रौतहट, ३० माघ गते – संत शिरोमनि रविदास महराजको ६४८ औं जन्मजयन्ती देशको विभिन्न ठाउँहरुमा मनाउनुको साथै रौतहटमा पनि मनाइएको छ।

बुधबार रविदास समाज सेवा नेपालको आयोजनामा शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको अवसरमा रौतहटको मध्यभागमा रहेको गरुडा बजारमा शोभा यात्रा निकालेर गरुडा चौक तथा बजार भरि परिक्रमा गर्दै,अन्त्यमा श्री राम सुगर मिल्स गरुडाको प्राङ्गणमा आयोजित रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको समारोहमा समावेश भएका थिए ।

समारोहको अध्यक्षता रविदास समाजका अगुवा सत्यनरायण महरा, ले गरेको थियोे भने सो सोभा यात्रा दलित संघर्ष समितिका संयोजक सोनालाल रामको संयोजकत्वमा निकालिएको थियो। त्यसैगरी सो कार्यक्रमको प्रमुख अतिथिमा राजपुर नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष कृष्नन्दन महरा,विशिष्ट अतिथिमा मटुक पासवान तथा अथितिहरु मा उदय नारायण राम,लगायत जिल्ला भरिकै रविदास समाजका व्यक्तित्व तथा दलित अधिकार कर्मी हरुको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि रामले दलित बहुजनको गुरु परमज्ञानी शंत शिरोमनि रविदास महराजको वाणी सुनाउदै समाजमा एकता, समानता, जातिवादको अन्तय र सबैले ज्ञान प्राप्त गर्नको लागि गुरु रविदासले संघर्ष गरेको बताए । उनलेे रविदासको आश्रम र जन्म जयन्तीको दिन स्थानीय सरकारले विदा दिनुपर्ने मन्तब्य राखेका थिए ।
रामले शंत रविदासले चाहेको समनता, विभेदमुक्त समाज र उनको ज्ञानको चर्चा समाजमा गर्नको लागि नै शंत शिरोमणि रविदास महराजको जन्म ज्यन्ती मनाउन सरकारी स्तरबाट पहल गरिनु पर्ने बताए ।
विगत २ बर्ष देखि नै रौतहटमा पनि रविदास जन्मजयन्ती मनाइँदै आएको छ । शंत शिरोमनि रविदास महराजको ६४८ औं जन्म ज्यन्तीको उपलक्ष्यमा सबै जनाले ज्ञान प्राप्ति, सुख, शान्ति, समृद्धिको कामना गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,३० गते माघ ।
राैतहट । मध्य राैतहटकाे गरूडामा रहेको ईलाका प्रहरी कार्यालयमा आजदेखि नागरिक सहायता कक्ष सुरू गरिएको छ । आम नागरिककाे गुनासो सुन्न ईप्रका भित्र रहेको गाेलघरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएकाे छ ।
जहाँ असहाय गरिब नागरिकहरुको लागि प्रहरी द्वारा नि:शुल्क निवेदन लेखन कार्य सुरुवात गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी गराउनु भएको हाे ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु भएको सहायता कक्ष बाट बुधबारदेखि नै सेवा प्रवाह गरिएको उनले बताएका हुन् ।
सहायता कक्षबाट आम नागरिकहरूलाई सहजहुने विश्वास व्यक्त गरिएको छ । सहायता कक्षबाट नागरिकका गुनासाहरूको सुनुवाइ गरिने प्रहरीकाे भनाइ छ ।
स्मरणीयहाेस् गरिबको लागी निःशुल्क निवेदन लेख्न राैतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएकाे हाे ।
एसपी दिलीप घिमिरेकाे निर्देशनमा निःशुल्क उजुरी ठाडो निवेदन लेख्ने फर्मेट जिल्लाकाे प्रत्येक थाना चौकीमा पुगेपछि नागरिकलाई अब सहज भएको छ ।
रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो । प्रहरीले नै निवेदन लेखिदिएपछि आम नागरिक लाई सहज भएको छ । एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका थिए ।
बज्जिकाञ्चल संवाददाता,गाैर,२९ गते माघ २०८१ । मधेशी शहीदहरूको सालिक स्थापनाको माग गर्दै समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सचिव तथा युवा नेता ललन यादव नेतृत्वको टोलीले गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहलाई ज्ञापन पत्र बुझाएका छ्न ।
रौतहटको गौर नगरपालिका-३ स्थित मधेसी क्रान्ति चौकमा नवनिर्मित घन्टाघर चौतारा क्षेत्रमा मधेसी जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदहरूको सालिक स्थापनाको माग गर्दै मधेसबादी नेताहरू असन्तुष्टि व्यक्त गर्दै आइरहेको अवस्था युवाहरूले गौर नगरपालिकाको नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
यादवले मधेसी बलिदानीहरूका योगदानलाई सम्मान गर्दै उनीहरूको स्मरणका लागि गौर नगरपालिकाले विशेष पहल गर्नुपर्ने बताएका छन् । उनले मधेश आन्दोलनमा वीरगति प्राप्त गरेका योद्धाहरूको सम्झनामा स्थायी स्मारक निर्माण आवश्यक रहेको उल्लेख गर्दै, शहीदहरूको सम्मान नगरपालिकाको दायित्व भएको बताएका छन् ।
नगर प्रमुख साहले ज्ञापन पत्र ग्रहण गर्दै यस विषयमा गम्भीर छलफल गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गौर नगरपालिकालाई ऐतिहासिक र गौरवशाली बनाउन शहीदहरूको योगदानलाई उजागर गर्ने कार्यमा आफ्नो सहयोग रहने आश्वासन समेत दिएका छन् ।
ज्ञापन पत्र बुझाउने क्रममा विभिन्न युवा नेता, विद्यार्थी तथा स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । स्थानीय युवाहरूले शहीदहरूको सम्मानमा यथाशीघ्र सालिक स्थापनाका लागि पहल गर्नुपर्ने माग गर्दै नगरपालिकालाई दवाव दिएको बताएका छन् ।
बज्जिकाञ्चल संवाददाता,गाैर,२९ गते माघ २०८१ ।
मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक खारेजीको माग गर्दै श्रमजीवी पत्रकार संघ, रौतहट शाखाको आयोजनामा मौन जुलुस प्रदर्शन तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।
मधेसी क्रान्ति विपी चौक, गौरमा जिल्लाका सम्पूर्ण श्रमजीवी पत्रकारहरूको सहभागितामा सरकारको प्रेस दमन नीति विरुद्ध आवाज उठाइएको थियो । पत्रकारहरूले “मलाई लेख्न र बोल्न दे सरकार” भन्ने नारासहित मौन जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका छन् ।
पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने नियतले ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएकाले तुरुन्त फिर्ता लिनुपर्ने श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष संतोष पौडेले माग गरेका छन् ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, स्वतन्त्र पत्रकार तथा समाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विधेयक खारेज नभएसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन् ।
काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण विरोध सभा गर्नका लागि नागरिकको हकमाथि सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । संविधानमा भएको मौलिक हक अनुसार नै आफ्ना कुरा राख्न पाईने, शान्तिपूर्ण सभा, विरोध गर्न पाउँने भए पनि अहिले त्यस्तो अभिव्यक्ति व्यक्ति गर्नका लागि काठमाण्ड़ौमा ठाउँ नै नभएको उनले गुनासो गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा साहले ‘नेपालमा लोकतन्त्र छ की निरंकुशता छ ?’ भन्ने प्रश्न गर्दै लोकतन्त्रमा सरकारले अभिव्यक्ति स्वतन्त्रता किन हनन गर्न खोजेको भनेर सरकारसंग जवाफ माग गरेका छन् ।
‘नेपालमा लोकतन्त्र छ कि निरंकुशता छ ? निरंकुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरंकुश बन्नु भएको छ । नेपाली जनताले विरोध गर्न खोज्दा विरोध गर्न पाउँने ठाउँ कहाँ छ ?’, सरकारसंग प्रश्न गर्दै साहले भने, ‘हामी निर्वाचित सांसद भएकाले त ठाउँ पाउँदैनौं भने सर्वसधारणको हालत के होला ? यस बारेमा यो संसदले सरकारलाई निर्देश गरोस् ।’
प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा (एमाले)ले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए । आजपा अध्यक्ष साहले सरकारले जनतालाई रून, हाँस्नसमेत नदिएको टिप्पणी गरे ।
‘ठूला–ठूला नेता, प्रधानमन्त्रीज्यूहरुले सडकमै मञ्च लगाउनुहुन्छ । व्यवस्त सडकमा मञ्च बनाउनुहुन्छ, त्यो आम जनताले पाउँछ कि पाउँदैन । जो शासक छ, उही सडकमा सभा गर्छ । जनताले कहाँ सभा गर्ने ? कुनै ठाउँ दिँदैन’, आजपा अध्यक्ष साहले भने, ‘अरु पनि देशमा लोकतन्त्र छ, लोकतान्त्रिक व्यवस्था छ । सबै देशहरुमा सभा सम्मेलन गर्ने ठाउँ दिइएको हुन्छ । हिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए । त्यतिबेला निरंकुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’
राजतन्त्रको समयमा उफ्रिउफ्रि सभा गर्ने, भाषण गर्ने नेताहरुले आज ति ठाउँमा ताल्चा लगाइएको किन नदेखेका होलान भन्दै उनले सरकार राजाभन्दा पनि बढी निरंकुश बनेको टिप्पणी गरे ।
यस्तै आजपा अध्यक्ष साहले सरकारले संसदीय समितिको बैठकहरुमा सरकारले सुराकी पठाएको गम्भिर आरोप लगाएका छन् । उनले सरकारले समिति र सदनमा सांसदहरुले के बोल्छन् भनेर सुराकीको रुपमा केही प्रहरी खटाएको गम्भिर आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार राजाको शासन कालभन्दा पनि निरंकुश भएको टिप्पणी गरे ।
‘यतिसम्म कि अब मोबाइल (सामाजिक सञ्जाल) मा पनि विरोध गर्न बन्द गर्ने । संसदमा पनि कुन दिन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध हुन्छ । हामी सुन्छौं, सरकारका प्रहरीहरु सुराकीको काम गर्दैछन्, समितिमा के बोल्छन् सांसदहरु ? संसदमा सांसदहरु कसरी प्रस्तुत भइरहेको छ ? यतिसम्म त राजाले पनि गर्दैन थियो’ साहले भने ।
प्रेमचन्द्र झा,राैतहट,माघ २९ गते
राैतहट । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली काग्रेस र नेकपा एमाले सतासाझेदार मात्र हाेईन एक अर्काेकाे प्रतिस्पर्धि समेत रहेकाे कुरा बताएका छन।
। नेकपा एमाले जिल्ला कमिटी राैतहटको आयोजनामा “तीन महिने वडा वा जरा केन्द्रीत अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै उपमहासचिव ज्ञवालीले काग्रेस – एमालेको सहकार्यले आयाराम गयाराको निन्द हराम भएको बताए । काग्रेससंगको हाम्रो सहकार्यले प्रचन्डको जादुई नम्बर ३२जना सांसद भएको पाट्रीको प्रधानमन्त्री हुने सिष्टम फेल भएको नेता ज्ञावलीले बताए । सता सहकार्यसगै देशमा स्थिर सरकार आएको छ ।

आया राम गया रामको काम छैन ।पुजिगत खर्च बढेको छ । आयात निर्यातमा सुधार भएका छन ।
सरकार आएपछी सत्य निरुपण तथा मेलमिलाप आयोग सर्वसहमतिले पारीत भएका छन । सास छ न लास छ पिडित परिवार वेहालको अवस्था थियाे । अब उनि न्याय पाउने भएका छन ।भारत र चिन दुबैका पक्षधर न बिरोधि हो हामी नेपाल पक्षधर हाै । नेपालको विकास दुबै संग मिलेर हुन्छ ।

सो कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी,स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटी इन्चार्ज ।लीलानाथ श्रेष्ठ,केन्द्रीय सदस्य तथा राैतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता , मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल सहितका वक्ताले संगठनलाई सदृढ गरेर आगाडी बढाउनु पर्ने कुरामा जाेड दिएका थिए । सो अवसरमा केन्द्रीय रेखा झा, उधव रेग्मी र कुन्दन कुशवाहा,मधेस प्रदेस का सचिव आरती भण्डारी सहितका नेतावहरुको उपस्थिति रहेको थियो ।

नेकपा (एमाले) जिल्ला कमिटी,सर्लाही अध्यक्ष सचितानन्द साहकाे अध्यक्षतामा तुलसीलाल स्मृति सभा भवन गरुडामा भएको कार्यक्रममा जिल्लाका सवै वडा, नगर क्षेत्र र जिल्ला स्तरीय करिब ५ सय कार्यकर्ताको सहभागिता रहेको थियो।
सागर संगम ठाकुर,रौतहट,माघ २८ गते
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा सडक ढलानको शिलान्यास गरिएको छ ।देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले वडा नं.९ धरहरीमा सडक ढलान कार्यको शिलान्यास गर्नु भएको हो ।
नगरपालिकाको नगर स्तरिय बजेट कुल ८ लाखको लागतमा निर्माण हुने उक्त सडकको मेयर साहले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।

उपभोक्ता समिती मार्फत हुने उक्त सडक ढलान कार्यको अध्यक्षमा स्थानिय कमलकान्त मिश्र उपाध्यक्ष रेनु कुमारी बैठा र सचिवमा नन्दकिशोर यादव रहेको छ ।
वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामजी साह,वडा सदस्यहरु खुबलाल दास,महिला सदस्य प्रमिला देवी साह,संजोगिया देवी दास,श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका पुर्व प्रधानाध्यापक राजकिशोर प्रसाद यादव,शिक्षक रामचन्द्र राय यादव,युवा नेता नन्दकिशोर यादव,हरिश्चन्द्र यादव,लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।