२०८३ श्रावण १४
२०८३ श्रावण १४

 

राैतहट,३० गते जेठ

जिल्ला प्रहरी कार्यालय राैतहटकाे निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज मंगलबारका दिन मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी जनक

भट्टराई बाट जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको राैतहट प्रहरी प्रमुख एसपि वीर बहादुर बुढा मगरले जानकारी गराउनु भएको हाे ।

 

 

राैतहट,३० गते जेठ

राैतहट प्रहरीले बालक फेला पारी जिम्मा लगाएको छ । जिल्ला ताप्लेजुङ गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने वीर बहादुर तामाङको छोरा बुद्दिमान तामाङ भारत देशमा कामको सिलसिलामा गई विगत देखि सम्पर्क बिहिन भई हराईरहेका थिए । भारतकाे जिल्ला बाल संरक्षण इकाई सहरसाले साे बालकलाई फेला पारेको थियोे ।

जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला रौतहट गौर नगरपालिका २ महादेवपट्टि स्थित मानव आश्रम सेवा केन्द्रको सहकार्यमा बालकको आमा जिल्ला ताप्लेजुङ गौरादह न.पा. वडा नं.५ बस्ने इन्द्र कुमारी तानाङलाई आज मंगलबार जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

 

राैतहट,३० गते जेठ 

रौतहटका ३ जना नाबालक श्रमिकको भारतबाट उद्दार गरि आफन्तलाइ बुझाइएको छ । सामुदायिक बिकाश तथा सचेतना नेपालको पहलमा र भारत स्थीत एक गैर सरकारी संस्था तथा भारतिय प्रहरीको समन्वयमा भारतको मुम्बईको एक ब्याग उद्योगका कार्यरत ३ जना नाबालकको उद्दार गरिएको हो । उद्दार गरिएका बालकहरुलाइ मंगलबार एक कार्यक्रम गरि परिवारलाइ जिम्मा लगाइएको सामुदायिक बिकाश तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले जानकारी दिनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा आयोजित कार्यक्रममा राजपुर नगरपालिकाका एक जना,बृन्दावन नगरपालिकाका १ जना र यमुनामाइ गाउपालिकाका १ जना गरी ३ जना नाबालकहरुलाइ परिवारको जिम्मा लगाइएको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिनुभएको छ ।

यो सहित गत साउन यता २३ जना बाल श्रमिकहरुको भारतबाट उद्दार गरेको कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा सेवा केन्द्र गरुडाकी प्रमुख प्रसनि फुल माया गुरोले अब देखी यी बालबालिकालाइ बालश्रम नगराउन र पठनपाठनको लागी बिद्यालय पठाउन परिवारलाइ आग्रह गरेकी छिन ।

 

राैतहट,३० गते जेठ

राष्ट्रिय तथ्याङ्क कार्यालयले जाति, भाषा र धर्म सम्बन्धिको तथ्याङ्कमा आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ जातिलाई छुट्टै गणना गरेको भन्दै नेपाल मगर संघले विरोध जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मातहतमा रहेको सो कार्यालयले २०८० जेष्ठ १९ गते जारी गरेको तथ्याङ्क त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको छ ।

मंगलबार संघको रौतहट कार्यसमितिले इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाउँदै मगर जातिसँग यथोचित परामर्श नगरी हालसम्म एक ढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने कार्य अक्षम्य गल्ति भएको भन्दै यसलाई सच्याउन प्रधानमन्त्रीले निर्देशन दिन माग गरेको छ ।

‘आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मकहरुमा सबैभन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ हो र यो पुन छुट्टै जाति नभएर मगर समुदाय भित्रकै एक महत्वपूर्ण थर भएको तर नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा लिखितरुपमा पटकपटक ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाउँदा बुझाउँदै पनि हामीसँग यथोचित परामर्श नगरी हालसम्म एक ढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ति भएको छ ।

सम्माननीय प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भीर त्रुटीले हाम्रो समाजमा भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको छ । सरकारको यस प्रकरको त्रुटिले मिलेर बसेको मगर समुदायमा द्वन्दको बिजारोपण भएको हुनाले तुरुन्तै सच्याउन हुन् हार्दिक अनुरोध गर्दछौ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा इतिहास, भूगोल, भाषा संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसावले पुनहरु मगर जाति भित्रको एक प्रमुख थर भएको हुनाले ३ दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८२७ को संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अन्यथा आफ्नो जातीय पहिचान र अस्तित्वका लागि सशक्त आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ ।

नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष शेर बहादुर थापा मगरको नेतृत्वमा गएको टोलीले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख झरेन्द्र प्रसाद चापागाइलाई ज्ञापन पत्र बुझाएको हो । कार्यक्रममा नेपाल मगर संघका प्रस्वावित केन्द्रिय सदस्य धन बहादुर थापा मगर , प्रदेश सदस्यहरु डोल बहादुर ठाडा मगर , कुमार अस्थानी मगर, जनजाति महासंघ रौतहटका अध्यक्ष नरेन्द्र राना मगर, जिल्ला कमिटी सदस्य अनिल कुमार सारुमगर लगायतका मगर अगुवाहरुको सहभागिता रहेका थियो ।

 

जनकपुरधाम, २९ जेठ

जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

 

रन्धिर साह, रौतहट, २९ गते जेठ ।

रौतहटको दुई वटा नगरपालिकाहरुमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकीम) ले जिम्मेवारी सम्हालेका छन् । सोमबार एक कार्यक्रमका बीच जिल्लाको गरुडा नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएका छन् । सो पालिकामा आजबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा हेमराज फुर्यालले जिम्मेवारी सम्हालेका छन् ।

उनलाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले एक कार्यक्रमका बीच उनलाई टिका, माला र खादा ओढाएर स्वागत गरेका छन् । नगर पालिका प्रमुख जयसवालले स्वागत गर्ने क्रममा प्रमुख प्रशासकिय अधिकृतलाई मिलेर काम गर्नु तथा बधाई दिदै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

यस्तै जिल्लाका बौधिमाई नगरपालिकामा पनि आज (सोमबार) नै नयाँ प्रमुख प्रशासकिय अधिकृत पदको जिम्मेवारी प्रमोद राय यादवलाई दिएका छन् । उनलाई बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप राय यादवले टिका माला लाई स्वागत गरेका छन् । साथै सफल कार्यकालका लगि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,२९ गते जेठ

राैतहट जिल्लाको राजपुर नगरपालिकामा १५ शय्याकाे अस्पताल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । साे नगरपालिकाले १५ शय्याका अस्पताल बनाउने कामलाई तीव्र गतिमा अगाडि बढाएकाे नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो । छ महिना अघि नै सुरु भएको अस्पताल निर्माणको कामले गति लिएको अधिकृत ठाकुरले जनाएका छन्। साे अस्पताल निर्माणकाे लक्ष्य १८ महिना रहेकाे छ ।

पालिकास्तरीय अस्पताल निर्माणको लागि संघिय अुनदान अन्तर्गत काम अगाडि बढेको छ। राजपुर नगरपालिकामा निर्माणाधीन अस्पतालको भवन निर्माणतर्फ ४० प्रतिशत काम सम्पन्न भएको पालिकाले जनाएको छ । २०७९ मंसिर १४ मा कार्य समझाैता भई अस्पतालको भवन निर्माण गर्न २३ करोड २६ लाख १५ हजार ४ सय ४४ रुपियाँ लागतमा चण्डीदेवी मुना जेभि बिदुर नुवाकाेट सँग सम्झौता भएको छ।

सो सम्झौतापछि पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढेको नगर प्रमुख डा.राजिक आलमले बताउनु भयो । १५ शय्याको अस्पताल निर्माण भएपछि ग्रामीण क्षेत्रका नागरिकले सर्वसुलभ रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा उनले राखेका छन् ।

साे भवन निर्माणकाे लागि मेयर डा.आलम,उपमेयर जमिला असगरी, अधिकृत ठाकुरकाे पटक पटक अनुगमन गरि गुणस्तरीय भवन निर्माणका लागि चेकजाँच र निर्देशन दिदै आएका छन् । 

 

राैतहट,२९ गते जेठ ।

राैतहटकाे राजपुर नगरपालिकाले आगामी आर्थिक बर्षकाे बजेट निर्माणकाे लागि राय/सुझाव माग गरेको छ । साे नगरपालिकाले एक सूचना जारी गरी आ.व.२०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट निर्माणको लागि राय / सुझाव संकलन सम्बन्धी सूचना निकालेको छ ।

राजपुर नगरपालिकाको आगामी आ.व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको सूचना मार्फत जानकारी गराईएकाे छ ।

नेपालको संविधान द्वारा स्थानीय तहलाई प्रदत अधिकार स्थानीय सरकार संचालन ऐन २०७४ का प्रावधानहरु स्थानीयकरण, दिर्घकालिन सोच, लक्ष्य र उद्देश्य अनुरुप हुने गरी नगरपालिकाको उपलब्ध श्रोत साधन, संस्थागत क्षमता समेतका आधारमा राजपुर नगरपालिका अन्तर्गत नगर र विभिन्न वडास्तरमा संचालन हुने आगामी आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम समावेश गर्नु पर्ने विषयमा महत्वपूर्ण सुझाव सहित रचनात्मक सहयोगात्मक लगायत आफ्ना अमूल्य राय सुझाव यस नगरपालिकालाई उपलब्ध गराई दिनु हुन अनुराेध गरिएको छ ।

साे नगरपालिका अन्तर्गतका वडा कार्यालय विषयगत शाखा, सबै राजनैतिक दल, विज्ञ, नागरिक समाज, सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षक, बुद्धिजीवि, पेसाकर्मी, सञ्चार जगत आम नगरवासि तथा सरोकारवाला सबैको जानकारीको लागि सूचना प्रकाशन गरीएको छ ।

राय सुझाव पठाउने ठेगाना कार्यालयको इमेल ito.rajpurmunrautahat@gmail.com/,ito.rajpurmunrautahat.gov.np/raziquealam29@gmail.com वा राजपुर नगरपालिकाको योजना अनुगमन तथा मूल्यांकन शाखामा पठाउन भनिएकाे छ ।

 

ब.स.,चन्द्रपुर, २८ गते जेठ ।

चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा किशोर प्रसाद उपाध्यायको प्यानल नै विजयी भएको छ । जनज्योति बहुमुखी क्यापसमा सम्पन्न निर्वाचनमा ६६७ मत प्राप्त गरी उपाध्याय विजय भएका हुन । यस्तै उनका प्रतिद्वन्दी लेखनाथ कोईरालाले ३३१ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षमा भने डोल बहादुर ठाडा मगर(६४०),सचिवमा अवधेश हरी भट्टराई(६६५) , कोषाध्यक्षमा बिनिता बख्रेल( ६५५), सदस्यमा बृजेश प्रसाद साह(६४६), प्रहलाद मैनाली(६४२),दुर्गा प्रसाद हुमागाई(६४२),राम प्रसाद साह(६१३), बलराम सापकोटा (६४७) र भरत प्रसाद अधिकारी (६४६) मत प्राप्त गरी विजय भएका छन ।

यस्तै महिला सदस्यमा विजय भएका रत्न कुमारी खडका(६३१),कल्पना दाहाल(६१८) र जानुका तिमलसिना ६१२ मत प्राप्त गरेका हुन । खानेपानी उपभोक्ता २८ सय भन्दा माथी रहेको पनि फाल्गुन सम्म महसुल तिर्ने जम्मा १८६३ रहेका छन । फाल्गुन सम्म महसुल तिर्नेहरु मात्र चुनावमा भाग लिन पाएका थिए । हिजो सम्पन्न चुनावमा १८६३ मतदाता मध्य जम्मा १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए ।

सवैभन्दा बढी वडा न. ४ बाट ४ सय ३५ र सवैभन्दा कम ६ नम्बरमा २ सय ३८ मत खसेको छ वडा न.५ बाट ३५४ मत खसेको निर्वाचन समितिका संयोजक कृती सुबेदीले बताए । विहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो । सर्वदलिय बैठक बसेर सवा ७ बजे मतदान गर्ने सहमती भएपछी मतगणना सुरु भएको थियो ।

निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस , नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी दिएको थियो भने स्वतन्त्रबाट लोकनाथ कोईरालाको प्यानलको उम्मेदवारी परेको थियो । विजय भएपश्चात अध्यक्ष उपाध्यायले आम उपभोक्तालाई हार्दिक आभार प्रकट गर्दै चन्द्रनिगाहपुर खानेपानीको स्तरोन्नतिका लागि योजनाबद्ध रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

वीरगञ्ज ।

वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।

 

बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन ।

 

आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

 

उनका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्ड, सहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।

 

नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिए पछि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।