२०८३ श्रावण १४
२०८३ श्रावण १४

 

आरके श्रीवास्त्व,चन्द्रपुर समाचारदाता,जेठ २५ गते
चन्द्रपुर ,  रौतहटको उतरी भेग चन्द्रपुर नगरपालिकामा आगलागी पिडित परिवारलाइ नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले सहयोग गरेको छ । सो नगरपालिकाको वडा नम्बर २ पुलचोक नजिक एक घरमा आगलागी हँुदा एउटा घर जलेर नष्ट भएको थियो । स्थानिय शेर बहादुर बस्नेतको घरमा बिधुत सर्ट भइ आगलागी हँुदा घर जलेर सखाप भएको थियो ।

गएराती राती करिब ३ बजे आगलागी भएको पिडित बस्नेतले जानकारी दिएका छन् । घर भित्र भएका खादान्नहरु सबै नष्ट भएको छ भने मानबिय क्षति भने हुनबाट जोगिएको हो । घर जलेर पुर्ण क्षति भएको उप्रेतीले बताए ।
यसैबिच आगलागी पिडित परिवारलाइ नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर शाखाले सहयोग गरेको छ । पिडित परिवारलाइ त्रिपाल,भाडाकुडा,कम्बल साडी लगायतको समानहरु सहयोग हस्तान्तरण गरेको उपशाखा चन्द्रनिगाहपुरका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

हाल सम्म चन्द्रनिगाहपुर उपशाखाले दर्जन भन्दा बढी आगलागी पिडित परिवारलाइ सहयोग प्रदान गरेको सभापति अधिकारीले जानकारी दिए ।
उक्त राहत हस्तान्तरण कार्यक्रममा उपशाखाका कोषाध्यक्ष रमेश तिमलसिना लगायतको सहभागिता रहेको थियो ।

 

 

ब.स.,मौलापुर,जेठ २५ गते
रौतहटको मौलापुरमा एसि÷फ्रिज मेकानिक सम्बन्धी ३० दिने सिप मूलक तालिम आज देखि शुरु भएको छ । मौलापुर नगरपालिकाको लघु उधम शाखाको आयोजनामा तीस महिने सिप मूलक तालिम शुरु भएको हो ।

“सिप सिकौं–उपयोगी बना,ैंआर्थिक विकासमा टेवा पुर्याऔं” भन्ने मूला नाराका साथ गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम ( मेडपा) सिप विकास तालिम अन्तर्गत एसि÷फ्रिज मेकानिक तालिम दिन थालिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को स्विकृत कार्यक्रम मार्फत सो तालिमको बिहिवार देखि शुभारम्भ भएको हो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले तालिम उद्घाटन गरेकी हुन् । उनले बेरोजगारी अन्त्य गर्ने र युवालाई स्वरोजगार मूलक बनाउने सरकारी अभियानमा यस्ता तालिम उपयोगी भएको बताएकी छिन् ।

तालिममा प्रशिक्षक हुमानाथ अधिकारीले एसि÷फ्रिज मेकानिक सम्बन्धी प्रशिक्षण दिइ रह्नु भएको छ । तालिममा अहिले ३२ जना सहभागि रहेको लघु उधम शाखा मौलापुरकी प्रम्ुख सुमन आर्यालले जानकारी दिएकी हुन् । यूवाहरुलाइ उधमी बनाउने उदेशयले तालिम प्रदान भइरहेको उनले बताएकी हुन् ।

सो अवसरमा मौलापुर नगरपालिकाका उप प्रमुख नागेन्द्र यादव,विभिन्न वडाका वडा अध्यक्ष लगायतका व्यक्तीहरुको उद्धघाटन समारोहमा उपस्थिती रहेको थियो ।

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,जेठ २५ गते
आर्थिक वर्ष सकिन करिब १ महिना बाँकी छ । यो क्रम नजिकिएसँगै स्थानीय तहहरूले विकास निर्माणका कामलाई तिव्र रुपमा गर्न थालेका छन् । वर्षा लागेपछि आवागमनमा कठिनाइ हुने र नदीजन्य पदार्थको समेत अभाव हुने भएकाले ग्रामीण क्षेत्रमा विकास निर्माणको काम तिव्र रुपमा भइरहेको छ ।

यसै क्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन् । नगर जयसवालले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला लगायतका कार्य धमाधम गराउन थालेका छन् ।

सो नगरपालिकाको वडा नम्बर ९ रघुनाथपुर (गढिटोल) टोलमा पक्की सडक ढलान कार्यको लागि नगर स्तरीय बजेट बाट १० लाखको लागतमा निर्माण हुने पक्की सडक ढलान कार्यको आज एक कार्यक्रम बिच नगर प्रमुख जयसवालले शिलान्यास गरेका छन् ।

लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर नगर प्रमुख जयसवालले सो गाउँको मुख्य बाटोलाई ढलान गराएका हुन् । सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
सर्वसाधारणहरुलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको नगर प्रमुख जयसवालले बताएका छन् ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका छन् ।

 

आरके श्रीवास्तव,रौतहट,जेठ २५ गते
रौतहटको बृन्दावन नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गर्न थालेको छ । प्रत्येक वडाको किसानको लागि धान बिउ खरिद गरी कृषकलाई अनुदानमा बीउ वितरण गराउन लागेको हो । सरकारी फार्म बाट खरिद गरि ५० प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बताउनु भयो ।
बृन्दावन नगरपालिकाको कृषकको लागि नेपाली विभिन्न जातका धान बिउ लगायत सोना मंसुली पनि वितरण भइरहेको मेयर कुर्मीले जानकारी गराए । बीउ अनुदानमा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लाग्ने नगरप्रमुख कुर्मीको भनाइ छ ।

बृन्दावन नगरपालिकाका कृषकले माग गरेअनुरुप धानको बीउ विभिन्न ठाउँबाट बाट खरिद गरी वितरण गर्न लागेको हो । नगरपालिकाले दुई ठाउँमा नगरपालिकाको अस्थायी मुकाम हर्षहा र नगरपालिकाको कार्यालय हर्षहामा कर्मचारी राखि बिउ वितरण गराइरहेको मेयर कुर्मीले बताएका छन् ।

खेती गर्ने वेलामा राम्रो बीउ पाउन धेरै गाह्रो हुन्छ । राम्रो जातको बीउ पाउन सकेन भने लाखौं लाख लगानी गरिएको बाली नष्ट भई खेत बाझो हुने सम्भावना हुन्छ । त्यसैलाई मध्य नजर गरी नगरप्रमुख कुर्मीले कृषिमा आधारित कृषकलाई घरमै उच्च जातिका धानको बीउ उपलब्ध गराएपछि नगरबासीहरू हर्षित देखिएका छन् ।

 

आरके श्रीवास्तव,गरुडा,जेठ २५ गते
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन् । नगर प्रमुख कुर्मीले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला लगायतका कार्य धमाधम गराउन थालेका छन् ।

सो नगरपालिकाको वडा नम्बर ८ आकडपाथर टोलमा पक्की सडक ढलान कार्यको लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३० लाख लागतमा निर्माण हुने पक्की सडक ढलान कार्यको आज एक कार्यक्रम बिच नगर प्रमुख कुर्मी र वडाअध्यक्ष रवीन्द्र साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर नगर प्रमुख कुर्मीले सो गाउँको मुख्य बाटोलाई ढलान गराएका हुन् । सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
सर्वसाधारणहरुलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको नगर प्रमुख कुर्मीले बताएका छन् ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका छन् ।

 

आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,२५ गते जेठ
रौतहटको उतरी भेग चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर स्थित रहेको खानेपानी संस्थाको चुनावी सरगर्मी बढेको छ । चन्द्रनिगाहपुर खानेपानी संस्थाको आगामी जेठ २७ गते शनिबार हुने निर्वाचनको लागि सरगर्मी बढ्दै गएको देखिन्छ ।
खानेपानी संस्थाको नेतृत्व चयनको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । किशोर प्रसाद उपाध्याय नेतृत्वको समूह हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । भने लेखनाथ कोइरालाको नेतृत्वमा जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

दुबै जना बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । किशोर प्रसाद उपाध्यायको प्यानल बिहीबार वडा नम्बर ६ का उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् । अर्का उम्मेदवार लेखनाथ कोइरालाको प्यानल बाट पनि उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् ।

चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचन समितिका संयोजक कृति सुवेदीले दिएको जानकारी अनुसार उम्मेदवारहरुले भोली शुक्रवार सम्म प्रचार प्रसार गर्न पाउने छन् । पर्सी शनिवार बिहान ८ बजे देखि ५ बजे सम्म मतदान हुने उनले जानकारी गराए हुन् ।

चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचनमा लेखनाथ कोइराला प्यानलको तर्फ बाट उपाध्यक्षमा विश्वजित बन्जरा,सचिवमा रन्जन कुमार काफ्ले,कोषाध्यक्षमा मरछिया देवी,त्यस्तै सदस्यहरुमा कुल प्रसाद अधिकारी,खड्ग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र सिवाकोटी,नेहरुन नेसा,सत्भामा अधिकारी,त्यसैगरी महिला सदस्यहरुमा जुनकिरी बि.क.,यशोदा भट्टराइ रहेका छन् ।

यता किशोर प्रसाद उपाध्याय प्यानलको तर्फ बाट उपाध्यक्षमा डोलबहादुर ठाडा मगर,सचिवमा अबधेश हरि भट्टराइ,कोषध्यक्षमा बिनिता बखेल,सदस्यहरुमा बृजेश प्रसाद सािह,प्रह्लाद मैनाली,दुर्गा प्रसाद हुमागाइ,रामप्रसाद साह,बलराम सापकोटा,भरत प्रसाद अधिकारी रहेका छन् । त्यस्तै महलिा सदस्यहरुमा रत्ना कुमारी खड्का,कल्पना दाहाल,जानुका तिमिल्सिना रहेका छन् ।

 

सागर संगम ठाकुर,रौतहट ,जेठ २४ गते

रौतहटको धरहरीमा देवाही गाेनाहीका नगर प्रमुख प्रेमलाल साहले सडक ढलानको शिलान्यास गरेका छन् । देवाही गोनाही नगरपालिकाको वडा नं.९ धरहरीमा नगर प्रमुख साहले सडक ढलानलाई बुधबार शिलान्यास गर्नु भएको हो । मधेश प्रदेश सरकारको कुल बजेट २५ लाखको लागतमा हुने ढलान कार्यको नगर प्रमुख साहले बिधिपुर्वक शिलान्यास गर्नु भयो ।

वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख प्रेमलाल साहले धरहरी देखि दिपही जाने सडकको करिब २ सय १० मिटर ढलान कार्य हुने नगर प्रमुख साहले बताए । वडा अध्यक्ष वीर बहादुर साहका अनुसार सो सडको ढलान कार्य असारको २० गते भित्र संम्पन हुने गरि सुरु गरिएको बताउनु भयो ।

लामो समयदेखि यो सडकलाई ढलान गर्ने नगर प्रमुख साह र आफनो चाहना आज पुरा भएको वडा अध्यक्ष साहले बताए । नगर प्रमुख साहले यो सडक खण्डले गाउँ र स्कुललाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा बिधार्थी र किसान दुवैलाई फाइदा हुँने बताए । साथै नगर प्रमुख साहले छिटै गाउँका सडकहरु पनि ढलान हुने बताए ।

 

वीरगन्ज, २४ जेठ

दलित जनप्रतिनिधिहरुको नेतृत्व विकास गराउने उद्देश्यले दलित सरोकार मञ्च कञ्चनरुप नपा–८ सप्तरीको आयोजनामा बिरगंज को राणी सती धर्मशालामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

गत जेठ २२ गते सोमबारका दिन देखि सुरु भएको नेतृत्व विकास तालिम जेठ २४ गते आज सम्पन्न भएको छ।कार्यपालिका सदस्य हरुलाई स्थानीय स्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्यले, दलित कार्यपालिका सदस्यहरुको संजालका पदाधिकारी हरुलाई सो तालिम प्रदान गरिएको हो।

साथै दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुनेञजातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूलाई सो नेतृत्व विकास तालिम प्रदान गरिएको हो।

तालिमबाट स्थानीय तहमा नीति तथा कार्यक्रमको निर्माण कसरी गर्ने,दलितमैत्री बजेट तथा त्यसको कार्यान्वयन कसरी गराउने, नगरपालिकामा हुने हरेक खालका योजना छनौटमा दलित अगुवा र दलित जनप्रतिनिधिको सहभागिता गराउनु पर्ने,हरेक योजना छनौट गर्दा अपनाईने १४ ओटा चरण तथा योजना छनौट गर्दा दलितका योजना प्राथमिकीकरण गर्ने ,छुवाछुत अन्त्यका लागी दलित अगुवा तथा दलित जनप्रतिनिधिहरुले खेल्नु पर्ने भुमिका तथा दलित जनप्रतिनिधिले दलित समाजको नेतृत्व कसरी गर्ने र कार्यपालिका सदस्यहरुको कामकर्तव्य, हक अधिकारको बारेमा विशेष तालिम प्राप्त भएको सो तालिममा सहभागी भएका दलित जनप्रतिनिधिहरले बताएका छन ।

यस्तै प्रशिक्षक सोनेलाल चौधरीले नेपालको दलित आन्दोलनका बिषयमा जानकारी गराउँदै नेतृत्व क्षमतामा विकास नभएसम्म अधिकार प्रयोग गर्न नसकिने बताएका थिए ।

नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै उनीहरुलाई तालिमबाट असल अभ्यास र सिकाई तथा विचारको आदान– प्रदान को लागि हौसला प्रदान गरेको बताए। उक्त नेतृत्व विकास तालिममा रौतहट र सर्लाहीको विभिन्न पालिका गरी २८ जना कार्यपालिका सदस्य र १५ जना दलित अगुवा गरि जम्मा ४३ जनाको सहभागीता रहेको थियो।

तालिममा प्रशिक्षक सोनालाल चौधरी,रघु लामिछाने र दलित सरोकार मञ्च का कार्यकारी निर्देशक भोला पासवानले प्रशिक्षण दिएका थिए।तालिम पश्चात् आयोजक संस्था दलित सरोकार मञ्चले,मधेस प्रदेश सरकारका प्रदेश सभा सदस्य श्याम पटेलको प्रमुख अथितियतामा तालिममा सहभागी सम्पूर्ण जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। प्रमाणपत्र हस्तान्तरण गर्दै प्रदेश सांसद पटेलले आफूले तालिममा प्राप्त गरेको ज्ञान पालिका बैठकहरूमा प्रयोग गरी उपलब्धि हासिल गर्न दलित कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन् ।

उनले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताए । तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन्। मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।

त्यसैगरी दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एक गठ भएर अघि बढ्न सुझाव दिए । उनले यस्ता तालिम कार्यक्रमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हक अधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यक्ता अनुसार सञ्चालन गरिरहेको जानकारी पनि दिए ।

उनको भनाइ थियो जति दलित कार्यपालिका सदस्यहरू सक्रिय हुन सके दलित समुदायले अधिकार पाउने सम्भावना पनि उत्तिकै रहन्छ । कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए

। आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरेका थिए ।

बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेका भनाइ पनि उनीहरूले त्यस अवसरमा राखेका थिए ।

उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरेका थिए । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो ।

यसअघि सप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ । केही समयअघि यही संस्थाद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो ।

यस्तो सञ्जालमार्फत दलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको भनाइ छ । पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैँ लिने प्रतिबद्धतासहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिँदै आफूले सिकेको ज्ञानको भरपुर प्रयोग गर्न सुझाएका थिए।

 

आरके श्रीवास्तव,बज्जिकाञ्चल,जेठ २४ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक वडामा सामुदायिक भवन निर्माण हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत फतुवा गाउँमा सामुदायिक भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको विशेष पहलमा निर्माण हुने सो भवनको वडा अध्यक्ष रामबिस्वास राय यादव द्वारा सामुदायिक भवनको शिलान्यास गर्ने कार्य गरिएको छ ।

भवन निर्माणसँगै सो स्थानमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालाई आफ्ना गतिविधि सञ्चालन र विवाह, ब्रतबन्ध,पार्टी,गोष्टी लगायतका प्रायोजनमा सहयोग पुग्ने वडा यादवले बताउनु भएको हो ।

 

आरके श्रीवास्तव,चन्द्रपुर,२४ गते जेठ

रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय दुई दिन बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू थप २ दिन बन्द हुने भएको छ । चन्द्रपुर नगरपालिकाले आज( बुधबार) एक सुचना जारी गरि जेठ २६ गते शुक्रबार सम्मका लागी पुनः विद्यालयहरु बन्द रहने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी गराउनु भयो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि गत जेठ १९ गतेदेखि २४ गते सम्म सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका थिए । चन्द्रपुर नगरपालिकाले भने दुई दिन अझै बिदा दिईएको छ । गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरु बन्द गराउनु परेको प्रमुख सिग्देलले बताउनु भयो ।

बिधालय खुलेपनि अभिभावकहरू बच्चा पठाउने अवस्था नदेखिएपछि बिधालय बन्द गराउनु परेको उनको भनाइ छ । जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझ्दा जिल्लाको दुई पालिका गुजरा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले बिहान ९ः३० बजे सम्म पालिका भित्रका बिधालयहरू सञ्चालनमा नै राखेको जानकारी गराए ।

आफूहरूले जिल्लाका सबै पालिकाको नाममा एक हप्ता बिधालय बन्द गर्न परिपत्र गरेको बताए । यदि गर्मीको यस्तै अवस्था रहि रह्यो भने आईतवार विपद व्यवस्थापन समितिको बैठक बसी पुनः बिधालयहरू बन्द गरिने उनले बताए ।

जिल्लामा केही दिनदेखि तापक्रम बढेको छ । ४० डिग्रीदेखि ४३÷४४ डिग्री सम्म तापक्रम मापन गरिएको छ । विगतका बर्षको तुलनामा रौतहटमा तापक्रम अत्याधिक बढेकोले बालबालिका,अशक्त,बृद्ववृद्धाहरुलाई घर बाहिर ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।