मस्को, २४ जेठ ।
रुस नियन्त्रित युक्रेनको सबैभन्दा ठुलो बाँध भत्किए पछि हजारौं मानिसहरु बिस्थापित हुन पुगेका छन् ।
युक्रेनको नोभा काखोव नदी माथीकाे बाँध भत्किए पछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।
सो बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । यद्धपी, ठुलो बिष्फोटका साथ बाँध भत्किए पछि युद्धले ग्रसित युक्रेनको समग्र अर्थतन्त्रमा थप ठुलो असर पर्ने जनाईएको छ ।
नोभा काखोवका बाँध युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो, यो हाल रूसको नियन्त्रणमा छ। यसको १९५६ मा निमार्ण पूरा भएको थियो। यो ३० मिटर अग्लो, ३.२ किलोमिटर लामो र १८ वर्ग किलोमिटरमा फैलिएको छ। यसमा लगभग १९ मिलियन घन लिटर पानी बोक्ने क्षमता राख्दछ । डिनिप्रो नदीमा बनेको यो बाँध जलविधुत, सिँचाइ र यातायातका लागि प्रयोग गरिदै आएको थियो भने महत्वपुर्ण कुरा यसले जेपोरेझिया आणविक ऊर्जा संयन्त्रलाई पनि पानी आपूर्ति गर्दै आएको थियो, जसले गर्दा आणविक संयन्त्रलाई चिसो राख्न निकै ठुलो मद्यत गरिरहेको अवस्था थियो ।
नोभा काखोभका जलविद्युत् आयोजना बन्द हुँदा अब करिब ३० लाख जनतालाई विद्युत् उपलब्ध नहुने भएको छ, जसकाकारण युक्रेनमा थप ऊर्जाको समस्या बढने देखिएको छ । यो बाँधले युक्रेनको खेरसन क्षेत्रका साथै क्रिमियालाई पानी आपूर्ति गर्दथ्यो, जसकाकारण सो क्षेत्रका किसानहरुलाई आफनो उब्जनीका लागि सबैभन्दा भरपर्दो माध्यमको रुपमा रहेको थियो ।
खेरसन क्षेत्र हालको युद्धमा रुसको कब्जामा पुगेको थियो भने क्रिमिया सन् २०१४ देखि कब्जामा रहदैँ आएको छ । सन् २०२२ मा पनि यस बाँधसँग जोडिएको पुलमा आक्रमण भएको थियो, जसका कारण त्यो पुल भाँचिएको थियो ।
रुसी पक्षबाट यसअघि नै युक्रेनले सो बाँधमा आक्रमण गर्ने र त्यसमा रुसलाई जिम्मेवारी दिएर बदनाम गर्ने प्रयास गर्ने आशंका जनाएको थियो ।
काठमाडौ, २४ जेठ ।
रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ ।
बीबीसीका अनुसार सो ठूलो बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन्।
डिनिप्रो नदीमा अबस्थित सो बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन्। रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।
बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए र १७,००० मानिसहरूलाई विस्थापित गर्न बाध्य भएका छन् ।
उता, ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्काउँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात थियो भन्ने अहिले नै कुनै ठोस प्रमाण नभएको पनि उसको भनाई छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘अमेरिका अन्तिम निष्कर्षमा पुगेको छैन। हामी अझै जानकारी सङ्कलन गर्ने र युक्रेनीहरूसँग कुरा गर्ने प्रयास गरिरहेका छौं ।’
काठमाडौं, २४ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणिता गरेको नागरिकता बिद्येयक नेपालको संबिधान प्रतिकुल भएको सर्वोच्च अदालत, बार एसोसिएसनले जनाएको छ ।
सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको जनाउँदै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ ।
‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ,’ सचिव श्यामकुमार खत्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ ।’ सर्वोच्च बारको हिजो साँझ बसेको आकस्मिक बैठक पछि सो निर्णय सार्वजनिक भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर बिद्यादेवी भण्डारीको कार्याकालमा राष्ट्रपति कार्यालय पुगेको बिद्येयकलाई ८ महिना पछि प्रमाणिकरण गरेका थिए । सामान्यतयाः संघीय संसदका सभामुखले पठाएको बिद्येयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने नियम भए पनि मन्त्रीपरिषदको सिफारिसमा पठाईएको बिद्येयकलाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरे पछि बिबाद भएको थियो ।
सो पछि सर्वोच्च अदालतमा मुछा परेकाे र अदालतले साे बिधयेक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिईसकेको छ ।
काठमाडौं, २४ जेठ ।
आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षवाट बहस सुरु हुनेछ ।
हिजाे मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । साे बहसका लागि पुर्ब महान्याधिबक्ता देखी नेपाल बार एशाेसियनका बहालवाला अध्यक्ष देखी पुर्ब अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।
यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस सुरु गर्न लागेको हुन । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।
जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।
गत आइतवार देखी जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुदाँ उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राख्दै आएका छन् ।
सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार रहेका छन् ।
लन्डन, २४ बैशाख ।
बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन् ।
बेलायती अखबार डेली मिरर विरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन ।
डेली मिररका पत्रकारहरु माथी फोन ह्याकिङलगायतका गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्धा अदालतमा चलिरहेको छ । एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारहरु माथी आरोप छ ।
राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् र आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।
डेली मिरर, सन्डे मिरर र सन्डे अपीलले फोन ह्याकिङ र धोखाधडी सञ्चालन गरेको एमजीएन माथी आरोप छ । एमजीएन सन २०१० देखि २०१९ सम्म निजी गुप्तचरहरूबाट निजी जीवनको बारेमा जानकारी सङ्कलन गर्ने कार्य गर्दथ्यो । एमजीएनले यो बिबादका बारेमा भनेको छ कि अदालतमा मुद्दा ल्याउन ढिला भयो ।
अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। राजकुमारका वकिलले पत्रकारहरुलाई भने कि सुनुवाई सुरु हुने अघि ह्यारीलाई दिवंगत आमा राजकुमारी डायनाको आवाज सुनाईएको थियो।
ह्यारी भन्छन् कि १४० वा रिर्पोटहरु जो प्रकाशित भएका थिए, त्यो फोन ह्याकिङ वा अन्य गैरकानूनी कार्यहरूको परिणामवाट छापिन पुगेका थिए । उनका वकिलहरूले भनेकी जसका कारण लामो समयदेखि प्रेमिका चेल्सी डेभीसँगको राजकुमार ह्यारीको सम्बन्ध तोडिन पुग्यो ।
ह्यारीले बेलायती अखबारहरू विरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन्, ती मध्ये यो केस पनि एक हो । उनले मर्डोकको एनजीएनमा पनि मुद्दा हाल्दैछन्। उनले एनजीएनको सन ट्याब्लोइडलाई पनि फोन ह्याकिङ र अन्य गैरकानूनी कार्यको आरोप लगाएका छन्।
काठमाडौं, २४ जेठ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। पहाडी भू-भागहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
रौतहट ,आजको पात्रो । २४ जेठ २०८०, बुधबार ।
असार कृष्ण चतुर्थी , पञ्चाङ्ग ः ब्रह्म बव उत्तरषाढा
आज बिहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ६ स् ५८ मा हुनेछ ।
तिथि,चतुर्थी ०१स्१६ बजेसम्म, त्यसपछी पञ्चमी,नक्षत्र,उत्तराषाढा ००स्३९ बजेसम्म, त्यसपछी श्रवण,योगःशुक्ल ०५स्२५ बजेसम्म, त्यसपछी ब्रह्म ०३स्५२ बजेसम्म, त्यसपछी ऐन्द्र,करणःवव १४स्२७ बजेसम्म, त्यसपछी वालव ०१स्१६ बजेसम्म, त्यसपछी कौलव,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारको लगानीले लाभ मिल्नेछ । आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि रहला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
हाम्रो पात्रो
रौतहट ,आजको पात्रो । २३ जेठ २०८०, मँगलबार ।
असार कृष्ण तृतिया पञ्चाङ्ग : शुभ वणिज पूर्वाषाढा
आज बिहान सूर्योदय ५ः१० मा हुनेछ भने सूर्यास्त ६ : ५६ मा हुनेछ ।
तिथि : द्वितिय ०५:४६ बजेसम्म, त्यसपछी तृतीया ०३:३७ बजेसम्म, त्यसपछी चतुर्थी
नक्षत्र : पूर्वाषाढा ०२:११ बजेसम्म, त्यसपछी उत्तराषाढा
योग : शुभ ०७:५९ बजेसम्म, त्यसपछी शुक्ल
करण : गर ०५:४६ बजेसम्म, त्यसपछी वणिज १६:४३ बजेसम्म, त्यसपछी भद्रा ०३:३७ बजेसम्म, त्यसपछी वव
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विद्याको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आर्थिक लाभ पनि हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
हाम्रो पात्रो
कृष्ण तिवारी,राैतहट,जेठ २२ गते
ग्रामीण क्षेत्रकाे बिधालय बाट कक्षा ११ काे जाँच दिन पाएपछि बिद्यार्थी उत्साहित भएका छन् । अत्यधिक गर्मीको कारण स्कुलहरु बन्द रहेको समयमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर रौतहटको टेङग्राहामा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । अत्यधिक गर्मीसँगै लु जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको फतुवा बिजय पुर नगरपालिका -४ टेङराहा मावि का प्रधानाध्यापक अनिल यादवले जानकारी दिए ।
उनले भने, अत्यधिक गर्मी र लु बाट बाच्न परिक्षार्थीको स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरेका हौँ ।” परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइन थालिएको हो ।

टेङराहा माबिमा ६२जना विद्यार्थी परीक्षा दि रहेका छन ।राष्ट्रिय परीक्षा बोर्डले असार १५गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा सम्पन्न गर्ने निर्देशन दिनु भएको थियोे । परिक्षा को क्रममा वडा अध्यक्ष सतिश कुमार यादव , बिधालय ब्यवस्थापन समितिको अध्यक्ष जयमङल यादव , पत्रकार , अभिभावक हरुले निरिक्षण तथा अनुगमन गर्नु भएको थियोे ।
आरके श्रीवास्तव,गरूडा,जेठ २२ गते
समाजमा हरेक क्रियाकलापमा महिलालाई कमजोर मान्ने गरिन्छ । तर रौतहटको गरूडा नगरपालिका वडा नम्बर ७ भिमडाबरमा रहेको श्री प्राथमिक बिद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको छ । बि.स.२०६६ सालमा स्थापना भएको विद्यालमा स्थापना काल देखि प्रधानाध्यापक रिंकु यादवले विद्यालयको प्राधानाध्यपकका रुपमा काम गर्दै आउनु भएको छ ।
सो विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको हो । बिद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धी, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको समन्वयले विद्यालय नमुना बन्न थालेको छ । प्रधानाध्यापक भए पछि कर्तव्य, जिम्मेवारी र उत्तरदायीत्व धेरै रहेको विद्यालयका प्राधानाध्यापक यादवले बताउनुभयो ।
विद्यालयलाई शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोनात्मक सम्बन्ध मार्फत शिक्षण सिकाई प्रभावकारी बनाउदै लगेको बताउनुभयो । हाल विद्यालयमा प्रअ सहित ३ जना शिक्षक रहेका छन भने जसमा १ जना वालविकास सहजकर्ता र एक जना विद्यालय कर्मचारी रहेको उहाँले बताउनुभयो ।
यस विद्यालयमा भौतिक संरचनाहरु अभाव रहेका कारण सबैभन्दा पहिले भौतिक संरचना निमार्णको काम गर्नुपर्ने उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर पहिले तुलनामा बढाउदै लैजाने बताउनुभयो । विद्यालयमा जम्मा २१९ जना विद्यार्थीले अध्ययन गरिरहेको उहाँको भनाई छ ।
महिलाले नेतृत्व गरेको विद्यालयमा केहि चुनौतिहरु रहेपनि राम्रा परिकल्पनाका साथ अगाडि बढेको बताउनुभयो । विद्यालयलाई बालमैत्रि, नमुना विद्यालय बनाउने आफुहरुको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ । बिधालयमा स्थानीय सरकारको तर्फबाट सहयोगको आवश्यकता रहेको छ । बिधालयमा भौतीक अवस्था परिवर्तन गर्नु पर्ने देखिन्छ । एउटा राम्रो सौचालयको आवश्यकता रहेको छ । त्यसैले यता तर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने देखिन्छ ।