काठमाडौं, ३१ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् ।
स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।
श्रीमती आरजु राणा भने सोमवार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन ।
देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परे पछि उनी तीन बर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए ।
उनी एक सातापछि स्वदेश फर्किन छन् ।
मुम्बई, ३१ जेठ ।
निर्देशक ओम राउतको आगामी फिल्म आदिपुरुषलाई लिएर निकै चर्चा चलेको छ ।
अब फिल्म रिलिज हुन २ दिन मात्रै बाँकी रहेको र जुन १६ मा देशव्यापी रिलिज हुँदैछ ।
रिलिज हुनुअघि नै फिल्मको चर्चा निकै भैरहेको छ । प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो बजेटको फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनेको हो ।
फिल्म रिलिज हुनुअघि नै निर्माताले २१० करोड कमाइसकेका छन् । वास्तवमा, फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता गरिएको छ।
फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तेलंगाना र आन्ध्र प्रदेशमा फिल्मको अधिकार करिब १५० करोड भारुमा गरिएको छ । योसँगै हिन्दी बेल्टमा १२० करोडमा राइट्स बिक्री भएको छ, यस्तो अवस्थामा फिल्मले रिलिजअघि नै २१० करोड कमाइसकेको छ ।
आदिपुरुषले सप्ताहन्तमा राष्ट्रिय चेनमा ३५ हजार टिकट बिक्री गरेको छ । पिविआर र आइनेक्सले क्रमशः ८८ हजार र ६१ हजार टिकट बिक्री गरेर अग्रस्थानमा रहेको छ भने सिनेपोलिसले ३५ हजार टिकट बेचेका छन्। यो ६ घण्टाको ब्रेकमा धेरै राम्रो जम्प हो किनभने फिल्म लगभग सबै टिकट बेचिसकेको छन ।
अब यो फिल्मले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
किभ, ३१ जेठ ।
रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ ।
मंगलवार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारवाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् ।
क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्। क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताए।
रुसले आक्रामण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो।
रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्यो, जसले सो क्षेत्रमा ठूलो क्षति पुर्यायो। यो विनाश रूसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो । पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रामण भएको हो ।
जेलेन्स्कीले केही तस्विरहरू सेयर गरेका छन् जसमा अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। जेलेन्स्कीले लेखेका छन, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रूसी हत्याराहरूले आवासीय भवनहरू, शहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’
अबुजा, ३२ जेठ ।
उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ ।
उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् ।

छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा सोमबार बिहान डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए ।
स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुङ्गा पल्टियो। डुंगामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घन्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।
अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन् । नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुङ्गा दुर्घटनाहरू सामान्य छन् जहाँ स्थानीय रूपमा बनाइएका डुङ्गाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ।
काबुल, ३१ जेठ ।
अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ ।
सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन ।
तालिबान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनाै घाइते भएको बताए । बाढीका कारण ३० घर ध्वस्त भएका छन् भने सयौं पशुपंक्षी मारिएका छन् ।
अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्।
यसअघि सलाङ र बडाखस्तान, तखार, बाघलान, नुरिस्तान, कुनार, लघमान, काबुल, लोगर, मैदान वर्दक, परवान र कपिसा प्रान्तमा १० देखि २५ मिलिमिटर वर्षा भएको अफगानिस्तानको मौसम विभागले जनाएको छ ।
काठमाडौं, ३१ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् ।
मुटुमा समस्या देखा परे पछि हिजाे मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।
काठमाडौं, ३१ जेठ ।
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
राैतहट,३० गते जेठ
मंगलबार राती रौतहटको गौर नगरपालिका वडा नं. ४ टिकुलिया निवासी पसुराम साहको घर जलेर नष्ट हुनुको साथै लाखौंको क्षति हुन पुगेको छ । भने घटनामा १४ जना घाईते भएकाे स्थानीय पत्रकार आरएन साहले जानकारी गराउनु भएको हाे । घाईतेहरुको उपचार प्रादेशिक अस्पताल गौरमा चलिरहेको छ ।
मैनबत्तीबाट सल्केको आगोमा गैस सिलेंडर बिस्फोट भएपछि एक दर्जनभन्दा बढी व्यक्ति समान्य देखि गम्भीर घाइते भएका थिए ।

गौर नपाको वैकल्पिक फायर बिग्रेड र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । आगोको शुरुवाती स्वरुप प्रलयको राप झै देखिए पनि समयमा नियन्त्रण गरी थप क्षति हुनबाट रोकिएको थियो ।
गौर नपाको वारुण यन्त्र दुर्घटनामा परि विग्रेको हुँदा मर्मत भइरहेको हुँदा नपाले खरिद गरेको वैकल्पिक फायर बिग्रेडले सोचे भन्दा बढी उपयोगी सावित हुँदै आएको छ ।

राैतहट,३० गते जेठ
जिल्ला प्रहरी कार्यालय राैतहटकाे निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज मंगलबारका दिन मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी जनक

भट्टराई बाट जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको राैतहट प्रहरी प्रमुख एसपि वीर बहादुर बुढा मगरले जानकारी गराउनु भएको हाे ।

राैतहट,३० गते जेठ
राैतहट प्रहरीले बालक फेला पारी जिम्मा लगाएको छ । जिल्ला ताप्लेजुङ गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने वीर बहादुर तामाङको छोरा बुद्दिमान तामाङ भारत देशमा कामको सिलसिलामा गई विगत देखि सम्पर्क बिहिन भई हराईरहेका थिए । भारतकाे जिल्ला बाल संरक्षण इकाई सहरसाले साे बालकलाई फेला पारेको थियोे ।
जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला रौतहट गौर नगरपालिका २ महादेवपट्टि स्थित मानव आश्रम सेवा केन्द्रको सहकार्यमा बालकको आमा जिल्ला ताप्लेजुङ गौरादह न.पा. वडा नं.५ बस्ने इन्द्र कुमारी तानाङलाई आज मंगलबार जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।