२०८३ बैशाख १९
२०८३ बैशाख १९

कठमाडौं, साउन १३ ।

एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

 

यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

 

यसमा साउन १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । न्युज कारखाना

कास्की । गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ छोटिएको छ । राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको अध्ययनले गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकको बसाइ अवधि घटेको देखाएको हो ।

नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ २२ दिन रहे पनि गण्डकी प्रदेश घुम्ने पर्यटकको बसाइँ घटेर १२ दिनमा झरेको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिण अमेरिकी महादेशबाट गण्डकीमा आउने पर्यटकहरु सबैभन्दा बढी १९ दिन बस्ने र सबैभन्दा कम एशियाबाट आउने ९ दिन बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटकको बसाइ घट्नुमा पदमार्गहरूमा सडक विस्तार, सुरक्षाको अनुभुति नहुनु, प्रभावकारी सूचना प्रणाली अभावलगायत समस्या औँल्याइएको छ । प्रतिवेदनमा प्रदेश भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिवेदनले गण्डकीमा आउने ६२.७५ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला तथा ०.२५ प्रतिशत अन्य विदेशी पर्यटक रहेका छन् ।

विश्वका ४१ देशबाट गण्डकीमा पर्यटक आउने देखिएको छ भने सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका रहेका छन् ।

प्रतिवेदनमा पर्यटकहरुले भाषागत समस्या, पर्यटन सूचनाको कमि, यातायातको समस्या, सुरक्षा समस्या जस्ता समस्या भोग्ने गरेको उल्लेख छ । त्यस्तै केहि पर्यटकले फोहोर, बढी भिसा लागत, इन्टरनेटको समस्या, पूर्वाधारको कमी जस्ता समस्या औल्याएको बताइएको छ ।

प्रतिवेदनले पर्यटकीय गतिविधि थप गर्नुका साथै पूर्वाधार विकास गरी बसाइ अवधि लम्ब्याउन सकिने सुझावसमेत दिएको छ । त्यस्तै सडकको अवस्था, स्थिर र सहज ट्याक्सी महसुल, फोहोर व्यवस्थापन, सहज र प्रभावकारी पर्यटन सूचना, भाषागत समस्या गुणस्तरीय होटल, सार्बजनिक शौचालय जस्ता समस्या तत्काल समाधान गर्न सुझाव दिइएको छ ।न्युज कारखाना

 

काठमाडौँ ।

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ / न्युज कनरखाना

काठमाडौं, साउन ११ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको भाउ ०४ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि बिहिबार यसको खरिदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

शुक्रबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले बढेको हो । यसअघि बिहिबार युरोको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०१ पैसा पाइन्छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७२ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ६६ पैसा र बिक्रीदर २८ रूपैयाँ ७८ पैसा कायम गरेको छ ।

यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ १५ र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।
न्युज कनरखाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ ।

यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्बजनिक गर्नबाट रोकिएको थियो ।

यस अघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।न्युज कनरखाना

काठमाडौं, साउन १० ।

स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा उक्त तालिम सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधबारबाट सुरुभएको तालिम ३ दिनसम्म चल्ने महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंबीच भएको सम्झौताबमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिम सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईंले गरे ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्टको उपस्थिति थियो ।

उद्घाटन सत्रमा स्याहार अर्थतन्त्रमा अब सरकार र निजी क्षेत्र गम्भीर भएर यसको आवश्यक कार्यविधि बनाउनु पर्ने सरोकारवालाहरुले जोड दिए ।

न्युज कारखाना

 

काठमाडौं, साउन १० ।

प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ अंकले बढेको छ ।

यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।

न्युज कारखाना

काठमाडौं, साउन १० ।

सपोर्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ ।

यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो ।

यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आघिल्लो वर्ष ३५ लाख ५७ हजार रुपैयाँ रहेको संभावित जोखिम वापतको रकम असार मसान्तमा ९ लाख ७३ हजार रुपैयाँमा आएको छ ।

गत असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ ।

न्युज कारखाना

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४  प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ | सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् | यो भन्दा अघिल्लो  त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास  आएका जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् ।

उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९% ले वृद्धि भएको पनि जनाइको छ ।

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २. ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको छ । न्युज कारखाना

सिरहा ९ साउन। यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ।

सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान,सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो।

सवारी करबाट रु ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैया, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु ११ करोड १८ लाख ६८ हजार विस रुपैया तथा पटके दस्तुर र रुट परमिटबाट रु ७९ लाख ७८ हजार २२५ रुपैया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७९÷०८० मा ४५ करोड ३५ लाख ७४ हजार तिनसय ९४ रुपैया राजस्व उठाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाएको छ।’

यस्तै आव २०८०÷०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।

कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ। मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई  नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, ‘कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।’ं

सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नवे रुपैया र प्रदेस सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेृखा अधिकृत जय प्रकाश महतोले जनाएको छ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।