२०८३ जेष्ठ ७
२०८३ जेष्ठ ७

 

इन्दीप कोइराला,बारा, १ जेठ ।

बाराको आदर्श कोतवाल गाउँपालिका-१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् ।

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए ।

 

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको छ ।

 

काठमाडौं, १ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ जिल्ला अदालत काठमाडौं लगिएको छ ।

 

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट साेमवार जिल्ला अदालत लगिएको हो । उनी माथी थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएकाे छ ।

 

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका हुन ।

 

काठमाडाैं, १ जेठ  ।  

प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बिच भेटवार्ता भएकाे छ।

 

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको  हाे ।

 

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका बिषयमा दुवै बिचमा छलफल भएको हाे ।

 

काठमाडौं, १ जेठ ।

नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

 

शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।

 

खड्क सुनार,मुगु, १ जेष्ठ ।

हिमाली जिल्ला मुगुमा पहिलो पटक नागरिक सहजकर्ता स्थापना भएको छ ।

 

कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्तर्गत जिल्ला भर रहेका ईलाका प्रहरी कार्यालय देखी हरेक प्रहरी, चौकिमा अब नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगु लगायत अन्य चौकिहरुका मूलढोकामा एकजना युनिफर्ममा रहेको प्रहरी जवान नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्था गरिएको छ । मुगु जिल्लाका लागि काठमाण्डौंबाट भर्खरै आउनु भएकी तालिम प्राप्त प्रतिज्ञा घलानलाई जिल्ला प्रहरी कार्यालयको लागि उनलाई नागरिक सहकर्तामा राखिएको हो । आइतवार एक कार्यक्रमका बिच उनलाई नागरिक सहजर्तामा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

अब प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन् ? सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रक्रृति अनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरी नायव उपरिक्षक महेस बस्नेतले बताए ।

बिशेष गरेर ग्रामिण भेगका अशिक्षित नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाहका लागि प्रहरी युनिटमा  नागरिक आएका हुन्छन्। उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने ? के गर्ने ? भनेर निकै अलमलमा परेका हुन्छन्। यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको डिएसपि बस्नेतले बताए । कार्यालयमा एउटै पोशाक लगाएका थुप्रै प्रहरी कर्मचारी बसेका हुन्छन् ।

 

‘नागरिकहरुले सहजै रुपमा सेवा पाउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो,’ उनले भने, ‘न्यायका लागि आउने जो-कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ, सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ,’

जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २ ईलाका प्रहरी कार्यालय र १६ वटा चौकि रहेका छन् । यी सबै चौकिहरुमा एकजना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

 

काठमाडौं, १ जेठ ।

विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।

 

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

 

उनका अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् ।

 

‘विद्यार्थीहरुमा एकताको सन्देश दिन सयुक्त कार्यक्रम गर्न लागेका छौ,’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।’

 

काठमाडौं, १ जेठ ।

एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ ।

बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज राती देखी भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो ।

 

‘मिति २०८० जेठ १ गते सोमबार राती १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।

 

रौतहट,बैशाख ३१ गते ।

नेपाली कांग्रेसका रौतहट जिल्ला सदस्य एवं युवा नेता धिरज कुमार मिश्रले पुराना राजनीतिक दलहरुबाट जनता आजित भई अब उनिहरुको विकल्प खोज्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगाएत पुराना दलहरुका नेता जनताप्रति उत्तरदायी नभएको र ठुलठुला भ्रष्टाचार काण्डमा लिप्त रहेको भन्ने कुरा बाहिर आउन थालेकोले आम नागरिकको यी पुराना दलहरुमाथी विश्वास उठ्न लाग्दा उनिहरुको भविश्य समेत समाप्त हुन लागेको युवा नेता मिश्रले बताएका हुन ।

रौतहटको वृन्दावन नगरपालिका–१ विश्रामपुरमा घर भएका नेता मिश्रले आइतवार आफनै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै देशमा अहिले बढ्दो आर्थिक संकट, बेरोजगारी, महंगी, भ्रष्टाचार लगाएतको बारेमा चासो लिनुको साथै चिन्ता व्यक्त गरेका छन् ।

आफनो राजनीतिक पृष्ठभूमि कांग्रेसबाट भएपनि कांग्रेसका ठुलाठुला नेताहरु अहिले भुटानी शरनार्थी काण्डमा मुछिएका कारण नेता मिश्रले कांग्रेस सहित सबै पुराना दल र ति दलका नेताहरुको खुलेर विरोध गरेका छन् ।

पुराना दलका नेताहरु पटक पटक सत्तामा पुगेपनि उनिहरु भ्रष्टाचार गर्नु बाहेक देश र जनताको लागि केही गर्न नसकेको भन्दै उनले पुराना दलका नेताहरुमाथी निकै आक्रोस पोखेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगाएत पुराना दलहरुका नेताहरु देश बनाउने र विकास गर्ने नाममा भ्रष्टाचार गरी अकुत सम्पती आर्जन गरेर उनिहरु आफै मालामाल भएको र जनता कंगाल भएको नेता मिश्रले बताए ।

राजनीति भनेको सेवा हो तर यहाँ ति दलका नेताहरु राजनीतिलाई ब्यापार बनाइदिएका कारण पुरानो पार्टीहरुबाट आम नागरिकको भरोसा र विश्वास उठिसकेको उनले बताए ।

देश बनाउन हिडेका ती दलका नेताहरु भ्रष्टाचार गरी देशलाई बर्बाद गरेको आरोप लगाउँदै उनले नेताको जिवनस्तरमा धेरै परिवर्तन भएपनि जनताको जिवनस्तरमा केही परिवर्तन नभएको टिप्पण्ी गरे । नेताहरुले गरेको विभिन्न काण्ड र भ्रष्टाचारको कारण देशमा विकास हुन नसकेको र देश अहिले दिनप्रतिदिन आर्थिक संकटतर्फ धकेलिँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेताहरु देश र जनताको लागि काम नगरी चरम भ्रष्टाचारमा लिप्त हुँदा देशमा अहिले महंगी, बेरोजगारी, गरिवि, अशिक्षा इत्यादि बढ्नुका साथै देश ठुलो आर्थिक संकटमा फसेको उनले बताए ।

देश बनाउने नाममा अकुत सम्पत्ती आर्जन गरी जनतालाई आर्थिक संकटमा धकेल्ने, समस्यामा पार्ने पुराना दलका नेताहरुको विकल्प अब खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पुराना दलका नेताहरुबाट देशको विकास हुन नसक्ने भन्दै नेता मिश्रले अब नयाँ युवा पुस्ताले मात्र देशलाई विकसित र समृद्ध बनाउन सक्ने दावी गरे ।

पुराना दलका नेताहरुलाई राजनीतिबाट विदाई गर्न उनिहरुको विकल्पमा नयाँ युवा पुस्तालाई राजनीतिमा आउन उनले आग्रह गरे । पुराना दलका नेताहरुबाट निराश भएका आम जनताहरु अब उनिहरुको विकल्पको रुपमा नयाँ युवा पुस्तालाई रोज्न थालेको समेत उनले बताए ।

हालै सम्पन्न भएको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई पराजित गराउँदै आम नागरिकहरु चितवन र तनहुँबाट रवि लामिछाने र स्वर्णीम वाग्लेलाई बहुमत सहित जिताएर परिवर्तनको शुरुवात गरिसकेको उनले बताए ।

पुराना दलबाट आम जनता निराश भएकै कारण देशमा अहिले केही नयाँ दलको जन्म भएको र ति नयाँ दलले मात्र देशलाई निकास दिन सक्ने भन्दै जनता ति दलमाथी विश्वस्त रहेको उनले बताए ।

पुराना दलका नेताहरु तह नलागेसम्म देशमा परिवर्तनको कल्पना गर्न मुस्किल रहेकोले अब आउँदो निर्वाचनमा राजनीतिमा आउने नयाँ युवा पुस्तालाई मात्र सहयोग गर्न र पुराना दलका नेताहरुलाई मत नहाली राजनीतिबाट विदाई गर्न उनले सबैलाई आग्रह गरे ।

 

काठमाडौं, १ जेठ ।

इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो ।

 

गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो  ।

 

म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भई दिए ।

यसैगरी, दोस्रो हाफको ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीतकाे स्थीतिमा ल्याइ दिए  । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेनन, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधी होडतर्फ थप अग्रसर हुन पुग्यो ।

 

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सिमित रहेकाे छ ।

 

उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधी होडमा आफुलाई शिर्षस्थानमा राखेको छ ।

 

काठमाडौं, १ जेठ ।

आजवाट बिदेशवाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् ।

 

दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन ।

 

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ । तर, यो सुबिधा बैदेशिक रोजगारीवाट फर्केकाले मात्र पाउने बिभागको भनाई छ ।

निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुबिधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन ।

 

‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्त गर्न सक्ने छन्।’

 

यसरी ल्याईएको मोबाइल दर्ताका लागि राहदानी वा नागरिकता विदेशवाट फर्किदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।