२०८३ श्रावण २६
२०८३ श्रावण २६


काठमाडौं, १२ जेठ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।

आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

काठमाडौ,  १२ जेष्ठ । 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ ।

 

जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ ।

 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९  रुपैयाँ रहेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  छ भने क्यानेडियन १ को खरिददर ९७.१३  र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

काठमाडौं, १२ जेठ ।

पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा परिरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

 

आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरुमा र देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

काठमाडौं, १२ जेठ ।

काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।

 

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

बुधवारकाे खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समुह उपविजेता बनेको हो भने समुह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

 

समुह एको उपबिजेता नेपाल र समुह बिको बिजेता कजकस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

 

बुटवल, १२ जेठ ।

आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ ।

 

प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३:०० बजेका लागि बैठक आब्हान गरिएको हो ।

 

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

 

काठमाडौं, १२ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ ।

 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

 

सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।

 

गत सोमवार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो ।

राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धाा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रवारवाट अदालत बयान लिन लागिएको हो ।

 

काठमाडौं, ११ जेठ ।

आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले गर्ने भएकी छन् । उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन् ।

प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन् । मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने प्रतियोगिताका सहभागीबिच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन् ।

 

‘मिस हेरिटेज ग्लोबल नेपाल’का नेशनल डाइरेक्टर उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्‍याउने बताए ।

भारतको बेङ्गलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पुर्‍याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

 

काठमाडौं, ११ जेठ ।

सभामुख देवराज घिमिरेले कृत्रिम खुट्टाको भरमा सगरमाथाको सफल आरोण गरेर हरि बुढामगरले कामय गरेको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणा बन्ने बताएका छन् ।

 

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा बिहीबार आरोही बुढामगरलाई स्वागत र सम्मान गर्दै सभामुख घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै खुसी प्रशंसा गरे ।

 

‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने ।

 

दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका बुढामगरलाई सभामुख  घिमिरे र उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन् ।

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे । कार्यक्रममा सांसदहरु महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिए ।

 

सभामुखको बधाईपत्रमा लेखिएको छ

श्री हरि बुढामगर
रोल्पा
रोल्पा जिल्लाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका तपाईंले २०८० साल जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको प्रेरणा जगाउने विश्वकीर्तिमानले फेरि एकपटक नेपाल, नेपाली र सगरमाथाको नाम संसारभर फैलिएकोमा गौरवानुभूति गरेको छु ।
युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी तपाईंले राख्नुभएको विश्वकीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणको क्षेत्रमा रहनुभएकाहरुका लागि प्रेरणा बन्ने विश्वास लिएको छु । तपाईंको लगनशीलता, साहस र आत्मबल नेपाल र नेपालीको लागि प्रेरणा हो ।
शारीरिक तन्दुरुस्ती भएकाहरुले समेत नपाउने तपाईंको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि अभूतपूर्व प्रेरणा बनेको छ । साहसिक खेलमार्फत तपाईंले अपाङ्गता भएका व्यक्तिहरु हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिनुभएको छ ।
तपाईंका बाँकी दिनहरु पनि सक्रियतापूर्वक बित्ने अपेक्षा गर्दै सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

देवराज घिमिरे
सभामुख

 

काठमाडौं, ११ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो । १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ ।

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।

 

लसएन्जल्स, ११ जेठ । 

अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ शुरु भएको छ ।

 

व्याण्डले कान्येविरुद्ध दुई मिलियन डलरको लो सूट फाइल गरेको छ । व्याण्डले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ ।

 

यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ । यो विषय एक रेन्टल प्रोपर्टीसँग जोडिएको छ । अदालतमा पेश भएको कागजात अनुसार कान्येले प्रोपर्टीमा कैयौं अनाधृकित परिवर्तन गरेका छन् । ग्यापले आफ्नो अनुमति बिना कान्ये परिवर्तन गरेको आरोप लगाएको छ । जसकारण दुवै पक्षबीच भएको सम्झौता तोडिएको छ ।

 

ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ । कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ । यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन ।

 

ग्यापले यसअघि नै कान्येसँगको आफ्नो साझेदारी तोडिसकेको थियो । यो ल सूटले अहिले कान्येलाई समस्यामा पार्ने देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।