ब्युनर्स आयर्स, २९ जेठ ।
फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ ।
अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो ।
उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।
अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।
इन्डिनबर्ग, २९ जेठ ।
स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ ।
स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।
प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शंकास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’
गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टी गरे कि उनी आइतवार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।
प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतवार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।
काठमाडौ, २९ जेष्ठ ।
नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरकाे मुल्य हिजाे तुलनामा स्थिर रहेकाे छ भने युराेका भाउ १३ पैसा बढेकाे छ । जुअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।
हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो भाने युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४१ रूपैयाँ २९ पैसा रहेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४९ पैसा र बिक्री दर १६६ रूपैयाँ २४ पैसा ताेकिएकाे छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।
जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेकाे छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउथ वेल्स ।
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ ।
सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो । साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो ।
घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरु नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ । सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भनेका छन् ।
काठमाडौं, २९ जेठ ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाईएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि निरन्तर बजेट माथी छलपफल भइरहेकाे थियाे, साे क्रम हिजाेवाट सकिए पछि साेमवार अर्थमन्त्रीले जवापफ दिन लागेका हुन ।
प्रतिनिधिसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्रावधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।
काठमाडौं, २९ जेठ ।
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
शका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
आरके श्रीवास्तव,ब.स. फतुवा बिजयपुर,२८ गते जेठ
फतुवा बिजयपुर नगरपालिकाको एक सामुदायिक बिधालयका विद्यार्थीलाई आज झोला वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ मा रहेको श्री माबि बिजयपुरमा अध्यनरक्त कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरुलाइ स्कूल ब्याग वितरण गरिएको हो ।

सो नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आइतवार सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेकी छिन् । श्री मावि बिजयपुरका १ सय ९९ विद्यार्थीहरुलाई झोला वितरण गरिएको प्रधानाध्यापक शंकर यादवले जानकारी गराउनु भयो ।

आफनो नगर स्तरीय व्यक्तीगत बजेट बाट मेयर खातुनले झोला वितरण गर्नु भएको हो । फतुवा बिजयपुरको अन्य सामुदायिक बिधालयमा पनि झोला वितरण गर्ने योजना रहेको उनले बताइन् । शिक्षाको स्तर उकास्न र बिधार्थीहरुलाइ बिधालयमा नियमित गराउने उदेश्यले झोला वितरण गर्न लागेको कार्यवाहक मेयर खातुनको भनाइ छ ।

सामुदायिक विद्यालयका गरीब विद्यार्थीले स्कुल ब्याग अभावमा कापी किताब बोक्न समस्या भएकाले ब्याग वितरण गरिएको उनले जानकारी दिइन् । सो अवसरमा प्रदेश सांसद प्रत्यासी मो.शेराज, कार्यपालिका सदस्य उमाशंकर जयसवाल,समाजसेवी राजा हुसेन,परमेश्वर यादव ,पत्रकारहरु,बिधालयका शिक्षक,शिक्षिका बिधार्थीहरुको उपस्थिती रहेको थियो ।


भक्तपुर, २८ जेठ
उच्च शिक्षाको लागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौ विश्वविद्यालय (केयु) ले एक समारोहकाबिच आइतबार ४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।

नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलाण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाई सम्बन्धी पेशागत तालिमहरू चलाइरहेका छन् ।

यसवर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बर देखि २०२३ मार्चसम्म र केयुले २०२२ डिसेम्बरदेखि २०२३ अप्रिलसम्म आयोजना गरेका थिए । नेकले सरसफाई प्रविधिमा पेशागत अध्ययन कार्यक्रममा यसपल्ट नौ जना महिला र १० जना पुरूष गरी जम्मा उन्नाइस जनाले तालिमका सबै मापदण्डहरू पुरा गर्न सफल भएका थिए । सोही विषयमा केयुले आयोजना गरेको कार्यक्रममा चारजना विदेशी विद्यार्थीहरूसहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू सफल भएका थिए ।

अघिल्लो वर्ष पनि यी दुबै संस्थाहरूले समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरेका थिए । विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरू प्राविधिकहरूले सरसफाई क्षेत्रमा कुनै पनि देशमा कामको लागि आवेदन दिन सक्ने छन् ।

नेपालमा सरसफाई विधामा गर्नुपर्ने सुधारहरू व्यापक भएकोले प्रशिक्षित प्राविधिकहरूले देशमै योगदान गर्नसक्ने क्षेत्रहरू धेरै छन् । नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेको कार्यक्रममा नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्रा.डा. बिमप्रसाद श्रेष्ठले बताए ।

कार्यक्रमको संयोजन नेककोतर्फबाट उपप्राध्यापक विनय शाक्यले तथा केयुकोतर्फबाट उपप्राध्यापक सुमन धुँ श्रेष्ठले गरेका थिए ।

काठमाडौं, २८ जेठ
नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन (१०९८) स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिनुभयो ।
हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा तुलाधरले यो अवधिमा ६ लाखभन्दा धेरै बालिबालिकाले हेल्पलाइनमा सम्पर्क गरेको बताउनुभयो ।
उहाँले नेपालमा भूकम्प गएको वर्ष २०७२ मा सबैभन्दा धेरै एक लाख बालबालिकाले हेल्पलाइनमा सम्पर्क गरी आफ्ना समस्या टिपोट गराएको बताउनुभयो ।
यो अवधिमा सिविनले ४ हजारभन्दा धेरै बालबालिकासम्बन्धी मुद्दालाई अदालतमा प्रवेश गराएको र १६ हजारभन्दा धेरैलाई पारिवारिक पुनर्स्थापना गरिएको तुलाधरले जानकारी दिनुभयो ।
बाल हेल्पलाइनका कार्यक्रम संयोजक सागर भण्डारीले बालश्रम, बालविवाह, यौन शोषण र दुर्व्यवहार, सडक बालबालिका, द्वन्द्व प्रभावित बालबालिका र बेचबिखनमा परेका बालबालिकालाई सिविनले उद्धार गरेको जानकारी दिनुभयो ।
उहाँले सूचना प्रविधिको बढ्दो उपयोगका कारण पछिल्लोसमय हेल्पलाइनको महत्व अझै बढे पनि कहिलेकाहीँ फोन नलाग्ने समस्याले चुनौती थपेको बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि राज्यसँग बलियाे संरचना हुनुपर्ने र हेल्पलाइनकाे पहुँच बढाउन प्रचारप्रसारमा अझ बढी जाेड दिनुपर्ने बताउनुभएकाे थियाे ।