रौतहट, जेठ ५ ।
रौतहटको कटहरिया नगरपालिकामा आज शुक्रबार बिधालय भवनको शिलान्यास भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित बलिरामपुरमा रहेको बलिरामपुर माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माणको लागी शिलान्यास भएको हो । कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवाल र वडा अध्यक्ष सर्फलाल गुप्ताले आज एक कार्यक्रमकाबीच संयुक्त रुपमा विधालय भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुँन लागेकोे बिधालयका प्रधानाध्यापक देबेन्द्रकुमार जयसवालले जनाएका छन् । सो भवन निर्माणको लागि २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुँन लागेको बिधालयका प्रधानाध्यापक जयसवालले बताए ।
शिलान्यास पछि छिट्टै भवन निर्माणको काम अगाडी बढाइने प्रधानाध्यापक जयसवालले बताए । मेयर जयसवालले निर्वाचित भए देखिनै आफ्नो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै आईरह्नु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरह्नु भएको छ ।
शिलान्यास कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष शशि कपुर कुशवाहा , विशिष्ट अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ४ का वडा सदस्य मेराजुल हक, जदुन्न दास तथा रामपुकार कुशवाह लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,जेठ ०५ गते
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आत्महत्या न्यूनिकरण “सम्बन्धी प्रशिक्षण दिईएकाे छ । “समुदाय-प्रहरी साझेदार”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी विद्दालय सम्पर्क समिति ११ नमवर वडा फतुवाबिजयपुर नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी दुधिआवा रौतहटको सहयोगमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हाे ।

शुक्रबार बिहान ०८:०० बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर नगरपालिका वडा नं.११ स्थित रहेको श्री हिमाली जनता मा.वि.मा अध्यनरत रहेका कक्षा-९ र १० का छात्र-२० जना,छात्रा-३० जना, शिक्षक/शिक्षिका ४ जना जम्मा गरी ५४ जनाको सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागी बिद्यार्थीहरूलाई आत्महत्या न्यूनिकरण “सम्बन्धी प्रशिक्षण दिईएकाे थियाे ।

काठमाडौं, ५ जेठ ।
सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानी खुला गर्ने व्यवस्था गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्था गर्ने जानकारी दिएका हुन् ।
एनआरएनको सिप, क्षमता र दक्षतामा नेपालमा प्रयोग गर्ने वातावरण बनाउने अभिप्रेरित गरिने राष्ट्रपति पौडेलले जानकारी दिए ।
काठमाडौं, ५ जेठ ।
सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने जानकारी दिएका हुन् ।
सहकारीको बचतलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने राष्ट्रपति पौडेलले बताए ।
काठमाडौं, ५ जेठ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निजी तथा सरकारी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिएका हुन् ।
सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।
काठमाडौं, ५ जेठ ।
सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने जानकारी दिएका हुन् ।
देशभर बिमाको पहुँच विस्तार गरिने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताए ।
काठमाडौं, ५ जेठ
सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालय खारेजी गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरू एक आपसमा गभिने वा खारेज गर्ने बताए ।
खारेज भएका वा गाभिएका संस्थाको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने उनले बताए ।
अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाको पुनःसंरचना, पुनर्स्थापना, पुनरोउत्थान गरिने उनको भनाइ छ ।
काठमाडौं, ५ जेठ ।
सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् ।
साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि जानकारी दिए ।
काठमाडौं, ५ जेठ ।
सरकारले वर्षायाममा ५० र हिउँयाममा ३० युनिटमात्र विद्युत् खपत गर्नेलाई निःशुल्क गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मासिक रुपमा वर्षायाममा ५० युनिट र हिउँयाममा ३० युनिटमात्र विद्युत खपत गर्नेलाई निःशुल्क गर्ने जानकारी दिएका हुन् ।
साथै ग्यासबाट खाना पकाउने अवस्थालाई विद्युत् प्रयोगबाट विस्थापन गर्ने नीति सरकारले लिने उनले जानकारी दिए ।
काठमाडौं, ५ जेठ ।
सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएकाे छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।