२०८३ श्रावण २८
२०८३ श्रावण २८

 

काठमाडौं, २९ चैत ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

 

बुधबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

 

आरके श्रीवास्तव,गरूडा,चैत २८ गते

आर्थिक मन्दी छाएसँगै अपराधी गतिविधिमा वृद्धि भएको छ । रौतहटको देवाहीगोनाहीमा भएको एक घटनाले यसलाई पुष्टि गरेको छ । मान्छेलाई अपहरण गरि नेपाली कागजमा सहीछाप गराएको खुलासा भएको छ । लाखौंको सम्पत्ति हत्याउने दाउमा सहीछाप गराएको पिडितको भनाइ छ । केही अपरिचित व्यक्तिहरूले एक जना वृद्धलाई अपहरण गरी नेपाली कागजमा सहीछाप गराएको रहस्य खुलेको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका वृद्ध विष्णु हजरालाई अज्ञात समुहले केही दिनअघि अपहरण गरी बसहा कागजमा सहीछाप गराएको बताइएको छ । पीडित हजराले मंगलवार पत्रकारहरू सँग कुराकानी गर्दै यस्तो गुनासो सुनाएका छन् ।

गत चैत १२ गते आईतवार साँझ करिव साढे ७ बजेको समयमा गोनाही बजारबाट आफना घर फर्किरहेका हजारालाई प्रेमपुर गोनाही र देवाही बजारको बिचमा चार जनाको समुहमा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुको समुहले कुटपिट गर्दै गुण्डा शैलीमा अपहरण गरी गाउँ नजिकै रहेको लालबकैया नदिको किनारमा लगेको पिडित हजराको भनाइ छ । साइकलमा सवार आफुलाई ति समुहले मुख थुनेर मोटरसाइकलमा बसाई लालबकैया नदिको किनारमा लगेको र बलजफ्ती बसहा कागजमा सहीछाप गराएको पीडित हजराले बताए ।

सहीछाप गराएपछि उनिहरु आफुलाई नदि किनारमै छोडेर भागेको बताए । आफ्नो आँखामा कपडाले बाँधेको कारण सहीछाप गराउने समूह मध्येका कसैलाई पनि चिन्न नसकेको बताए ।

कागजमा सहिछाप गराएर ती व्यक्तिहरू फरार भएपछि बल्लतल्ल आफनो ज्यान जोगिएको उनले बताए । लालबकैया नदिबाट भाग्दै मौलापुर नपा १ मर्यादपुरमा पुगेपछि स्थानीयहरूले ज्यान बचाएको उनले व्यथा सुनाए ।

उक्त घटना भएको भोली पल्ट लालबकैया नदीको तटबन्ध भएर घरतिर फर्किने क्रममा प्रहरी सहित आफन्तको टोली त्यहाँ भेटाएको थियोे । प्रहरीमा यस विषयमा उजुरी दिन खोजदा उजुरी लिन नमाने को बताए । पीडित हजराको तिन जना छोरीहरु छन भने उनको छोरा छैन्न ।

उनको नाममा १२ कठ्ठा जग्गा जमिन रहेको छ । हजरालाई छोरा नरहेको हुँदा उनको नाममा रहेको सबै जग्गा जमिन हत्याउने उद्देश्यले अपहरण गर्ने समुहले उनीसंग कपाली कागजमा सहीछाप गराएको हुन सक्ने आशांका गरिएको छ । ती अपहरणकारीहरूलाई खोजबिन गरी कपाली कागज बदर गरी आफुलाई न्याय दिलाउन उनले सम्बन्धित निकायसंग माग गरेका छन् ।

यो भन्दाअघि आफु कसैसंग एक रुपैया पनि ऋण नलिएको प्रष्ट पार्दै हजराले यदि आफु कर्जा लिएको भनी कसैले कपाली कागज पेश गरी मुद्दा दिएमा सो तमसुक झुटो सावित हुनुपर्ने र त्यस्ता कपाली कागज पेश गर्ने व्यक्तिलाई अपराधी घोष्णा गरी कडा कार्यवाही गर्नुपर्ने उनले माग गरेका छन् ।

यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामती सँग बुझदा उनीहरुको पारीवारी भगडा रहेको बताउँदै । अपहरण भएको पुष्टि नभएको प्रतिक्रिया दिए । प्रहरीले यस विषयमा थप अनुसंधान गरिरहेको जानकारी गराए ।

 

आरके श्रीवास्तव,गरुडा,चैत २८ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नगर विपद व्यवस्थापन समितिको बैठक आज सम्पन्न भएको छ । नगर विपद व्यवस्थापन समितिकी संयोजक कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको अध्यक्षतामा बैठक बसेको थियो ।

विभिन्न विपद कार्यमा क्षतीहानी नोक्सानी भएको वापत आर्थिक सहयोग वितरण कार्यको लागि बैठक बोलाइएको थियो । मंगलवार भएको बैठकमा विपद क्षतीपूर्ती वापतको रकम वितरण सम्बन्धमा छलफल गरिएको थियो । बैठकमा मानविय क्षती भएकालाइ रु २५ हजार,पशु जन्य,घर,अन्नबाली क्षती भएकालाइ २० हजार र घर,अन्नबाली लताकपडा,भाडा वर्तन क्षती वापत रु १५ हजार दिने सर्वसहमतीबाट निर्णय गरिएको हो ।

बैठकमा नगरभरी बाट प्राप्त विपद कार्यमा क्षतीहानी नोक्सानी भएको फाइलहरुको भुक्तानी दिने निर्णय पनि गरिएको थियो । सो अवसरमा फतुवा बिजयपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव,विपद व्यवस्थापन शाखा प्रमुख बिल्टु राय यादव,राजनितीक दलका प्रतिनिधी बाबुराम अधिकारी,समाजिक विकास समिति

संयोजक सतिश यादव,पूर्वाधार विकास समिति संयोजक राकेश यादव,आर्थिक विकास समिति संयोजक नितेश कुमार चौधरी,इप्रका फतुवा विजयपुरका प्रहरी निरिक्षक अरविन्द कुमार साह,सशस्त्र वेश क्याम्प बिजयपुरका प्रहरी निरिक्षक राजेश आचार्य,वडा नम्बर ३ का वडा अध्यक्ष रामइश्वर राय यादव,वडा नम्बर ६ का वडा अध्यक्ष रामएकवाल राय यादव,वडा नम्बर ७ का वडा अध्यक्ष रामविश्वास राय यादव लगायत विभिन्न वडाका वडा अध्यक्ष,पत्रकारहरु,आमन्त्रीत सदस्यहरुको सहभागिता रहेको थियो ।

 

बज्जिकाञ्चल,गरुडा,चैत २८ गते

नेपाल नेत्र ज्योती सङ्घ रौतहटको सभापतिमा विजय कुमार सिंह दोश्रो कार्यकालकालागि पुनः निर्वाचित हुनुभएको छ । गौर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट वहाँ निर्वाचित हुनु भएको हो । अधिवेशनमा सभापतिकोलागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन गराइएको थियो । २ जनाको उम्मेदवारी परेको सभापतिमा ७० मत प्राप्तगरी सिंह निर्वाचित भएको हो ।

वहाँको प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको निर्वाचन अधिकृत तथा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले जानकारी दिनुभयो । सङ्घको जिल्ला कार्य समितिको सदस्यहरूमा बच्चा प्रसाद यादव , नवीन कुमार केसरी,शिव मङ्गल साह, , रामेश्वर सिंह राजपुत, अयुद मिया कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव,नवल किशोर पंडित, उमेश प्रसाद पटेल, संजिव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्माला श्रेष्ठ उप्रेती लगायतका चुनिएका छन् ।

यसभन्दा अघि आजै एक कार्यक्रम मार्फत साधारणसभा तथा जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो । नेपाल नेत्र ज्योति सङ्घ रौतहटको सभापति विजय कुमार सिंहको सभापतित्व तथा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मार्फत उद्घाटन गरिएको थियो ।

रौतहट एफ एमको समाचार प्रमुख राम विश्वास मुखियाले सञ्चालन गरेको सो कार्यक्रममा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेल, सङ्घको पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गौर न पा ५ को वडाध्यक्ष शिव शंकर यादव, वडा नम्बर ८ को अध्यक्ष जनार्दन साह,रौतहट एफ एमको अध्यक्ष रेवन्त झा, नेपाल पत्रकार महासङ्घ रौतहटको सभापति प्रेम चन्द्र झा, मोहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजिवन सदस्यहरूको सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव,गरुडा,चैत २८ गते
मेरोमाइक्रोफाइनान्स लघुवित विक्तिय संस्था लि.को आयोजनामा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा आयोजित आज एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ ।
सामाजिक उतरदायित्व अन्तर्गत लघुवितको भूमिका तथा विक्तिय साक्षरता कार्यक्रम गरिएको हो । मंगलवार मेरोमाइक्रोफाइनान्स लघुवित विक्तिय संस्था लिमिटेड शाखा कार्यालय रमपुर्वा,कोल्हवी बारा बाट सञ्चालित विक्तिय कार्यक्रम अन्तर्गत केन्द्र प्रमुख तथा समूह सदस्यहरुलाइ गोष्ठी तथा विक्तिय साक्षरता कार्यक्रम गरिएको हो ।
फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको श्री सरस्वती प्राथमिक बिधालयमा सो कार्यक्रमको आयोजन गरिएको थियो । नगरपालिकाको वडा नम्बर ६,७,८,९,१० र ११ मा रहेको केन्द्रका महिला सदस्यहरुको लागि तालिम दिइएको थियो । सो लघुवितले आफनो ग्राहक सदस्यहरुलाइ एक दिने तालिम दिएको हो ।
कार्यक्रममा वितिय साक्षरता,वितिय सेवाकोे पहुँच,कर्जा सदुपयोगिता,एकल कर्जा सिमाको महत्वको विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा दर्जनौ जना महिला सदस्यहरको सहभागिता रहेको मेरोमाइक्रोफाइनान्स लघुवित विक्तिय संस्था लिमिटेड शाखा कार्यालय रमपुर्वा,कोल्हवीका शाखा प्रबन्धक राजकिशोर प्रसाद यादवले जानकारी गराउनु भयो ।
सो अवसरमा अतिथीहरु वित्तीय संस्थाका विभागीय प्रमुख सेर बहादुर गुरुङ्ग,अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहा,वडा अध्यक्ष नितेश चौधरी,इप्रका फतुवा बिजयपुरका प्रहरी निरिक्षक अरविन्द कुमार साह,शाखाका लेखापाल शैलेन्द्र कुमार चौधरी,कर्मचारीहरु संजय कुशवाहा,चन्दन प्रसाद चौरसिया,प्रमोद कुमार कुशवाहा,
रामशिोर प्रसाद कुशवाहा सहितका विभिन्न केन्द्रका १ सय ३६ महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले विक्तिय संस्थाको अवस्था र वर्तमान परिवेश सम्बन्धमा आ–आफ्नो भनाइ राखका थिए ।

 

काठमाडौं, २८ चैत ।

बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जा तोकिएको समय भन्दा पहिले नै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाउने भएको छ।


नेपाल राष्ट्र बैंकले यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न आग्रह गरेको छ।

सुरूमा बैंककै गुनासो शाखामा गुनासो राख्न र सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउनसमेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो।

 

काठमाडौँ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

काठमाडौं, २९ चैत ।

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

 

पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

 

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

 

काठमाडौं, २८ चैत

८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।

उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ ।

मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

 

काठमाडौं, २८ चैत

पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

लगभग शून्यमा झरेको कोरोना केही दिनयता बढिरहेको छ। कोरोनाबाट आज भएको मृत्यु पनि तीन महिनापछिको हो।

पछिल्लो २४ घण्टामा २४ सय ३६ नमुना परीक्षण गरिएको थियो। ४७६ पीसीआर गर्दा ७४  जना र १९ सय ६० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो।

यसैगरी २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् भने ४२ हजार ४९७ जनाले कोभिडको खोप लगाएका छन्। आजको दिनमा देशभर ४६९ जना सक्रिय संक्रमित छन्। यीमध्ये संस्थागत आइसोलेसनमा २४ जना छन्। अस्पतालका आइसीयूमा १३ जना छन् भने भेन्टिलेटरमा ५ जना उपचाररत छन्।

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।