काठमाडौं, २८ चैत
सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् ।
सरकारले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।
काठमाडौं, २८ चैत
स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका- १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
धनगढी, २९ चैत
नवलपरासीको फोर ब्रदर्श एफसी कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो ।
गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले १ गोल गरे । खेल सुरु भएको ५ मिनेटमै हरि कठायतको गोल मार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो । २० औँ मिनेटमा कप्तान विनोद केवटले १ गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो ।
पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले १ गोल फर्काए । त्यसको १५ मिनेटपछि खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–० को अग्रतामा सकियो । दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप १ गोलको योगदान दिँदै सहज जित दिलाए । उनी म्यान अफ दी म्याच पनि चुनिए ।
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।
काठमाडौं, २७ चैत ।
धेरैजसो महिलाहरु रातमा ब्रा खोलेर सुत्छन किनभने ब्राका कारण स्तनमा समस्या नहोस र सुत्नलाई सहज होस । यो एकदम राम्रो काम हो ।
तर प्यान्टी लगाए सुत्नु चाँही ठीक हो त ? के तपाईंले यो बारेमा कहिल्यै सोच्नुभएको छ ? आज यस लेखमा हामी यस बारे कुरा गर्नेछौं। आखिर प्यान्टी लगाउनाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, त्यसैले ढिलो नगरी डा. प्रियका दासले दिएको सुझावलाई मनन गर्नुहोस ।
१. राती प्यान्टी लगाएर सुत्दा यौनाङ्गमा चिलाउने समस्या हुन्छ । यदि तपाइँ राति आफ्नो प्यान्टी बाहिर निकालेर सुत्नुहुन्छ भने, दाग, छाला र जलनको समस्या छैन।
२. विशेषगरी गर्मीमा प्यान्टी फुकालेर लगाउनु पर्छ किनभने पसिनाको कारण यौनाङ्गबाट दुर्गन्ध आउन थाल्छ । त्यसैले यदि तपाईं यसलाई राती बाहिर निकालेर सुत्नुहुन्छ भने यो तपाईंको स्वास्थ्यको लागि राम्रो हुन्छ।
३. धेरै टाइट प्यान्टी लगाएर सुत्दा यौनाङ्गमा संक्रमण हुने खतरा हुन्छ । यससँगै चोटपटक पनि लाग्ने गरेको छ । त्यसैले यसरी सुत्नु हुँदैन ।
४. राति प्यान्टी लगाएर नसुत्दा धेरै आराम हुन्छ। शरीरमा आराम महसुस हुन्छ। योनीबाट गन्ध पनि आउँदैन।
त्यसैले अबदेखि राती अन्डरवियर लगाएर नसुत्नुहोस्।
यो सुझाव स्विकार गर्न पर्छ भन्नेमा डा. दास मान्दिनन तर उनी यो चाँही भन्छिन, राती भने खुल्ला भएर सुत्नुहोस । त्यसले तपाईमा बेग्लै स्फुर्ती दिलाउँछ ।
काठमाडौं चैत २८ गते ।
हिन्दू पात्रो अनुसार केही दिनमा नै नयाँ बर्ष अर्थात वैशाख महिना सुरू हुदैछ । यसै महिनामा रामको अवतारमा भगवान विष्णुको जन्म भएको जनविश्वास छ ।
ज्योतिषीहरुका अनुसार स्कन्द पुराणमा यो महिना निकै पवित्र र फलदायी मानिएको छ । यस महिनामा अक्षय तृतीया, बरुथिनी र मोहिनी एकादशी, प्रदोष व्रत, मासिक शिवरात्रि, वैशाख अमावस्या र वैशाख पूर्णिमा जस्ता धेरै व्रत र पर्वहरू पनि छन्।
आउनुहोस् जानौं यो महिना कहिले सुरु हुँदैछ र यस महिनामा के–कस्ता कामहरू गर्दा शुभ फल प्राप्त हुन्छ।
वैशाखमा के गर्ने ?
यस महिनामा भगवान विष्णुको माधव स्वरूपको पूजा गरी ऊँ माधवाय नमः मन्त्रको जप गर्नुहोस्। यसले जीवनमा सुख र समृद्धि ल्याउनेछ। विष्णुजीको पूजामा पञ्चामृत र तुलसी मिसाउनु पर्छ ।
यस महिनामा गीता वाचन गर्नु शुभ मानिन्छ । यसो गर्दा घरमा सुख शान्ति कायम रहन्छ। वैशाख महिनामा कथा आदि आयोजना गर्नु शुभ र फलदायी हुन सक्छ। यस महिनामा पर्ने अमावस्याको दिन पनि महत्त्वपूर्ण छ।
अमावस्यामा पितृहरूलाई प्रसाद र पिण्डदान गर्नुहोस्। वैशाख अमावस्यामा शनिदेवको पूजा गर्नाले कुंडलीमा शनिदोष र पितृदोषको प्रभावलाई कम गर्न सकिन्छ ।
वैशाख महिनामा गर्मी उत्कर्षमा हुने भएकाले यस महिनामा पशुपक्षीलाई पानी र खाना खुवाउनु पवित्र मानिन्छ । जसका कारण पशु पन्छिहरु भोकै बस्दैनन् र भगवानको कृपा पनि प्राप्त हुन्छ।
पर्सा चैत २८ गते ।
वीरगन्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ।
नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो ।
राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।
बिरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ ।
सो बारेमा जानकारी दिदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो । उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने वारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ ।
के तपाईलाई थाहा छ, बाह्र बारहमासी फूलले कपाल सम्बन्धी समस्या समाधानका लागि कत्तिको फाइदा पुर्याउन सक्छ भनेर ?
आजकल सानै उमेरमा कपाल झर्नु र सेतो हुनु युवा पुस्ताका लागि समस्याको कारण बनेको छ । यसबाट छुटकारा पाउन मानिसहरु केमिकलजन्य पदार्थको प्रयोग गरिरहेका छन् ।
तर यदि तपाइँ सस्तो र दिगो समाधान चाहनुहुन्छ भने, तपाइँ ‘फ्लावर हेयर डाई’ (flower hair dye) बनाएर सेतो कपाल र खैरो कपाल कालो बनाउन सक्नुहुन्छ। यदि तपाइँ कपाल सेतो भएर फूल्न सुरु गरेको मात्र छ भने यसको प्रयोगले कपाल छिट्टै कालो बनाउन सकिन्छ । त्यसो भए जानौं कि यसलाई बनाउन के के चीजहरू आवश्यक छन्।
आवाश्यक सामाग्रीहरु
– २० देखि ३० वटा फूलहरू
– १५ देखी २० वटा पातहरू
– २ चम्चा चिया पति
– ०१ थैली कफी
बनाउने तरिका
– यसलाई बनाउनको लागि सबैभन्दा पहिले आधा कप पानीमा चियाको पात हालेर राम्ररी उमाल्नुहोस् । त्यसपछि यसलाई फिल्टर गर्नुहोस् र चिसो गर्न राख्नुहोस्। चिसो भएपछि त्यसमा फूल र पातहरू मिसाएर ग्राइन्डरमा राम्ररी पीस्नुहोस्। त्यसपछि एउटा कचौरामा पेस्ट निकालेर कफीमा राम्ररी मिलाउनुहोस्।
– यदि तपाइँ यसलाई अझ प्रभावकारी बनाउन चाहनुहुन्छ भने, यसलाई फलामको प्यानमा २ घण्टासम्म छोप्नुहोस्। वास्तवमा, फलामकाे प्यानमा प्रशस्त मात्रामा आइरन हुन्छ, जुन कपालका लागि आवश्यक पोषक तत्वहरूमा समावेश हुन्छ। यसले कपाललाई प्राकृतिक कालो रंग दिन सजिलो बनाउँछ।
कसरी लगाउने ?
अब कपाल डाई ब्रसको मद्दतले यसलाई कपालमा लगाउनुहोस् र १ घण्टासम्म छोड्नुहोस्। त्यसपछि हल्का शैम्पूले कपाल धुनुहोस्। यसरी तपाईले सदाबहार फूलबाट बनेको प्राकृतिक हेयर डाई हप्तामा दुई पटक लगाउनुभयो भने चाँडै तपाईको सेतो कपालमा कालो रंगको तह आउन थाल्छ र तपाईले बिना कुनै हिचकिचाहट आफ्नो कपाल खुला राख्न सक्नुहुनेछ।
काठमाडौं, २८ चैत ।
अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन । साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।
प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनार्ईएको छ ।’
गर्भनर एन्डी बेसियरले टविट गर्दै भनेका छन, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस् ।’
पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि बिधालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन ।
सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको बिद्यालय पुर्व प्राथमिक थियो । सो बिद्यालयमा पढने सबै बिद्यार्थी १२ बर्ष भन्दा कम उमेरका रहेको थिए ।
काठमाडौं, २८ चैत ।
चीन र ताइवानको बिचको द्धन्द्ध चरम अवस्थामा पुगेको ।
ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमवार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाईएको छ ।
ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो ।
चिनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो ।
चिनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच–सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याईएको हो ।
चिनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरी सुरु गरेको हो ।
उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द–प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ .
काठमाडौं, २८ चैत ।
पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।
नेपालस्थित चिनियाँदूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।
‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिदैँ भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’
यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।