काठमाडौं, ७ भदौं ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संबैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाई हुदैँछ ।
सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशकाे माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
कोशी सरकारका पुर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्बोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।
प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन बिपरित विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेकाे एमालेकाे जिकिर छ । यसरी प्राप्त गरेको विश्वासको मत गैर संबैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।
यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासकाे मत लिने बेला पुनः सभाध्यक्षकाे मत लिए पछि एमाले फेरी पनि सर्वाेच्च पुगेकाे हाे ।
बिशाल बस्नेत /न्युज कारखाना ,महाेत्तरी, ७ भदौ
वरपर क्रसरले मरुभुमी वनाएका फाँटहरू छन । कतै माटो तथा बालुवा उत्तखनन गर्दा बनेका गहिरा खाल्डा देखिन्छन त कतै गिटी र वालुवा थुपारेका पहाड भेटिन्छन ।
बर्षायाममा पनि धुलोको कुइरीमण्डलले यही बटो भएर बर्दिबासका दक्षिणतर्फ जाने यात्रुहरु मुख छोप्नै पर्न बाध्यता छ । तर यो बिरक्त लाग्दो वातावरणिय दुर्दशाको दैनिक आवतजावत गर्ने भुक्तभोगी मात्र हैन, बाहिरवाट आएका ब्यक्तिहरु समेत एकैछिन भए पनी यो ठाउँमा आजकाल अडिन लागेका छन ।
कारण हो रातु मित्रपार्क । रातु नदिको किनारामा लगाइएका सयौ जातका विरुवाहरुले अहिले हरियाली छरेका छन । रोटरी कलव अफ बर्दिबासले झण्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क बनाउने उदेश्यले लगाइएको झण्डै २६ सय भन्दा बढी बिरुवाहरु हुर्केसगैँ रातु नदिको तटिय क्षेत्र हराभरा बनेको छ ।

बर्ष दिन अगाडीसम्म वालुवा नै वालुवाका कारण उराठलाग्दो मरुभुमी देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ स्थानिय र यात्रुहरुलाइ एकैछिन भए पनि स्वच्छ अक्सिजन लिन सकिने बिश्रामस्थल बनेको स्थानियहरु बताउँछन । पुर्व रोटरी कलव अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा झण्डै १ करोड २५ लाख लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा धमाधम देखिन थालेको छ ।
त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्रपार्कको सौन्दर्यकरणमा निक्कै मेहनत गरेका छन । ड्यामको माथी पट्टिवाट सुन्दर बाटो बनाइएको छ भने घामले बिरुवाहरु नसुकुन भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतम बताए । चारैतिर पर्खाल घेरेर बनाइएको उक्त हरितपार्कले आकार लिएसगैँ अवलोकन गर्नेहरुको संख्या समेत बढिरहेको छ ।
रातु मित्रपार्क मात्र हैन, रोटरी कलवले बर्दिबासलाइ हरित सहरको रुपमा बिकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम बताउँछ्न । अहिलेसम्म झण्डै ५ हजार बिरुवा रोपेको बताउदै अध्यक्ष गौतमले मुख्य सडकको विचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको बताए ।
बर्दिवास चोकको पुर्व-पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी कलवको नै देन हो । नदिका किनारहरुमा क्रसर ब्याबसायीहरुका कारण नदि उकास जग्गा समेत अतिक्रमण भैइरहेको जनगुनासो बढीरहेको वेला रोटरी कलवले नदि उकास जग्गालाइ हरित पार्क वनाएपछी चर्चा सुरु भएको छ ।
पछिल्लो समय होटल हवको रुपमा बिकास भएको बर्दिबासमा आउने आन्तरिक र बाहय पर्यटकको लागी समेत यो हरितपार्क निक्कै उपयोगी सावित भएको होटल व्यवसायीहरु वताउछन ।
“हाम्रो मौलापुर” ःमेयर साह आरके श्रीवास्तव,रौतहट,भदौ ०६ गते ।
मौलपुर नगरपालिकाले ल्याएको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर” मधेश प्रदेशमै नमूना नगरप्रमुख रिना कुमारी साहले बताएकी हुन् । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताएकी हुन् । यो पुस्तक कक्षा १ देखि ८ सम्म निकाल्ने लक्षय रहेको बताइन् ।
हाल कक्षा १ देखि ३ सम्म प्रकाशन गरिएको विस्तारै कक्षा ८ सम्म पुर्याइने छ । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् । नगरभरीको प्रत्येक सामुदायिक विद्यालयहरुमा आफू गइ पुस्तक वितरण गरेको जानाकारी गराइएन् ।
त्यती मात्र होइन् कि बालबालिकाहरु लाइ पुस्तक पढाएर हरेक बच्चा बच्चाको हात हातमा पुस्तक पुर्याएको उनको भनाइ छ । यो पुस्तकमा मौलापुर नगरपालिका आज भन्दा ५ वर्ष अगाडी कस्तो थियो ? अहिले कस्तो छ ? यो सबै कुराहरु पुस्तकमा समेटिएको छ । यो पुस्तक बालबालिकाहरु लाइ पढनको लागि मात्र होइन् कि सम्मपूर्ण नगरवासीहरुलाइ एक चोटी पढनै पर्ने पुस्तक हो । पुस्तकमा मौलापुरको बारेमा सम्पूर्ण जानकारी समेटिएको छ ।
मौलापुर नगरपालिकाको शिक्षा,स्वास्थ्य,मौलापुर पुरातात्वीक महादेव मन्दिर, नगरपालिका भित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय ,आर्थिक अवस्था,संस्कृति तथा रहनसहन लगायतका विषयवस्तु समेटेको नगरप्रमुख साहले भनिन् । मौलापुर पुरातात्वीक महादेव मन्दिरलाइ उत्खन्न गरी अहिले कहाँ सम्म पुर्याएका छौं । त्यो कुरा पनि समेटीएको छ ।
यो पुस्तक मैले एक्लै होइन् कि यहाँको बुद्धिजिवीहरु,शिक्षक,नगरपालिकाका उपमेयर लगायतको टिम बसेर गम्भीर रुपमा छलफल गरी धेरै कठिनाइले हामी पुस्तक छपाएका छौं । सबै नगरवासी लगायत सबै आमजन समुदाय सँग एकचोटी पुस्तक हेर्न आग्रह गर्नु भयो । साथै एकचोटी मौलापुरमा आएर पुस्तकमा उल्लेख भएका कुराहरु वास्तवीक हो की होइन् ? हेर्नु हुन अनुरोध गर्नु भयो ।
ओम प्रकाश यादव, रौतहट,भदौ ६ गते ।
हेफर इन्टरनेश्नल नेपालले रौतहटको बतहु माध्यमिक विद्यालय हर्षाहामा अध्ययनरत विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वृन्दावन नगरपालिकाका–६ हर्षाहा स्थित रहेको बतहु माध्यमिक विद्यालयका १५ जना विपन्न समुदायका छात्रालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको हेफर इन्टरनेश्नलले जनाएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग र हेफर इन्टरनेश्नल नेपालको आयोजनामा उक्त सामाग्री वितरण गरिएको हो । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच हेफर इन्टरनेश्नलले सो विद्यालयको कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने अति गरिव एवं विपन्न समुदायका १५ जना छात्राहरुलाई प्रति छात्रा दुई÷दुई थान विद्यालय पोशाक, एक एकथान जुत्ता, ब्याग, कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले विद्यार्थीहरुलाई उक्त पोशाक र शैक्षिक सामाग्री वितरण गरेका हुन । शैक्षिक सामाग्री वितरण गर्दै नगर प्रमुख कुर्मीले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा सहयोग हुने अर्थात प्रोत्साहन मिल्ने बताएका थिए । आफना नगर भित्रका अन्य सामुदायीक विद्यालयहरुमा समेत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाईमा सहयोग हुने उद्देश्यले छात्रवृत्ति, विद्यालय पोशाक र शैक्षिक सामाग्री लगाएत वितरण गर्दै आएको र आगामी दिनमा समेत वितरण गर्ने आफनो योजना रहेको मेयर कुर्मीले बताए । शिक्षामा गरिव तथा विपन्न परिवारका छोरा छोरीलाई पनि सहज पहुच पुरयाउने लक्ष्यका साथ आफुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । पैसाको अभावमा गुणस्तरीय शिक्षा पाउनबाट कसैले बञ्चित नहोस भन्ने उद्देश्यले आफुले गरिव तथा विपन्न समुदायका छात्रछात्राहरुलाई पढाईका लागि आवश्यक पर्ने सबै सामाग्री सहयोग गर्न तयार रहेको मेयर कुर्मीले बताए । विपन्न समुदायका बालबालिकालाई पढाईमा शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुग्ने उद्देश्यले उनिहरुलाई सामाग्री सहयोग गरिएको हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दिपेश पोखरेलले बताएका छन् । कार्यक्रम संयोजक पोखरेलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले गरेका कामहरुका बारेमा बताएका पनि थिए । यस संस्थाले यस्ता सामाजिक कार्यहरु लामो समयदेखी रौतहट सहित विभिन्न जिल्लाहरुमा गर्दै आएको छ ।
रामानन्द साह, देवाहीगोनाही,भदौ ०६ गते ।
इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले परिच्यात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
आज एक कार्यक्रमका बिच नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरिक्षक कुशराम कार्कीले देवाही गोनाही नगरपालिका अन्तर्गत स्थानिय जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी,समाजसेवी,शिक्षक,पूर्व प्रहरी कर्मचारी,संचारकर्मी लगायतका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसंग परिचय गर्नु भएको छ ।
सो कार्यक्रममा उनले यस क्षेत्रको शान्ती सुरक्षाको अवस्था, अपराधको अवस्था,रोकथाम तथा न्यूनिकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भयो ।
प्रहरी निरिक्षक कार्कीले आफु समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्था कडा पार्ने बताउनु भयो । कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
बज्जिकाञ्चल,गौर,भदौ ०६ गते ।
आज संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न भएको छ । बैठक बाट गाउँपालिका र नगरपालिकाको अधिवेशन यही मिति २०८०÷०५÷३० गते भित्र सम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।
संघीय शिक्षक फोरम नेपालको अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा संघिय शिक्षक फोरम नेपालको बैठक सम्पन्न भयो ।
सो बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जनता समाजवादी पार्टी नेपालको जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगायत शिक्षक फोरम नेपालको सदस्यहरुको उपस्थित रहेको थियो ।
काठमाडौं, ६ भदौं ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउँदै छ ।
संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् ।
‘हाम्रो कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैँछौं’ उनले भने ।
यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।
पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिदाँ सभाध्यक्षको मतसमेत जोडे पछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।
धनगढी, ५ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो।
चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।
महोत्तरी, ५ भदौ ।
महोत्तरीको बर्दिवासमा भएको सवारी दुर्घटनामा परेर बुवा र छोरीको मृत्यु भएको छ।
बर्दिबास नगरपालिका-२ मा पर्ने बर्दिवास औरही सडक खण्डमा सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु छोरीको मृत्यु भएको हो।
मृत्यु हुनेमा बर्दिवास-८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेकी छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारका लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्याइएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज (मंगलबार) बिहान मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास-४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ।