राैतहट,माघ २१ गते ।
रौतहटको माध्यमिक विद्यालय माधोपुरमा आजदेखी खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुर स्थित रहेको माध्यमिक विद्यालयमा आइतवारदेखी विद्यालयस्तरी सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु भएको हो । विद्यालय परिसरमा आइतवार आयोजित एक कार्यक्रमका बीच माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा फहराएर उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् ।

आजदेखी शुरु भएको प्रतियोगिता एकसाता सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विद्यार्थीहरुलाई क्रिकेट, फुटवल, कबडी कबडी, दौड लगाएतका खेलहरु खेलाइने बताइएको छ । प्रतियोगितामा विद्यालयका ४ सय छात्र छात्राहरु भाग लिने छन् । प्रतियोगितामा उत्कृष्ट हुने तिन जना विद्यार्थीहरुलाई शिल्ड, मेडल, कप सहित सम्मानित गर्ने कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ । प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीलाई सम्मान गरिने बताइएको छ ।

बालबालिकालाई खेलप्रति अभिरुची बढाउने तथा खेलप्रति उनिहरुलाई आकर्षित गर्ने उद्देश्यले पहिलोपटक विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको सो विद्यालयका प्रधानाध्यापक राम सिहांसन यादवले बताएका छन् । देशको विकासमा खेलकुद वा खेलाडीले समेत महत्वपूर्ण योग्दान पुरयाउने भएकोले खेलकुदको विकास हुने उद्देश्यले पनि विद्यालयको आयोजनामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी रमन, वडा नं ६ माधोपुरका वडा अध्यक्ष राम नरेश राय यादव, माधोपुरका पूर्व वडा अध्यक्ष राजिव कुमार यादव, नेकपा एमालेका नेता भाग्यनारायण महतो, कार्यपालिका सदस्य जयप्रकाश पंडित लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
ओम प्रकाश यादव माघ २१ गते, रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले राष्ट्रिय परिचयपत्रका लागि जिल्लाको प्रत्येक वडाहरुमा घुम्ति विवरण दर्ता टोली खटाउन लागेको छ । जिल्लाको राजदेवी र इशनाथ नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र घुम्ति विवरण दर्ता टोलीको शुरुवात गरिएको र केहि दिन भित्रमा प्रत्येक स्थानीय तहको वडाहरुमा यो टोली परिचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख छ ।

अहिलेसम्म जिल्ला प्रशासन कार्यालय गौर र १८ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको छ । तर अब प्रत्येक वडाहरुमा घुम्ति टोली खटाएर वडाहरुबाट नै राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ । पालिकाहरुबाट राष्ट्रिय परिचयपत्र वितरण गर्दा धेरै नागरिक पालिकामा जान नसकेका कारण अझै धेरै व्यक्तिले राष्ट्रिय परिचयपत्र लिन सकेका छैनन् ।
वडा नजिक पर्ने भएको हुँदा वडामै यो सेवा विस्तार गर्दा राष्ट्रिय परिचयपत्र लिनबाट कोहि बञ्चित नहुने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहटले प्रत्येक वडामा घुम्ति टोली खटाउन लागेको सुचनामा उल्लेख छ । वडा वडामा घुम्ति टोली परिचालन भएपछि राष्ट्रिय परिचयपत्र बनाउन आम नागरिकलाई सहज हुने र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको संख्यामा वृद्धि हुने जिल्ला प्रशासन कार्यालयको विश्वास छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले नागरिकता प्राप्त सबै नेपाली नागरिकलाइ राष्ट्रिय परिचयपत्र अनिवार्य लिन आग्रह गरेको छ । सरकारका विभिन्न सेवा सुविधा लिन नागरिकता जस्तै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिन लागेकोले सबै नागरिकलाइ पालिका कार्यालय वा वडामा खटिने टोलीमा गएर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासनले आह्वान गरेको छ ।
नेपाल सरकारको बैंक तथा वित्तीय संस्थामा खाता खोल्न तथा ऋण लिन, चल अचल सम्पती खरिद विक्री गर्न, पेन्सन बुझन, सामाजिक सुरक्षा भत्ता लिन, राहत दिन, शेयर खरिद विक्री गर्न, मतदान गर्न, राहदानी लिन, लोक सेवा आयोगको फाराम भर्न, विद्युत, पानी र टेलिकमको सेवा लिन लगाएतका सरकारी तथा निजी क्षेत्रको सेवा सुविधा लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मणिभुषण शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ ।
सरकारबाट विभिन्न सेवा सुविधा लिनका लागि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त सबै नागरिकले आ–आफना वडाहरुमा सञ्चालन हुन गइरहेको घुम्ति विवरण दर्ता टोलीमा गई समयमै राष्ट्रिय परिचयपत्र दर्ता गराउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताएका छन् ।
रौतहट,२१ गते माघ ।
रौतहट–कुनै बेला गरिब तथा विपन्नको आर्थिक अवस्था सुधार गर्ने लघुवित्त संस्थाहरु प्रति अहिले सर्वसाधारण उनीहरुकै विरुद्ध लागि परेका छन् । लघुवित्त संस्थाहरुले गाउँ घरमा बनाएको समुह आखिर किन उसकै विरुद्ध लागि परेका छन् त? यो विषयलाइ गम्भिरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ ।
ऋण तिर्ने कुनै उपाय नभएपछि लघुवित्त संस्थाहरु विरुद्ध आन्दोलनमा जान आफूहरु बाध्य भएको सर्वसाधारणहरुको भनाइ छ । किस्ता रकम तिर्न बैंकका कर्मचारीहरु घरमै पुुगेर मानसिक तनाब दिने गरेको उनीहरु आरोप लगाउँछन् ।
तर लघुवित्त संस्थाहरुका कर्मचारीको पनि आफनै बाध्यता छ । संस्थाले प्रवाह गरेको ऋण उठाउन जानुपर्ने बाध्यता छ । आक्रोशितले कहिले के–के गरेका थिए? गत माघ ९ गते मंगलबारका दिन दिउँसो ३ बजेको समयमा मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति, रौतहट नाम गरिएको केही ब्यक्तिहरुको समुहले रौतहटको कटहरिया बजारमा रहेको लघुविक्त विक्तिय संस्थाहरुको शाखामा प्रवेश गरी ब्यानर, सुचनापाटी च्यात्ने तथा ताल्चा लगाउने कार्य गरेका थिए । के भन्छन् संस्थाका कर्मचारी? आफूहरुलाइ संस्थाले प्रवाह गरेको ऋण उठाउन जानुपर्ने बाध्यता छ ।
हामीलाइ जानैपर्ने हुन्छ । झुण्डमा मान्छेहरुको हुल आएर आफूहरु गाली,बेइज्जती गर्नुु गलत हो । धन्न आफूहरुले आक्रोशित मान्छेहरुको भिड आउनुु अगाडी कर्यालयमा ताला लगाएका थिए । यदि सो ताला नलगाएको भए कार्यालयमा अन्य क्षती पनि हुन सक्थ्यो । अन्य क्षती हुन बाट जोगियौं । के भन्छन् जनप्रतिनिधी? घटना घटेको ठाउँ रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता भन्छन्,‘लघुविक्त विक्तिय संस्थाहरु प्रति यसरी अराजक तरिकाले प्रस्तुुत हुनु गलत हो । आफनो मांग सैद्धान्तिक तरिकाले माग्नु पर्दछ ।
नकी कार्यालयमा गएर होहल्ला गर्ने,ताल्चा लगाइ दिने,गाली बेइज्जती गर्ने यी कार्यहरु गर्नुु गलत हो । सैद्धान्तिक तरिकाले माग अगाडी सारछन् भने हामी पनि त्यसमा साथ दिन्छौं । हो वास्तवमा लघुविक्त विक्तिय संस्था बाट ऋण लिएकाहरु ऋण तिर्न नसकेर समस्यामा छन् । अहिले आर्थिक मन्दीमा मान्छे सँग ऋण र्तिन पैसा छैन् । यो सब समस्या छ । तर यो समस्याको उचित बाटो खोज्नुु पर्छ । अराजक हुनु यसको उचित समाधान होइन् ।
यता स्थानिय इलाका प्रहरी कार्यालय कटहरियाका बरिष्ठ सइ अरुण कुमार सिंह भन्छन् हामी कु्नै पनि हालतमा लघुविक्त विक्तिय संस्थाहरु बन्द हुन दिदैनौं । यसको सुरक्षा गर्नु हाम्रो दायित्व हो । आक्रोशित तरिकाले पेश हुनुभन्दा शान्तिपूर्ण तरिकाले समस्या समाधानको बाटो खोज्नुु पर्दछ ।
अहिले चाँही कटहरियामा रहेको लघुविक्त विक्तिय संस्थाको अवस्था समान्य छ । ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले माघ १० गतेका दिन साँझ ७ बजे प्रहरीको रोहबरमा वित्तीय संस्थाहरुमा लगाएको ताल्चा खोलि दिएको थियो । तत्पश्चात् कामकाज नियमित रुपमा भइरहेको लघुविक्त विक्तिय संस्थाहरुले जनाएका छन् ।
हामी दैनिक रुपमा किस्ता उठाउने काम देखि लिएर आफिसको दैनिकि कामकाज गरि नै रहेको कर्मचारीहरुले बताएका छन् । यता राष्ट्रिय स्तरमा राम्रो छबि भएको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटहरीया वित्तीय संस्थाको मानमर्दन हुने गरी सामाजिक संजालमा गलत तरिकाबाट एकपक्षिय रुपमा समाचार संप्रेशन गरी ग्राहक सदस्यको बचत फिर्ता नदिएको भन्दै सामाजिक सञ्जाल मार्फत स्थापित भई सकेको छबिमा असर पुग्ने गरी गरेको कार्यको घोर भत्सर्ना गरेको छ ।
कुनै आधार प्रमाण बिना गलत अफवाह तथा भ्रम फैलाएको र बैंकिङ्क क्षेत्रको अत्यावश्यक बितीय सेवामा समेत असर पुग्ने गरी संप्रेशन भएको गलत लेख्ने विरुद्ध आवश्यक कारवाहीका लागि सम्बद्ध पक्षहरुसँग जोडदार माग समेत गरेको छ ।
काठमाडौं, माघ २१ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ । शुक्रबार यसको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७२ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ९७ पैसाले बढेको हो। शुक्रबार युरोको खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ आइतबार भने १ रुपैयाँ ०६ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०८ पैसा तोकिएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ तथा बिक्री दर १० रूपैयाँ ०४ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युजकारखाना
महोत्तरी, २१ माघ ।
महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ ।
जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो ।
होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए ।
अझ मौलिक खानाको माध्यमवाट जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए । उनका अनुसार बर्दिवासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाईमा ५० भन्दा बढी स्टल राखिने र स्थानिय र राष्ट्रिय कलाकारहरुको माध्यमवाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ ।
नि:शुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनको लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । वाँकी लागत स्टल र अन्य माध्यमवाट संकलन गरिने अध्यक्ष कार्कीले बताए ।
संस्कृती , पर्यटन तथा पर्वद्वन समिती बर्दिवासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भुमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरुमा अधिकतम २० देखि ४० प्रतिशतसम्म छुट हुने आयोजक पक्षले जानकारी दिएको छ ।न्युजकारखाना
काठमाडौं, २१ माघ ।
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।
भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।न्युजकारखाना
काठमाडौं, २१ माघ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना
सिरहा, २० माघ ।
लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद र २५ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ३९ हजार नगद समेत बरामद गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। न्युजकारखाना
विराटनगर, २० माघ ।
मोरङका दुई भिन्नाभिन्नै स्थानमा सडक हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो मोरङको रंगेली नगरपालिका रंगेली–३ रन्जनीस्थित आनन्द इँटा भट्टाभित्र को १ त ८५७८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको हो।
दिउँसो करिब साढे ३ बजेतिर इँटा भट्टाभित्रै माटो ओसारपसार गर्ने क्रममा इँटा भट्टामा काम गर्ने कामदार भारतको कुचबिहार बंगालका ५५ वर्षीय बिसन्दु मियाँलाई ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। दुर्घटनापछि फरार रहेका ट्रयाक्टर चालक रंगेली–३ रन्जनीका २१ वर्षीय विवश मुर्मुलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ। मियाँको शव भने पोस्टमार्टमका लागि रंगेलीस्थित रंगेली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको लेटाङ नगरपालिकामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ। माघ १४ गते दिउँसो २:५० बजे लेटाङ–२ स्थित भित्री सडकखण्डमा लेटाङबाट बुधबारेतर्फ जाँदै गरेको को २७ प ३७६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।
जसमा मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राई घाइते भएका थिए। घाइते उनको विराटनगरस्थित विराटनगर नर्सिङ होममा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। न्युजकारखाना
सुनसरी, २० माघ ।
सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ। हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ।
भोक्राहा नर्सिङ गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।न्युजकारखाना