२०८३ श्रावण २५
२०८३ श्रावण २५

 

आरके श्रीवास्तव,बज्जिकाञ्चल,जेठ २४ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक वडामा सामुदायिक भवन निर्माण हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत फतुवा गाउँमा सामुदायिक भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको विशेष पहलमा निर्माण हुने सो भवनको वडा अध्यक्ष रामबिस्वास राय यादव द्वारा सामुदायिक भवनको शिलान्यास गर्ने कार्य गरिएको छ ।

भवन निर्माणसँगै सो स्थानमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालाई आफ्ना गतिविधि सञ्चालन र विवाह, ब्रतबन्ध,पार्टी,गोष्टी लगायतका प्रायोजनमा सहयोग पुग्ने वडा यादवले बताउनु भएको हो ।

 

आरके श्रीवास्तव,चन्द्रपुर,२४ गते जेठ

रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय दुई दिन बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू थप २ दिन बन्द हुने भएको छ । चन्द्रपुर नगरपालिकाले आज( बुधबार) एक सुचना जारी गरि जेठ २६ गते शुक्रबार सम्मका लागी पुनः विद्यालयहरु बन्द रहने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी गराउनु भयो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि गत जेठ १९ गतेदेखि २४ गते सम्म सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका थिए । चन्द्रपुर नगरपालिकाले भने दुई दिन अझै बिदा दिईएको छ । गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरु बन्द गराउनु परेको प्रमुख सिग्देलले बताउनु भयो ।

बिधालय खुलेपनि अभिभावकहरू बच्चा पठाउने अवस्था नदेखिएपछि बिधालय बन्द गराउनु परेको उनको भनाइ छ । जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझ्दा जिल्लाको दुई पालिका गुजरा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले बिहान ९ः३० बजे सम्म पालिका भित्रका बिधालयहरू सञ्चालनमा नै राखेको जानकारी गराए ।

आफूहरूले जिल्लाका सबै पालिकाको नाममा एक हप्ता बिधालय बन्द गर्न परिपत्र गरेको बताए । यदि गर्मीको यस्तै अवस्था रहि रह्यो भने आईतवार विपद व्यवस्थापन समितिको बैठक बसी पुनः बिधालयहरू बन्द गरिने उनले बताए ।

जिल्लामा केही दिनदेखि तापक्रम बढेको छ । ४० डिग्रीदेखि ४३÷४४ डिग्री सम्म तापक्रम मापन गरिएको छ । विगतका बर्षको तुलनामा रौतहटमा तापक्रम अत्याधिक बढेकोले बालबालिका,अशक्त,बृद्ववृद्धाहरुलाई घर बाहिर ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।

 

आरके श्रीवास्तव,चन्द्रपुर,२४ गते जेठ

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीमा रहेको श्री प्राथमिक बिधालयमा दुइ कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिने भवनको बुधवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।

सो नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने भएको छ । गरुडा नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको मेयर जयसवालले बताउनु भयो ।

भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धि गराउन समेत गरुडा नगरपालिका अग्रपंक्तिमा रह्न लागि परेको मेयर जयसवालको भनाइ छ । सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवी,शिक्षाप्रेमी लगायत भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

रौतहट,२४ गते जेठ रौतहट ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दैवीप्रकोपका घटना मधेस प्रदेसमाबढि हुनेको कुरा बताएका छन । मधेश प्रदेश विपद व्यवस्थापन समितिले रौतहटको नुनथर स्थित बागमती नदीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री यादवले दैवी प्रकोपबाट सवै प्रदेश भन्दा बढि पिडित हाम्रो प्रदेश हुनु परेको दाबी गरेका छन ।

उनले भने मधेस प्रदेशमा गर्मीमा लु , लागेर ,जाडोमा शित लहरबाट र वर्षातमा बाढि डुब्बान – कटानबाट बर्षेनी ठुलो नोक्सानी व्योहोर्दै आएका छन । मधेस प्रदेश स्तरीय वाढि तथा विपत उदार अभ्यास कार्यक्रममा बोल्देै कोशी , कमला, बागमती र बकैया नदिका कारणले ठुलो जनधन तथा जग्गा जमिन बाली नालीमा नोक्सानी हुँदै आएको बताए ।

मुख्यमन्त्री यादवले कार्यक्रम स्थलबाटै भने हे जानकी माता र हे पशुपति नाथ महादेव नेपाललाई विपत्तिबाट रक्षा गर्नु होस। सो कार्यक्रममै मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रालयका सचिव ढकाललाई विपत तथा उदारमा सहयोग पुग्ने सामग्रीको लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न निर्देशन समेत दिएका छन ।

सो अवसरमा नेपाली सेना मध्य पुर्वी पृतना हेड क्वाटर वर्दिवासका पृतनापति उप रथि प्रेमध्वज अधिकारी , प्रहरी नायव महानिरिक्षक जनक भट्टाराई , सशस्त्र प्रहरी नायव महानिरिक्षक दीपेन्द्र साह ,सहित मधेस प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा विपत उदा्र अभ्यास गरिएको थिथो ।

 

काठमाडौँ, २४ जेठ ।

काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङकाे बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् ।

 

बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई  ठक्कर दिएको थियो । घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ ।

 

मुम्बई, २४ नेठ ।

फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता आमिर खानको उपस्थितिको रहस्य खुलेको छ ।

 

यो कार्यक्रममा आमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मनपर्ने बताएका थिए । उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए । उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए ।

 

फिल्म ‘लाल सिंह चड्डा’ पछि आमिरका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन् । साउथ सूत्रलाई मान्ने हो भने आमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन् । राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन् । यदी सबै कुरामा मिलेमा अभिनेता आमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । आमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए ।

 

राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’ पछि गरेका थिए । यो फिल्मका लागि साउथ स्टार महेश बाबूले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन् । महेश बाबूको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ । फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ । राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन् । फिल्मको सुटिङ आगामी वर्ष हुनेछ । फिल्ममा महेश बाबूको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ ।

 

यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ । फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ । दीपिका निर्माणाधिन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन् ।

 

काठमाडौं, २४ जेठ ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँछ ।

 

आज सार्बजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन ।

 

प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाईएको छ ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।

 

काठमाडौं, १४ जेठ ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुदैँछन् ।

 

जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।

 

काठमाडौं, २४ जेठ ।

लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् ।

 

लिन्डा आफैंले ट्वीट गर्दै यसको जानकारी दिएकी हुन् । ‘यो भयो – पहिलो दिन ! सम्पर्कमा रहनुहोस्’

 

ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए ।

 

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २.० सिर्जना गर्न  तथा मस्क र लाखौं प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन् ।’

 

लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छिन्। उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ ।

 

नयाँ दिल्ली, २४ जेठ ।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ।

 

मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ ।

 

यो भनिएको छ कि अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना लगाइनेसमेत छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए । उनले भने, ‘बीबीसीले भारतको कानुन पालना गर्नुपर्छ।’

 

विभागले यो विषयलाई तार्किक निष्कर्षमा नपुगेसम्म निरन्तरता दिनेछ ।

 

चालु वर्षको फेब्रुअरीमा आयकर विभागले बीबीसीको नयाँ दिल्ली र मुम्बई कार्यालयमा कर छलीको मामिलामा सर्वेक्षण गरेको थियो। त्यतिबेला पनि अधिकारीहरूले बीबीसीको आम्दानी र नाफामा भिन्नता रहेको बताएका थिए । भारतमा यसका एकाइहरू जुन मात्रामा सञ्चालन भइरहेका छन्, त्यो बीबीसीले दिएको राजस्वको तथ्यांकसँग मेल खाँदैन।

 

त्यसबेला बीबीसीका महानिर्देशक टिम डेभीले आफ्नो संस्था एजेन्डा नभई उद्देश्यका साथ काम गर्ने बयान दिएका थिए। बेलायती सरकारले बीबीसीको पक्षमा सम्पादकीय स्वतन्त्रताको कुरा पनि गरेको थियो।

 

भारत सरकारले कर दाखिला गर्न लगाएर यसको उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बीबीसीले आयकर विभागले बदला लिइरहेको जस्तो चित्रण गरिरहेको छ । विभागीय स्रोतका अनुसार सूचना प्रविधि अधिकारीहरुको सर्वेक्षणका बेला बीबीसीले आफूबाट केही बदला लिइएको देखाउन खोजेको थियो तर अहिले कर छलीको कुरा स्वीकार गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।