सुनसरी, ८ जेठ ।
१६ बर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर १६ बर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाईएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफुले गरेको सो अपराध स्विकार गरेका छन् ।
गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणाेदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्विकार गरेको प्रहरीले जनाएको छ ।
राैतहट,जेष्ठ ०८ गते
रौतहटका क्रियाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका सञ्चालक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका संवाददाता यादवलाई मधेस प्रदेश सरकारका कृषि मन्त्री बसन्त कुशवाहाका भाइ सुबन्त कुशवाहा तथा मन्त्रीका स्वकीय सचीव अर्जुन कुशवाहाले दुर्व्यवहार गरेका हुन् ।
पत्रकार यादवले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउँदा समेत उनीहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लो स्तरकाे गालिगलौज गरेको पत्रकार यादवले बताउनुभएकाे छ ।
कृषि मन्त्री बसन्त कुशवाहाले आफ्नो भाइ सुबन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहा लगायतका गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार , गालिगौज गरेको यादवले भनाइ छ ।
घटना लगत्तै यादवले स्थानिय प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने कृषि मन्त्रीका भाइ र उनका स्वकीय सचिवको बारेमा चौकी प्रमूख यादवलाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ रौतहटमा समेत जानकारी गराउनुभएकाे थियाे ।
यादवले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुर्ववहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ । सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दुर्ववहारले पत्रकारहरु असुरक्षित हुन्छन् ।
यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गरिएको छ ।
रौतहट,७ जेठ
समाजसेवी तथा कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ बजारमा आएको छ । कथाकार सपूत कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ को गत बैशाख २२ गते काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।
‘चौध भुवन’ लाई लेखक, पर्यटन व्यवसायी तथा धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोष चापागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । उक्त कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कृतिकारका तर्फबाट सपूत कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कथा संग्रहमा तिमि नै भन त मैया,कान्छी,पात्रको मृत्यु,म आशा बाडिरहेको छु,अस्वीकृत सहित,फुलवाको विवाह,नियति,गोपाल कुटी,पुस्तक,ट्रेसी,गल्ली नम्बर आठ,सोनफी,राहत र भुस्याहा कुकुर गरी १४ वटा कथा समावेश रहेको कथाकार कार्कीले जानकारी दिनुभयो ।
कथाहरुमा दाइजो प्रथाले गर्दा गरिब,पैसा नहुने पात्रले पाएको पिढा,समाजमा दाइजो प्रतिको दृष्ट्रिकोण,बिदेशीनु परेका पात्रहरुको पिडा र साथीभाइहरुको संगत छुटनुको दुःख आदीलाइ समेटिएको कथाकार कार्कीले बताउनु भएको छ । कथाकार कार्कीले २०४५ सालमा पहिलो पागल कथा संग्रह लेख्नुभएको थियो ।
कथाकार कार्की लामो समय देखी नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय सदस्य हुदै बिभिन्न संघ संस्थामा समाजिक संस्थामा आवद्ध भएर काम गदै आइरहनु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी कार्कीले चाडै नै अर्को कथा संग्रहको तयारी पनि गरिरहेको जानकारी दिनुभएको छ ।
लन्डन, ८ जेठ ।
विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन् ।
नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको छु ।’
शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘बेलायतबाट प्रकाशन भैरहेको नेपालब्रिटेन डट कमले १६ औं वसन्त पार गरेको खबर सुन्दा खुशी लागेको छ । सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम (ग्लोबल भिलेज) मा परिवर्तन भै रहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरुबारे जनचेतना जगाउन र ति सँग जुध्न सामूहिक प्रयत्नलाई बढावा दिन पनि संचार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । विदेशमा रहेका संचार माध्यमहरुले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन् ।’
विकसित देशहरुमा अनलाइन मिडिया तथा सामाजिक संजाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको उल्लेख गर्दै नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियतामा बढ्दै जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।
काठमाडौं, ८ जेठ ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् ।
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक अापसमा भिडने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
काठमाडौं, ८ जेठ ।
यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ ।
लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो ।
लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।
यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।
काठमाडौं, ८ जेठ ।
केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हासिल गरेको छ ।
फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ । आइतबार राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडी रहन पुगेकाे हाे ।
आइतबारको खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछि अर्थात ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २–० मा टुंगियो ।
तर, दोस्रो हाफको सुरुवाती अर्थात ५१औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थिति फर्काए । तर, त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन सकेन अन्तत खेल २-० मा नै टुंगिन पुग्यो ।
फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ । तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ ।
काठमाडौं, ८ जेठ ।
सरकारको नीति तथा कार्यक्रम माथीको छलफल आज पनि जारी रहने भएको छ ।
गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रम माथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।
काठमाडौं, ८ जेठ ।
नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीकाे अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ ।
जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।
सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो ।
काठमाडौं, ८ जेठ ।
आज राष्ट्रिय सभा बैठक बस्दैछ ।
संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।
बैठक अपरान्ह १:०० बस्नेछ ।