काठमाडौं, ३१ जेठ ।
सरकारलाई जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
यही १५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषय समावेश गरिएको भन्दै सदनदेखि सडकसम्मबाट सरकारको आलोचना भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने बताउँदै आएका छन् ।
यही बेला बुधबार बसेको समिति बैठकले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिइएको हो ।
काठमाडौं, ३१ जेठ ।
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
पिपुल्स बिल्डिङमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औधोगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै सांघाईबाट काठमाडौं र पोखरा सिधा उडान भए सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको नेपालले लाभ लिनसक्ने बताए ।
सांघाईबाट काठमाडौं र पोखरा सिधा हवाइ उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै चीन आउन सक्छन् र यहाँबाट पनि धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्छन्,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने ।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई शहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरुलाई जानकारी गराएका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पु¥याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए ।
भेटमा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकांग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी थिए ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामिण योजना प्रर्दशनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्र, लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।

वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाइ उडान सुरु गर्ने बिषय प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिनासहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
रन्धिर साह, रौतहट, जेठ ३१ ।
पछिल्लो समयदेखिनै रौतहट जिल्लाको गौर भन्सार चर्चा परिचर्चामा आउदै गरेको छ । कहिले भन्सार छली ल्यायएको समान तथा कहिले भन्सारको मिलोमतोमा सामान भित्रियाएको बारेमा त कहिले दुर्व व्यववाहारका कारण । रौतहटमा यी एउटा मात्र भन्सार हो जहाँ अवैध धनधा तथा ठुलो मात्रामा सामान निर्यात हुँने गर्छ । यसोत यी जिल्लामा रहेका हरेक सिमाना भारतको सिमानासंग जोडीएको छ ।
सोाही कारण हो कि यहाँ अव्यवस्थित तरिकाले सामान नेपाल भित्रियाउने कार्य तथा सोचेको जस्तो राजश्व संकलन हुँन सकेको छैन् । रौतहट जिल्लाको मुख्य नाकाको रूपमा रहेको गौर भन्सार कार्यालयकै सेटिङका ठूला तस्करी हुने गरेको बेला बेलामा आलोचना हुनेनै गर्छ । यस्तै हिजो मंगलबार एकासि भन्सारको बोड बन्द गरेर शस्त्र प्रहरीले भारतबाट सामान ल्याएको सर्वसधारनलाई रोकी चेक चाज गर्दै गर्दा एक जना महिलालाई एक जना महिला शस्त्र प्रहरी र तिन जना पुरुष शस्त्र प्रहरीले समातेर कार्यालय भित्र लगेको थियो ।
सोही कारणले केही समयका लागि त्यहाँका माहोल नै विग्रीएको र सो घाटना बारे जानकारी लिन खोजदा शस्त्र प्रहरी प्रमुख देखि जवान समेतले हामीले केही भन्न नमिले भन्दै यता उता भागि रहे । बास्तामा त्याहाँ के भइ रहेको छ रु हरेक क्रियाकलापमा सर्वसधारनले नै किन सास्ती हुँने गर्छ यिति आदिको विषमा सैचारकर्मीहरुले सोध खोज गर्दा डिवटीमा खटिएका सुशक्षाकर्मीहरु यता उता भागनुका साथै सो सदंर्भमा हामिले केही भन्न नमिले बताए । ठुलोलाई चयन र सानोलाई एन भएको पिडित एक महिलाले बताए ।
उनको अनुसार भन्सारबाट सामान लैजानका लागि पैसादिएमा सबै ठिक नदिएमा नियम कानून। यो कानून ठुला तथा बढि सामान निर्यात गर्नेहरुमा किन लागु हुँदैन् रु हामी सर्व सधारन गरिबलाई नै किन रु हामीनै हरेक क्रियाकलामा दुख भोगनु परेको गुनोसो गरे ।
उनले भने हामी एक महिनामा एक दिन मात्र आफ्नो घर खर्चका लागि केही सामान लैजाने गर्छु । भन्सार प्रमुखदेखि सबै कर्मचारीको सेटिङमा नेपालबाट भारततिर भारतबाट नेपालतिर ठूलो मात्रा तस्करी हुने गरेको पाइन्छ । हातमा सामान बोकेर आफ्नो घरमा प्रयोग गर्न ल्याउने गरिबहरूलाई भन्सार कर्मचारीले लछारपछार गर्ने, अपशब्द प्रयोग गर्ने र सामान खोस्ने गर्दै आएको गुनासो बारम्बार हुने गरेको छ तर भन्सार कर्मचारीहरू भने माथिको आदेशमा राजस्व छलीको काम रोक्न आफूहरू सक्रिय हुने गरेको बताउँछन्।
घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय पचास रुपैयाँ हातमा नथमाउँदा सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरू भने भारी परिमाणमा सामान आउँदा सरकारी राजस्वलाई छलेर खल्ती भर्ने गरेका छन् । भन्सार भएर ओहोरदोहोर गर्ने यात्रु तथा मालसामान ढुवानी गर्नेलाई जति धेरै सताउन सक्यो उति धेरै रकम अँठ्याउन सकिन्छ भन्ने मानसिकताले काम गरिरहेको आरोप रहेको छ ।
कुनै निजी प्रयोजनका लागि भन्सार कटाएर ल्याउनु पर्ने सानोतिनो सामानको भन्सार काट्न भन्दा अनेक झमेला देखाएर भन्सारका कर्मचारीहरूले नगदै हात पार्ने दाउ गर्ने गरेको नाम न लेखने सर्तमा गौरकै एक जना बेपारी बताए । ठूलो परिमाणमा सामान मगाउँदा नियमानुसार भन्सार कटाएर ल्याउन खोज्दा भन्सारका कर्मचारीहरूले झन्झटिलो, बोझिलो, धेरै दिन लाग्ने र धेरै रकम पर्ने बताउँदै बिचौलियाको सहारा लिन बाध्य बनाउने गरेका छन्।
वैधानिक रूपमा धेरै राजस्व आउने सामानलाई पनि कम परिमाणको देखाएर राजस्व छली गर्ने र बाँकी रकम कर्मचारीहरूले नै हजम पार्ने गरेका छन् । गौर भन्सारका कर्मचारीहरूले कपडा, मेसिनरी सामान र पाटपूर्जा तथा खाद्यान्न सामग्रीलाई वास्तविक तौलभन्दा साठी प्रतिशतसम्म कम तौल देखाएर भन्सार काट्ने गरेको व्यापारीहरू नै बताउँछन्। साठी प्रतिशत कमको भन्सार काटेर राजस्व तिर्नुपर्दछ र तीस प्रतिशत बराबरको रकम भन्सार कर्मचारीहरूले लिने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्।विभिन्न सानातिना नाका तथा खेत र आलीको बाटो हुने गरेको तस्करीलाई सशस्त्र प्रहरी बलले नियन्त्रण गर्न कडाइ गरेपछि बिचौलियाहरूको माध्यमबाट भन्सार नाकाबाटै नयाँ तरिकाले कर्मचारीको संलग्नतामा नै तस्करी सुरु भएको छ। प्रहरी कर्मचारीको आँखामा धुलो छरेर भन्सारका कर्मचारीले राजस्व छलीमा ठूलो योगदान गरिरहेको धेरैले बुझिसकेका छन् ।
तस्करको समान निर्बाध रुपमा छोड्ने भंसार कर्मचारीले घरायसी समान ल्याउने व्यक्तिलाई आर्थिक लाभ लिने उदेश्यले हैरानी परेशानी गर्ने गरेको गुनासो स्थानीयहरुको रहेको छ । भन्सार कार्यालय देखि उत्तर तर्फ रहेका पसलमा कारोवार गर्ने सित कर्मचारीहरु तथा त्यहाँ खटेका सुरक्षाकर्मीहरु रकम लिने गरेको बुझिएको छ । मुख्य गेटमा सिसि टिभी कैमरा जडान गरिएकोले छेउमा गएर कारोवार गर्नेहरु सित रकम लिने गरेको हो ।
मुम्बई, ३१ जेठ ।
गीतकार तथा लेखक जावेद अख्तर बलिउडमा चिनाइरहनु पर्ने नाम होइन ।
हालैमात्र उनले कैयौं फिल्मको गीत १० मिनेट भित्र लेखेको बताएका छन् ।

उनले फिल्म ‘साथ–साथ’ को गीत ‘तुमको देखा तो ये ख्याल आया’ ९ मिनेटमा लेखेर तयार पारेको खुलाएका छन् । जावेदका अनुसार उनले ८ देखि ९ पेग मदिरा पिएपछि उनले यो गीत तयार पारेका थिए ।
हालै कोलकाताको एक कार्यक्रममा पुगेका उनले गीत लेखन बारेका कुरा सुनाएका थिए । ‘मैले १० मिनेट भित्र केही गीत लेखेको छु । सिलसिला पछि यश चोपडाका सहायक मेरो नजिक आए । उनले मलाई आफ्नो फिल्मको लागि गीत लेख्न अनुरोध गरे ।
उनीसँग पैसा थिएन तर मैले प्रस्ताव स्वीकारें । मैले गीत लेखें, तर सित्तैमा काम गरिरहेकोले गीत पनि अपुरो रह्यो । उनी जहिल्यै बेलुका आउँथे र गीत माग्थे । त्यो समयमा म मदिरा पिउँथे’, उनले भनेका छन् । उनका अनुसार ती निर्देशक र जावेद जहिल्यै बेलुका मदिरा पिएर गफमा भुलिन्थे ।

‘हरेक रातीको दुई बजे भोलि गीत पुरा गर्ने सहमति हुन्थ्यो । म ढिलो गर्थे । फेरी एकपटक उसले सोध्यो । त्यो आधा रातको समय थियो । ८ देखि ९ पेग पछि मैले कागज र कलम मागें । मैले त्यो गीत तुरुन्तै पुरा गर्ने निर्णय लिएँ’, जावेद सम्झन्छन् ।
‘मलाई थाहा छ कि मैले यो गीत ९ मिनेटमा लेखें । किनकी गीत लेखाउने व्यक्तिले ९ बजेट ट्रेन समात्नुपर्ने थियो । यसकारण ऊ आफ्नो घडी हेरिरहेको थियो । मैले गीत ९ मिनेटमा पुरा गरें र उसलाई दिएँ ।
जगजीत सिंहले गीत गाए, त्यो गीत थियो, ‘तुमको देखा तो ये ख्याल आया’ । यो गीत शायद राती १२ः३० बजे लेखेको थिएँ’, जावेद भन्छन् । फिल्म ‘साथ–साथ’मा फारुख शेख, दीप्ति नवल, सतीश शाह र नीना गुप्ताको अभिनय थियो ।
काठमाडौं, ३१ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन ।
मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन । अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो ।
उनी आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।
गुजरात, ३१ जेठ ।
चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ ।
हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई राज्य सरकारले आश्रयस्थलमा पठाएको थियो।
बिपरजोयको खतरालाई मध्यनजर गर्दै धेरै सरकारी निकायले गुजरातको सौराष्ट्र र कच्छको तटीय जिल्लामा ठूलो अलर्ट जारी गरेका छन् । बिहीबार साँझ जखाउमा १२५–१३५ किलोमिटर प्रतिघण्टा र १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।
चक्रवाती आँधी विपरजोय गुजरातको तटीय जिल्लातर्फ सर्दै गएको छ, जसकाकारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मंगलबार थप दुई जनाको मृत्यु भएपछि हालसम्म ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन ।
भारत मौसम विभागले पूर्वानुमानका अनुसारका चक्रवाती तूफानू कमजोर भएको पनि राज्यमा प्रवेश गर्दा व्यापक क्षति हुन सक्ने जनाईएको छ ।
आईएमडी प्रमुख मृत्युञ्जय महापात्राले भने कि चक्रवातले कच्छ, देवभूमि द्वारका, जामनगर र पोरबन्दरका स्थानहरूमा अत्यन्त भारी वर्षा हुन सक्ने भएकाले सबै सुरक्षाका उपायहरु अपनाईएको छ ।
काठमाडौ, ३१ जेष्ठ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सार्बजनिक गरेकाे छ ।
जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भनृ गोलभेडा (नेपाली), लाम्चो भन्टा, घिरौला, चिचिण्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा ताेकिएकाे छ ।
यसैगरी, लाकेल गाँजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
काठमाडौं, ३१ जेठ ।
आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।
सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ ।
सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेकाे छ ।
उनी बिरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।
न्युर्योक ।
चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् ।
राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
उनले आफनो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् ।
यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए, जुन आम्दानी सुनेर गान्धी छक्कै परेका थिए ।
आफनो यात्रामा राहुलले ट्रक चालकसँग राजनीतिदेखि मुद्रास्फीतिसम्मका विषयमा छलफल गरेको जनाईएको छ । यात्राको क्रममा राहुलले सिद्धु मुसेवालाको गीत पनि सुनेका थिए ।
ट्रक चालकले राहुललाई मुसेवालाको गीत सुन्नुहुन्छ ? भनेर सोधेका थिए । त्यसपछि उनलाई यात्रा अबधीभर गीत सुनाईएको थियो ।
राहुलले भने, अमेरिकाका ट्रकहरू बढी सहज छन् । उनी वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसे ।
राहुलले भने– ‘भारतको भन्दा अमेरिकाका ट्रक धेरै सहज छन् । भारतका ट्रकहरूले चालकको सुविधाको वास्ता गर्दैनन्। तिनीहरू ट्रक चालकहरूको लागि बनाइएका छैनन्।’
ताजिन्द्रले राहुललाई अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनि जानकारी दिएका छन् ।
राहुल गान्धी मे ३० देखि अमेरिकाको भ्रमणमा छन् ।
मुम्बई, ३० जेठ ।
फिल्म ‘विक्रम’का रोलेक्स भाई अर्थात तमिल स्टार सूर्या भारतीय फिलमका लागि आउँदो दिनमा एक ठूलो प्रोजेक्ट लिएर आउँदैछन् । पछिल्लो पटक उनको फिल्म ‘कंगुवा’को फस्ट लुक सार्वजनिक हुँदा फ्यान उत्साहित भएका थिए । यो फिल्म १० भाषामा बनिरहेको छ ।
सूर्या चाँडै नै ‘रंग दे वसन्ती’ र ‘दिल्ली ६’ जस्ता फिल्मका निर्देशक राकेश ओमप्रकाश मेहराको नयाँ प्रोजेक्टमा प्रमुख भूमिकामा देखिँदैछन् । मेहरा पछिल्ला दिनमा भारतको सबैभन्दा ठूलो महाकाव्यमध्येको एक ‘महाभारत’मा आधारित रहेर एक फिल्मको काम गरिरहेका छन् । यो फिल्मको कथा सूर्यपुत्रका रुपमा परिचित चरित्र कर्णमा आधारित हुनेछ । फिल्म दुई भागमा बन्नेछ ।
फिल्म सन् २०२४ सम्म फ्लोरमा जानेछ । फिल्ममा सूर्याले कर्णको भूमिका निभाउनेछन् । फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । निर्देशक अहिले प्री–प्रोडक्सनको काम गरिरहेका छन् ।
राकेश करिब अढाई घण्टाको फिल्म बनाउन चाहन्छन् । फिल्मको कथा अनुसार पात्र र समय बढी लाग्ने भएपछि उनले दुई भागमा फिल्म बनाउने निर्णय लिएका हुन् । गत वर्ष फिल्मका लागि राकेशले अभिनेता शाहिद कपूरलाई फाइनल गरेका थिए । जब फिल्म दुई भागमा निर्माण हुने भनियो, त्यसपछि शाहिद प्रोजेक्टबाट अलग्गिए ।