२०८३ जेष्ठ ७
२०८३ जेष्ठ ७

 

धनगढी, २० वैशाख

धनगढी-५ शिवनगरस्थित चैतन्य पाठशालाले एक लाख २५ हजारको चार वटा पुरस्कार घोषणा गरेको छ। पाठशालाले प्रत्येक वर्ष प्रदान गर्ने गरी पुरस्कार घोषणा गरेको हो।

पाठशालाले आज विद्यालयमा आयोजित एक समारोहबीच ५० हजार राशिको चैतन्य शिक्षा साधना पुरस्कार, २५ हजार राशिको चैतन्य साहित्य साधना पुरस्कार, २५ हजार राशिकै चैतन्य कला संस्कृति साधना पुरस्कार र २५ हजार राशिकै चैतन्य खेलकुद साधना पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यो पुरस्कारको शाषि एक लाख २५ हजार हुन्छ।

पाठशालाका प्रमुख सल्लाहकार प्रा. डा. हेमराज पन्तको उपस्थितिमा एकेडेमीले पुरस्कार र राशि घोषणा गरेको हो। यसका साथै विद्यालयमा अध्यापनरत सबै शिक्षकलाई आदर्श शिक्षकको ब्याच वितरण गरिएको छ। पाठशालालाई सकारात्मक दृष्टिकोण र खुसी क्षेत्रसमेत घोषणा गरिएको छ।

पुरस्कार छनोट समितिको संयोजकमा प्रा. डा. हेमराज पन्त, सदस्यमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट र सदस्य सचिवमा चैतन्य ग्रुपका सिइओ गणेश जोशी रहेका छन्।

संस्कारसहितको शिक्षामा जोड दिँदै आएको एकेडेमीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्दै आएको छ। सोही अनुरूप समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यका साथ पुरस्कार घोषणा गरिएको जोशीले बताए।

‘बालबालिकाहरूलाई आधुनिक ज्ञानका साथै मानवीय मूल्यमा आधारित संस्कारसहितको शिक्षा आजको आवश्यकता हो। अहिले शिक्षामात्र नभएर व्यवहारिक शिक्षाको खाँचो रहेको छ। त्यसमा पनि संस्कारसहितको शिक्षा आवश्यक छ,’ जोशीले भने। धनगढीमा स्थापना भएर उक्त शिक्षा चैतन्य पाठशालाले प्रदान गरिरहेको जोशीले बताए।

किताबी ज्ञानका साथै अतिरिक्त र व्यवहारिक ज्ञान प्रदान गर्न आफूहरू सधैँ उद्धत रहने जोशीको भनाइ छ। विद्यार्थीहरूको चौतर्फी विकास र संस्कारसहितको शिक्षा नै आफूहरूको चाहना भएको उनले बताए।

विद्यार्थीलाई स्कुल जीवनबाट नै उद्यमशीलता तथा व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले बेला-बेला विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूबाट प्रशिक्षण गराउँदै आएको पाठशालाले पुरस्कार स्थापना गरेर थप सामाजिक उत्तरदायित्व निर्वाह गरेको प्रा. डा. पन्तले बताए।

 

काठमाडौं, २० वैशाख

मकवानपुरबाट प्रहरीले झन्डै ५१२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन् । राधाकृष्णको घरबाट ३२७ किलो ८०० ग्राम र उत्तमको घरबाट १८४ किलो १०० ग्राम गाँजा बरामद गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

 

काठमाडौं, २० वैशाख

सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् ।

सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए । उनी ३ वर्षअघि सचिव भएका हुन् ।

पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन् ।

 

दाङ, २० वैशाख ।

घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 

 

काठमाडाै‌ं, २० वैशाख ।

देशका विभिन्‍न स्थानबाट ११ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुरकाे कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागुऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो १ सय ग्राम गाँजा, नगद ५५ हजार ३ सय ६५ रूपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८ सय ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय निमेश राईलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागुऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१८ शितल बस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८७१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

बर्दियाकाे गुलरिया नगरपालिका-११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका-२ ओराली बस्ने २१ वर्षीय अबिनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय तरूण जोशी समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको  हो ।

 

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखापुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पर्दाथ ४९ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका-४ जाई बस्ने २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र साउँद रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको म.२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

 

 

मुम्बई, २० वैशाख ।

बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाह पछि सार्वजनिक रुपमा उनको उपस्थिति कमै छ । यहीकारण उनका फ्यानहरुले सामाजिक सञ्जालमा मिडियासँग कटरीना किन टाढिएकी छिन् ।

 

हालैमात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरिना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।

 

कटरिना सार्वजनिक रुपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दैछिन् । निर्माताहरु फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् । उनीहरु ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यहीकारण कटरिना आफैंले सार्वजनिक रुपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।

 

उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कटरीनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यहीकारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।

 

सुर्खेत, २० वैशाख ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीर्ला बेवास्ता गरेर एकलौटी रुपमा सरकार चलाउने व्यवहार आफूहरुलाई स्वीकार्य नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै भने ।

 

आफूहरुसँग गठबन्धनज टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको बताउँदै अध्यउक्ष नेपालले तर, आफूहरुलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको बताए ।

 

उनका अनुसार खासगरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ ।  कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।

 

काठमाडौं, २० वैशाख ।

बिहीबारबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले मंगलबार साँझ काठमाडाैंमा प्रिमियर गरेको छ । फिल्मकर्मी तथा पत्रकारको उपस्थितिमा काठमाडौंको नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज्मा गरिएको प्रिमियरमा उपस्थितले फिल्मको विषयवस्तुको प्रशंसा गरेका छन् ।

फिल्मले कुशल नृत्यकार बन्ने सपना साँचेको ज्याकी पात्रले बुवाको दबाबमा ब्रिटिस गोर्खामा भर्ती हुन गरेको संघर्षलाई देखाएको छ । फिल्मको समयावधि २ घण्टा २० मिनेटको छ ।

 

फिल्म हेरेपछि निर्देशक प्रदीप भट्टराईले ‘ज्याकीः आई एम ट्वान्थटी वान’ले  नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको दाबी गरे । ‘नेपाली फिल्ममा जे बिक्छ, त्यही बनाउने चलन छ । यो फिल्मका लेखक तथा निर्देशक रेनाशा राई रानाले त्यो परिपाटीलाई भत्काइदिनुभएको छ । यो फिल्मले नयाँ सोचमा फिल्म बनाउने मेकरलाई बाटो खुला गरिदिएको छ’, उनले भने ।

 

अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्केले नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको बताए । उनीहरुले आफू प्रमुख कलाकार धिरज मगर र जसिता गुरुङको कामबाट प्रभावित भएको बताए । अर्की अभिनेत्री आना शर्माले नेपाली फिल्ममा नृत्य परक फिल्म बनाउन सक्नु आफैमा चुनौतिपूर्ण रहेकोमो त्यो चुनौतीलाई निर्देशक राईले पुरा गरेकोमा खुशी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा यो शैलीको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उल्लेख गरे ।निर्देशक राईले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको खुलाइन् ।

 

अभिनेत्री जसिता फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन् । अभिनेता धिरजले पनि फिल्मका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए ।  रेनाशा राणा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ ।

 

 

काठमाडाै‌, २० बैशाख । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ।

 

कम्बोडियाको अौपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बिच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रकृयाका अनुभवहरू आदनप्रदान गर्ने बिषयमा छलफलसमेत भएको छ।

 

अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बिच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको बिकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्वपूर्ण गन्तव्य रहेकाे उनकाे भनाई थियाे ।

 

‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ’ उनले भने  ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिकाे  सन्देश फैलाउन पनि सहयोग पुग्ने बिश्वास दुबै जनाको थियो। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षिय सम्बन्ध बिस्तारमा पनि जोड दिईएको छ।

 

मकवानपुर, २० बैशाख ।

भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ ।

 

गत सातावाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो ।

भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार ४ लाख ४० हजार मुल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकावाट चिनको तिब्बततर्फ निर्यात भएको हो ।

‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाहरुले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरु निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने ।

 

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीवाट बढी माग आएको ब्यापारीहरुले जानकारी दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।