काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।
यस अघि विहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । नेप्से परिसूचक विहिबार २९ अंकले बढेको छ । नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज ३३१ कम्पनिको ८७ हजार ८६ कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज बलेफी हाइड्रोको सबैभन्दा बढी ९.९९ र सिटिजन सुपर म्युचुअल फन्डको ९.९७ तथा एनआईबिएल स्टेबल फन्डको ९.८३ प्रतिशत शेयर मुल्य बढेको छ । त्यसैगरी आज समाज लघु वित्तको सेयर सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको छ ।
आज कारोबारको हिसाबले सबैभन्दा बढी सिईडीबी हाइड्रोको १५ करोड २५ लाख कारोबार भएको छ ।
न्युज कारखाना
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ ।
यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।
रिपोर्टका अनुसार जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।
समीक्षा अवधिमा चालू खाता २०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।न्युज कारखाना
काठमाडौं । नेप्से परिसूचक सोमबार ४.६२ प्रतिशतले घटेको छ । नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज ३२४ कम्पनिको ५९ हजार ९७४ कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज समाज लागुवित्तको सबैभन्दा बढी ९.६८ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८.३९ प्रतिशतले घटेको छ ।
आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २८ करोड ७० लाख कारोबार भएको छ ।न्युज कारखाना
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । नेप्से परिसूचक ४७.०४ अंक बढेको छ । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो ।
आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।
११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो ।
आज हिमालयन डिष्टिलरीको शेयर मुल्य सबधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज उपकार लघु वित्तको सबधिक ५.७४ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोको शेयर ५.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको १२ करोड ३३ लाख बराबरीको कारोबार भएको छ भने गुडविल फाइनान्सको ११ करोड १० लाख रकम कारोबार भएको छ ।
कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै शेयर बजारमा हरियाली आएको बताइएको छ । न्युज कारखाना
काठमाडौं ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।
यो मुल्य वृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।न्युज कारखाना