२०८३ जेष्ठ ६
२०८३ जेष्ठ ६

 

चन्द्रपुर,८ जेठ ।

जिल्लाको चन्द्रनिगाहपुरमा रहेको माछापुछ्रे बैकको शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम गायब भएको छ । आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका(३ का रामेश्वरराय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो । अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । पुर्व वडा अध्यक्ष समेत रहेका यादवको खाताबाट एकाएक रकम गायव भएपछि दिनभर ठुलो संख्यामा आएका स्थानीय बासिन्दाले बैंक घेराउ गरेका थिए ।

बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए । शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको थियो । आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि उनी मुर्छित भए ।

त्यस पछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्न थाले । प्रमुख दासले ह्याकरले पैसा लगेको जवाफ दिए । ‘ह्याकरले यादबको खाताबाट पैसा तानेको छ,‘दासलेभने,‘यसमा हामि केही गर्न सक्दैनौ ।’ सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।

दासले खातावालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केही बेर होहल्ला गरेका छन् । त्यस पछि बैंकमा तनाब भएको थियो । साझ सम्म पिडितका आफन्तहरु ठुलो संख्यामा बैंकमा जम्मा भएका छन् ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घट्ना बारे अनुसन्धान थालेको जनायो । पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाए ।

‘मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेका छन्,‘उनलेभने,‘खाताबाट धमाधम रकम निस्कदा बैंकले रोक्न सकेन् । यसैमा मिलोमतो छ ।’ यादबको खाताबाट पैसा निकालीएको सुचना पाए पछि प्रमुख दास चुप बसेका थिए । त्यस पछि पिडित आक्रोसित बनेका हुन् ।

उनको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको पाइएको छ । यादबको खाताबाट निकालेको रकम सिटिजन, सानीमा बैंकमा टूान्सफर भएको प्रमुख दासले जानकारी दिए । बैंक स्टेटमेन्ट माग्दा समेत बैंकले आनाकारी गरे पछि शंकाको घेरामा राख्दै गायब भएको पैसा खोज्न दबाब दिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले यादबको खातबाट रकम गायब भएको बारे अनुसन्धान थाल्ने बताए । ‘हामि अतिनै सम्बेदनसिल भएर घट्नाको अनुसन्धान थाल्छौ,’ उनलेभने,‘यसमा जसजसको सलग्नता भेटिन्छ सबैलाई कानुनको दायरामा ल्याउछौ ।’

घट्ना बारे मधेशप्रदेशका डिआईजी जनक भटराईले समेत चासो देखाएका छन् । बृन्दावन नगरपालीकाका पूर्व मेयर रामस्नेही राय याबद एमाले नेता प्रेम शंकर यादब लगायत पिडितका आफन्तहरुले बैक प्रमुख दास जवाफदेही नभएको भन्दै माथिल्लो निकायमा जाने बताएका छन् । पिडित बै.क कर्मचारी बिच राती १० बजे सम्म पनि सहमती हुन नसकेपछि आज सहमती र अनुसन्धानको प्रक्रिया अगाडी बढाउने गरी राती कुरा मिलेको थियो ।तराई एक्सप्रेस

 

प्युठान, ८ जेठ ।

नमा लागेको डढेलको बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

 

सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भईसकेको छैन । यद्धपी, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएकाे छ । सो आगलागीवाट कति क्षति भयो ? त्यसको मुल्याङकन गर्ने कार्य भईरहेको जनाईएको छ।

 

रमेश कुमार यादव,राैतहट,जेठ ०७ गते

रौतहट जिल्लाको गरूडा नगरपालिकाकाे बसबिट्टी जिंगडियामा रहेको नेपाल पुलिस स्कुलमा स्वागत तथा उद्धघाटन कार्यक्रम सम्पन भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ८ बसबिट्टि जिगडिया अन्तर्गत पर्ने नेपाल प्रहरी स्कुलमा बाहिरबाट आउनु भएका अतिथिहरुलाई स्वागत तथा उद्धघाटन समेत गरिएको छ ।

स्वागत तथा उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि बिधालयका संरक्षक तथा प्रहरी नायब महानिरिक्षक तथा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख जनक भट्टराई रहनु भएका थियाे भने कार्यक्रमको बिशिष्ट अतिथिकाे रूपमा नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष श्रीमति लक्ष्मी कुँवर रहनु भएको थियो ।

कार्यक्रममा नेपाल पुलिस स्कुलका बिधार्थीहरुले फुलमाला तथा खादा ओढाएर स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले बिधालयमा उपस्थित रहेका सम्पुर्ण बिधार्थी भाईबिहिनीहरुको उज्जवल भविष्यको लागी कामना गर्दै सफलता मिलोस भनि शुभकामना दिनु भएकाे थियाे ।

डिआईजि भट्टराईले भने बिधार्थीहरु हाम्रो देशको कर्णधार रहेको कारण आउँदो दिन यस बिधालयबाट अध्यन गरेर जाने बिधार्थीले देशको कुनै पनि क्षेत्रमा राष्ट्रको मान सम्मान बढाउन हौसला प्रदान गर्नु भएको थियो ।

त्यस्तै सोहि कार्यक्रमको बिशिष्ट अतिथि तथा नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष कुँवरले भने नेपाल प्रहरी कल्याण कोषबाट संचालित बिधालयहरुमध्येबाट मधेश प्रदेश अन्तर्गत रहेको नेपाल पुलिस स्कुल गरुडा रौतहटको योजना अनुरुप एनपिएस स्कील हवको उद्धघाटनले बिधालयमा हुने कार्यक्रमबाट झन सहयोग मिल्ने बताउनु भयो ।

सोहि कार्यक्रम अन्तर्गत बिधालयका गतिबिधिहरुको पनि निरिक्षण समेत गरिएको थियाे । बाहिरबाट आउनु भएका अतिथिहरुलाई मैथिलकलाद्धारा तयार पारिएको बिभिन्न किसिमको तस्बिरहरुको बारेमा जानकारी दिएका थिए भने हाम्रो ठाउँमा लोप हुँदै गईरहेको नेपाली परिकारहरुको पनि बिधार्थीहरुले उजागर गराएका थिए ।

कार्यक्रम प्रमुख अतिथि तथा बिशिष्ट अतिथिले संयुत्त रुपमा एनपिएस एग्रो फार्मको उद्धघाटन गर्नुको साथै १५ प्रकारका बिरुवाहरुको बृक्षारोपन गरेका थिए । स्वागत तथा उद्धघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुडा प्रहरी नायब निरिक्षक ओमप्रकाश पाण्डे ,एक नरायाण काईराला ,जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता उमाशंकर प्रसाद यादब ,नेपाल पुलिस स्कुलका बिधार्थीहरु लगायत पत्रकारहरुको सहभागित रहेको थियो ।

    

 

सुनसरी, ८ जेठ  ।

१६ बर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।

 

धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार  पछि  हत्या गरेर १६ बर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाईएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफुले गरेको सो अपराध स्विकार गरेका छन् ।

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणाेदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्विकार गरेको प्रहरीले जनाएको छ ।

 

राैतहट,जेष्ठ ०८ गते

रौतहटका क्रियाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका सञ्चालक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका संवाददाता यादवलाई मधेस प्रदेश सरकारका कृषि मन्त्री बसन्त कुशवाहाका भाइ सुबन्त कुशवाहा तथा मन्त्रीका स्वकीय सचीव अर्जुन कुशवाहाले दुर्व्यवहार गरेका हुन् ।

पत्रकार यादवले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउँदा समेत उनीहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लो स्तरकाे गालिगलौज गरेको पत्रकार यादवले बताउनुभएकाे छ ।

कृषि मन्त्री बसन्त कुशवाहाले आफ्नो भाइ सुबन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहा लगायतका गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार , गालिगौज गरेको यादवले भनाइ छ ।

घटना लगत्तै यादवले स्थानिय प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने कृषि मन्त्रीका भाइ र उनका स्वकीय सचिवको बारेमा चौकी प्रमूख यादवलाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ रौतहटमा समेत जानकारी गराउनुभएकाे थियाे ।

यादवले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुर्ववहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ । सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दुर्ववहारले पत्रकारहरु असुरक्षित हुन्छन् ।

यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गरिएको छ ।

 

रौतहट,७ जेठ

समाजसेवी तथा कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ बजारमा आएको छ । कथाकार सपूत कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ को गत बैशाख २२ गते काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।

‘चौध भुवन’ लाई लेखक, पर्यटन व्यवसायी तथा धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोष चापागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । उक्त कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

कृतिकारका तर्फबाट सपूत कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कथा संग्रहमा तिमि नै भन त मैया,कान्छी,पात्रको मृत्यु,म आशा बाडिरहेको छु,अस्वीकृत सहित,फुलवाको विवाह,नियति,गोपाल कुटी,पुस्तक,ट्रेसी,गल्ली नम्बर आठ,सोनफी,राहत र भुस्याहा कुकुर गरी १४ वटा कथा समावेश रहेको कथाकार कार्कीले जानकारी दिनुभयो ।

कथाहरुमा दाइजो प्रथाले गर्दा गरिब,पैसा नहुने पात्रले पाएको पिढा,समाजमा दाइजो प्रतिको दृष्ट्रिकोण,बिदेशीनु परेका पात्रहरुको पिडा र साथीभाइहरुको संगत छुटनुको दुःख आदीलाइ समेटिएको कथाकार कार्कीले बताउनु भएको छ । कथाकार कार्कीले २०४५ सालमा पहिलो पागल कथा संग्रह लेख्नुभएको थियो ।

कथाकार कार्की लामो समय देखी नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय सदस्य हुदै बिभिन्न संघ संस्थामा समाजिक संस्थामा आवद्ध भएर काम गदै आइरहनु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी कार्कीले चाडै नै अर्को कथा संग्रहको तयारी पनि गरिरहेको जानकारी दिनुभएको छ ।

 

लन्डन, ८ जेठ ।

विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन् ।

 

नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको छु ।’

 

शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘बेलायतबाट प्रकाशन भैरहेको नेपालब्रिटेन डट कमले  १६ औं वसन्त पार गरेको खबर सुन्दा खुशी लागेको छ । सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम (ग्लोबल भिलेज) मा परिवर्तन भै रहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरुबारे जनचेतना जगाउन र ति सँग जुध्न सामूहिक प्रयत्नलाई बढावा दिन पनि संचार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।  विदेशमा रहेका संचार माध्यमहरुले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन् ।’

 

विकसित देशहरुमा अनलाइन मिडिया तथा सामाजिक संजाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको  उल्लेख गर्दै नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियतामा बढ्दै  जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।

 

 

काठमाडौं, ८ जेठ ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् ।

 

जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक अापसमा भिडने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

काठमाडौं, ८ जेठ ।

यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ ।

लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो ।

 

लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।

 

यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।

 

काठमाडौं, ८ जेठ ।

केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले  जीत हासिल गरेको छ ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ । आइतबार राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडी रहन पुगेकाे हाे ।

आइतबारको खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछि अर्थात ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २–० मा टुंगियो ।

 

तर, दोस्रो हाफको सुरुवाती अर्थात ५१औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थिति फर्काए । तर, त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन सकेन अन्तत खेल २-० मा नै टुंगिन पुग्यो ।

फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ । तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।