काठमाडौँ, २४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा बुधबार छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तर प्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कार्यको कारण पहिचान गरी उपयुक्त निकास दिने विषयमा छलफल भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा विसं २०८० असार १६ गते राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक बसेको थियो । त्यस बैठकमा पनि सङ्घीयता कार्यान्वनलाई प्रभावकारी तुल्याउने विषयमा छलफल भएको थियो ।

बैठकमा कार्यविस्तृतिकरणलाई सरल, स्पष्ट र कार्यजिम्मेवारी नदोहोरिने गरी पारिमार्जन गरी अन्तिमरुप दिने र त्यसलाई कार्यान्वयनमा लैजाने गरी बैठकमा छलफल भएको छ । बैठकमा प्रदेश तथा स्थानीय तहको लागि मार्गदर्शक मानिने सङ्घीय निजामती सेवा ऐन जारी गर्न नसक्नुका कारण एवं संविधानको अनुसूची ७ र ९ बमोजिम साझा अधिकार सूचीको कार्यान्वयन गर्न आवश्यक ऐन, नियम र मापदण्डका विषयमा विचारविमर्श भएको छ ।

प्रदेश तथा स्थानीय तहमा कार्यरत जनशक्तिलाई व्यवस्थित गर्न नसकिएको सन्दर्भलाई कसरी व्यस्थित गर्न सकिन्छ भन्ने विषयलाई गम्भीररूमा लिएको छ । तीन तहका सरकारका भूमिकामा देखिएको अस्पष्टतालाई निराकरण गर्नुपर्ने देखिएको छ ।
तीन तहका सरकारले आआफ्नो तवरले निर्णय गर्दै जाँदा निर्णय र प्रतिवेदनमा एकरुपता नहुनका साथै तीन तहका संरचनामा नियन्त्रण र सन्तुलन गर्नका लागि संरचना निर्माण गर्ने विषयलाई ध्यान दिनुपर्ने देखिएको छ । जहाँबाट एक सरकार र अर्को सरकारका बीचमा आउन सक्ने द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
स्थानीय सरकारले एकल अधिकारसम्बन्धी ऐन बनाउन सक्ने भए पनि सात सय ५३ स्थानीय तहले अलगअलग ऐन बनाउँदा आइपर्ने समस्याका बारेमा पनि गम्भीर छलफल गरेर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीय तह प्रतिपक्षरहित हुने भएकाले सन्तुलन कायम गर्ने तथा सबै स्थानीय तहको कानुन बनाउन उनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने विषयमा छलफल भएको छ । निर्वाचनलाई मितव्ययी बनाउन चाल्नुपर्ने कमदका बारेमा पनि बैठकमा छलफल भएको थियो । न्युजकारखाना
रौतहट २४ माघ।
रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार तिवारीको अहिले वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको छ। सूर्या अस्पताल वीरगञ्जका प्रमुख डाक्टर सरोज कुमार सिंहले पत्रकार तिवारीको छातीलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र भर्ना गरेर उपचार भईरहेको बताए ।
पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले प्रति ट्रली २० देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको बताउँदै आएका बारा र सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि मंगलवार किसानहरू मिल प्रशासनविरुद्ध नारा लगाउँदै आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको किसानहरूले आन्दोलन सुरुगरेको उखु उत्पादक किसान संघ रौतहटका उपाध्यक्ष प्रमोद यादव बच्चा बाबुले बताएका छन्।
मंगलबार आन्दोलन गरिरहेका केही किसानलाई समेत मिल सञ्चालकका बाउन्सरहरुले कुटपिट गरेको उपाध्यक्ष बच्चा बाबुले बताए। किसानहरूले उखु काटा गर्ने ठाउँमा बिहानैदेखि नारा जुलुस गरेपछि मंगलबार दिउँसो समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश मिल सञ्चालक ओम प्रकाश जैसवालका छोरा हुन् । उनकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। तिवारीका अनुसार मेयरले इसारा गरेलगत्तै उनका भाइ पिन्टु भन्ने अभयप्रकाश जैसवालले आफूमाथि सबभन्दा पहिले आक्रमण गरेका थिए । जैसवालले हात छोडेलगतै उनको दर्जनौं बाउनसरले पत्रकार तिवारीलाई भुइँमा बजारेर मुड्की, लाती, लठी र उँखुले प्रहार सुरु गरेका थिए। सोही समय त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय कटहरियाको टोलीले जसोतसो पत्रकार तिवारीलाई बचाएका थिए। घटनास्थल पुगेका वरिष्ट सई अरुण सिंहका अनुसार यदी प्रहरी त्यहाँ मात्र १० मिनेट ढिलो पुगेको तिवारीकाे ज्यान जे पनि हुन सक्थ्याे ।
पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकका बाउन्सरहरुले लुटपाट गरेको बताइएको छ। मिलकै बाउनसरले एकजना अर्का पत्रकार धीरज यादवलाई समेत कुटपिट गरेका छन्। किसानको पीडाबारे भिडियो रेकर्ड गर्ने क्रममा पहिले यादव र लगत्तै तिवारीमाथि एकैपटक दर्जनौं मानिसले आक्रमण गरेको सई अरुण कुमार सिंहले जानकारी दिएका छन्।
मंगलवार घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको टोलीसँगै उखु उत्पादक किसान संघ रौतहटका पदाधिकारी बाबा बैजुनाथ सुगर मिलको स्थलगत निरीक्षणमा गएको थियो। टोलीले उखुको तौल घटाएकोबारे जाँच बुझ गर्नु अघि नै मिलले राखेको केही ठेकदारहरुले तौल गर्ने काँटा ठीक भयो भनेर होहल्ला गरिरहेको थिए। सो पछि त्यही काँटामा पहिले तौल भईसकेको तीनवटा टयाक्टरको उखुको पुनः तौल गर्दा डिएसपी खनालको रोहवरमा प्रति ट्रली १६,१४,१२ क्विन्टल घटी देखिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताएका छन्।
उखुको तौल घटेको बारेमा डिएसपी खनालको उपस्थितिमा मिलका निर्देशक बैजु बाबरासँग कुरा गर्दा गैरजिम्मेवारी तरिकाले जथाभावी कुरा गर्दै थर्काउने व्यवहार गरेको अध्यक्ष यादवले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी खनालले घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन।यसैबिच घटनामा संलग्न मिल्स सञ्चालक संगै दोषीमाथि कडा कारबाहीको गर्न चौतर्फी दबाब उठ्न थालेको छ।
आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।
साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
न्युजकारखाना
काठमाडौं, २४ माघ ।
नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।
त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको बताएका छन् । ‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नु पर्ने छ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने छ’,उनले भने, ‘काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ, उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्नेछ ।’

मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । उक्त प्रसारण लाइनलाई २०७९को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०÷१३२ केभी सबस्टेसन निर्माणाधीन छ ।
त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मस्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारणलाइनलाई बाडभञ्ज्याङमा एक आवसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले मस्र्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने बताए ।
उपकार्यकारी निर्देशक प्रधानले मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइामार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने बताए । प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको कार्यकारी निर्देशक प्रधानले उल्लेख गरे ।
मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । दुईवटा सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् ।
‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने ।
यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए ।
अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गरेका हुन् । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए ।
देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । न्युजकारखाना
काठमाडौं, २४ माघ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् ।
देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।
न्युजकारखाना
काठमाडौं, २४ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।
साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।
न्युजकारखाना
विराटनगर, २४ माघ ।
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।
ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना
बारा, २४ माघ ।
प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो।
उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए ।
संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ छ । न्युजकारखाना