउनजान दुर्घटनाको जोखिम बढेको छ ।


उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने हो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका छन् । यसरी गर्दा दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका छन् ।
एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको छ । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुप¥यो ।


यस विषयमा सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर प्रभु साह सँग बुझदा खाल्डो खनेपछि घेरा लगाउनु पर्ने हो । त्यस्तो नगरेको भए आफूले बुझेर गर्न लगाउने बताए । यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने बताएका छन् ।

ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो । त्यस्तै किसिमको दुर्घटना हुन सक्ने भएर बेलैमा सम्बन्धित निकायले ध्यान पुर्याओस् भनि स्थानियहरुको भनाइ छ ।

 

रौतहट,असार १६ गते
रौतहट । नेपाल प्रहरीको मनोवल बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको डब्लस ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताका विजयी खेलाडीलाई रौतहका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पुरस्कार प्रमाणपत्र तथा मेडल लगाई दिएका छन । सो प्रतियोगितामा प्रथम प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी वरिष्ठ नायव निरीक्षक योगराज खड्का ,दोस्रो प्रहरी नायव उपरिक्षक उमाशंकर यादव र सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद तिमल्सेना भएका छन । सो अवसरमा प्रहरी उपरीक्षक विरबहादुर बुढा मगर , सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक चन्दन झाको उपस्थिति रहेको थियो । असार १४ गते देखि शुरु भएको प्रतियोगितामा नेपाल प्रहरी , प्रहरी स्कुलका गरि १० जोडि सहभागी भएका थिए ।

काठमाडौं, १६ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति सन्तुष्टि गर्न सकिने खालको नभएको बताएका छन् ।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

६५औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।

जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाई थियो। अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए ।

काठमाडौं, १७ असार । माइक्रोब्लगिङ साइट ट्विटर शनिबार साँझ विश्वभर डाउन भयो।

 

धेरै संख्यामा प्रयोगकर्ताहरूले यसबारे गुनासो गरेका छन्। उनले आफ्नो ट्वीट पुनः प्राप्त गर्न असमर्थ भएको बताएका थिए । रिपोर्टका अनुसार ३०० भन्दा बढी ट्विटर प्रयोगकर्ताहरूले डाउन डिटेक्टर साइटमा समस्याको बारेमा गुनासो गरेका थिए ।

 

ट्विटर प्रयोगकर्ताहरूले पनि फलोअरहरू हराएको र टाइमलाइनहरू हराएको गुनासो गरे। अनलाइन सेवा अवरोधहरू अनुगमन गर्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताहरूले ट्विटर डाउन भएपछि माइक्रो ब्लगिङ वेबसाइटमा समस्याहरू रिपोर्ट गरेका हुन् ।

 

ट्वीट हेर्न वा पोस्ट गर्ने प्रयास गर्दा प्रयोगकर्ताहरूले ट्वीट पुनः प्राप्त गर्न नसक्ने समस्याको सामना गरे। तर, यो समस्या थोरै मानिसमा मात्र सीमित रहेको भन्दै ट्वीटरमा संसारभरि कतै पनि समस्या नभएको पनि बताइएको छ ।

 

डाउन डिटेक्टरका अनुसार सबैभन्दा धेरै रिपोर्ट गरिएका समस्याहरूमध्ये ४५ प्रतिशत एपमा, ४० प्रतिशत वेबसाइटमा र बाँकी १५ प्रतिशत फिडमा थिए। यद्यपी ट्विटरले यस समस्याको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन। यस वर्षको मार्चमा पनि ट्वीटरले विश्वव्यापी आक्रोशको सामना गर्नु परेको थियो।

काठमाडौं, १६ असार । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।

महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । निर्वाचित सत्यालले ६४ मत ल्याए । यस्तै, खड्काले ४४ र सापकोटाले २७ मत ल्याइन् । उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका थिए । यस्तै, कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए ।

सचिवद्धयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्य्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, रोमन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए । फोटोतर्फ सिला तिमिल्सिना र भिडिओेतर्फबाट विनोद कटुवाल निर्वाचित भएका छन् ।

काठमाडाैं, १७ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ ।लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। रहनेछ। कोशी  प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

 

देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना  रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।