२०८३ श्रावण २८
२०८३ श्रावण २८

 

काठमाडौं, २७ चैत ।

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।

 

दुई दिनसम्म चलेको बार्तामा पनि सहमति हुन नसके पछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो ।

 

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार र सोमवार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

 

पहिलो र दोस्रो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

 

मँजय राम,कटहरिया,चैत २७ गते

रौतहटमा महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम सम्पन्न भएको छ । जिल्लाको गौर नगरपालिकामा महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम सोमबार गौरमा अवस्थित सुष्मा पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको हो । माण्डवी संस्थाको आयोजानामा तथा आइएफइएसको प्राविधिक सहयोगमा संचालित शी लिडस् परियोजना अन्तर्गत गौर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको हो ।

माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ । तालिममा १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुले सहभागिता रहेको थियो ।

सो प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थानशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।

कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडा वस्तिको विकास गर्ने सहभागिहरुले जानकारी गराए । प्रशिक्षण कार्यक्रम चैत्र २४ गते देखि २७ गते सम्म चलेको थियो । सो प्रशिक्षण कार्यक्रममा सहभागीहरुको उत्साहजनक उपस्थिती रहेको प्रशीक्षकद्वय पुनम ठाकुर तथा सँजय कुमार यादवले जानकारी गराए । सो प्रशिक्षण कार्यक्रममा माणंडवीका सुरेन्द्र राय यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,चैत २७ गते
रौतहटमा एमाले मिसन ग्रास रूट अभियान अन्तर्गत धमाधम वडा कमिटि गठन भइरहेको छ । सोमबार मौलापुर नगरपालिकाको वडा नम्बर ९ सोनरनियामा वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले पार्टी बाट निर्वाचित वडा नम्बर ९ का वडा अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा मधेस प्रदेश कमिटी सदस्य गौरीशंकर जयसवाल तथा मधेस प्रदेश कमिटि सदस्य टेकनाथ पौडेलको आतिथ्यता एवम् मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र प्रसाद यादवको उपास्थितीमा वडा कमिटी गठन गरिएको हो ।
सो कार्यक्रमबाट देवनाथ तिवारीको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा जगरनाथ साह कलवार, बिरेन्द्र महतो , सचिवमा टेकनारायण साह, उप सचिवमा आशा देवी, राजेन्द्र साह कलवार चयन भएका छन् । यस्तै सदस्यहरुमा शोभा देवी तेजा साह कानु लगायत १९ सदस्यीय समिति गठन भएको जिल्ला कमिटी सदस्य अनन्त पौडेलले जानकारी दिनु भएको हो ।
नवनिर्वाचित अध्यक्ष देवनाथ तिवारीले मुलुकको विकास र समृद्धिका लागि नेकपा एमाले वाहेक अरु कुनै बिकल्प नभएको दावि गरे । उनले पार्टीले दिएको जिम्मेवारी मन, बचन र कर्मले इमान्दारीका साथ पुरा गर्दै आगामी दिनहरुमा अझै सशक्त ढंगले पार्टी पंक्ती सँगसंगै सक्रिय भएर अगाडी बढ्ने बताउनु भयो ।

 

 

आरके श्रीवास्तव,गरुडा, चैत २७ गते ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जारी रहेको कटहरिया प्रिमियर लिगमा गरुडाले कब्जा जमाएको छ । आज गरुडा र कटहरिया बिचको फाईनल खेलमा गरुडा टिम बिजयी भएको छ । बौद्धीमाइ क्रिकेट कल्ब कटहरियामा चैत ११ गते देखि सुरु भएको कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्ट २०७९ को फाईनल खेल खेलिएको थियो । सोमबार भएको फाईनल खेलमा कटहरियाको हार व्यहोरेको छ । कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टको सबै खेलमा कटहरिया टिमले जित हात पारदै आएको थियो तर आज भएको फाईनलमा गरुडा सँग पराजित हुन पुगेको छ । गरुडाको टिमले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ बिकेट गुमाई १ सय ६८ रनको योगफल तयार पार्न सफल भएको थियो । जवाफी ब्याटिंगमा उत्रेको कटहरिया टिमले १९ ओभरमा ९९ रन बनाई अल आउट भइ पराजित भएको हो । सो खेलका विजेतालाई आम जनता पार्टीका अध्यक्ष एवम्् सांसद प्रभु साहले विजेता टिमलाइ नगद,कप र प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । उप–विजेता रहेका कटहरिया टिमलाई पूर्व प्रदेश संसद कुन्दन कुशवाहाले रनर कप हस्तान्तरण गर्नु भयो । विजेता टिमलाइ ३१ हजार नगद प्रदान गरिएको थियो भने उप विजेता टिमलाइ २१ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको हो । सो अवसरमा मौलापुर नपाकी मेयर रिना कुमारी साह,कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

 

काठमाडौं, २७ चैत

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले  सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।

 

सुर्खेत, २७ चैत

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।

‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीब्र गतिमा देशको विकास गर्छौं भनेका थियौं,´ उपप्रधानमन्त्री खड्काले भने, `चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।’

उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए ।

उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए । उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए ।

सरकारले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए ।

उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकनसको गतिलाई तीब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।

 

काठमाडौं, २७ चैत

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारा–२ बाट नेकपा एमालेका मधेश प्रदेश प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको माओवादी, कांग्रेस, लोसपा र एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली प्रतिस्पर्धीका रुपमा छन् ।

हेभिवेटको प्रतिष्ठासँगै जोडिएको कारणसर्वाधिक चासोको रुपमा हेरिएको बारा– २मा उम्मेदवारी दिएका एमालेका पौडेलले २०४३ मा भएको जनपक्षीय प्रधानपञ्चको निर्वाचनमा २० वर्षको उमेरमा पहिलोपटक तत्कालीन बाराको निजगढ गाँबिसबाट चुनाबमा जित हासिल गरेका थिए ।

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पौडेल २०५१ मा तत्कालीन बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तर, त्यसयता भएको २०५६ निर्वाचन र २०६४ को पहिलो संविधानसभासम्मको चुनाबमा पराजय भएका पौडेलले पराजयको यो क्रमलाई ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तोडे । पौडेल ०७० मा तत्कालीन बारा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भई पराजय यो क्रमको अन्त गरे । त्यसयता पौडेलले संसदीय चुनावमा मात्र होइन, पार्टीभित्रका चुनावमा पनि अहिलेसम्म पराजय व्यहोर्नुपरेको छैन । २०७० मा निर्वाचित भएका पौडेल युवा तथा खेलकुद मन्त्री समेत भए ।

उनै पूर्वमन्त्री पौडेलसँग न्युज कारखानाकर्मी इन्दीप कोइरालाले गरेको कुराकानीको सम्पादित अंश :

 

१० वैशाखको चुनाव संघारमा छ । कस्तो तयारी छ यसपटक ?

मेरो चुनावी क्षेत्र बाराको सबैभन्दा विकट क्षेत्र हो । कोहल्वी नगरपालिका–८, पचारौता र महागढीमाई गरी ३ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाईजस्ता विकट गाउँपालिका मेरो क्षेत्रमा पर्छन् । सबै ठाउँमा पुगेको छु । मतदातासँग भेटघाटमै व्यस्त छु । पहिले अहिले र जहिले पनि म यस क्षेत्र र बारामै हुन्छु । मतदाताहरूसँग भेटघाटको कार्यक्रममा छु ।

म अरूजस्तो पाँच वर्षमा एकपटक चुनावकै बेला मात्र आफ्नो क्षेत्र पुग्नेभित्र पर्दिनँ । म आफैँ मेरो क्षेत्रका विभिन्न ठाउँमा पुगिरहेको हुन्छु । म पुग्न नसक्दा मेरा प्रतिनिधिहरू परिचालन गर्छु । कहाँ के समस्या छ ? कसलाई के सहयोग गर्नुपर्नेछ ? म बुझिरहेको हुन्छु । मेरो जिम्मेवारी मैले बुझेको छु । म जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेको हो । मैले राजनीतिलाई पेसा बनाएको छैन । त्यसकारण म सधैँ नागरिककै माझमा छु ।

 

यही क्षेत्रमा पहिलेपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?

 

म ०५१ सालको निर्वाचनमा यस क्षेत्रको केही भूभाग रहेको तत्कालीन बारा ३ थियो जुनबोलामा म निर्वाचित भएको थिएँ हाल सो भुभाग बारा क्षेत्र नम्बर २ मा पर्छ । ०७० पछि म चुनाबमा भाग लिएको थिईन तर, पार्टीले मेरो आवश्यकता फेरि पनि यसै क्षेत्रमा महसुस गरेकाले प्रतिनिधिसभाको उपनिर्वाचनमा यस क्षेत्रबाट उमोदवारी दिएको हुँ । प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छु । यसअघि मलाई मतदाताहरूले दिनुभएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको थिएँ । अहिले फेरि त्यही जिम्मेवारी मलाई छ । मैले हिजोको दिनमा जस्तै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक परिवर्तनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउनेछु ।

हो, हामीले व्यवस्था त परिवर्तन गर्यौ तर जनताको अवस्था परिवर्तन गर्न भने सकेनौँ । उनीहरूको मुख्य गुनासो भनेकै अवस्था परिवर्तनसँग जोडिएको छ । एमालेले यस क्षेत्रको विकासमा कुनै कसर बार्की राखेको छैन । त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छ । आगामी दिनमा समेत जनतामा आशा र भरोसा जगाउन हामीले धेरै काम गर्न बाँकी छ ।

 

विगतका सम्झनालायक के–के काम गर्नुभयो?

 

पछिल्लो समय सरकारमा हामी आफैँ सहभागी भएपछि भने हामीले यस क्षेत्रको लागि धेरै गर्न सकेको जस्तो लाग्छ । मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट ल्याउन सकेको छु । प्रतिनिधिसभा सदस्य नहुदाँ समेत बाराका बिभिन्न नगरपालिका र गाउँपालिकामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षामा बजेट ल्याएका छौँ ।

यस क्षेत्रका विकट स्थानमा बसोबास गर्ने सर्वसाधारणका लागि प्रत्येक वर्ष जाडोमा न्यानो कपडा, चाडपर्वको समयमा खाद्यान्न, बाढीपहिरोजस्ता प्राकृतिक र रोगब्याधीका समयमा आवश्यकताका आधारमा आर्थिक सहयोग, बेरोजगार युवालाई रोजगारीको व्यवस्था आफ्नै निजी लगानी र पहलमा पनि गरेको छु ।

 

आगामी दिनमा तपाईंका प्राथमिकता के–के छन् ? तपाईं यस क्षेत्रको बलियो दाबेदार पनि हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य बन्नुभयो भने तपाईंको भूमिका कस्तो हुन्छ ?

मैले अघि पनि भनेँ, म राजनीतिलाई पेसा बनाएर आएको हैन । म राजनीतिमा रहुन्जेल जे गर्छु, त्यो जनपक्षीय हुन्छ । जनताको भावना र आवश्यकता अनुसार गर्छु । त्यसकारण मेरो प्राथमिकता भन्दा पनि मेरो चुनावी क्षेत्रका जनताको प्राथमिकतामा मैले काम गर्ने हो । मैले जनतालाई सर्वोपरि मानेर काम गर्दै जाने हो । पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु र गर्छु । यो मेरो प्रतिबद्धता हो ।

मेरो क्षेत्रमा बसोबास गर्ने मतदाताहरुको आर्थिक अवस्था कमजोर छ । सामाजिक चेतनाको कमी छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नुपर्ने छ । मैले अवसर पाए भने प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कुरामा दुईमत छैन । मलाई आम मतदाताले त्यसको लागि विश्वास र भरोसा गर्नुपर्यो ।

प्रतिनिधिसभाको जिम्मेवारी पाउँदा विकासलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु । गरिब केन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी काममा अघि बढाउने छु । सरकारले गरिब छोराछोरीलाई निःशुल्क शिक्षा दिने र सबै गरिब तथा विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गने नीतिका निम्ती काम गर्ने छु ।

 

यहाँका अरू प्राथमिकता के–के छन् ?

 

बारा क्षेत्र नम्बर–२ मा संभावना नै संभावना छन् । यद्यपि, विकासको दृष्टिले पछाडि परेको छ । यो क्षेत्रको विकासको लागि एमाले नै चाहिन्छ भन्ने यहाँका जनताको आशा र भरोसा छ । विश्वप्रसिद्ध महागढीमाईको मन्दिर यही क्षेत्रमा छ । यो मन्दिर क्षेत्रको विकास गरेर यो समग्र क्षेत्रकै विकास गर्न सकिन्छ । महागगढीमाई मन्दिरमा जाने सडक र अन्य क्षेत्रको पूर्वाधार निर्माणको विकास मेरो प्राथमिकता हो ।

अहिले हेर्ने हो भने यहाँ शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी सबैको समस्या देखिएको छ । अहिले पनि आर्सेनिक भएको ट्युवेलको पानी खान बाध्य छन् यो क्षेत्रका जनता । उत्पादन वृद्धिलगायतका विषयमा पनि कुनै योजना बनेको देखिदैँन । किसानलाई सहुलिय र मजदुरलाई अवसरको खाँचो छ । यहाँ अहिलेसम्म भएको भनेको क्षेत्रीय र जातीय विभाजनको कुराले मात्रै बढी प्राथमिकता पाएको छ । यो सकारात्मक कुरा होइन । अब यहाँको जनताको मुहारमा खुशी ल्याउन, यहाँका मजदुरलाई अवसर दिन, किसानलाई सहुलियत दिन गफ होइन काम गर्नुपर्ने छ । त्यो एमालेले मात्रै गर्नसक्छ । यो विश्वास यहाँका जनताले पनि गरेका छन् ।

मैले त्यस क्षेत्रको पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि काम गरेको थिएँ । त्यही भएर मैले क्षेत्र परिवर्तन गरेर गठबन्धनको विरुद्धमा एक्लो चुनावी प्रतिस्पर्धामा रहँदा पनि जित्न सफल हुन्छु भन्ने विश्वस्त छु । अघिल्लोपटक मलाई मतदाताले माया गर्नुभयो । मलाई अहिले पनि मतदाताबाट त्यही माया पाउँछु भन्ने विश्वास छ ।

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।