२०८३ श्रावण २
२०८३ श्रावण २

काठमाडौ, १४ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो ।

काठमाडौ, १४ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ४०० रुपैयाँ, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १६०  रूपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४०० रुपैयाँ, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ३००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०,खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १२०, मौसम १३०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १००, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौ, १४ असोज । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

 

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

 

यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।

 

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाई छ ।

 

चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।

 

१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।

 

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ ।

काठमाडौ, १४ असोज  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ७७ पैसा, बिक्रीदर ९९ रुपैयाँ २१ पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा काराेबार भइरहदाँ दक्षिण काेरिया वनले १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसा भाउ पाएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको र  बिक्री दर ३५.५१ रुपैयाँमा खरिदबिक्री गरिरहदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ कायम भएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४ पैसा  विक्रीदर ४३०.९८ पैसामा काराेबार हुनेछ ।

 

 

आरके श्रीवास्तव,रौतहट,१४ गते असोज

रौतहट । जिल्लाको अधिकांश पालिकाको ग्रामीण भेग गाउँ घर र हाट बजारमा संचालित कुटाइ,पिसाइ तथा पेलाइ गर्ने उधोगी व्यवसायीहरुले मापदण्ड विपरीत कम तौल भएका ढुंगा,इट्टा,फलाम लगायतका ढक तथा काठका प्लयाक र बाँस र डोरी लगायतका तराजु बनाएर नापतौलमा प्रयोग गरी गाउँ घरका स्थानिय सर्वसाधारण तथा गरीब किसान उपभोक्ताहरुलाइ ठगी गरीरहेको गुणासो बढेको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा संचालनमा रहेको त्यस्ता अधिकांश उधोगका सञ्चालकहरुले नेपाल सरकार तथा गुणस्तर निर्धारण तथा गुणस्तर तथा नापतौल निर्धारण विभागले तय गरेको ढक,तराजु,नाप प्रयोग नगरी आफनो किसिमले कम तौल र नाप भएका ढुंगा,इट्टा,फलामको रडको ढक प्रयोग गरि उपभोक्ताको वस्तुको तौल बढाइ घटाइ ठगी गर्ने गरेको साथै काठको पटहा÷ल्याक र डोरी तथा बास र डोरीको तराजुमा नापतौल गरी उपभोक्ता ठग्ने गरेको गुणासो स्थानियहरुको छ ।

खासगरी स्थानिय गाउँघरमा रहेका यस्ता उधोग संचालकहरुले सर्वसाधारणलाइ गर्ने गरेको अबैध तरीकाको ठगी सम्बन्धमा स्थानिय प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको ध्यान जान जरुरी रहेको छ । शहर बजारमा कहिलेकाँही अनुगमन भएपनि ग्रामीण क्षेत्र गाउँ घर तिर स्थानिय प्रशासन र सम्बन्धित निकायको ध्यान कहिले नगएको सर्व साधारण,गरीब किसानको गुणासो रहेको छ । यसरी उपभोक्ता खुलेआम ठगिदा गुणस्तर तथा नापतौल कार्यालय विरगंज मुखदर्शक बनेर बसेको छ । कहिले अनुगमनमा आएको सुनिदैन् । आउँदा पनि अतोपतो हुँदैन् । तसर्थ यस तर्फ विभागले यथासिघ्र ध्यान दिनुपर्ने जानकारहरुले जोड दिएका छन् ।

काठमाडौ, ११ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६१ रुपैयाँ र बिक्री दर ८४.९९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८३ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसा कायम गरिएकाे छ ।

 

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ  र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ र बिक्री दर २८.३५ रुपैयाँ कायम गरिएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.६६ पैसा र विक्रीदर ४३१.६० पैसामा काराेबार हुनेछ ।

 

 

काठमाडौ, ११ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६०, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५०, हरियो फर्सी ४०, घिरौला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ५०, गाजँर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४००, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, बरेला ९०, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

रौतहट,११ गते असोज
रौतहट । जिल्लाको विभिन्न बजारहरुमा अनुगमन गरिएको छ । वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्सा,घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटका कर्मचारीहरुको टोली द्धारा संयुक्त रुपमा अनुगमन गरिएको हो । बुधवार किराना पसल,औषधी पसल,हार्डवेयर लगायतका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरु गरुडा,मौलापुर,देवाहीगोनाही र बौधीमाइको बंकुल बजारमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ५ वटा फर्मलाइ जरिवाना गरिएको छ । म्याद सकेका सामग्रीहरु फेला परेको,फर्म दर्ता नरहेको ,साइन बोर्ड नराखेको,खरिद तथा बिक्री बिल नराखेको,फर्म नविकरण नरहेको फर्महरुलाइ जरिवाना गरिएको हो ।
जरिवानामा पर्ने फर्महरुमा दास स्टोर्स गरुडा,न्यू जेपी इन्टरप्राइजेट बंकुल,अनिल किराना पसल मौलापुर,मौलापुर पोली क्लीनक मौलापुर,मिष्टी जेनरल स्टोरर्स देवाहीगोनाही रहेको छ । उनीहरु बाट जनही पाँच पाँच हजार जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झाले जानकारी गराएका छन् ।
अनुगमनका क्रममा म्याद सकिएका सामानहरू फेला परेका थिए । म्याद सकिएका सामग्रीहरुको जफत गरीएको उनले बताए । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका फर्महरूलाई एक हप्ता भित्र सरकारी मापदण्ड अनुसार दर्ता गरि फर्म संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यवाहि गर्ने चेतावनी पनि दिईएको थियो । रौतहट जिल्लाका अन्य सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख झाले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्साका प्रमुख सुरेश कमार रेग्मी, घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झा,जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश साह,गौरी शंकर साह,उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि,संरक्षण कार्यालयका कर्मचारी दिलिप कुमार,घरेलूका कर्मचारी प्रविण कुमार झा,पंकज चौधरी,अमिन्द्र राउत लगायत प्रहरीको उपस्थिति रहेको थियो ।

 

काठमाडौ, १० असोज । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ र युरोपियन युरो एकको खरिद दर १४०.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.४८ रुपैयाँ कायम गरिएकाे छ ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७० रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा, बिक्रीदर ९९ रुपैयाँ ९३ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ८९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ  तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.९५ पैसा  विक्रीदर ४३१.८९ पैसामा काराेबार हुनेछ ।

 

 

काठमाडौ, १० असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ७०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२०, बन्दा लोकल ४५, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, न्यूरो ७०, रातो बन्दा २५०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १७०  रूपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया ५०, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ५०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०,अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिंडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, बरेला ९०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।