काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाबारे छानबिन भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्। घटनामा दोषी देखिए कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र नैतिक समिति सदस्य डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ ।
अस्पतालको सेवामा के कमजोरी भयो र सेवाग्राही अस्पताल परिसरबाहिर पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय छानबिनबाट स्पष्ट हुने मन्त्री मेहताले बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामबाट हटाएर थप छानबिन अघि बढाइएको पनि उनले जानकारी दिइन् ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गर्नुका साथै प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थामा शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो। सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएकाले कुनै पनि महिलाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसूति गर्नुपर्ने अवस्था आउन नहुने मन्त्री मेहताले बताइन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।
छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको सचिवालयले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
उनले भने- महाधिवेशनका बारेमा तिथिमिति केहि सर्छकी फेरी तलमाथि पर्छ की भनेर केहि साथीहरु अल्मलिएको पाए, हामी संबिधानले पनि बाधिएका छौं, पार्टीको विधानले पनि बाधिएका छौं, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाधिएका छौं । एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन ।’
सभापति थापाले कार्यक्रममा वरिष्ठ नेताहरुले युवाहरु पार्टीको नेतृत्व आएपछि सहयोगी हुनुपर्ने बताउदै सुजाता कोइरालाले त्यो भूमिका निभाइरहेको बताए ।
सभापति थापाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले लिएको खुला र उदार अर्थतन्त्रको नीति लिएका कारण अहिले नेपाल यतिको स्थानमा आएको बताउदै त्यस बारेमा फाउन्डेसनले अध्ययन गरेर अगाडी ल्याउनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सुजाता कोइरालाले डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।
उनले भने- महाधिवेशनका बारेमा तिथिमिति केहि सर्छकी फेरी तलमाथि पर्छ की भनेर केहि साथीहरु अल्मलिएको पाए, हामी संबिधानले पनि बाधिएका छौं, पार्टीको विधानले पनि बाधिएका छौं, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाधिएका छौं । एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन ।’
सभापति थापाले कार्यक्रममा वरिष्ठ नेताहरुले युवाहरु पार्टीको नेतृत्व आएपछि सहयोगी हुनुपर्ने बताउदै सुजाता कोइरालाले त्यो भूमिका निभाइरहेको बताए ।
सभापति थापाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले लिएको खुला र उदार अर्थतन्त्रको नीति लिएका कारण अहिले नेपाल यतिको स्थानमा आएको बताउदै त्यस बारेमा फाउन्डेसनले अध्ययन गरेर अगाडी ल्याउनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सुजाता कोइरालाले डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरु जलवायु अन्यायको शिकार भएको बताएका थिए ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो दोष नभएका नेपाली र विदेशी नागरिकले अनाहकमा ज्यान गुमाएको बताउदै समयक्रममा उनीहरुले न्याय पाउने आशा व्यक्त गरेका थिए ।
संसदमा सम्बोधन गर्दै लामिछानेले बाढीपछिको राहत र उद्धारमा खटिएका सुरक्षा निकाय, स्थानीय तह र सबै स्थानीयप्रति कृतज्ञता व्यक्त गर्दै उनले सरकारले विपतिपछि तत्काल आफ्ना सबै संयन्त्र परिचालन गरेको बताए । सरकारले बढी पिडितलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको सबै जिम्मा लिएको बताउदै बाढी पिडित स्थानीय तहमा संकटकाल घोषणा गरेर राहत, उद्धार र पुनर्स्थापनामा काम शुरु गरेको बताए ।
विपदमा सरकार कहाँ छ भन्ने प्रश्न उठेको भन्दै अहिले राज्य सुरुङमा फसेका नागरिकको जीवन बचाउन लागिरहेको, बाढीले बगाएका पुल र सडक बनाउन लागिरहेको बताए । सिमित साधन र स्रोतका बाबजुत सरकार नागरिकको सेवामा लागि रहेको बताए ।
लामिछानेले विपदबाट पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै यो सरकार र पार्टीप्रतिको भरोसा भएको बताए । त्यस्तै उनले विपदमा परेका नागरिकको चित्कारमा सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नेलाई पार्टीले साधारण सदस्यबाट निष्कासित गरिने चेतावनी दिए ।
साथै उनले संकटको बेला विपक्षी दलका नेताहरुले सरकारको साथमा रहेको बताएर उत्कृष्ट राजनीतिक संस्कार देखाएको बताए । साथै लामिछानेले केहि दिनमा विपदग्रस्त क्षेत्रमा जनताका कुरा सुन्न जाने बताए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।
उनले भने- ‘जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो । संस्कार परिवर्तनको निमित्ति थियो । सरकारको शैली परिवर्तन गर्नका लागि थियो । सुशासनको निम्ति थियो । विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो ।’
नेता केसीले देशमा अहिले मलको हाहाकार र ग्यासको हाहाकार भएकै बेला प्रकृति प्रकोपले सबैलाई एकाकार बनाएको बताउदै यस विपद्लाई एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्दै नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अमेरिकी सरकारले नेपालका लागि कार्यवाहक राजदूतमा मेगन बोल्डिनलाई पठाएको छ । बोल्डिनले आगामी केही महिना नेपालका लागि रूपमा जिम्मेवारी सम्हाल्ने अमेरिकी दुताबासले जनाएको छ ।
बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै बाढीपछिको प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ ।
बोल्डिन यसअघि सन् २०२४ को अगस्टदेखि बङ्गलादेशस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् । वरिष्ठ परराष्ट्र सेवाकी सदस्य बोल्डिनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ ।
उनले युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयको सञ्चालन केन्द्रलगायत स्थानमा काम गरेकी छन् ।
राहत तथा पुनर्लाभका काम जारी रहेका बेला बोल्डिनको नेपाल आगमनले नेपाल सरकार र साझेदारसँग सहकार्य गर्ने अमेरिकाको निरन्तर प्रतिबद्धता देखाएको दूतावासले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोको टेलिफोन वार्ता भएको छ ।
लामिछानेसँग टेलिफोन कुराकानी गर्दै रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
टेलिफोन कुराकानीमा रुबियोले नेपाली जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका थिए । उनले नेपाललाई आवश्यक थप सहयोग गर्न अमेरिका तयार रहेको समेत बताएका थिए ।
जवाफमा लामिछानेले नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका थिए । उनले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए ।
लामिछानेले विपद्को कठिन समयमा अमेरिकी सरकारले दिएको सहयोगप्रति रुबियोलाई धन्यवाद दिएका थिए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भोटेकोशी बाढीको १३औं दिनको दिन आज विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
बाढीबाट अहिलेसम्म १३ सयभन्दा बढीको शव फेला परेको छ । त्यस्तै बाढीका कारण अहिलेसम्म करिब ५ हजार सम्पर्कविहिन रहेका छन् ।
गत विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन् ।
राष्ट्रपति पौडेलले विदुरमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन र पुनःउत्थानका कामबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
उनले प्रभावित क्षेत्रसँगै होल्डिङ सेन्टरको समेत स्थलगत अवलोकन गर्नेछन्।एभरेष्ट न्यूज एजेन्सी,