आरके श्रीवास्तव,रौतहट,०३ गते असोज
संविधान दिवस २०८० को अवसरमा देशैभरीको कैदीहरूको कैद मिनहा हुने क्रममा रौतहट कारागारमा रहेका कैदी बन्दीहरूको कैद मिनहा गरिएको हो । हरेक वर्ष रिहा भए झैँ यस वर्ष पनि केही कैदी बन्दी छुटेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा बाँकि कैद मिनहा भएपछि उनीहरू छुटेका हुन् । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी एवम् कारागार कार्यालय गौर रौतहटका प्रमुख मनिभूषण साहले दिएको जानकारी अनुसार रिहा हुने ८ जनाले ५० प्रतिशत कैद भुक्तान गरेका छन् भने २ जनाले ४० प्रतिशत कैद भुक्तान गरी छुटेका हुन् ।
प्रमुख साहका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ निवासी सवारी ज्यान मुद्दाका दिपेश प्रसाद साह , मौलापुर नगरपालिका ७ निवासी सवारी ज्यान मुद्दाका लालमोहर शर्मा,चन्द्रपुर नगरपालिका वडा नम्बर ३ निवासी
कर्तब्य ज्यान मुद्दाका राजन कुमार,चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी चोरी मुद्दाका दिपेश भन्ने खर्क बहादुर पीठाकोटे रहेका छन् ।
त्यस्तै चन्द्रपुर नगरपालिका वडा नम्बर ६ निवासी बहुविवाह मुद्दाका जीतबहादुर भुलन, बहु विवाह कबिता भन्ने पूर्णकुमारी फुयाँल , गाैर नगरपालिका वडा नम्बर १ निवासी सवारी ज्यान मुद्दाका ओमप्रकार कुमार महतो भनिने सोनु कुमार महतो,
गौर नगरपालिका वडा नम्बर ९ निवासी डाँका मुद्दाका प्रेमशंकर यादव रहेका छन् ।
यसैगरी कुटपिट अङ्गभङ्ग मुद्दाका सर्लाही, बलरा ३ निवासी प्रदीप मिश्र र कर्तब्य ज्यान मुद्दाका महोत्तरी गाउँपालिका निवासी ५ की सुमित्रा देवी रिहा भएको साहले जानकारी गराए ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुको विवरण पुरुष कैदीहरूको सङ्ख्या १८८ जना ,पुरुष थुनुवाको सङ्ख्या १७० जना,महिला कैदीहरुको सङ्ख्या १४ जना ,महिला थुनवाको सङ्ख्या ५ जना, आश्रित बालबालिका २ जना
छुट सङ्ख्या २ जना गरि जम्मा ३७९ जना जेल सजाय काटिरहेको कारागार प्रमुख साहले जानकारी दिए ।
रौतहट,०३ गते असोज ।
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा नेपाल स्वयम सेवक संघको नगर कमिटि गठन भएको छ ।
नेपाल स्वयम सेवक संको मधेश प्रदेश फोकल पर्सन पुजा पाठक तिमल्सिनाको प्रमुख आत्थ्यि तथा राकेश कुमार यादव रौतहट जिल्ला फोकल पर्सनको विशिष्ठ आत्थ्यि एवम् प्रेस मंच नेपालको जिल्ला अध्यक्ष किशोरी यादवको आत्थ्यिमा नगर कार्य समितिको गठन भएको हो ।
नब गठित इशनाथ नगरपालिकाको नगर अध्यक्ष राकेश पटेलको अध्यक्षतामा ११ सदसिय नगर कमिटि सर्ब सहमतिबाट चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा रुबी कुमारी फकिर, सचिबमा सरोज साह, सह सचिबमा दिपक सराफ, कोषाध्यक्षमा प्रियंका सिंह, सदस्यमा हसम तारा खातुन,कौशल पासवान, रास्दा खातुन, सिमा देवी राम,बिरेन्द्र साह,राजिव कुमार साह सर्ब सहमति बाट चयन गरिएको छ ।
सामाजिक कार्य गर्ने उदेश्यको लागि दर्ता भएको सस्था नेपाल स्वयम सेवक संघको संगठन विस्तारको क्रममा नगर कार्य समितिको गठनको कार्यको तिब्रता दिएको प्रमुख आतिथि तिमिल्सिनाले बताए । सस्थाको उदेश्य अनुरुप कार्य गर्न सुझाव दिदै तिमल्सिनाले सामाजिक कार्यमा आफ्नो लगानी गर्न सुझाब समेत दिएका छन् ।
विशाल बस्नेत ,महोत्तरी, ३ असोज ।
नेकपा एमाले मधेशमा मिसन २०८४ को अभियानमा जुटेको छ । २०७९ को निर्वाचनमा अप्रत्याशित नतिजासहित ह्याट्रिक गरेको नेकपा एमाले यही विरासतलाई जोगाएर थप कसरी बलियो बन्ने भन्ने अभियानअन्तर्गत रणनीतिक योजनामा जुटेको हो ।
मधेशमा एमालेले अहिले तल्लोस्तरका कमिटीहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यहरु आएर प्रशिक्षण दिएकाक छन् । आफूलाई मधेशको मसिहा भनेर दाबी गर्ने मधेशवादी दलहरुलाई समेत पछाडी पार्दै नेकपा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पार्टी बन्यो ।
मधेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि २३ सिट जितर पहिलो पार्टी बनेको एमालेले सोही विरासत जोगाउँदै थप उपलब्धि हासिल गर्ने उद्देश्यसहित मिसन २०८४ को अभियानमा छ । मधेशमा आफूलाई बलियो र सशक्त बनाउन एमालेले ईश्वर पोखरेलदेखि योगेश भट्टराईसम्मलाई मधेश दौडाहामा पठाएको छ । अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत शीर्षस्त नेताहरु मधेशमा आएर प्रशिक्षण दिएका छन् । यसले एमाले मधेशलाई प्राथमिकतामा राखेर चुनावी रणनीति बनाइरहेको देखाउँछ ।
मिसन ग्रासरुट अभियानमा कर्णालीको जिम्मेवारी पाएका योगेश भट्टराई मधेश दौडाहामा पुगे । उनी मधेशमा यसरी आक्रामक रुपले सक्रिय भए । पार्टी सचिवसममेत रहेका भट्टराईले एक महिनामा ४८ वटा त बैठक नै गराएको मधेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए ।
नेकपा एमालेले पछिल्लो समय प्रदेश अधिवेशनको गृहकार्यलाई पनि तीव्र बनाएको छ । पटक–पटक मिति तोक्दै नेताहरुको आन्तरिक कलहले बिथोलिँदै आएको अधिवेशन मिति फेरि साार्दै असोज २५ र २६ लाई तय गरिएको छ ।
यसअघि असोज ५ र ६ लाई निर्धारण गरिएको थियो । महोत्तरीमा १९ र २० असोज, त्यसपछि रौतहटमा २२ र २३ असोजमा हुने भनिएको अधिवेशन समेत रोकिएको छ ।
बारा र महोत्तरीमा आन्तरिक विवाद कै कारण हुन नसके पनि रौतहटमा भने प्रभु साह एमालेबाट बाहिरिएपछि पुनः अधिवेशन हुने भएको हो । यसअघि साहले रौतहटको जिम्मेवारी समालेका थिए ।
तर, अधिवेशन भएका ठाउँहरुमा पनि एमालेले पुनः अधिवेशनको तयारी गरेको छ । मधेशका १३६ पालिका, १ हजार २७१ वडा र ११ हजार ४३९ टोलहरुमा अधिवेशन पुनः गरिने एमालेले जनाएको छ ।
सदस्यतामा ३० प्रतिशत कमि
नेकपा एमाले मधेशमा उत्साहित भए पनि पार्टी सदस्यतामा ३० प्रतिशतले कमि आएको छ । तर, यो प्रतिशतलाइ एमालेले स्वाभाविक रुपमा लिएको पार्टीका प्रवक्ता सोमप्रसाद शर्माले बताए । ‘धेरैजसो विदेशमा छन । कतिपयले पछि गरौँला भन्ने पनि छन्,’ उनले भने, ‘नयाँ सदस्यता भने आक्रामक ढंगले बढेको छ ।’
मधेशमा यसअघि ७१ हजार सदस्य भएको दावी गर्दै १ लाख सदस्य पु¥याउने गृहकार्य भइरहेको प्रबक्ता शर्माले वताए ।
मिसन २०८४ के हो ?
नेकपा एमालेले बनाएको मिसन २०८४ निर्वाचनलाई लक्षित अभियान हो । एमाले सचिव योगेश भट्टराईका अनुसार संघ, प्रदेश र स्थानिय तहमा एकल सरकार बनाउने अभियानमा अगाडि बढेको र यो उदेश्य प्राप्ति गरेरै छाडने योजना छ ।
‘५ वटा दलसँग त एक्लै लडेर त्यत्रो सिट ल्यायाँै भने २०८४ मा बहुमत ल्याउँछौँ,’ उनले सार्वजनिक कार्यक्रममै भनेका छन् ।
एकीकृत समाजवादीमा गएकाहरुलाई फर्काउने अभियान
एमालेबाट अन्य पार्टीमा गएकाहरुलाई फर्काउने उद्देश्य पनि मिसन ८४ को उद्देश्य रहेको सचिव योगेश भट्टराईले बताए । एमालेबाट गएर एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनेका डिल्ली उप्रेतीको नेतृत्वमा १५० जना नेता कार्यकर्तालाई एमालेमा फर्काइएको छ । सर्लाहीमा सर्लाहीबाट उनीहरुलाई एमालेमा नै भित्र्याइएको हो ।
विशाल बस्नेत ,महोत्तरी, ३ असोज ।
संविधान दिवसको अवसरमा बुधबार महोत्तरीमा हर्षाेल्लासका साथ स्थानीय तहले प्रभातफेरि कार्यक्रम गरेका छन् ।नागरिक समाज, संघ संस्थाहरु, राजनीतिक दलहरुलाई सहभागी भएर निकालिएको प्रभातफेरि कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।
प्रभातफेरिपछी भएको कोणसभामा बोल्दै वक्ताहरुले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसकोरुपमा मनाउन उक्साउने केही मधेशवादी दलहरुप्रति कटाक्ष समेत गरे ।
‘जनताको हकअधिकार सुनिश्चित गर्नका लागि यही संविधान उत्कृष्ट भएको र संशोधन गरेर पनि थप परिमार्जन गर्न सकिने बाटोहरु खुल्ला छन्,’ उनले भने ।
संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा विदाका नाममा घरमा नै बस्ने कर्मचारीहरुप्रति नगरप्रमुख क्षेत्रीले असन्तुष्टि समेत व्यक्त गरे ।
संविधान दिवस मनाउन दिएको विदालाई दुरुपयोग गर्दै घरमा बसेर कार्यक्रममा सहभागी नहुनु दुखद् भएको उनको भनाइ छ ।
आन्दोलन र बलिदानबाट प्राप्त भएको संविधानको रक्षार्थ सबैजना एकजुट हुनुपर्ने उनको भनाइ छ ।
विशाल बस्नेत/ न्युज कारखाना ,३१ भदौ, महोत्तरी ।
पहाडको फेदिमा खयरले छाएका फुसका घरहरु छन । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्व र चिलहरु घुमिरहेका छन । पाखाहरुमा बाख्राहरु चरिरहेको छन । गोठालाहरु सुस्केरा हालेर स्थानिय गीत गाईरहेको सुनिन्छ । त्यस माथी चराचुरुङ्गीहरुको संगीतमय चिरविरले यहाँ पुगेपछी जो कोहीले छुट्टै आनन्द लिन सक्छन ।
प्राकृतिक छट्टाले अनेकौ तरहले सिंगारिएको यो मनमोहक दृश्य हो, महोत्तरीको उत्तरवर्ती क्षेत्र राई मन्डलको ।
बर्दिवास नगरपालिकाको समथर भु-भाग छाडेर झन्डै ७ किलोमीटर माथी उक्लेपछी राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भिम डाँडा र सोली घोप्टे नामक अजंग पहाडका दुई टाकुरालाई देखेपछि मधेशको समथर भु-भाग नियालिरहेको जस्तो महसुस हुन्छ ।
समुन्द्री सतहवाट झण्डै ३६२ फिट अग्ला यी पहाडहरु तराईका गहना हुन भने बर्दिवासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाईमा रहेका यी डाँडाहरु देख्दा जति मनोरम छन, त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन । स्थानियका अनुसार शान्ति र देवत्व प्राप्तिका लागी लामा र अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्या समेत गर्ने गरेका छन ।
प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाँडाहरु मधेशका पाकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानिय युवा विजय पोखरेल यी डाँडामा उक्लिएपछि भारतको सिमाना देखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने बताए । `यहाँका सम्भावनाका बिषयमा हामीले सरोकारवालाहरुलाई निक्कै झकझक्याएका छौ तर सुनुवाई हुन सकेको छैन,´ उनले भने, `महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार पनि पर्यटन नै हो ।´ बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि हाेटलसम्म ७० भन्दा बढी छन ।
निक्कै ठुलो लगानी गरेका होटलहरु दिन्हु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यस्को व्यवस्थापन गर्न नसक्दा पर्यटकहरुलाई एकदिन पनि नबस्ने गरेको गुनासो गर्छन । राइ मण्डलसम्म जाने गरी पर्यटकलाइ लैजान सके बर्दिबासकाे हाेटल ब्यावसाय उकासिने उनकाे तर्क छ ।
अझ राई मन्डलको वरपर मध्यपाषण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब ‘प्रि हिस्टोरिक कल्चर इन नेपाल’मा उल्लेख गरेपछि यस्को महत्व थप चुलिएको छ । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राईमन्डल अर्थात पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरेकी छिन् ।
मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १० हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।
पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् । कर्विन्स राइमन्डल आसपास र पाटुमा नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धान पछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन ।
राईमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यस्को फेदीमा थप खोजी गरि नविन पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु देखिएका छन ।
रौतहट,भदौ ३० गते ।
रौतहट प्रहरीले पटाका बरामद गरेको छ । बेवारिसे अवस्थामा राखिएको पटाका बरामतद गरेको हो ।
इलाका प्रहरी कार्यलय मौलापुरबाट खटिएका प्रहरी सहाय निरीक्षक प्रकाश चौहान नेतृत्वको टोलीले मौलापुर बसपार्कबाट बेवारिसे अवस्थामा पटाका बरामद गरेको हो । बोरामा लुकाइछिपाइ ल्याइ राखेको अवस्थामा पटाका ५० पाता (२० बंडल) नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक चौहानले जानकारी दिए ।
भारतबाट भन्सार छली गरेर बंकुल नाका हुँदै मौलापुरमा ल्याइ राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको हो । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाइएको र पटाका ल्याउने मानिसको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यलय मौलापुरले जानकारी दिएको हो ।
रौतहट, ३० गते भदौ ।
रौतहटको शिवनगरमा राष्ट्रिय बाल दिवसकै अवसरमा जिल्ला स्तरीय डोम समुदायका बालबालिका तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो।

शनिबार जिल्लाको गरुडा नगरपालिका-५,स्थित कृषि उपकेन्द्र शिवनगरमा आयोजित कार्यक्रममा बालबालिका लाई नियमित शिक्षा हासिल गर्न विद्यालय पठाउने अभिभावकलाई सम्मान गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । डोम समुदाय विकास केन्द्र रौतहटको अध्यक्ष विजय मलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माधव नारायण नगरपालिका -३ का वडा अध्यक्ष राजकुमार यादवले शिक्षामा अझैसम्म डोम समुदाय पछाडी रहेको बताए ।
अब डोम समुदायले पनि आफुलाई परिवर्तन गदै शिक्षा स्वास्थ्यमा जोड दिनुपर्ने धारणा राखे । डोम समुदायको पेसा सरसफाइ गर्ने जिम्मेवारी भएपनि उनीहरु आफ्नै बस्ने ठाँउको सरसफाइमा निकै पछाडी रहेको दुख व्यक्त गरे।

कार्यक्रममा वक्ताहरुले शिक्षामा डोम समुदायका बालबालिकाको पनि समान पहुँच होस लगायतका विषयमा आ-आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले नृत्य गायन लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरि सबै मन जितेको संस्थाको अध्यक्ष विजय मलिले बताए ।

आरके श्रीवास्तव,रौतहट,३० गते भदौ ।
रौतहटमा प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको चन्द्रपुर स्थित गौतम होटेलमा एक दिने छलफल कार्यक्रम आयोजन गरिएको थियो । युएसएआईडी नागरिक समाज तथा संचार कार्यक्रमको ‘प्रदेश आमसंचार नीति छलफल कार्यक्रम भएको हो ।

दि एसिया फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा सर्लाही र रौतहट जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । दुवै जिल्लाका सहभागी पत्रकारहरुले आ—आफनो तर्फ बाट महक्तवपूर्ण सुझावहरू समेत दिएका थिए । कार्यक्रममा यूवा,महिला र सीमान्तकृत समुदायलाइ पत्रकारितामा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रह्नु भएका प्रदेश सांसद कनिश पटेलले प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रमलाइ अझै व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उठेका सवालहरु, सुझावहरू सदनमा आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । उनले भने,सावैजनिक खरिद ऐन परिवर्तन गर्नु देखिएको बताए ।
सो ऐनले राष्ट्रिय स्तरको पत्रिकामा केही विज्ञापन गर्नुपर्ने तोकेको हुन्छ । त्यो परिवर्तन गर्नुपर्छ । त्यती गर्न सके मात्र स्थानिय स्तरका सञ्चारमाध्यमहरु लाइ संरक्षण गर्न सकिने बताउनु भयो । सो कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास,नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्ण,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सहित दुइ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
विशाल बस्नेत,२९ भदौ, महोत्तरी ।
माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको वेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ ।

जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएकाे बताएका छन ।
इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीकाे कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।
गत २९ भदौ कै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्याउने बताउदै आएको छ ।

यसै विचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज वनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।
तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्विकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रिय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।