बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते फागुन ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार आज धर्नामा बसेको छ ।
रौतहटको बौद्धिमाई नगरपालिका ८ का स्थानीय गंगाराम बैठालाई झुठो मुद्धामा फसाउन चलखेल गर्ने डिएसपी रायलाई कारवाही गर्नुपर्ने र बैठालाई रिहा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।
बौद्धिमाई नगरपालिका बंकुल बजारको दुर्गा मन्दिर छेउवामा उनीहरु धर्ना बसेका छन् । बैठाका श्रीमती चमेली देवी, छोरा दिपेन्द्र बैठा, छोरी दुर्गा रजत, भाई सुरेश बैठा, भाई धिरज बैठा सहित स्थानीय एवं छिमेकीहरु धर्नामा बसेका छन् ।
पीडित परिवार धर्नामा बसेपछि रौतहटका प्रहरी उपरिक्षक (एसपी) दिलिप घिमिरेले बैठा तोडफोड घटनामा संलग्न रहेको र पुरानो कर्तव्य ज्यान मुद्धामा थुनछेक बहस हुँदा निजलाई पुर्पपक्षका लागि थुनामा राख्ने अदालतको आदेश अनुसार गौर कारागारमा रहेको बताए ।
रौतहटका डिएसपी रायले एक बिज्ञप्ती जारी गर्दै तथ्यहिन, भ्रामक तथा झुठा स्टाटस सामाजिक सञ्जालमा लेखेर बदनाम गराउन खोजेकाले त्यसमा विश्वास नगर्न भन्दै त्यस्तो कार्यप्रति जिप्रकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
गत पुस ८ गते बौद्धिमाई नगरपालिकाको वडा नं. ८ सरमुजवामा नाला निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउँने क्रममा ढुंगामुढा भएको र जेसिवीमा तोडफोड गर्ने कार्यमा बैठा संलग्न रहेको डिएसपी रायले जनाएका छन् । साथै यो आपराधिक उपद्रव मुद्धामा चल्दैगर्दा २०५९ साल भदौ २९ गतेमा दर्ता भएको कर्तव्य ज्यान मुद्धामा समेत बैठा प्रतिवादी रहेको र सो मुद्धा मुल्तवीमा रहेकाले अदालतको गत माघ ६ गते भएको थुनछेक बहसमा बैठालाई पुर्पक्षका लागि गौर कारागार राखिएको डिसपी रायले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता डिएसपी रायको बिज्ञप्ती सार्वजनिक भएपछि तोडफोडको घटनामा बैठा संलग्न रहेको भन्ने कुरा प्रमाणित गर्न आम जनता पार्टी (आजपा)का महासचिव त्रिभुवन साह अमरले चुनौति दिएका छन् ।
‘उक्त घटनामा वृद्ध गंगाराम बैठाको संलग्नता पुष्टि गर्न म डिएसपी साहेबलाई चुनौती दिन चाहन्छु । घटना स्थलमा हुदै नभएका व्यक्तिलाई दोषी करार गर्नु अपराध हो कि होईंन ? हो भन्ने तपाई स्वम् दोषी हो । यसमा नेपाल प्रहरीका सम्बन्धित निकायले छानबिन गरोस भन्ने माग गर्दछु’ महासचिव साहले फेसबुकमा स्टाटस लेखेका छन् ।
प्रेमचन्द्र झा,फाल्गुन २० गते
राैतहट । राैतहटको वन क्षेत्रमा ढलेडो शुन्य बनाउने अभियानमा सहयोग सहकार्य गर्ने सरोकारवाला हरुले प्रतिवद्धता व्यक्त गरेका छन । डिभिजन वन कार्यालय रौतहटले आयोजना गरेको सरोकारवालाहरुको उपस्थितीमा डेमो सहित वन डढेलो नियन्त्रण सम्बन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले सो प्रतिवद्वता जनाएका हुन । डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रशासन कार्यालय, चन्द्रपुरका प्रमुख जनक पन्तले जिल्ला विपत व्यवस्थापन समितिले कार्य याेजना वनाउ डढेलाे नियन्त्रण समेटनु पर्ने कुरामा जाेड दिएका छन ।। वन डढेलाे मानव निर्मित डढेलाेका कारण हुने गर्छ । दुई तिहाई वन विनास डढेलोका कारणले हुने गरेको बताउदै आसन, भाषण र रासनमा रमाउने प्रवृति नत्याग गर्ने नेपालीको प्रवृत्ति त्याग गर्न अनुराेघ गरेका थिए ।
कार्यविधि नियन्त्रण गर्नु पर्छ । राैतहटमा ४३ सामुदायिक वन , ३ वटा साझेदारि वनकाे वन डढेलाे नियन्त्रण गर्न के याेजना छ भने उनले प्रशन गरेका थिए । जिल्लामा १८ पालिका मधेय दुईवटा दमकल छ । जिल्लालाई वन डढेलाे बाट वचान आटपुट दिनेखालका अल्पकालीन र दिर्घकालिन याेजना जरुरी रहेको बताउदै विपतलाई न्युन गर्न सकिन्छ निमटयान पार्न सकिदैन उनले भने । वड देखि वैज्ञानिक वन व्यवस्थापन आसन गर्दा पर्व प्रतिकार योजनासंग सहकारॐय हुने अल्पकालीन दिर्घकालिन याेजना बनाउनु पर्दछ।
डिभिजन वन प्रमुख साहले वन डढ्लाेकाे मुद्दामा
साठी हजार जरिवाना ३ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था रहेको बताए ।
बव डढेलो योजना २०८१ जारी गरेको बताए ।योजना अनुसार गरि रहेकाे बताए । ईसिमोडमा रिपोर्टिङ राैतहटको वन डढेलो कुनै घाट गदीमा बन डढेलो लागे सम्बन्धित बन प्रमुख जिम्मेवार हुने कुराको उनले चेतावनी दिएका छन ।
उक्त कार्यक्रममा ईलाका प्रहरि कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राई, सशस्त्र प्रहरी बल सुरक्षा वेस, सन्तपुरका प्रहरी नायव उपरिक्षक राजेन्द्र गुरागाई, विरदल गण, रौतहटका उपसेनानी कुल बहादुर नेपाली, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष बेदहरि दाहाल, चन्द्रपुर नगरपालिका विपद व्यवस्थपान शाखा प्रमुख अजिता पौडेल, जिल्ला स्थित साझेदारी वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह, सव–डिभिजन वन कार्यालयका प्रमुख, वन कर्मचारीहरु, जिल्ला स्थित पत्रकारहरु लगायतका सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत अनिल कुमार महतोले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तवय तथा डढेलो सम्बन्धि प्रस्तुतिकरण क्रमशः डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत नेपाली साह तथा राजेश कुमारले गर्नु भएको थियो ।
कार्यक्रममा मनत्वयको क्रममा सम्पुर्ण वक्ताहरुले आ–आफ्नो तह र तपकाबाट चालु आ.व.मा रौतहट कार्यक्रममा डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रण कार्यविधि, २०८१ तयार गरी कार्यान्वयनमा ल्याएको र वन डढेलो नियन्त्रणका लागि रेन्जर बिकास लामिछानेको नेतृत्वमा वन डढेलो नियन्त्रण टोली गठन गरेको र उक्त टोली जिल्ला स्थित सम्पुर्ण वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि हरदम तयार रहने डिभिजनल वन अधिकृत साहले बताए । बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रशासनका प्रमुख जनक पन्तले मा काम गर्ने सामुदायिक वन, साझेदारी वन, धार्मिक वन लगायतका समूह पदाधिकारीहरुले वन डढेलो नियन्त्रणमा अग्रसरता लिनु पर्ने बताउनुको साथै डढेलो नियन्त्रका लागि हरसम्भव प्रयास गर्न निर्देशन समेत दिनु भएको छ । त्यस्तै डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले समेत डिभिजन वन कार्यालय, रौतहट तथा मातहका सव–डिभिजन वन कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई वन डढेलो नियन्त्रणका लागि अहोरात्र खट्न निर्देशन समेत दिनु भएको छ ।
कार्यक्रममा उपस्थित १०६ जना सहभागीहरुको सकृय सहभागितामा संचालन भएको थियो भने सहभागीहरुले समेत आ–आफ्नो तर्फबाट डढेलो नियन्त्रणका अथक प्रयास गर्ने भनि सम्पुर्ण सहभागीहरुले तालि बजाएर प्रतिवद्धता जाहेर गरेको थियो ।
आरके श्रीवास्तव,रौतहट,२० गते फागुन ।
नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गरुडा नगर कमिटिको आयोजनामा दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ।
रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत रहेको नवीन गेष्ट हाउसको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजन गरि नेकपा एकीकृत समाजवादी पार्टीको नगर अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा उक्त नगर अधिवेशन सम्पन्न भएको हो।
सम्पन्न नगर अधिवेशनबाट अशोक प्रसाद यादवको अध्यक्षता ४३ सदस्यीय नगर कमिटी गठन गरिएको छ। नवगठित नगर कमिटिको उपाध्यक्षमा मोसहर आलम, सचिव पंकज कुमार जयसवाल, सह सचिव शुशिला देवी जयसवाल, गजेन्द्र सहनी, सदस्यमा इन्दु देवी राम, बीरेन्द्र पटेल, सरिता देवी साहनी लगायत ४३ सदस्यीय नगर कमिटि गठन गरिएको छ। नव गठित नेकपा एकीकृत समाजवादी पार्टीको गरुडा नगर कमिटिका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यहरुको कार्यकाल सफलताको शुभकामना सहित वक्ताहरुले हार्दिक बधाई ज्ञापन गरेका हुन।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीको केन्द्रीय महासचिव रामकुमार भट्टराईले पार्टीको अधिवेशन बारे प्रकाश पार्दै पार्टीको विधान अनुसार प्रत्येक २÷२ वर्षमा हुने अधिवेशनले पार्टिलाई नया दिशा प्रदान गर्ने भएकाले अधिवेशनबाट चयन भएका पार्टीको नेतृत्वकर्ताहरुले यस पार्टिलाई गाउँ गाउँ– टोल टोलमा विस्तार गरि स्थानीय सरकारले विभिन्न बहानामा गर्दै आएको भ्रष्टाचारको विरुद्धमा अभियान चलाई सर्वसाधारण जनताहरुले तिरेका कर रकमको सदुपयोगमा भूमिका निर्वाह गर्न अपील गरेका छन।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टी अर्का कुनै ठुलो पार्टीमा समायोजन भइरहेको हल्ला मात्र भ्रम फैलाउने हल्ला बाहेक अरु केहि नभएको प्रदेश कमिटी सदस्य तथा गरुडा नपाको मेयर प्रत्याशी बृजकिशोर यादव दाबी गरेका छन। ठुलो पार्टी भन्नेहरुले नेतृत्व सम्भालन नसकेर अर्का पार्टीमा भ्रम फैलाउने कार्य गरेको उनले आरोप लगाएका छन। देशको सत्ता साझेदारीमा बसेको नेकपा एमाले पार्टिकै नेतृत्व रहेको यस गरुडा नगरपालिकाले विकासको नाममा मात्र भ्रष्टाचार बाहेक अरु केहि गर्न नसकेको बताउदै विगतको आर्थिक वर्षमा नगरका गरिब, विपन्न तथा असहायहरुको लागि आएको नागरिक आवास कार्यक्रममा जनताहरुलाई सहयोग गर्नुको सट्टा उल्टै प्रति लाभग्राही वापत ५ हजारका दरले कमिशन खाएर बदनाम भएपछि लिएको रकम फिर्ता समेत गर्न बाध्य हुनु परेको कुरा उनले प्रष्ट पारे। साथै यस्ता बिषयहरुमा आवाज उठाउनेलाई धन्यवाद दिदै नगरमा भइरहेको भ्रष्टाचार विरुद्ध आ आफ्नो ठाउँबाट लाग्न अनुरोध गर्दै गरुडा नगरबासीहरुको साथ सहयोग गर्न आफु २४ सैं घण्टा तत्पर रहेको तथा आगामी दिनमा नगरबासीको हकहितको लागि लड़ने उनले प्रतिवद्धता गरेका छन।
कार्यक्रम सञ्चालन गरुडा नपा–४ का युवा नेता पंकज जयसवालले गरेका थिए। भने कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीको केन्द्रीय महासचिव रामकुमार भट्टराई, विशिष्ट अतिथि स्थायी कमिटी सदस्य कल्याणी खड़का, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिट व्यूरो सदस्य सरला यादव, केन्द्रीय सदस्य महेन्द्र चौलागाई, अतिथि जिल्ला अध्यक्ष कमल राय यादव, प्रदेश कमिटी सदस्य तथा गरुडा नपाको मेयर प्रत्याशी बृजकिशोर यादव, नेता रामभरोस राय यादव, महिला नेत्री इन्द्रमाला देवी जयसवाल, गरुडा नपा महिला संघको नगर अध्यक्ष सरिता सहनी, गढ़ीमाई नगरपालिकाको नगर अध्यक्ष, गढ़ीमाई–८ को नव निर्वाचित वडा अध्यक्ष बजरंगी राय यादव उर्फ प्रमोद यादव, विभिन्न तह तपकाका नेता कार्यकर्ता लगायत गरुडा नगर भरिका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
आरके श्रीवास्तव,रौतहट,२० गते फागुन ।
रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ सिमरीमा माझी जातीको महान पर्व लदी पुजा गरिएको छ । माझी जातीको पहिचान,सिमरी एकताको अभियान भन्ने मूल नाराका साथ सिमरी एकता समाजद्धारा आज लदी पुजा गरिएको हो ।
यो पुजामा माझी समुदायले जल को पूजा गर्ने गर्दछन् । सो समुदायले परम्परागत रुपमा लदी पूजा गर्दै आएका छन् । माझी समुदायले आफनो काम गर्नु अगाडी जल देवताको सम्झना गर्ने चलन छ । माझी समुदायले डुगां चलाउने र माछा मार्ने जस्ता कामहरु सदयौंदेखि गर्दै आएका छन् । यो काम गर्ने बेला जल देवतालाइ स्मरण गर्छन् ।
यसैगरी जल देवतालाइ समझने परम्परालाइ नै लदी पुजाको स्वरुप दिइएको हो । जसमा नदीको पूजा र प्रार्थना गर्छन् । उनीहरुले ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गर्छन् । पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल लगायत औजार सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ ।
शिवरात्रि सकिएपछि लदी पूजा गर्ने चलन रहेको पाइन्छ । फागुन महिनाको तेस्रो मङ्गलवार लदी पूजा मनाउने चलन छ ।
कार्यक्रमको प्रमुख अतिथी गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरीले हरेक जात समुदायको पर्व त्योहारमा स्थानिय सरकारले आर्थिक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सो अवसरमा गुजरा नगरपालिका वडा नम्बर ४ का वडा अधयक्ष झमक प्रसाद चौलागाइ सहित प्रहरी लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१९ गते फागुन ।
लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटमा आफ्नो जिल्ला संयाेेजक ताेकेकाे छ । लाेसपा नेपालकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानाे अध्यक्षलाई विस्थापित गरि भरत साहलाई राैतहट जिल्ला संयाेजक पदमा चयन गरेको हाे ।
लाेसपाका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित मनाेनयन पत्रमा पुरानाे अध्यक्षलाई विस्थापित गरि साहलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ । यस अघिका जिल्ला अध्यक्ष लिला साहकाे ठाउँमा उनलाई मनाेनयन गरिएको हाे ।

पुरानाे अध्यक्षकाे पालमा पार्टीकाे गतिविधि शून्य भएपछि उनलाई साे पदबाट हटाइएको स्राेतले बताएको हाे । पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ ।
साेही क्रममा पनि उनलाई जिल्ला संयाेजक पदमा मनाेनय गरिएको हाे । लाेकतान्त्रिक समाजवादी पार्टी नेपालकाे जिल्ला संयाेजक पदमा चयन भएका साह जिल्लाकाे गाैर नगरपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष हुन् । उनी लाेसपा सक्रिय नेता मानिन्छन् ।
नयाँ जिल्ला संयाेजक साहकाे कार्यकाल देश,मधेस एवम् पार्टी हितमा उपलब्धिमूलक रहने पार्टीले विश्वास लिएको छ । यस अघि पनि लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहट बाट केन्द्रीय सदस्यमा रामप्रवेश दास तत्मालाई मनाेनित गरेको थियो ।
आरके श्रीवास्तव,रौतहट,१९ गते फागुन ।
रौतहट । रौतहटको दुई पालिकामा आज नयाँ हाकिम हाजिर भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका र राजपुर नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् ।
माधवनारायण नगरपालिकामा इन्जिनियर नागेन्द्र यादव र राजपुर नगरपालिकामा अधिकृत बैजु ठाकुर हाजिर भएका हुन् । दुवै जना क्रमशः यादव माधवनारायण नगरपालिकामा इन्जिनियरको रुपमा कार्यरत रहेका छन् भने ठाकुर साताै तहका अधिकृत हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएपछि उनीहरुले सोमबारदेखि कार्यभार सम्हालेका छन् ।
कार्यालय प्रमुखको रूपमा हाजिर भएका दुवै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिहरुले कार्यालयमा भव्य स्वागत गरेका छन् । दुुवै जना हाकिमलाइ टिका,माला र मधेशको शान गमछा ओढाए स्वागत गरिएको छ ।
माधवनारायणमा नगर प्रमुख बैजनाथ प्रसाद यादवले कार्यालय प्रमुख नागेन्द्र यादवलाई स्वागत गर्दै हाजिर गराएका हुन् । भने राजपुरमा नगर प्रमुख डा.राजिक आलमले कार्यालयमा हाजिर गराएका हुन् ।
दुवैजना नयाँ हाकिमलाई कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरिएको छ । कार्यभार सम्हालेपछि पछि दुवै जना हाकिमले नगरको हितमा काम गर्नेे प्रतिबद्धता जनाएका छन् ।
राजेश निर्माणी/फाल्गुन १९।
रौतहट —सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदाको न्यायका लागि रौतहटमा दबाब प्रदर्शन गरिएको छ ।
अपहरण र सामूहिक बलात्कारमा परेको घटना मिलाउनका निम्ति गाउँमै भएको पञ्चायती पछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ, संकास्पद झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै, सोमबार दलित संघर्ष समिति रौतहटले सदरमुकाम गौरमा प्रदर्शन भएको हो ।
घटनाको बारेमा जानकारी पाउनु लगत्तै सिरहा लगायत देशैभरीका दलित अधिकारकर्मीहरुले रिंकुको सम्झनामा मैनबत्ती पनि बाल्नुको साथै घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै पटकपटक दबाब मुलक प्रदर्शन गर्दै आइरहेको छ ।
राज्य र राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा दलितहरु माथि अन्याय,अत्याचार,जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेको र उक्त घटनाहरुलाई गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामको भनाइ छ । ‘देशमा ऐन र कानुन हुदा पनि राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयन मा कहिल्यै पनि गम्भीर न भएको कारण नै यस्ता जघन्य अपराधहरु लाई पञ्चायतीको माध्यमले सुल्झाउने कुप्रथा अझै जीवित रहेको उनले बताए ।’
उक्त प्रदर्शन,गौरको बिपि चौक (घणटघर) देखि सुरु भई जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रसाशन कार्यालय हुदै गौर-बैरगनिया भन्सार सम्म पुगेर पुन: बिपिचौकमा आई कोण सभामा परिवर्तन भएको थियो।
प्रदर्शनको अध्यक्षता दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामले गर्नुभएको थियो भने,प्रमुख अथितिमा दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दास तत्मा,विशिष्ट अथितिमा दलित अगुवा मटुक पासवान,दलित अधिकारकर्मी पुनित राम,मुसहर संघका जिल्ला अध्यक्ष बिनोद माझि रहेका थिए। त्यसैगरी अथितिमा दलित अधिकारकर्मी सत्यनारायण राम,युवा नेता उदय नारायण राम,अवधनरायण राम,नाथुराम परियार,शिवशंकर पासवान,सुब्बा साहेब हजारी,नथुनी माझी,बिश्वनाथ राम र रामानन्द माझी लगायत जिल्ला भरिएकै सयौं दलित सामाजिक अभियन्ता तथा हजारौं दलित जन समुदायको बाक्लो उपस्थिति रहेको थियोे।
सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो ।
आरके श्रीवास्तव,राैतहट,१८ गते फागुन ।
राैतहट । आँपमा अहिले माेजर/मजुर(फूल) लाग्न थालेको छ । आँपमा पर्याप्त मजुरा लागेपछि किसानहरू हर्षित भएका छन् । लिचिमा पनि मजुरा लाग्न सुरू भएको हाे ।
आँप तथा लिचीको खेती गर्ने राैतहट लगायत तराई मधेसका किसान यति बेला आँप र लिचीमा लागेको फूलले खुसी छन् ।
फागुनको अन्तिममा अहिले चलिरहेको छ । याे मजुरा लाग्ने समय हाे । चैतको मध्यसम्म टिकाेरा(आँपकाे सुरूआति अवस्था) चिचिला देखापर्ने गर्दछ ।
आँप किसानलाई मुजुरा राम्रो लागेपछि चिचिला पनि राम्रो लाग्ने सम्भावनाले सन्तुष्ट बनाएको हो । राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ८ काे पिप्रा पाेखरियामा १० कठ्ठामा आँपकाे बाेट लगाएका शम्भु यादवले राम्रो मुजुरा लागेकोले राम्रो आम्दानी हुने विश्वासमा किसानहरू रहेको बताए ।
राैतहट सहित मधेसको हरेक जिल्लामा आँप र लिचीमा निकै राम्रोसित मुजुरा लागेको छ । मुजुराको सुगन्धले मुग्ध किसानहरूचाहिँ फल लाग्ने विश्वास लिएका छन् । राैतहटको बाैधीमाई नगरपालिका २ निवासी आँप व्यवसायी मेवालाल प्रसाद पटेलले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’
आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुआ नामको किराले आक्रमण गर्ने डर हुन्छ । अहिलेसम्म मधुआ खासै नदेखिएको र होली सकिएपछि रोग र किराबाट जोगाउने औषधि छर्ने किसानको भनाइ छ ।
त्यससँगै लागेको चिचिलालाई बलियो र पोटिलो बनाउने औषधि पनि किसानहरूले छर्ने गरेको साहले बताए ।
रोग र किराबाट जोगाउने औषधि नछर्दा बाली जोगाउन नै मुस्किल हुने भएकोले किसानलाई रासायनिक औषधि छर्नु बाध्यता भएको साहले बताए । रोग र किराको आक्रमणबाट जोगाउन नसक्ने हो भने, अहिले खुसी देखिएका किसान निराश हुने र बागवानी लगाउनुको खासै औचित्य नहुने किसानकाे दाबी छ ।
लिची व्यवसायी रामईश्वर साह कानु भन्छन्-यसपालि मुजुरा राम्रै हाे तर सम्बन्धित निकायबाट चाहिने जतिकाे सरसल्लाह तथा अाैषधी उपचार नपाउँदा उत्पादनमा ह्रास आउने संभावनाले पनि हामीलाई चिन्तित बनाएको छ ।
रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ । लिची र आँपको उत्पादन राम्रो हुँदा किसानहरूले राम्रो आम्दानी गर्ने गरेका छन् ।
प्रेमचन्द्र झा,राैतहट,१८ गते फागुन ।
राैतहट। फतुवा विजयपुर नगर पालिकामा भएको टिपर आतंक राेकन माग गर्दै स्थानीय समाजसेवीले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएका छन ।

समाजसेवी शिवपुजन प्रसाद यादवको नेतृत्वमा आएको टोलीले स्थानीय ४ वटा क्रसरको मालसमान ढुवानी गर्ने टिपहरुका कारण स्थानीय जनताको ज्यु ज्यान जोखिममा परेको भन्देै टिपर आतंकको विकल्प खाेज्न माग गरेका छन । विगतमा टिपरबाट ज्यान जाने मानिसको स्वतन्त्रता पुर्वक बच्न पाउने अधिकार सुरक्षित पार्न भनि अनुराेध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई ज्ञापन पत्र बझाईएको हो । ज्ञापनपत्र बुझदै निमित प्रमुख जिल्ला अधिकारी यादवले समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन ।
यस्ताे छ ज्ञापनपत्र —
श्री जिल्ला प्रशासन कार्यालय रौतहट गौर का प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको ज्ञापन पत्र ।
उपरोक्त सम्बन्धमा यस रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत हाई न. १० मा र वार्ड न. ८ मा गरेर जम्मा ३ वटा क्रसर उद्योगहरु सन्चालन भई रहेको अवस्थामा वार्ड नं. १० मा माँ कंकाली क्रसर एण्ड सैण्ड वार्षिग उधोग र बोड न. ८ को विजयपुर गाउको दक्षिण हिमिनिवास बंकुल गौर जाने मुख्य सडकको पुर्व तर्फ महालक्ष्मी’ सैन्ड वासिंग उधोग प्रा.लि. सोही स्थानमा सडकको पश्चिम तर्फ सुमुख क्रसर एण्ड सैण्ड वासिङ उधोग प्रा.लि. सन्चालन भई रहेका छन, जुन क्रसर सन्चालन गर्न जंगल छेउको गाँउहरु रांगी, बुटवा, भैसही र हिमालीवास को नजिक हजौरी लाखौ टिपर को मात्रामा मिक्स ग्रेवल संकलन गरी स्टोक गरिराखेको बाट र लालबकैया नदिबाट उक्त तिन वटै क्रसरहरुको लागी दैनिक २०/३० वटा टिपरहरु विहान ३:३० बजे देखी विजयपुर गाँउ दक्षिण मा रहेको कसर सम्म अटुर रुपमा एउटा टिपरले दिनको लगभग १०/१२ टिप टिपरमा ओभर लोड गरी टिपर मा राखेको मिक्स ग्रेभलै लाई न छोपी खुल्ला राखी ४० कि.मी. को गति भन्दा बढि को गतिमा टिपर चलाई आज ५-६ बर्ष देखि लगातार ढुवानी को कार्य क्रसर का मालिकहरुले गर्दै आइरहेको कुरो सर्वविदितै छ ।
यस न.पा. को र्वाड न. १९ मा रहेको सहिद चौक देखी र्वाड न.८ को उक्त क्रसर सम्म को सडक भित्र पर्ने शहिद चौक गाँउ र बजार, हिमालीवास गाँउ र बजार र्वाड न. १० मा रहेको दुधिअवा गाँउ र बजार र्वाड न. ८ मा रहेको विजयपुर गाँउ र बजार क्षेत्र को विचवाट गएको मुख्य पिच सडक लाई टिपरको ओभरलोड को कारण फोड फाड तथा पिचलाई भत्काइ अधिकाश भागमा पिच सडक लाई ग्रेभल सडकमा परिणत गरिसकेको कारण टिप्पर हिडदा टिप्पर ले उडाऐको दुलो ले वाटो नै अधयारो बनाउने र दुलों को कारण अन्य सवारी साधनहरु चलाउने पैदल हिडन यात्रुहरू असहज हुने र दुर्घटना समेत हुने समभावना रहेका र दिन भरी टिप्पर ले धुलो उडाएको उडाई गरेको कारण बाटोमा पर्ने गाउँ बजारहरुको पसल घर भित्र, धुलो पसेर घर घर भित्र राखेका मालसमान ओध्यानखान पिन का समान हरुमा धुलो पसी, धुलो बसी दैनिक हाम्रो जिवन लाई अस्त व्यस्त गरी दिएको र धुलोले गर्दा सडकमा हिडन गाह्रो हुने र धुलोले गर्दा प्राय जस्तो मानिस दम र खोको को दिरामी भइरहेको र उक्त सड़क को इवानी ह दूरी भित्र निजी विद्यालय ७ वटा र सरकारी विद्यालय मा. वि. ३ वटा र प्राति वटा गरेर जम्मा १२ विधालय करिब ३४ हजार को संख्यामा बच्चाहरु पडल को लागी आउने जाने भएको मा टिप्पर को आतंक ले स्कूल पहले बच्चाहरुलाई ठुलो समस्या भई रहेकोले उक्त दुवानी कार्य कानून समत ही होईन छान विन गरी बेलुकीको ६ बजे देखी विहान को ६ बेज अवधी भित्र सडक मा दैनिक पानी पटाई धुलो न उड़ाई टिप्पर मा ओभर लोड नं गरी बजार स्कुल र गाउँ क्षेत्र भित्र १५/२० कि.मी. को गतिमा टिप्पर चल्लाई हर्न न बजाई कुवानी गर्न वा टिप्पर चलाउने आवश्यक व्यवस्था मिलाई पाउन का लागि प्रदेश सरकार ले तयार गरेको नदि जन्य पर्दाथ (सकंलन र उपभोग) कार्य विधी २०७५ को परिच्छेद ४ को दफा १२ को उपदर्फा, ५, ६, ७ र ८ को अधारमा यो ज्ञापन पत्र पेश गरेको छौं ।
श्री मान् हामी ले आज ५/६ बर्ष देखी उक्त समस्या मा परि धेरै छन्ति व्योहोरी सकेकाछौं । जस्तो १-२ बर्ष पहिला क्रोसरका टिपरबाट यसै न.पा. का वार्ड नं.११ मा यसै न.पा. वार्ड नं.२ मा वस्ते खेतु चौधरीलाई सडकमा नै च्यापी टीप्पर दुर्घटना (Sports death) मृत्यु भएको र मिति २०८१ साल फागुन ५ गते ५ बजे की समयमा क्रोसर टीप्पर ओभर लोड गरेको कारण विजयपुर बजारको मेन चौकमा टिपरको चक्का आवाज भई ढुंगा उछिटिएर ५ / ६ जना घाईते बनाई दिएको हुँदा र सडकमा हिडडुल गर्न पनि जोखिम अवस्था रहेकोमा धुलोबाट प्रदुषण भई आ आफ्नो पसल तथा घर समेतमा बस्न र आ-आफ्नो कामको लागि सडकमा निस्किन जेब्रा कर्सिङ गर्न बच्चलाई स्कुल जान र स्कुलवाट घर आउन ज्यादै सास्ति भोग्नु परीरहेकोले बाध्य भएर यो ज्ञापनपत्र मार्फत हामीले उपरोक्त उल्लेख भए अनुसार को व्यवस्था अविलम्ब २/४ दिन भित्रमा मिलाई पाउन अनुरोध गरेको छौ उक्त व्यवस्था न भएमा हामी ले बाध्य भएर टिप्पर को डुवानी सेवा बन्द गर्न सड़क जाम गर्नेछौं र सडक जाम हुदा को अवस्थामा हुने असहज वतावरण डॉ. झगड़ा तथा अन्य दाति को जिम्मेवार श्री मान् लगायत सम्बन्धित प्रहरी टक्राएका छौ ।
प्रशासन हुने समेत समयमा नै अवगत गएको व्योहोरा यसै ज्ञापनपत्र मार्फत अनुराेध छ ।
ज्ञापनकर्ता हरु
समगर साह,रामगिर साह,
रासनारायण साह,रामडगर साह, शिव पुजन प्र. यादव, प्रेम शंकर साह
,प्रभात कुमार कोइरी
सहिन्द्र साह
, नरेन्द्र साह
जवाहिर कुश्वाहा.
रामस्वगारथ महतो
,जफरुल महमद, बिरेन्द्र दास, जितु साह,राजकुमार पौडेल
बोधार्थ तथा कार्याथ
१. श्री जिल्ला प्रहरी कार्यालय रौतहट गौर
२. श्री ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुर रौतहट
३. फतुवा विजयपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय विजयपुर रौतहट
आरके श्रीवास्तव,रौतहट,१८ गते फागुन ।
रौतहट । रौतहटको गुजरा नगरपालिकामा करिब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भक्ता पाउनबाट बञ्चित भएका छन् । बिगत ४ महिनादेखि उनीहरु सामाजिक सुरक्षाभक्ता पाउन सकेका छैन्न् । लाभग्राहीको खाता फ्रिज भएपछि सामाजिक सुरक्षाभक्ता वितरण हुन नसकेको बैंक स्रोतले बताएको हो ।
सो नगरपालिकाको वडा नम्बर ९ सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकको कमीकमजोरीले लाभाग्राही सामाजिक सुरक्षाभक्ता पाउनबाट बञ्चित भएका हुन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंककोख खातामा सामाजिक सुरक्षा वापतको रकम पठाएपनि हालसम्म पाउन सकेका छैन्न् ।
एनआइसी एसिया बैंक सिमराभवानीपुरका शाखा प्रबन्धक एमडि सदाम प्रवेजको गैर जिम्मेवारपनका कारण लाभग्राहीको खाता फ्रिज भएपछि भक्ता पाउन सकेका छैन्न् । बारम्बार शाखामा भन्दा नसुनेपछि जनप्रतिनीहरु पनि आक्रोशित बनेका छन् ।
आज गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटा भन्दा छिटो सामाजिक सुरक्षा भक्ता वितरण गर्न अल्टिमेटम दिएका छन् ।
चाँडै सामाजिक सुरक्षा भक्ता वितरण नभए बैंकमै तालाबनदी गर्ने चेतावनी समेत दिएका छन् । बैंकको अगाडी पत्रकार सम्मेलन गरि वडा अध्यक्ष रामजित चौधरीले नगरपालिकाले ठिक समयमा पैसा पठाउँछ भने बैंकले ठिक समयमा पैसा नदिनुको कारण के हो? यसमा बैंकको गल्ती छ । यस तुरुन्तै सच्चयाएर सामाजिक सुरक्षा भक्ता विरतण गरिनुु पर्दछ ।
त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरीले बैंकले विभिन्न बहानावाजी गरेर लाभाग्राहीलाइ दुःख दिने काम मत्रै भइरहेको छ । बैंकले नगरपालिकालाइ दोषी भन्छ । नगरपालिकाले बैंकमा पैसा पठाइसकेको भन्छ । रमजान चलिरहेको र होली नजिक आएकोले केवाइसि भइसकेकोलाइ तुरुन्त पैसा पठाउन आग्रह गरेका छन् ।
त्यसैगरी वडा नम्रब ९ का वडा अध्यक्ष प्रेम चौधरीले अन्य पालिकामा एनआइसी बैंकले सामाजिक सुरक्षाभक्ता विरतण कुनै समस्या छैन् । तर यहाँ मात्रै विभिन्न बखेडा झिकेर लाभग्राहीलाइ हैरान पार्ने काम मात्र भइरहेको छ । उनले भने तुरुन्तै सामाजिक सुरक्षा भक्ता वितरण हुनुुपर्दछ । समयमा पैसा वितरण नगरिए लाभग्राही सँगै आफूहरु पनि बैंकको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।