२०८३ श्रावण २६
२०८३ श्रावण २६

काठमाडौं, ११ जेठ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौ,  ११ जेष्ठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

बुटवल, ११ जेठ ।  लुम्बिनीको प्रदेश सभा बैठक भोली देखी बस्दैछ ।

 

प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः०० बजेका लागि बैठक आब्हान गरेका हुन ।

 

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

काठमाडौं, १० जेठ । राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्मचारीहरुको ट्रेड युनियन बन्द गर्न माग गरेका छन् ।

 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् । साथै कृषि क्षेत्रको विचौलिया बन्द गरेर कृषि क्षेत्रको उत्थान गर्नुपर्नेमा उनले जोड दिए ।

पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक रुपमा मात्र नहेरेर पर्यटनको रुपमा हेर्ने हो भने विश्वभरका करोडौँ हिन्दु र बौद्ध धर्मावलम्बीहरु नेपाल आउने उनको दाबी छ ।

काठमाडौं, १० जेठ । जसपा अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले संघीय संसदमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त नीति तथा  कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने जस्तो खोजिएको देखिएको बताए ।

 

प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्य संघीयताको मूल मर्म र भावनाविपरीत रहेको भन्दै उनले प्रदेश र स्थानीय तह संघका पार्टनर रहेका, तर इकाइ नभएका बताए ।

 

जसअनुसार नीति तथा कार्यक्रमले संघीयता विरोधी भाग बोक्ने काम गरेको यादवको भनाइ छ । संघको नाम पहिचानको आधारमा राख्नुपर्ने भन्दै उनले प्रदेशलाई प्रहरी हस्तान्तरण पनि गर्नुपर्नेमा जोड दिए । संविधानप्रदत्त अधिकार प्रदेश र स्थानीय तहलाई उपयोग गर्न दिन नीति तथा कार्यक्रमले केही नसमेटिएको भन्दै अध्यक्ष यादवले आपत्ति जनाए ।

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वाेच्च अदालतमा बुधबार रिट दर्ता भएको छ ।

 

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।

 

यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

 

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधिसभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ ।

काठमाडौं, ११ जेठ । माइतीघर मण्डलामा १५ दिन देखी अनसनरत बिनु यादवले आफनो अनसन तोडेकी छिन् ।

 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुदेँ सहमति पछि बिनु यादवले अनसन तोडेकी हुन ।

 

गत बैशाख २७ गते देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् ।

 

तर, बुधवार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै गृह मन्त्रालयको परेको निवेदनको सबन्धनमा महान्यायधिबक्ताको कार्यालयमा लेखी पठाउने लगायतको सहमति भए पछि उनले अनसन तोडेकी हुन ।

‘सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६-०१-३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६-०१-३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६-०२-०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने’ पहिलो सहमतिमा भनिएको छ ।

यस्ताे छ सहमितः

 

१. सत्याग्रही विनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको वदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६/०१/३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६/०१/३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमा पारी २०७६/०२/०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित विनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालय मार्फत पेश भएको निवेदन उपर कारवाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।

 

२. सत्याग्रही बिनु यादवका मागहरुमध्ये सम्मानित अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण हुने नै छ ।

 

३. अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।

 

४. सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य अपरीक्षण गरी स्वास्थ्य उपचार गर्न र नीजको जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला वालवालिका तथा नागरिक मन्त्रालयमा लेखी पठाउने ।

 

५. मिति २०७० वैशाख २७ गतेदेखि सत्याग्रह अनसन गरेकी बिनु यादवले आजकै मितिबाट सत्याग्रह अन्त्य गर्ने ।

काठमाडौं, १० जेठ

नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

काठमाडौं, १० जेठ

नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत जनाएका छन् । उच्च पदमा पुगेको व्‍यक्तित्वले नैतिकता देखाउनु बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।