२०८३ श्रावण १३
२०८३ श्रावण १३

 

आरके श्रीवास्तव,रौतहट,असार १४ गते
रौतहट – बज्जिका कहाबत नामक पुस्तकको आज विमोचन गरिएको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित रेडियो मधेश मसलाको सभाहलमा पुस्तक विमोचन समारोह आयोजन गरिएको थियो ।


बज्जिका साहित्य संगम गरुडा रौतहटको आयोजना र आकृति क्रिएसन हेटौडा,नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेशको सह आयोजनामा पुस्तक विमोचन गरिएको हो । पुस्तकको प्रमुख बज्जिका साहित्कार रामचन्द्र महतोले एक समारोहका बीच विमोचन गरेका हुन् ।

नेपाल साहित्यक पत्रकार संघको १७ औं वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा विश्वराज अधिकारी द्धारा संकलन गरिएको बज्जिका भाषाको कहावत समावेश गरिएको छ ।

६४ पृष्ठको सो पुस्तकमा बज्जिका कहावतले नै भरिएको छ । सो पुस्तकको विमोचन पछि बोल्दै बज्जिका भाषाका साहित्यकारहरुले बज्जिका भाषा लाइ बढावा दिन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सदिऔं देखि बज्जिकाञ्चल क्षेत्रमा बोलीने कहावतहरुलाइ पुस्तकको माध्यमले उतारनु भएकोमा धन्यवाद कृतज्ञ गरेका थिए ।

कार्यक्रममा पूर्व स्रोत व्यक्तिहरू बिन्दा सहनी, साहित्यकार मनमोहन सिंह मनोहर,बज्जिका साहित्यकारहरु लगायतले सो पुस्तकको विषयमा बोलेका थिए । बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाइ साहित्यकार संजय साह मित्रले गर्नु भएको थियो ।

   

 

बज्जिकाञ्चल,राैतहट,असार १४ गते

जन्मदिवसको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाकाे मध्य भाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न उपलब्ध गराईएकाे हाे ।

चन्द्रपुर नगरपालिका-५, रौतहट निवासी नमूना अंग्रेजी आवासीय बिद्यालयकी सञ्चालिका लक्ष्मी श्रेष्ठले आफ्नो शुभ जन्मदिवसको उपलक्ष्यमा विभिन्न खाद्यान्न सामानहरू उपलब्ध गराईएकाे हाे ।

उनले चामल, आलु, चना, सोयाबिन, तेल, मसाला लगायत विभिन्न खाद्य सामग्री सपरिवार अनाथालयमा उपस्थित भई संस्थापक बंशीराम जडसवा लाई सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो । आफ्ना खुशीका पलहरू अनाथालयका बालबालिकाहरू सँग साट्न सम्पर्क गर्न अनाथालय परिवारले अनुराेध गर्दै आएकाे छ ।

 

आरके श्रीवास्तव,राैतहट,असार १४ गते

राैतहटकाे कटहरिया नगरपालिकामा किसानहरूले कृषि सामाग्री पाएका छन् । किसानहरुलाई खेती किसानीको लागी मोटर सहित कृषि सामानहरू वितरण गरिएको हाे ।

साे नगरपालिकाकाे वडा नम्बर ५ बलिरामपुर टोलका किसानलाई मोटर, स्प्रे टैकिं,डेलिभरी पाईप, तरकारीको बिउ, औषधि लगायका विभिन्न सामानहरू दिएकाे हाे ।

श्री जन जागरण कृषक समुह साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको आयोजनामा आज(विहीबार) वितरण भएको हाे । साे अवसरमा जनप्रतिनिधि लगायत किसानहरूको सहभागीता रहेकाे थियाे ।

 

राैतहट, १४ गते असार ।

मुस्लिम धर्मावलम्बीले आज राैतहट सहित देशैभर बकर इद पर्व मनाउँदै छन् । बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढि रहेका छन् ।

नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन । बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको हो ।

 

आरके श्रीवास्तव,रौतहट,१४ गते असार

रौतहटको एक घरपरिवारका सबै सदस्य च्याउ खेती गरिरहेको पाइएको छ । जिल्लाको कटहरिया नगरपालिकाका एक किसान जसको पुरै परिवारका सदस्य च्याउ खेतीमा संलग्न छन् । सो नगरपालिकाको वडा नम्बर ४ बलिरामपुरका किसान सुदिन मियाँको परिवारको दिनचर्या नै फेरिएको छ ।

घरायसी काम बाट फुर्सद निस्किएपछि उनको परिवार च्याउ खेती भएको स्थान तर्फ लागछन् । बिगत आठ वर्ष देखि च्याउ खेतीलाई निरन्तरता दिदै आएका मियाँ अहिले आफ्नै कटहरिया च्याउ उधोग दर्ता गराएर व्यवसाय गरिरहेका छन् । जिल्लाको चर्चित बजार कटहरियामा च्याउ खेती गरेर राम्रै आम्दानी गरिरहेको बताउँछन् । उनले मासिक ५० हजार देखि १ लाख कामाउँछन् ।

च्याउ खेती गरि राम्रो आयआर्जन गरेर उनी अहिलेका युवापुस्ताहरूको लागि उदाहरणीय बनेका छन् । हेर्दा मियाँ उमेरले पाका देखिन्छन् । बि.स.२०७२ साल देखि उनी यो खेती सुरु गरेका थिए । सुरुआतमा उनले ५० हजार लगानी गरेर च्याउ उत्पादन गर्न थाले ।

रेडक्रस सोसाइटिले आयोजना गरेको च्याउ खेती तालिमबाट प्रभावित बनेर उनी यस तर्फ लागेको सुनाए । तालिम पछि च्याउ खेती गर्ने रहर जाग्यो र उनी अहिले ४ कठ्ठा क्षेत्रफलमा च्याउ खेती गरिरहेका छन् । उनले उत्पादन गर्ने च्याउ भनेको कन्ने च्याउ हो । उनले दुइ वटा घर निर्माण गरेर च्याउ खेती गरिरहेका छन् । अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

च्याउ बिक्रीका लागि व्यवस्थित बजार नहुँदा समस्या हुने गरेको बताउँछन् । मियाँले च्याउ खेती गरेको ८ वर्षभयो । च्याउ खेती अझै फस्टयाउने उनकोे योजना रहेको उनले जानकारी गराए । मियाँले घरपरिवारको अलावा अन्य ५ जनालाई च्याउ उत्पादन भएको बेला रोजगारी समेत दिने गरेका छन् ।

‘च्याउखेतीबाट खर्च कटाएर मासिक ५० हजार देखि १ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्री हुने गरेको छ ।’ आफ्नै लगानीमा च्याउ खेती अहिले देशमा तिन तहको सरकार छ । सबभन्दा नजिकको सरकार स्थानिय सरकार हो ।

तर मियाँ लाई कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती गरेका हुन् । आर्थिक मन्दीको असर उनलाइ पनि परेको छ । बैंक बाट ऋण लिएर व्यवसाय फस्टयाएका उनलाइ बैंकले ब्याजदर बढाउँदा समस्या परेको छ । किस्ता बुझाउन समस्या परि रहेको दुःखेसो गरे ।

स्थानिय सरकारले आफूलाइ सहयोग गर्छ भन्ने अपेक्षा छ ।

कटहरिया नगरपालिकाको यस अघिका नगर प्रमुख सियाराम कुश्वाहाले च्याउ खेतीका लागी आफूलाई दुई लाख रुपैयाँ सहयोग गरेको किसान मियाले बताउनु भयो ।
साथै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान फ्रि पाएको उनले बताए । यसका अलावा काही कतैबाट सहयोग नपाएको उनको भनाई छ ।

च्याउको बिउ पनि गर्छन् उत्पादन

बिउ उत्पादन पनि आफैंले सुरू उनी बताउँछन् । च्याउको बिउ उत्पादन गर्ने मेसिन नै खरिद गरेर बिउ उत्पादन गर्ने गरेका छन् । तर जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले आफूले उत्पादन गरेको बिउको प्रोत्सान नगरिदिँदा समस्या हुने गरेको गुणासो गरे । मिहिनेत गर्न सके च्याउ खेती बाट राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ ।

मियाँ भन्छन् विदेश जाने पैसा यही लगानी गरी व्यवसाय सुरु गर्ने हो भने घर परिवार सँग बसेर राम्रै आम्दानी गर्न सकिन्छ ।

के भन्छन् सम्बन्धित निकाय?

चयाउ खेती प्रवद्र्धनका लागि स्थानिय सरकारले कस्ता कार्यक्रम ल्याएको छ । यस बारे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल सँग सोध्दा च्याउ खेतीकै लागि भनेर कुनै ठोस् कार्यक्रम नभएपनि कृषि विधुतीकरणको लागि बजेट छुट्टयाएको जानकारी गराए ।

कृषि मिटर भन्ने नगरभरी फ्रि गरिएको उनको भनाइ छ ।

च्याउ खरिद गरिरहेका कटहरिया ८ का उपभोक्ता शिवनाथ यादव भन्छन् पहाड तिर पाइने च्याउ हाम्रै क्षेत्रमा उत्पादन भइ खरिद गर्न पाएपछि खुशि छौ । त्यस्तै कटहरिया वडा नम्बर १ का उपभोक्ता योगेन्द्र कुशवाहाका अनुसार कटहरियामा नै उत्पादन हुन थालेपछि हामी बिहान बिहानै ताजा च्याउ खरिद गरी खान पाएका छौं ।

यो सबै हाम्रो लागि खुशिको खबर नै छ ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका सचिव डा.नम्रता सिंह सँग प्रदेश सरकारले च्याउ प्रवद्र्धनका लागि कस्ता खालका कार्यक्रम ल्याएको छ भनि सोध्दा प्रदेश सरकारले प्रत्येक जिल्ला स्थित रहेको कृषि ज्ञान केन्द्र मार्फत नार्क बाट उपलब्ध गराएको च्याउको बिउँ ७५ प्रतिशत अनुदानमा बिउँ वितरण गरेको जानकारी गराउनु भयो । साथै उनले प्रदेश सरकारले बाली संरक्षण प्रयोगशाला मार्फत बिउँ उत्पादन गराउने लक्षय छ ।

जुन यसपाली देखि हुन सकेन् अर्को आ.व. देखि उत्पादन गरिने छ । त्यस्तै आगामी वर्ष देखि च्याउ उत्पादन र प्रवद्र्धन कार्यक्रम चलाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइन् ।

कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साह सँग सोध्दा रौतहटमा ५ देखि ६ मेट्रिक टन च्याउको माग रहेको जानकारी गराउनु भयो ।

जसमा ८ मेट्रिक टन सम्म उत्पादन भइरहेको उनको भनाइ छ । माग भन्दा आपूर्ती नै बढी रहेको वहाँ भन्नु हुन्छ । यहाँको च्याउ सर्लाही लगायत अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् । यहाँको किसानले नै च्याउको बिउँ उत्पादन गर्ने गरेकोले अन्य ठाउँ बाट ल्याइदैन् ।

              

 

मुकेश कुमार यादव,सिरहा १२ असार।

सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरु आन्दोलित भएका छन्।


हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरुले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।


हुलाक कर्मचारीहरुले ‘अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन,  हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गर’

लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहाबजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरुले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पुरै जीवन सेवामा व्यतित गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,’ श्रेष्ठले भने ।

 

रौतहट,असार ११ गते
रौतहट । नागरिकता विहिन संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष जयप्रकाश गिरीले वंशजको नागरिकता पाएका छन् ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त जयप्रकाशले जिल्ला प्रशासन कार्यालय रौतहटबाट वंशजको नागरिकता पाएका हुन् ।


रौतहटको बौद्विमाई नगरपालिका ३ मटिअर्वा घर भएका जयप्रकाश गिरीले १९ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

बुबा राम अधार गिरीसंग नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय रा‌‌ैेतहट पुगेका थिए ।

उनलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता पाएपछि जयप्रकाशले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।

उनी नागरिकता संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला भएर आन्दोलनरत थिए । जयप्रकाश हेल्थ असिस्टेन्ट  हन् ।


बुबा राम अधार गिरीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनले नागरिकता पाएका हुन् ।

काठमाडौं, ११ असार । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ ।

कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।

काग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।

 

साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।

मुकेश कुमार यादब

सिरहा, ११ असार। सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।

मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटीएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।

कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ ।
लाशलाई प्रादेशिक अस्पताल सिराहामा पोष्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको बताए ।

कृष्ण तिवारी ,रौतहट, असार ११ गते ।
रौतहटको कटहरिया नगरपालिकाकाले उत्कृष्ट काम गर्ने कर्मचारीहरु लाइ सम्मान गरेको छ । नगरपरिषदको अवसरमा नगरपालिकाकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल, उप प्रमुख रिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत राम प्रकास साहले कर्मचारीहरुलाइ नगद पाँच हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कटहरिया नगरपालिकाको ८औं नगरसभा अधिवेशन कार्यक्रममा ७ (सात ) जना नगरपालिका भित्र कार्यरत कर्मचारीलाई नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रिता देबी यादव द्वारा सम्मानित हुने कर्मचारीहरुमा योजना प्रमुख रामनरेश यादव, पञ्जिकरणका प्रमुख हरिन्द्र प्रसाद यादव, जिन्सी शाखा प्रमुुख सन्तोश साह, शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर, कम्पुटर अपरेटर धिरज साह , कार्यालय सहयोगी अभिसेख कुमार सहित ७ जना लाई ५ हजार नगद र दोसल्ला ओढाई सम्मान गरेको छ ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए ।


कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ । ‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाबमा मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ मेयर अजय प्रकाशले भने ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनु पर्ने बताए । उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । ती कर्मचारीहले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।