२०८३ श्रावण २६
२०८३ श्रावण २६

काठमाडौं, १० जेठ

राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध भएको उनले बताए । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले त्यसमा संलग्न जोकोहीलाई नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।

२०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद गौतमले सरकारले सो प्रकरणका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

काठमाडौं, ११ जेठ ।
चेन्नई– लखनऊ सुपर जाइन्टस आईपीएल–२०२३ को उपाधि दौडबाट बाहिरएको छ । बुधवार राति एमए चिदम्बरम स्टेडियममा आयोजित एलिमिनेटर प्रतिस्पर्धामा लखनऊलाई मुम्बई ईन्डियन्सले ८१ रनले पराजित गर्यो ।

यो खेलमा लखनऊले जीतका लागि १८३ रनको लक्ष्य पाएको थियो, जसलाई पछ्याउने क्रममा पुरै टीमा १६।३ ओभरमा १०१ रनमै समेटियो ।

 

मुम्बईको जीतको हीरो तिब्र गतिका बलर आकाश मधवाल रहे, जसले पाँच रन दिएर पाँच विकेट लिन सफल भए । २९ वर्षीय मधवाल भारतको उत्तराखण्डका लागि घरेली क्रिकेट खेल्छन् ।

यो जीतसंगै रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले क्वालिफायर–२ मा समेत आफ्नो स्थान सुरक्षित गरेको छ, जहाँ यो टीमको सामना भोलि शुक्रवार गुजरात टाइटन्ससंग हुनेछ ।

क्वालिफायर–२ को विजेता टीमले फाइनलमा स्थान सुरक्षित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ससंग भिड्ने छ । क्वालिफाइर २ तथा फाइलन खेल ९जेठ १४ गते आइतबार० अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिने छ ।

 

१८३ रनको लक्ष्य पछ्याउने क्रममा लखनऊको सुरुवात राम्रो हुन सकेन । आकाश मधवालले इनिङको दोस्रो ओभरमै ओपनर प्रेरक मान्कण्डलाई ऋतिक शौकिनको हातबाट क्याच गराए ।

त्यसपछि चौथो ओभरमा काइल मेयर्स १८ रन बनाउँदै आउट भए । २३ रनको दुई विकेट गुमेको अवस्थामा मार्कस स्टोइनिस तथा कप्तान क्रुणाल पाण्ड्याले ४५ रनको साझेदारी गर्दै इनिङलाई सम्हाले ।

यद्यपि, यो साझेदारीको क्रममा क्रुणाल ९८ रन, ११ बल० ले खासै योगदान दिन सकेनन् । पीयूष चावलाले उनलाई आउट गराए । क्रुणाल आउट भएपछि लखनऊले आकाश मधवालको एउटा ओभरमा लगातार बलमा विकेट गुमायो । मधवालले पहिला आयुष बदोनीलाई बोल्ड गरे, त्यसपछिको बलमा निकोलस पूरनलाई पनि आउट गरे ।

त्यसपछि मार्कस स्टोइनिस दुर्भाग्यशाली तरिकाले रन–आउट भए । स्टोइनिसले २७ बलमा ४० रन बनाए ।

यहाँबाट लखनऊको जीत करिव असम्भव देखिएको थियो । कृष्णाप्पा गौतम तथा रवि बिश्नोईले रन–आउट हुँदै आफ्नो टीमलाई प्रतियोगिताबाट बाहिर पठाए ।

मुम्बईको तर्फाबाट आकाश मधवाले ३।३ ओभरमा पाँच रन दिएर पाँच विकेट लिए भने पीयूष चावला तथा क्रिस जोर्डनलेपनि एक–एक विकेट लिए । लखनऊका तीन खेलाडी रन–आउट भए ।

त्यसअघि मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सविरुद्ध विशाल योगफल तयार पारेको थियो । मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतीमा १८२ रन बनाउन सफल भयो ।

मुम्बईका लागि क्याम्रुन ग्रीनले सर्वाधिक ४१ रनको योगदान दिए भने सूर्यकुमार यादवले ३३ रन बनाए । मुम्बईका अन्य खेलाडीहरुमध्ये ईशान किसनले १५ रन, रोहित शर्माले ११ रन, टिकम वर्माले २६ रन, टिम डेविडले १३ रन, नेहाल वाडेराले २२ रन तथा क्रिस जोर्डनले चार रनको योगदान दिए ।

लखनऊका नवीन उल हकले सर्वाधिक चार विकेट लिए भने यश ठाकुरले तीन तथा मोहसिन खानले एक विकेट लिए । कलाकर्मी डट कम

काठमाडौं, ११ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ ।

 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।

 

जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथवाट साँझ ५ बजे सो भोटो देखाईने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

 

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।  वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।

काठमाडौं, ११ जेठ । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ ।

 

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।

 

मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

रौतहट, जेठ १० ।

रौतहटको एक विधालयमा आज छात्रावृत्ति वितरण भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ स्थित रहेको श्री आधारभुत विधालय मेवामा एक सहयोगि संस्थाले वडा अध्यक्ष रामइश्वर राय यादवको रोहवरमा छात्रावृत्ति वितरण गरेको हो । सो विधालयमा अध्ययनरत रहेको १० जना छात्राहरुलाई छात्रावृत्ति वितरण भएको प्राधानाध्यापक (प्रअ) प्रमोदकुमार साहले बताएका छन् ।

आज (बुधबार) को एक कार्यक्रमकोबीच गण्डकी ल्यान्स कल्व अफ पोखराले १० जना छात्राहरुलाई छात्रावृत्ति गरेको हो । सो संस्थाले विधालयमा छात्राहरुको सहभागिता बढाउन तथा शैक्षिक क्षेत्रमा छात्राको उतशुक्ता बढाउनका निम्ति छात्रावृत्ति वितरण गर्दै आएको संस्थाले जनाएको छ ।

सो संस्थाले १० जना छात्राहरुलाई रु.५ हजारको दरले छात्राहरुलाई वितरण गरेको प्रअ साहले जनाएको छ । छात्रावृत्तिद्धारा छात्राहरुको जीवनमा साकारात्मक प्रभाव परेको तथा शैक्षीक समाग्री खरिद गर्न ठूलो सहयोग पुगेको छात्राहरुले बताएका छन् ।

साथै छात्राहरुले गण्डकी ल्यान्स कल्व अफ पोखरालाई धन्यवाद समेत ज्ञापन गरेका छन् । सो अवसरमा विधालयका शिक्षक शिक्षिकाहरु, छात्र छात्राहरु, स्थानीयहरु तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

 

मँजय राम,कटहरिया, जेठ ९ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिपरापोखरियामा आम जनता पार्टी (आजपा) को वडा कमिटि गठन भएको छ । आज एक कार्यक्रमकाबीच पिपरापोखरिया गाउँमा वडा भेला भएको हो । प्रदुषण विरुधमा आम जनता पार्टीद्धारा भेलाबाट रामप्रसाद जैसवाल अध्यक्षता पदमा सर्व सहमत चयन भएको हो ।

साथै उपाध्यक्षमा उपेन्द्र जयसवाल, बन्द राय यादव, सचिवमा जैसी राय यादव र सह सचिवमा जियालाल राम र रामाशंकर ठाकुर सर्व सहमत चयन भएका छन् । साथै सदस्यहरुमा तारा चन्द्र साह, नन्दकिशोर बैठा, आशा राम, महदेव दास, मनोज साह, छविलाल साह, हरिन्द्र साह सहित ३५ सदस्यीय वडा कमिटीबाट गठन भएको हो ।

सो वडा कमिटिबाट प्रदुषण विरुद्ध लडन तथा गाउँलाई स्वक्ष वातावरणमा ढालनका लागि प्रस्ताव सहित वडा कमिटि गठन भएको आइटि आर्मीको केन्द्रिय सदस्य उमेश दासले बताएका छन् । आम जनता पार्टीद्धारा भएको वडा भेला कार्यक्रम अविवादित नयाँ नेतृत्व गठन भएकोमा सम्पुर्णलाई हार्दिक बधाई तथा सफलताको शुभकामना समेत दासले ज्ञापन गरेका हुँन् ।

सो कार्यक्रममा आम जनता पार्टीका स्थायी कमिटी सदस्य कटहरिया नगरपालिकाको पुर्व मेयर सियारामप्रसाद कुशवाहा, केन्द्रिय सदस्य नरेश साह तुरहा, जिल्ला कमिटी सदस्य वीरबहादुर साह, महेश यादव तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

 

रौतहट, जेठ १० ।

रौतहटको माधवनारायण नगरपालिकामा पालिकाको भवन निमार्णका लागि जग्गाको सहयोग भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको नगर प्रमुख बैजनाथप्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि आफ्नो ५ कठा जग्गा निःशुल्क पालिकालाई सहयोग गरेका छन् ।

उनले स्थानीय सरकारको यो ६ वर्ष नाघन लागदा समेत हाम्रो पालिकाले आफ्नो भवन पाउँन नसकनु दुःखद कुरा रहेको तथा जग्गाका कारण अवरोध सृजना भएकाले मैले आफ्नो ५ कठा रहेको जग्गा नगरपाकिलाको भवन निमार्णका लागि सहयोग गरेको उनले बताए ।

नगरप्रमुख यादवले नगरपालिका भवन निर्माणका लागि आफ्ना करोडौं मूल्य बराबरको ५ कठा जग्गा निःशुल्क दान गरेका छन्।

माधवनारायण नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि नगर प्रमुख बैजनाथप्रसाद यादवले आफ्ना करिब १ करोडको जग्गा निःशुल्क दान गरेपछि नगरवासी निकै हर्षित भएका छन। माधोपुरमा अब नगरपालिकाको आफ्नै भवन पनि चाँडै निर्माण हुने मेयर यादवले बताएका छन् ।

 

रौतहट, जेठ १० ।

रौतहटको वृन्दावन नगरपालिकामा योजनाहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । वृन्दावन नगरपालिकाको नगरप्रमुख बिनोदप्रसाद कुर्मीले आज नगर स्तरीय बजेटबाट निर्माण भइरहेको योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

आज वृन्दावन नगरपलिकाको वडा नम्बर ९ स्थित रहेको टोल भुसाहामा नगर स्तरीय ५५ लाख बराबरको बजेटबाट निर्माण भइरहेको ईदगाह निर्माणकार्यको कार्यलाई के कस्तो भैरहेको छ भन्ने कुरा थाह पाउनका लागि मेयर कुर्मीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

साथै सोही अवसर पारी पालिकाको वडा नम्बर ८ स्थित रहेको बहुअरी टोलमा १० लाखको लागतमा निमार्ण भैरहेको सडक ढलान कार्यको पनि वृन्दावन नगरपालिका नगर प्रमुख कुर्मीले स्थलगत निरीक्षण गरेका छन् ।

उनले भने नगरका प्रत्येक योजनाहरुको कामकाज गुणस्तरीय र पारदर्शी रूपमा निमार्ण गर्न नगरप्रमुख कुर्मीले उपभोक्ता समितिलाई आग्रह समेत गरेका छन् । पछिल्लो समय नगरप्रमुख कुर्मीले विकास निर्माणका कार्यलाई तिब्रता दिएका छन् । सो अवसरमा वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, कर्मचारीहरु तथा स्थानीयहरु लगायत सद्रभलादमिहरुको उपस्थिति रहेको थियो ।

 

रौतहट, जेठ १० ।

रौतहटमा बाल विकास विद्यालयको लागि भवनको शिलान्यास भएको छ । मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुर स्थित बाल विकास विद्यालयको दुई कोठे भवन निर्माणका लागि आज एक कार्यक्रमका बीच शिलान्यास भएको हो ।

बुधबार एक समारोहका बिच मन्त्री यादव र माधव नारायण नगरपाकिलाका नगरप्रमुख बैजनाथप्रसाद यादवले संयुक्त रूपमा सो शिलान्यास गरिएको मन्त्री निकट नितेशकुमारले जनाएको हो।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ३ स्थित रहेको सखुअवामा मुख्य सचिव सन्तुप्रासाद यादवको पहलमा झाझ नदिको छेउमा आर्यघाट निर्माणका लागि पनि मन्त्री यादवले शिलान्यास गरेका छन् ।

हिजो मंगलबार नै सपथ लिएका नव नियुक्त मन्त्री यादवले विकास निर्माणकार्य लगायत आफ्नो जिम्मेवारी अहम भूमिकाका साथ निर्वाह गरि मधेश सरकारले गर्ने कार्यहरुमा सहकार्य गरेर कामकाजलाई विशेष प्राथमिकतामा राखी अगाडि बढाउने मन्त्री यादवले बताए ।

 

जनकपुरधाम, ९ जेठ ।

मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

 

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

 

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।